परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३८

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने तँ उप्रान्त पापको वसमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्‍ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्। त्यस बेला येशूले धेरै काम गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्‍दैनथिए, अनि उहाँले भन्नुभएका धेरै कुराहरू मानिसहरूले बुझ्‍दैनथिए। किनकि त्यस बेला उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसैले उहाँ जानुभएको धेरै वर्षपछि मत्तीले येशूको वंशावली बनाए, र अरूले पनि धेरै काम गरे, जुन मानिसको इच्छा थियो। येशू मानिसलाई सिद्ध बनाउन र प्राप्त गर्न होइन, तर एक चरणको काम गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि येशू क्रूसमा टाँगिनुभएपछि उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचनहरू बोल्नुपर्छ, अझ धेरै काम गर्नुपर्छ र अझ धेरै प्रक्रियाहरू हुनुपर्छ। त्यसरी नै येशू र यहोवाको कामका रहस्यहरू पनि प्रकट गरिनुपर्छ, ताकि सबै मानिसहरूले आफ्नो विश्‍वासको समझ र स्पष्टता प्राप्त गर्न सकून्, किनकि आखिरी दिनहरूको काम यही नै हो, अनि आखिरी दिनहरू परमेश्‍वरको कामका अन्त्य हुन्, कामहरू समाप्त हुने समय हुन्। यो चरणको कामले तँलाई यहोवाका व्यवस्था र येशूले दिनुभएको छुटकाराबारे स्पष्ट पार्नेछ, अनि यो विशेष गरी तैँले परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाका सबै कामहरू बुझ्न सक् अनि यो छ हजार वर्षको व्यवस्थापन योजनाको अर्थ र सारको महत्त्वलाई बुझ्न सक्, अनि येशूले गर्नुभएका सबै काम र उहाँले बोल्नुभएका वचनहरूको उद्देश्य, अनि तेरो अन्धविश्‍वास र बाइबलप्रतिको भक्तिलाई समेत बुझ्न सक् भनेर हो। यी सबैले तँलाई सबै कुरा पूर्ण रूपमा बुझ्ने तुल्याउनेछ। तैँले येशूले गर्नुभएको काम र आज परमेश्‍वरले गर्नुभएको काम, दुवै बुझ्नेछस्; तैँले सत्य, जीवन र बाटो सबै बुझ्नेछस् र देख्‍नेछस्। येशूले गर्नुभएको कामको चरणमा उहाँ किन अन्तिम कार्य नगरी बिदा भएर जानुभयो? किनकि येशूको कामको चरण अन्तिम काम थिएन। उहाँलाई क्रूसमा टाँगिएपछि उहाँका वचनहरूको पनि अन्त्य भयो; उहाँको क्रूसीकरणपछि उहाँको काम पूर्ण रूपले समाप्त भयो। वर्तमान चरण भिन्नै छ: आखिरीसम्म वचन बोलिसकेपछि र परमेश्‍वरका सबै काम समाप्त भएपछि मात्र उहाँको काम पूरा भएको हुनेछ। येशूको कामको चरणमा, धेरै वटा वचनहरू नबोलिएकै अवस्थामा रहे वा जसलाई पूर्ण रूपमा व्यक्त गरिएन। तापनि उहाँले के भन्नुभयो र के भन्नुभएन भन्‍ने कुरा येशूले वास्ता गर्नुभएन, किनकि उहाँको सेवकाइ वचनको सेवकाइ थिएन, यसैले उहाँलाई क्रूसमा झुण्ड्याइएपछि उहाँ बिदा हुनुभयो। कामको त्यो चरण विशेष गरी क्रूसीकरणको निम्ति थियो, र त्यो वर्तमान चरणजस्तो थिएन। यो वर्तमान चरणको काम विशेष गरी पूरा गर्नु, स्पष्ट पार्नु अनि सबै कामलाई टुङ्गोमा पुर्याउनु हो। यदि वचनहरू अन्त्यसम्मै बोलिएन भने, यो कामलाई टुङ्गोमा पुऱ्याउने कुनै उपाय हुनेछैन, किनकि यो चरणको काममा वचनहरू प्रयोग गरेर सबै कामलाई समाप्तिमा पुऱ्याइनेछ र पूरा गरिनेछ। त्यो बेला, येशूले त्यस्ता धेरै काम गर्नुभयो जुन मानिसले बुझ्न सकेनन्। उहाँ चुपचाप बिदा हुनुभयो, अनि आज पनि धेरै मानिसहरू छन्, जसले उहाँको वचन बुझ्दैनन्, जसको बुझाइ गलत छ, तापनि तिनीहरू त्यो सही छ भनी विश्‍वास गर्छन्, अनि तिनीहरू गलत छन् भनी जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको कामलाई पूर्ण समाप्तिमा पुऱ्याउनेछ, र त्यसलाई निष्कर्ष प्रदान गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापन योजनालाई बुझ्ने र जान्नेछन्। मानिसभित्र हुने धारणाहरू, उसका अभिप्रायहरू, उसको गलत र हास्यास्पद बुझाइ, यहोवा र येशूको कामको सम्बन्धमा उसका धारणाहरू, अन्यजातिहरूको विषयमा उसका दृष्टिकोणहरू र अन्य गलत सोच र गल्तीहरूलाई सुधारिनेछन्। अनि मानिसले जीवनका सबै सही मार्गहरू र परमेश्‍वरले गर्नुभएका सबै काम र सम्पूर्ण सत्यतालाई बुझ्नेछ। जब त्यस्तो हुन्छ, यो चरणको काम समाप्त हुनेछ। यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध गरे र उहाँलाई चुनौती दिए? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको अनाज्ञाकारिता एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्‍नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६३

यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्‍वर...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३५

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५४

अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन् अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई देख्दिनँ: उहाँ जानु...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५६

तेरो हृदयमा विशाल रहस्य छ, जसको बारेमा तँ कहिल्यै जानकार भइनस्, किनकि तँ ज्योतिबिनाको संसारमा बाँचिरहेको छस्। तेरो हृदय र तेरो आत्मा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्