परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १९

यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो, जलप्रलयले संसारलाई नष्ट गर्नु अगाडि सम्ममा तिनीहरू छाडापन र भ्रष्टताको गहिराइमा पुगिसकेका थिए, यसरी तिनीहरूको हृदय पूर्ण रूपमा यहोवा रहित र उहाँको मार्गको चाहना नगर्ने भएको थियो। यहोवाले गर्न लाग्‍नुभएको कार्यलाई तिनीहरूले कहिल्यै पनि बुझेनन्; तिनीहरूमा समझशक्तिको अभाव थियो, तिनीहरूमा ज्ञान अझै थोरै मात्र थियो, तिनीहरू सास फेर्ने यन्त्रहरू झैँ मानिस, परमेश्‍वर, संसार र जीवन जस्ता कुराहरूका बारेमा पूर्ण रूपमा अनभिज्ञ थिए। पृथ्वीमा तिनीहरू सर्प झैँ धेरै प्रलोभनमा संलग्‍न भए र तिनीहरूले यहोवालाई रिस उठाउने धेरै कुराहरू भने, तर तिनीहरू अनभिज्ञ भएको कारण यहोवाले तिनीहरूलाई सजाय दिने वा अनुशासनमा राख्‍ने गर्नुभएन। जलप्रलयपछि जब नोआ ६०१ वर्ष पुगे तब यहोवा औपचारिक रूपमा नोआकहाँ देखा पर्नुभयो अनि उनी र उनका परिवारलाई पथप्रदर्शन गर्नुभयो, यस क्रममा उहाँले नोआ र तिनका सन्तानहरूका साथमा जलप्रलयबाट बाँचेका पंक्षी र जनावरहरूलाई व्यवस्थाको युग अन्त नभएसम्म २,५०० वर्ष अगुवाइ गर्नुभयो। उहाँले इस्राएलमा २,००० वर्ष औपचारिक रूपमा काम गर्नुभयो र इस्राएल तथा त्यस बाहिर एकसाथ ५०० वर्ष काम गर्नुभयो, यसरी उहाँले जम्मा २,५०० वर्ष काम गर्नुभयो। त्यस अवधिमा उहाँले यहोवाको सेवा गर्नको लागि मन्दिर बनाउनुपर्छ, पूजाहारीले लगाउने कपडा लगाउनुपर्छ, बिहान मन्दिरभित्र खाली खुट्टा हिँडेर जानुपर्छ नत्रत तिनीहरूका जुत्ताहरूले मन्दिरलाई अपवित्र पार्छन् र मन्दिरको माथिल्लो भागबाट आगो झरेर तिनीहरूलाई जलाएर मार्छ भनेर इस्राएलीहरूलाई निर्देशन दिनुभयो। तिनीहरूले आफ्नो कर्तव्य निभाए र यहोवाका योजनाहरूमा समर्पित भए। तिनीहरूले मन्दिरमा यहोवासँग प्रार्थना गरे र यहोवाको प्रकाश प्राप्‍त गरेपछि अर्थात् यहोवा तिनीहरूसँग बोल्‍नुभएपछि तिनीहरूले भीडको अगुवाइ गरे र तिनीहरूलाई तिनीहरूका परमेश्‍वर यहोवाको आदर गर्न सिकाए। अनि यहोवाले तिनीहरूलाई एउटा मन्दिर र वेदी बनाउनुपर्छ, र यहोवाले तोक्‍नुभएको समयमा, अर्थात, निस्तारको बेलामा तिनीहरूले परमेश्‍वरको सेवाको निम्ति बलिदान गर्नलाई भर्खरै जन्मेका बाछा र थुमाहरूलाई वेदीमा तयार पारेर राख्‍नुपर्छ भनी भन्‍नुभयो, जसले तिनीहरूलाई अन्य कुराहरूबाट रोक्थ्यो र यहोवाको आदर गर्ने कुरालाई तिनीहरूको हृदयमा हालिदिन्थ्यो। तिनीहरूले यस व्यवस्थाको पालना गरे कि गरेनन् भन्‍ने कुरा यहोवाप्रति तिनीहरूको निष्ठाको मापन बन्यो। यहोवाले तिनीहरूको निम्ति उहाँको सृष्टिको सातौँ दिनलाई शबाथको दिन भनेर पनि ठहराइदिनुभयो। शबाथको दिनपछिको दिनलाई उहाँले पहिलो दिन अर्थात् यहोवाको प्रशंसा गर्ने, बलिदान चढाउने र उहाँको निम्ति सङ्गीत बजाउने दिनको रूपमा ठहराइदिनुभयो। यस दिन, मानिसहरूले यहोवाको वेदीको बलिदानहरू आनन्द मानेर खान सकून् भनेर यहोवाले वेदीमा भएको बलिदानलाई तिनीहरूको बीचमा बाँड्नको निम्ति सबै पूजाहारीहरूलाई भेला गराउनुभयो। तिनीहरूले परमेश्‍वरसँग मिलेर खाएका र तिनीहरू उहाँका चुनिएका मानिसहरू (यो इस्राएलीसँगको उहाँको करार थियो) भएका हुनाले यहोवाले तिनीहरूलाई धन्यका भन्नुभयो। यसैले आजका दिनसम्म पनि इस्राएलका मानिसहरूले यहोवा तिनीहरूका मात्रै परमेश्‍वर हुन्, अन्यजातिहरूका परमेश्‍वर होइनन् भनी भन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७४

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११५

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४२

तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६८

के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्