परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५८

तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुवात गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।

जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्‍ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्‍याउँछ र यस क्रममा हरेक युगमा परमेश्‍वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्छ। मानिस यी सबै कालखण्डहरूमा परमेश्‍वरसँगै हिँडेको छ, तैपनि परमेश्‍वरले सबै थोकहरू र जीवित प्राणीहरूको भविष्यमाथि प्रभुत्व गर्नुहुन्छ भनी उसले जान्दैन, न त परमेश्‍वरले सबै थोकहरूलाई कसरी निर्देशित गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने नै उसले जान्दछ। यसले मानिसलाई अति प्राचीनकालदेखि वर्तमानसम्म नै छलेको छ। यसो हुनुको कारण परमेश्‍वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्‍वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्‍वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्‍वरको सेवा गर्दा पनि ऊ शैतानको सेवामा रहन्छ र उसलाई यो कुरा अझै थाहा छैन। परमेश्‍वरका कदमहरू र परमेश्‍वरको देखा पर्ने घटनालाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्‍वरको हेरचाह र संरक्षणमा रहन इच्छुक छैन। बरु, यस संसार र दुष्‍ट मानिसहरूले अनुसरण गर्ने, अस्तित्वमा रहेका नियमहरूलाई अवलम्‍बन गर्नको निम्ति तिनीहरू शैतान अर्थात् दुष्टको क्षयमा निर्भर रहन रुचाउँछन्। यस कुरामा, मानिसको हृदय र आत्मा शैतानको लागि मानिसको कोसेली र शैतानको खाद्य पदार्थ भएको छ। यसबाहेक, मानव हृदय र आत्मा शैतान बस्‍न सक्‍ने ठाउँ र त्यसको खेल मैदान हुन योग्यको भएको छ। यसरी मानिसले मानव हुनुको सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइलाई थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्‍वरका व्यवस्थाहरू अनि परमेश्‍वर र मानिस बीचको करार क्रमिक रूपमा मेटिँदै जान्छ र उसले परमेश्‍वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दैजाँदा, परमेश्‍वरले उसलाई किन सृष्‍टि गर्नुभयो भन्‍ने कुरा नै मानिसले बुझ्दैन, न त उसले परमेश्‍वरको मुखबाट निस्केको वचन र परमेश्‍वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्‍वरका व्यवस्थाहरू र आदेशहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा मरेतुल्य बन्छ…। परमेश्‍वरले मौलिक रूपमा सृष्‍टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको अफसोस यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्‍वरले मानवजातिको निम्ति दु:खद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०६

मैले यति धेरै वचन व्यक्त गरेको छु, र मेरो इच्‍छा र मेरो स्वभावलाई पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ७

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३१

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४७

अय्यूबले आफ्नो जन्मदिनलाई सराप्छन्, किनकि तिनी आफूबाट परमेश्‍वरलाई कष्ट पुगेको चाहँदैनन् म बारम्बार भन्छु कि परमेश्‍वरले मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्