परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४१

परमेश्‍वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्‍वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्‍वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्‍वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। येशूको उद्देश्य मानिस जीवित रहोस्, बाँचोस् र ऊ अझ राम्रो तरिकाले जिओस् भन्ने थियो। उहाँले मानिसलाई पापबाट बचाउनुभयो, यसैले कि ऊ आफ्नो भ्रष्टतामा खस्किँदै नजाओस्, र उप्रान्त पाताल र नरकमा नजिओस्, र मानिसलाई पाताल र नरकबाट बचाएर, येशूले उसलाई जीवित रहन दिनुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्‍वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानव जातिको विद्रोहलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको करुणामय र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्‍वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्‍वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्‍वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने कामले उहाँको वास्तविक स्वभावको प्रकट गरेको हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाम येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २६

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९१

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्‍नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३१

जहाँसम्म मैले तिमीहरूलाई दिएको शिक्षाको कुरा छ, तिमीहरूले लामो समयदेखि बारम्बार तिनलाई आफ्नो दिमागबाट हटाउँदै आएका छौ, यहाँसम्म कि तिमीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्