परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३९

देहधारी परमेश्‍वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्‍वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न, उहाँले शरीरको रूपमा त्यो काम गर्नु भए पनि, उहाँले गर्नैपर्ने कामका लागि उहाँले शरीरलाई त्याग्नुपर्छ। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँ मर्न र मानवजातिलाई छोडेर जानुभन्दा पहिले सामान्य मानवले प्राप्त गर्नैपर्ने आकारमा उहाँ पुगुञ्जेल उहाँले पर्खेर बस्नुपर्दैन। उहाँको शरीर जति नै उमेरको भए पनि, उहाँको काम पूरा भएपछि, उहाँ जानुहुन्छ र मानवलाई छोड्नुहुन्छ। उहाँको निम्ति उमेर भन्ने हुँदैन, उहाँले मानव आयुअनुसार आफ्ना दिनहरू गर्नुहुन्न; यसको सट्टामा, उहाँका कामका चरणहरू अनुसार उहाँले शरीरमा भएको आफ्नो जीवनको अन्त्य गर्नुहुन्छ। शरीरमा आउनुहुने परमेश्‍वर खास उमेरसम्‍म वृद्धि हुनैपर्छ, वयस्कमा वृद्धि हुनैपर्छ, वृद्ध उमेरमा पुग्नुपर्छ, र त्यो शरीरले काम गर्न नसकेपछि मात्र छोड्नुपर्छ भनी अनुभूति गर्नेहरू पनि हुनसक्छन्। यो मानवको कल्पना हो; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। उहाँले गर्नुपर्ने काम गर्नका लागि मात्र उहाँ शरीरमा आउनुहुन्छ, उहाँ आमाबाबुबाट जन्मन, हुर्कन, परिवार स्थापित गर्न र पेशा सुरु गर्न, छोराछोरीहरू जन्माउन र हुर्काउन, वा जीवनका उकाली-ओरालीहरू अनुभव गर्न—सामान्य मानवका सम्पूर्ण क्रियाकलापहरू गर्ने गरी सामान्य मानव जीवन जिउनको लागि आउनुहुन्न। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीर लिनुहुन्छ, शरीरमा आउनुहुन्छ, तर परमेश्‍वरले सामान्य मानवको जीवन जिउनुहुन्न। उहाँको व्यवस्थापनको योजनाको एक भाग पूरा गर्नका लागि मात्र उहाँ आउनुहुन्छ। त्यसपछि उहाँले मानवजातिलाई छोड्नुहुन्छ। उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीरका सामान्य मानवलाई सिद्ध पार्नुहुन्न। बरु, परमेश्‍वरले पूर्वनिर्णय गर्नुभएको समयमा नै, ईश्‍वरत्व सीधै काममा जानुहुन्छ। तब, उहाँले गर्न आवश्यक पर्ने सबै गर्नुभएपछि र उहाँको सेवा पूरा भएपछि, यस चरणमा हुने परमेश्‍वरको काम पूरा भएको हुन्छ, उहाँको शरीर यसको आयु अवधिसम्म रहे पनि वा नरहे पनि, यस बिन्दुमा देहधारी परमेश्‍वरको काम पनि टुङ्गिन्छ। त्यसो भन्नुको तात्पर्यचाहिँ, मासुको शरीर जीवनको जुनसुकै चरणमा पुगे पनि, पृथ्वीमा यो जति लामो समय बाँचे पनि, सबै कुराहरू आत्माको कामद्वारा नै निर्णय गरिएको हुन्छ। मानवले सामान्य मानवता भनी विचार गरेका कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि येशूलाई लिनुहोस्। उहाँ साढे तेत्तीस वर्षसम्म शरीरमा जिउनुभयो। मानव शरीरको आयुको हिसाबमा, उहाँ त्यस उमेरमा मर्नु हुँदैनथ्यो, र उहाँले छोडेर जानु हुँदैनथ्यो। तर परमेश्‍वरको आत्माको लागि यो त्यति सरोकारको कुरा थिएन। उहाँको काम पूरा भएको थियो, त्यस बिन्दुमा शरीर लगियो, आत्मासँगै अलप भयो। यही सिद्धान्तद्वारा नै परमेश्‍वरले शरीरमा काम गर्नुहुन्छ। अनि यसलाई दृढतासाथ भन्नुपर्दा, देहधारी परमेश्‍वरको मानवता मुख्य महत्त्वको विषय होइन। यसलाई फेरि भन्दा, उहाँ सामान्य मानव प्राणीको जीवन जिउनका लागि यस पृथ्वीमा आउनुहुन्‍न। उहाँले सामान्य मानव जीवनलाई पहिले स्थापित गरेपछि काम गर्न सुरु गर्नुहुन्छ भन्‍ने होइन। बरु, उहाँ सामान्य मानव परिवारमा जन्मनुहुँदा, उहाँले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ, जुन काम मानवका अभिप्रायहरूद्वारा दूषित पारिएको हुँदैन, अर्थात् शारीरिक हुँदैन, जसले समाजका तरिकाहरूलाई अपनाउँदैन वा मानवका विचारहरू र अवधारणाहरूलाई संलग्न गराउँदैन, र यसका अतिरिक्त, जीविकाका लागि मानव दर्शनलाई संलग्न गराउँदैन। देहधारी परमेश्‍वरले यही काम गर्ने अभिप्राय राख्नुभएको छ, अनि उहाँको देहधारणको व्यावहारिक महत्त्व पनि यही नै हो। अन्य सानातिना प्रक्रियाहरूबाट भएर नगई, र, सामान्य मानवका अनुभवहरू नलिई नै शरीरमा पूरा गर्नुपर्ने आवश्यक कामका चरणहरूलाई पूरा गर्न परमेश्‍वर मुख्यगरी शरीरमा आउनुहुन्छ। देहधारी परमेश्‍वरको शरीरले गर्नुपर्ने कार्यले सामान्य मानव अनुभवहरूलाई समावेश गर्दैन। यसैले परमेश्‍वरले शरीरमा पूरा गर्नका लागि आवश्यक पर्ने काम पूरा गर्नका खातिर उहाँ शरीरमा आउनुहुन्छ। बाँकी कुराहरूसँग उहाँको कुनै सम्बन्ध छैन, उहाँ विभिन्न सानातिना प्रक्रियाहरूद्वारा भएर जानुहुन्न। उहाँको काम पूरा भएपछि, उहाँको देहधारणको महत्त्व पनि अन्त्य हुन्छ। यो चरण पूरा गर्नुको अर्थ उहाँले शरीरमा गर्न आवश्यक पर्ने काम पूरा भएको छ, अनि उहाँको शरीरको सेवा पूरा भएको छ भन्‍ने हो। तर उहाँ अनिश्चितकालसम्म शरीरमा काम गरिरहन सक्नुहुन्न। उहाँ काम गर्नका लागि अर्को स्थानमा सर्नुपर्छ, जुनचाहिँ शरीरभन्दा बाहिरको स्थान हो। यसरी मात्र उहाँको काम पूर्ण रूपमा गर्न सकिन्छ, र महान् प्रभावको लागि यो अघि बढ्छ। परमेश्‍वरले आफ्नो सुरुको योजनाअनुसार काम गर्नुहुन्छ। कुन काम उहाँले गर्न आवश्यक छ र कुन काम उहाँले पूरा गर्नुभएको छ, सो कुरा उहाँलाई आफ्नो हतकेला जतिकै स्पष्टसँग थाहा छ। परमेश्‍वरले पहिल्यै निर्धारण गर्नुभएको बाटोमा हिँड्न उहाँले प्रत्येक व्यक्तिलाई अगुवाइ गर्नुहुन्छ। कोही पनि यसबाट उम्कन सक्दैन। परमेश्‍वरका आत्माको अगुवाइलाई पछ्याउनेहरू मात्र विश्राममा प्रवेश गर्न सक्नेछन्। पछिको काममा, मानवलाई अगुवाइ गर्नका लागि परमेश्‍वरले शरीरमा बोल्नुहुने कुरा हुनेछैन, तर मूर्त रूपमा आत्माले मानवको जीवनलाई अगुवाइ गर्नुहुनेछ भन्ने कुरा हुनसक्छ। तब मात्र मानवले ठोस रूपमा परमेश्‍वरलाई छुन सक्नेछ, परमेश्‍वरलाई हेर्नेछ, र परमेश्‍वरले माग गर्नुभएको यथार्थमा राम्रोसँग प्रवेश गर्नेछ, यसरी ऊ व्यावहारिक परमेश्‍वरद्वारा सिद्ध बनाइनेछ। यही कामलाई परमेश्‍वरले पूरा गर्ने अभिप्राय राख्नुभएको छ, अनि यही कुरालाई उहाँले लामो समयदेखि योजना गर्नुभएको हो। यसबाट, तिमीहरूले लिनैपर्ने बाटोलाई तिमीहरू सबैले देख्नैपर्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५८

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ४८

विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्