परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १

मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन उद्धारको युग पनि हो); र अन्तिम दिनहरूको राज्यको युग। यी तिन युगहरूमा मेरो कार्य हरेक युगको प्रकृति अनुसारको अन्तर्वस्तु भिन्न-भिन्न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरूलाई पूरा गर्छ—वा, अझै स्पष्ट रूपमा भन्दा, यो शैतानले त्यो युद्धमा चाल्ने युक्ति अनुसार गरिन्छ जुन युद्ध म त्यसको विरुद्धमा सुरु गर्छु। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु हो, मेरो विवेक र सर्वशक्तिमान्‌तालाई प्रकट गर्नु, शैतानको सबै युक्तिहरूलाई उजागर गर्नु, र फलस्वरूप सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु हो, जो शैतानको अधिकार क्षेत्रभित्र जिउँछन्। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउनु, र शैतानको असहनीय उग्रतालाई प्रकट गर्नुको लागि हो; र अझै त्यो भन्दा पनि बढि, यो सृजित प्राणीहरूलाई असल र दुष्टको बीच भेदभाव गर्न अनुमति दिनको लागि हो, यो थाहा दिनको लागि कि म नै सबै थोकको शासक हुँ, यो स्पष्ट रूपमा देखाउन कि शैतान मानव जातिको शत्रु हो, एउटा पतित, एउटा दुष्ट हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र के महान् हो र के नीच हो सोको बीचको अन्तरलाई पूर्ण निश्चितताका साथ भन्न दिनको लागि हो। यस प्रकारले अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानव जातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई ती कुराहरू दिन सक्छु जुन कुराको तिनीहरूले आनन्द लिन सक्छन्; र तब तिनीहरूले जान्नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरू मध्ये एक हो जसलाई मैले सृजना गरे र पछि मेरो विरुद्धमा खडा भयो। मेरो छ-हजार-वर्ष व्यवस्थापनको योजना तिन वटा चरणहरूमा विभाजित छन्, र सृजित प्राणीहरूलाई मेरो गवाही दिनको लागि, र मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्नको लागि सक्षम बनाउने प्रभावलाई प्राप्त गर्नको निम्ति म काम गर्दछु। यस कारणले, मेरो छ-हजार-वर्षको व्यवस्थापन योजनाको सुरुवाती कार्यको दौरानमा, मैले व्यवस्थाको कार्य गरे, जुन त्यो कार्य थियो जहाँ यहोवाले मानिसहरूलाई अगुवाई गर्नुभयो। दोस्रो चरण अनुग्रहको युगको कार्य यहूदाको गाउँहरूमा सुरु भयो। येशूले अनुग्रहको युगको सबै कार्यहरूको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ शरीरमा देहधारी हुनुभएको थियो, र क्रूसमा टाँगिनुभयो, र उहाँले अनुग्रहको युग पनि सुरु गर्नुभयो। उहाँले उद्धारको कार्यलाई पूरा गर्नको निम्ति, व्यवस्थाको युगलाई अन्त्य गरी अनुग्रहको युग सुरु गर्नको निम्ति क्रूसमा टाँगिनुभयो, र त्यसैले उहाँलाई “सर्वोच्च सेनापति,” “पापको बलिदान,” र “उद्धारकर्ता” पनि भनिन्छ। परिणाम स्वरूप, येशूको कार्य यहोवाको कार्यको अन्तर्वस्तुभन्दा भिन्न थियो, यद्यपि तिनीहरू एकै सिद्धान्तका थिए। यहोवाले व्यवस्थाको युग सुरु गर्नुभयो, पृथ्वीमा परमेश्‍वरको कार्यको लागि आधार स्थापना गर्दै—सुरुवातको विन्दुको रूपमा—यसो गर्नुभयो, र व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। उहाँद्वारा गरिएको कामको यी दुई टुक्राहरू हुन्, र तिनीहरूले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्छन्। येशूले अनुग्रहको युगमा गर्नुभएको कार्य व्यवस्था जारी गर्नको लागि थिएन, तर त्यसलाई पुरा गर्नु थियो, फलस्वरूप अनुग्रहको युग आरम्भ भयो र व्यवस्थाको युग समाप्त भयो जुन दुई हजार वर्षसम्म रहेको थियो। उहाँ पथ प्रदर्शक हुनुहुन्थ्यो, जो अनुग्रहको युगको सुरुवात गर्न आउनुभयो, तरै पनि उहाँको कार्यको मुख्य हिस्सा उद्धारको कार्यमा थियो। त्यसैले उहाँको कार्य दुई भागको पनि थियो: एउटा नयाँ युगको सुरुवात गर्ने, र उहाँको क्रूसद्वारा उद्धारको कार्य पूरा गर्ने, जुन पश्चात् उहाँ बिदा हुनुभयो। र त्यस पश्चात् व्यवस्थाको युगको अन्त्य भयो र अनुग्रहको युगको सुरुवात भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९२

तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८८

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५

सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्