परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश ११३

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न आउनुहुन्छ। प्रत्येक पटक उहाँ देह बन्नुहुँदा केवल एक चरणको काम पूरा गर्न र नयाँ युग सुरु गर्नका निम्ति हो। अब परमेश्‍वरको राज्यको युग पनि आइपुगेको छ, त्यसरी नै राज्यको तालिम पनि आइपुगेको छ। कामको यो चरण मानिसले गर्ने काम होइन, र यो मानिसले कुनै हदसम्म गर्नुपर्ने काम होइन, तर केवल परमेश्‍वरको कामको एक अंश पूरा गर्नका लागि हो। उहाँले गर्ने काम मानिसको काम होइन, यो काम गर्ने मानिसले पृथ्वी छोड्नु अघि केही निश्चित परिणाम प्राप्त गर्नु होइन; यो उहाँको सेवकाइ पूरा गर्नु र उहाँले गर्नुपर्ने काम समाप्त गर्नु हो, जुन यस पृथ्वीमा उहाँको कामका लागि उचित प्रबन्धहरू गर्नु र त्यसद्वारा महिमा प्राप्त गर्नु हो। देहधारी परमेश्‍वरले गर्नुहुने काम पवित्र आत्माद्वारा प्रयोग भएका मानिसहरूले गर्ने कामभन्दा भिन्न हुन्छ। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, उहाँले केवल आफ्नो सेवकाइको पूरा गर्नुमा ध्यान दिनुहुन्छ। उहाँको सेवकाइसँग सम्बन्धित नभएका अरू सबै मामलाहरूमा, उहाँले प्रायः भाग लिनुहुन्न, यहाँसम्म कि उहाँले आँखा पनि बन्द गर्नुहुन्छ। आफूले गर्नुपर्ने काम मात्र उहाँले गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने काममा उहाँले थोरै मात्र चासो राख्नुहुन्छ। उहाँले गर्नुहुने काम पूर्ण रूपमा उहाँ हुनुभएको युग र उहाँले पूरा गर्नुपर्ने सेवकाइसँग सम्बन्धित हुन्छ, मानौं अरू सबै विषयहरू उहाँको कार्यक्षेत्र बाहिर छन्। मानव जातिको बीचमा जिउनका लागि उहाँले आफूलाई आधारभूत ज्ञानले सुसज्जित पार्नुहुन्न, न त उहाँले धेरै सामाजिक सीपहरू सिक्नुहुन्छ, न आफूलाई मानिसले बुझ्ने अरू कुनै कुराद्वारा सुसज्जित पार्नुहुन्छ। मानिसमा हुनुपर्ने कुराहरूले उहाँलाई चिन्तित बनाउँदैन, र उहाँले केवल आफ्नो काम गर्नुहुन्छ जुन उहाँको कर्तव्य हो। यसरी मानिसले हेर्दा, देहधारी परमेश्‍वरलाई धेरै कुरामा कमी देख्छ कि उहाँले मानिसमा हुनुपर्ने धेरै कुराहरूमा समेत ध्यान दिनुहुन्‍न, उहाँलाई यस्ता विषयहरूको केही पनि ज्ञान छैन। जीवनको बारेमा सामान्य ज्ञान जस्ता कुराहरू, साथै व्यक्तिगत आचरण र अरूसँग गरिने बातचितको उहाँसँग कुनै सम्बन्ध नभएको जस्तो देखिन्छ। तर तैँले देहधारी परमेश्‍वरबाट असामान्यताको सानोभन्दा सानो सङ्केत पनि पाउन सक्दैनस्। भन्नुको अर्थ, उहाँको मानवताले केवल एक सामान्य व्यक्तिको रूपमा उहाँको जीवनलाई, उहाँको दिमागको सामान्य तर्कलाई थामेर राख्छ, उहाँलाई सही र गलत छुट्याउने क्षमता प्रदान गर्दछ। तापनि, उहाँ अरू कुनै कुराले सुसज्जित हुनुहुन्न, ती सबै थोकहरू केवल मानिसमा (सृष्टि गरिएका प्राणीहरूमा) मात्र हुनुपर्छ। परमेश्‍वर केवल उहाँको आफ्नै सेवकाइ पूरा गर्न मात्र शरीर बन्नुहुन्छ। उहाँको काम एउटा सम्पूर्ण युगतिर निर्देशित हुन्छ, कुनै एक व्यक्ति वा स्थानमा होइन, तर सम्पूर्ण ब्रह्माण्डमा। उहाँको कामको दिशा र उहाँले काम गर्ने सिद्धान्त यही नै हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र मानिसको निम्ति यसमा संलग्न हुने कुनै उपाय छैन। प्रत्येक पटक जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँले आफ्नो साथमा त्यस युगको काम ल्याउनुहुन्छ, र मानिसले अझ राम्ररी उहाँलाई बुझून् र प्राप्त गरून् भनी उहाँ मानिससँग बीस, तीस, चालीस, वा सत्तरी वा असी वर्षसम्म जिइरहने उहाँको कुनै उद्देश्य हुँदैन। त्यसको कुनै आवश्यकता छैन! त्यसो गर्दा कुनै पनि प्रकारले परमेश्‍वरको भित्री स्वभावसम्बन्धी मानिसको ज्ञानलाई गहिरो बनाउँदैन; यसको साटो, त्यसले केवल उसका धारणाहरू मात्र बढाउँछ र उसका धारणा र विचारहरूलाई जीवाश्म बनाउँछ। यसैले तिमीहरू सबैले देहधारी परमेश्‍वरको काम के हो भनेर ठ्याक्कै बुझ्नु आवश्यक छ। मैले तिमीहरूलाई दिएका वचनहरू तिमीहरूले पक्कै पनि बुझ्न असफल भएका छैनौ: “म सामान्य मानव जीवनको अनुभव गर्न आएको थिइनँ?” के तिमीहरूले यी वचनहरू भुलेका छौ: “परमेश्‍वर पृथ्वीमा एक सामान्य मानिसको जीवन जिउन आउनुभएको होइन?” तिमीहरू परमेश्‍वर देह बन्नुको उद्देश्य बुझ्दैनौ, न त तिमीहरू “सृष्टि गरिएको प्राणीको जीवनको अनुभव गर्ने मनसायले पृथ्वीमा कसरी परमेश्‍वर आउन सक्नुहुन्छ?” भन्ने कुराको अर्थ जान्दछौ। परमेश्‍वर केवल आफ्नो काम पूरा गर्न पृथ्वीमा आउनुहुन्छ, र यसैले पृथ्वीमा उहाँको काम अल्पकालीन हुन्छ। उहाँ पवित्र आत्मालाई उहाँको आफ्नो मासुको शरीरलाई चर्चको नेतृत्व गर्ने महामानव बनाउन लगाउने उद्देश्यले पनि आउनुहुन्न। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, यो वचन देहधारी बन्नु नै हो; तापनि, मानिसले उहाँको कामबारे जान्दैन र जबरजस्ती उहाँलाई विभिन्न उपाधिहरू दिन्छ। तर तिमीहरू सबैले बुझ्नुपर्छ, कि परमेश्‍वर “वचन देह बन्‍नुहुन्छ,” केही क्षणसम्म परमेश्‍वरको भूमिका खेल्न परमेश्‍वरका आत्माले तयार गर्नुभएको मासुको शरीर होइन। परमेश्‍वर आफै पनि हेरचाहको उपज हुनुहुन्‍न, तर वचन देहधारी हुनुभएको हो, र आज उहाँले आधिकारिक रूपमा तिमीहरू सबैको माझ आफ्नो काम गर्नुहुन्छ। तिमीहरू सबैलाई थाहा छ, र स्वीकार गर्छौ, कि परमेश्‍वरले देहधारण हुनुभएको कुरा वास्तविक सत्यता हो, तापनि, तिमीहरू यसलाई बुझेको जस्तो व्यवहार गर्छौ। देहधारी परमेश्‍वरको कामदेखि उहाँको देहधारणको महत्त्व र तत्त्वसम्म तिमीहरू थोरै पनि बुझ्न सक्दैनौ र स्मरणबाट सजिलै भन्‍न सकिने वचनहरूद्वारा अरूलाई पछ्याउँछौं। के देहधारी परमेश्‍वर तैँले कल्पना गरेको जस्तो हुनुहुन्छ भनी तँ विश्‍वास गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६९

परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५९

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९८

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४७

सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस्...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्