परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०२

आफ्नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै अर्थात् परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै वास्तविक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र वास्तविकताबाट पनि निस्किआउँछ। उहाँले आफ्नो सेवकाइ अत्यन्तै सामान्य र वास्तविक देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति वास्तविक छ, उहाँले आफ्नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्नुपर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको वास्तविकता र सामान्यताबाट आउँछ। आफ्ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्नुपर्छ; काम गर्ने देह जति वास्तविक छ, मानिसहरूको धारणा त्यति नै कठोर हुन्छ र उहाँमा त्यति नै खतराहरू पर्ने सम्भावना हुन्छ। तैपनि, देह जति वास्तविक छ र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा टाँगिनुभएका येशूकै देह हुनुहुन्थ्यो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्‍चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्नु र त्यसद्वारा मानिसलाई जित्नु र सिद्ध गर्नु हो; अर्को शब्दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्नु, प्रकट गर्नु, सिद्ध पार्नु र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्‍चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना वास्तविक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो। तैँले आज देख्ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ र उहाँबारे केही पनि अलौकिक छैन। उहाँ अरूझैँ बिरामी पर्नुहुन्छ, अरूलाई जस्तै उहाँलाई खाने कुरा र वस्त्र चाहिन्छ; उहाँ पूर्ण रूपमा देह हुनुहुन्छ। यदि यो समयमा, देहधारी परमेश्‍वरले अलौकिक चिन्हहरू र आश्चर्यका कामहरू गर्नुभयो भने, यदि उहाँले बिरामीलाई निको पार्नुभयो, भूतात्माहरूलाई निकाल्नुभयो वा एउटै वचनले मार्न सक्नुभयो भने, विजयको कामलाई कसरी अघि बढाउन सकिन्थ्यो? अन्यजाति राष्ट्रहरूमा कसरी काम फैलाउन सकिन्छ? बिरामीलाई चङ्गाइ गर्ने र भूतात्माहरूलाई निकाल्ने काम अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो चरण थियो र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्त गरिसक्‍नुभएको हुनाले, उहाँले अब उप्रान्त त्यो काम गर्नुहुन्न। यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई धपाउने अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै “परमेश्‍वर” देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो “परमेश्‍वर”, परमेश्‍वरका आत्माद्वारा होइन तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोऱ्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले विजयको कामलाई सामान्य, साधारण देहमा प्रकट गर्नुहुन्छ; उहाँले बिरामीलाई निको पार्नुहुन्न, उहाँ मानिसको लागि क्रूसमा मारिनुहुनेछैन तर देहमा वचनहरू मात्रै बोल्नुहुन्छ र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै परमेश्‍वरको कामलाई देहमा पूरा गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५६

शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६८

कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७४

मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८५

तेस्रो दिन, परमेश्‍वरका वचनले पृथ्वी र समुद्रलाई जन्‍म दिन्छन्, र परमेश्‍वरको अख्‍तियारले संसारलाई जीवनद्वारा भरिपूर्ण तुल्याउँछ यसपछि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्