परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२६

देहमा परमेश्‍वरको कार्यको हरेक चरणले उहाँको सम्पूर्ण युगको कार्यलाई प्रतिनिधित्व गर्छ र मानिसको कार्यले जस्तो, यसले निश्‍चित अवधिलाई प्रतिनिधित्व गर्दैन। अनि उहाँको अन्तिम देहधारणको कार्यको समाप्तिको अर्थ उहाँको कार्य पूर्ण रूपमा समाप्त भएको छ भन्‍ने हुँदैन, किनभने देहमा उहाँको कार्यले सम्पूर्ण युगलाई प्रतिनिधित्व गर्छ र उहाँले देहमा गर्नुहुने आफ्नो कामको अवधिलाई मात्रै प्रतिनिधित्व गर्दैन। के मात्रै हो भने, उहाँ देहमा हुनुभएको समय अवधिमा उहाँले सम्पूर्ण युगको आफ्नो कार्यलाई समाप्त गर्नुहुन्छ, यसपछि यो सबै स्थानहरूमा फैलन्छ। देहधारी परमेश्‍वरले आफ्नो सेवकाइलाई पूरा गर्नुभएपछि, उहाँलाई पछ्याउनेहरूलाई उहाँले आफ्नो भविष्यको कार्य सुम्पनुहुनेछ। यसरी, सम्पूर्ण युगको उहाँको कार्यलाई नटुक्र्याइकन अघि बढाइनेछ। देहधारणको सम्पूर्ण युगको कार्य सम्पूर्ण ब्रह्माण्डमा फैलिएपछि मात्रै यसलाई पूरा भएको मान्न सकिन्छ। देहधारी परमेश्‍वरको कार्यले नयाँ युग सुरु गर्छ र उहाँको कार्यलाई जारी राक्नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्‍वरको सेवकाइभित्र पर्छ र यो क्षेत्रभन्दा बाहिर जानु यो असमर्थ छ। यदि देहधारी परमेश्‍वर आफ्नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्ने थिएन र नयाँ युगलाई प्रारम्भ गर्न सक्ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ र यसले परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्नुहुन्छ र उहाँबाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्बन्धित छ। यस देहधारी परमेश्‍वरले सुरुमा कामको त्यो चरण गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन, त्यसपछि उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन। कामको लक्ष्य भनेको मानिसको विजय हो। एक हिसाबमा, परमेश्‍वरको देहधारण मानिसका धारणाहरूअनुरूप छैनन्, यसबाहेक, उहाँले थप काम गर्नुहुन्छ जुन मानिसका धारणाहरूसँग मिल्दैन अनि मानिसले उहाँ बारे अझै आलोचनात्मक दृष्टिकोणहरूको विकास गर्छन्। उहाँले मानिसहरूका बीचमा विजयको काम गर्नुहुन्छ जोसँग उहाँबारे अनेक धारणाहरू हुन्छन्। तिनीहरूले उहाँलाई जस्तो व्यवहार गरे तापनि, उहाँले आफ्नो सेवकाइलाई पूरा गरिसक्नुभएपछि सबै मानिसहरू उहाँको प्रभुत्वको अधीनस्थ बनिसकेका हुनेछन्। यो कार्यको तथ्य चिनियाँ मानिसहरूका बीचमा मात्रै प्रतिबिम्‍बित हुँदैन, तर सारा मानवजातिलाई कसरी विजय गरिने त्यसलाई पनि यसले प्रतिनिधित्व गर्छ। यी मानिसहरूमा हासिल गरिने प्रभावहरू सारा मानवजातिमा हासिल गरिने प्रभावहरूका पूर्वाभास हुन् र भविष्यमा उहाँले गर्नुहुने कामका प्रभावहरू यी मानिसहरूमाथिका प्रभावहरूभन्दा पनि धेरै बढेर जानेछन्। देहमा परमेश्‍वरको काममा ठूलो प्रसिद्धि संलग्न छैन, न त यो अप्रसिद्धिको कुञ्‍जभित्र नै लुकेको छ। यो वास्तविक र यथार्थ हो र यो त्यस्तो काम हो जसमा एक जोड एक बराबर दुई हुन्छ। यसलाई कसैबाट लुकाइएको छैन, न त यसले कसैलाई धोका नै दिन्छ। मानिसहरूले जे देख्छन् ती वास्तविक र यथार्थ कुराहरू हुन् र मानिसले जे प्राप्त गर्छ त्यो वास्तविक सत्यता र ज्ञान हो। जब काम समाप्त हुन्छ, तब मानिसले उहाँको बारेमा नयाँ ज्ञान पाउनेछ र साँचो रूपमा खोज्नेहरूसँग उहाँबारे उप्रान्त कुनै धारणाहरू हुनेछैनन्। यो चिनियाँ मानिसहरूमा परेको उहाँको कामको प्रभाव मात्रै होइन, तर सारा मानवजातिलाई विजय गर्ने उहाँको कामको प्रभावलाई पनि यसले प्रतिनिधित्व गर्छ, किनभने सारा मानवजातिलाई विजय गर्ने कार्यको लागि यो देह, यो देहको कार्य र यो देहको सबै कुराभन्दा बढी अरू केही पनि लाभदायक छैन। ती आजको उहाँको कार्यको निम्ति लाभदायक छन् र भविष्यको उहाँको कार्यको लागि लाभदायक छन्। यो देहले सारा मानवजातिलाई विजय गर्नेछ र सारा मानवजातिलाई प्राप्त गर्नेछ। योभन्दा उत्तम काम अरू कुनै छैन जसद्वारा सारा मानवजातिले परमेश्‍वरलाई हेर्नेछन् र परमेश्‍वरको आज्ञापालन गर्नेछन् र परमेश्‍वरलाई चिन्नेछन्। मानिसले गर्ने कामले सीमित क्षेत्रलाई मात्रै प्रतिनिधित्व गर्छ र जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ उहाँ निश्चित व्यक्तिसँग बोल्नुहुन्न तर सारा मानवजाति र उहाँको वचनलाई पालन गर्नेहरू सबैसँग बोल्नुहुन्छ। उहाँले घोषणा गर्नुहुने अन्त्य नै सारा मानवजातिको अन्त्य हो, निश्चित व्यक्तिको मात्रै अन्त्य होइन। उहाँले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न, न त उहाँले कसैलाई पीडित नै तुल्याउनुहुन्छ र उहाँले सारा मानवजातिको लागि काम गर्नुहुन्छ र बोल्नुहुन्छ। त्यसकारण यस देहधारी परमेश्‍वरले सारा मानवजातिलाई प्रकार अनुसार वर्गीकृत गरिसक्‍नुभएको छ, सारा मानवजातिलाई न्याय गरिसक्‍नुभएको छ र सारा मानवजातिको लागि उचित गन्तव्य तय गरिसक्‍नुभएको छ। परमेश्‍वरले आफ्नो काम चीनमा मात्रै गर्नुहुने भए तापनि, वास्तवमा उहाँले सम्पूर्ण ब्रह्माण्डको कार्य गर्ने सङ्कल्प गरिसक्नुभएको छ। आफ्ना वाणीहरू र बन्दोबस्तहरू चरणबद्ध रूपमा प्रस्तुत गर्नुभन्दा पहिले उहाँले आफ्‍नो काम सारा मानवजातिमा फैलिञ्जेलसम्म प्रतीक्षा गर्न सक्नुहुन्न। के त्यो अत्यन्तै ढिलो हुनेछैन र? अब उहाँ भविष्यको कामलाई अग्रिम रूपमा पूरा गर्न सक्षम हुनुहुन्छ। जसले काम गर्दैहुनुहुन्छ उहाँ देहमा हुनुहुने परमेश्‍वर हुनुभएकोले, उहाँले सीमित क्षेत्रभित्र सीमित काम गर्दैहुनुहुन्छ र त्यसपछि मानिसले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्न मानिसलाई लगाउनुहुन्छ; उहाँको कामको सिद्धान्त यही नै हो। उहाँ केही समयको लागि मात्रै मानिससँग जिउन सक्नुहुन्छ र सम्पूर्ण युगको कार्य समाप्त नभइञ्‍जेलसम्म मानिसको साथ दिन सक्नुहुन्न। यसको कारण के हो भने, उहाँ भविष्यको आफ्‍नो कामबारे अग्रिम रूपमा भविष्यवाणी गर्ने परमेश्‍वर हुनुहुन्छ। त्यसपछि, उहाँले सारा मानवजातिलाई प्रकारअनुसार आफ्नो वचनद्वारा वर्गीकरण गर्नुहुनेछ र मानवजाति उहाँको वचनहरूअनुसार उहाँको चरणबद्ध कार्यमा प्रवेश गर्नेछन्। कोही पनि उम्कनेछैनन् र सबैले यहीअनुसार अभ्यास गर्नुपर्छ। त्यसकारण, भविष्यमा उहाँका वचनहरूले युगलाई अगुवाइ गर्नेछन् र आत्माले अगुवाइ गर्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६७

“मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने वाक्यले परमेश्‍वरको हरेक कुरा भौतिक प्रकृतिको छैन, अनि परमेश्‍वरले तेरा सबै भौतिक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९४

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८४

परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र सबैलाई भरणपोषण गर्नुहुन्छ, उहाँ सबै थोकका परमेश्‍वर हुनुहुन्छ (छनौट गरिएका खण्डहरू) यावत् थोकको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२६

नयाँ युगमा आज्ञाहरूको घोषणा यो धारामा रहेका सबै मानिसहरू, आज परमेश्‍वरको आवाज सुन्ने सबै मानिसहरू, नयाँ युगमा प्रवेश गरेका छन् भन्ने तथ्यको...