मैले किन खुलस्त हुने आँट गरिनँ
२०२१ को मेको मध्यतिर, हाम्रा अगुवा जेनले लाउराको मूल्याङ्कन लेख्न लगाइन्। उनले लाउरा अहङ्कारी र आत्म-धर्मी छिन्, अनि सधैँ अगुवा र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०१८ को अक्टोबरमा मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। छ महिनापछि, म मेरो मण्डलीमा मलजल डिकन चुनिएँ। सुरुमा यो कर्तव्य सम्हाल्दा मैले धेरै कठिनाइ भोगेँ, तर प्रार्थना र मेरा ब्रदर-सिस्टरहरूसँगको सङ्गतिपछि, म बिस्तारै केही सिद्धान्तमा पोख्त भएँ र आफ्नो कर्तव्यमा केही नतिजा हासिल गरेँ। फुर्सदको समयमा, मैले अनुभवात्मक गवाही लेखहरू लेख्ने अभ्यास पनि गरेँ, र आफूलाई राम्रोसँग बुझ्न म प्रायजसो आत्मचिन्तन गर्थेँ। म हरेक दिन एकदमै सन्तुष्ट महसुस गर्थेँ।
जनवरी २०२२ को एक दिन, मेरो अगुवाले मलाई भने, “तपाईँले जीवन प्रवेशमा केही प्रगति गर्नुभएको छ, त्यसैले हामी तपाईँलाई प्रचारक चुन्न चाहन्छौँ। के तपाईँ यो काम गर्न इच्छुक हुनुहुन्छ?” म अलि घबराएँ, र भनेँ, “म सक्दो कोसिस गर्नेछु।” त्यसपछि अगुवाले भने, “तपाईँले लेखेका अनुभवात्मक गवाही लेखहरू एकदमै राम्रा छन्। आफ्नो जीवन प्रवेशमा ध्यान दिने ब्रदर-सिस्टरहरूले मात्र प्रचारकका रूपमा सेवा गर्न सक्छन्, किनभने तिनीहरूले आफ्ना ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू साँच्चिकै समाधान गर्न सक्छन्।” अगुवाबाट यो कुरा सुनेर मलाई खुसी लाग्यो। उनले मलाई एकदमै मूल्यवान् ठान्छन् र मेरो कदर गर्छन्, त्यसैले मैले सबैलाई निराश पार्नु हुँदैन भन्ने लाग्यो, र म यो काम राम्ररी गर्न सक्छु भनेर उनीहरूलाई देखाउन चाहन्थेँ। त्यसपछि, अगुवाले मलाई धेरै मण्डलीहरूको कामका लागि जिम्मेवार बनाए र मसँग धेरै सिद्धान्तहरूमा सङ्गति गरे। कामको दायरा ठूलो थियो, र मैले जिम्मेवारी लिनुपर्ने कामहरू पनि धेरै थिए, त्यसैले मलाई तनाव भयो र यो काम गर्न सक्दिनँ कि भनेर अलि चिन्तित भएँ। मैले के देखेँ भने, मेरो जस्तै कर्तव्य निर्वाह गर्ने केही ब्रदर-सिस्टर कामसँग परिचित थिए, तर म यस कर्तव्यमा नयाँ थिएँ र यो कसरी गर्ने भनेर मलाई थाहा थिएन। म आफ्ना कठिनाइहरू व्यक्त गर्न चाहन्थेँ, तर फेरि मैले आफ्नो अगुवाबाट पाएको प्रशंसाबारे सोचेँ। म चिन्तित भएँ र सोचेँ, “मैले यो काम कसरी गर्ने भनेर बुझेकी छैनँ भनी उनले थाहा पाए भने, मलाई के सोच्नेछन्? के उनले म यो गर्न सक्दिनँ, र मलाई छान्नु नै गल्ती थियो भनी सोच्नेछन्? यसबाहेक, अब म एक प्रचारक हुँ। यदि म कामसँग परिचितसमेत छैनँ भने, म मण्डलीका अगुवाहरूलाई कसरी मदत गर्न र साथ दिन सक्थेँ र?” यो सोच्दा मलाई एकदमै तनाव भयो, तर आफ्नो सङ्घर्ष अगुवालाई बताउन मलाई साह्रै लाज लाग्यो।
एकपटक हाम्रा माथिल्ला अगुवाले हामीसँग हाम्रो कामबारे छलफल गरिरहनुभएको बेला, मैले सिस्टर सिल्भिया र ब्रदर रिकार्डो अगुवाका प्रश्नहरूको जवाफ दिन एकदमै सक्रिय भएको, र कामको हरेक पक्ष कसरी गर्ने भनेर पनि उनीहरूलाई थाहा भएको देखेँ। जब अगुवाले मलाई सोधे, “तपाईंलाई कुनै कठिनाइ भइरहेको छ?” मैले सोचेँ, “हामी सबै एउटै कर्तव्य निर्वाह गर्छौं। यदि मैले छ भनेँ भने, अगुवाले मलाई के सोच्लिन्? के उनले ममा कार्य क्षमताको कमी छ भनी सोच्नेछिन्?” त्यसैले, मैले झूट बोलेँ र भनेँ मलाई कुनै समस्या छैन। पछि, हरेक पटक अगुवाले हामीसँग भेट्दा, म कमै बोल्थेँ। बोल्दा पनि, म सधैँ पहिले कसरी जवाफ दिने भनेर सोच्थेँ ताकि अरूले मैले नबुझेका धेरै कुरा छन् भनेर नदेखून् र मलाई हेप्न नपाऊन्। यसरी, मैले आफूलाई लुकाइरहेँ र भेष बद्लिरहेँ, मलाई एकदमै रोकावट महसुस भयो, र म आफ्नो कर्तव्यमा झन्-झन् निष्क्रिय हुँदै गएँ। म भेलाहरूमा जानसमेत बन्द गर्न चाहन्थेँ। तर यस्तो हुँदासमेत, मैले ब्रदर-सिस्टरहरूलाई आफ्नो स्थितिबारे खुलेर बताउन चाहिनँ। मैले अरूलाई केवल आफ्नो राम्रो पक्ष देखाउन चाहेँ। एक दिन, मैले मण्डलीको कामको स्थिति जान्नका लागि दुई जना मण्डली अगुवासँग भेट्ने समय मिलाएँ। जब मैले उनीहरूलाई भेटेँ, एक जनाले उत्साहका साथ भने, “हाम्रो कामको प्रभारीका रूपमा तपाईंलाई पाउनु धेरै राम्रो हो! मलाई तपाईँसँग भेलाहरू गर्न रमाइलो लाग्छ, र हरेकपटक तपाईँको सङ्गति सुन्दा म तपाईँको प्रशंसा गर्छु। भविष्यमा म पनि तपाईँजस्तै हुन सकूँ भन्ने आशा गर्छु।” अर्का अगुवाले भने, “हामीलाई तपाईँसँग आफ्नो कर्तव्य पूरा गर्दा राम्रो लाग्छ। तपाईंको सङ्गतिले हामीलाई सधैँ ज्योति दिन्छ।” त्यसबेला, म उनीहरूलाई मलाई यति मान नगर्न, मलाई पनि आफ्नो कर्तव्यमा कठिनाइहरू छन्, र दबाबमा पर्दा म नकारात्मक हुन्छु भनेर बताउन चाहन्थेँ। तर फेरि मैले सोचेँ, “यदि मैले उनीहरूलाई साँचो कुरा बताएँ भने, के उनीहरूले भविष्यमा अझै मलाई यति नै मान गर्नेछन्? के उनीहरूले आफूसँग प्रश्नहरू भएमा अझै पनि मलाई सोध्नेछन्?” मेरो मनमा सङ्घर्ष चल्यो, र अन्त्यमा मैले साँचो कुरा बताइनँ। अर्कोपटक, मैले धेरै मण्डली अगुवा र डिकनहरूसँग भेट गरेँ। उनीहरूले केही कामहरू गर्न नसकेको र कठिनाइमा परेको बताए। मैले उनीहरूलाई सान्त्वना दिएँ, “चिन्ता नगर्नुहोस्, हामी सबैले भर्खरै आफ्नो कर्तव्य सुरु गरेका हौँ। बिस्तारै हामी यी कुराहरू सिक्नेछौँ र बुझ्न सक्नेछौँ।” यसो हेर्दा, मैले भनेको कुरामा कुनै गल्ती थिएन। तर वास्तवमा, म पनि त्यो काम गर्न सक्दिनथेँ। उनीहरूले मेरो वास्तविक कद देख्लान् भनेर म चिन्तित थिएँ, त्यसैले मैले इमानदारीपूर्वक बोल्ने आँट गरिनँ, र मैले उनीहरूलाई थोरै प्रोत्साहन मात्र दिएँ जसले उनीहरूका समस्याहरू पटक्कै समाधान गरेन। किनभने मैले आफूलाई लुकाइरहेँ र भेष बद्लिरहेँ, मेरो स्थिति एकदमै खराब थियो, मैले पवित्र आत्माको मार्गदर्शन महसुस गर्न सकिनँ र म संवेगात्मक रूपमा लखतरान भएँ। म अक्सर सोच्थेँ, “म किन अरू सबैले जस्तै मण्डलीको काम गर्न सक्दिनँ?” मैले आफ्ना कठिनाइहरू समाधान गर्न मेरा अगुवालाई खोज्नुपर्छ भन्ने मलाई थाहा थियो, तर मलाई मैले ती कुराहरू बताएँ भने उनले म उपयुक्त म छैनँ भनी सोच्नेछन् भन्ने चिन्ता थियो। मैले सुरुको कुरा सम्झेँ, म यस कर्तव्यका लागि छानिएँ किनभने सबैले म जीवन प्रवेशमा धेरै ध्यान दिन्छु भनेर भने। उनीहरूले मलाई असल क्षमता भएकी र सत्यता पछ्याउने व्यक्ति हुँ भनी सोचेको हुनुपर्छ। यदि उनीहरूलाई मैले नबुझेका कुरा धेरै छन् र म मण्डलीको काम गर्न सक्दिनँ भन्ने थाहा भयो भने, उनीहरूले मलाई प्रचारकका रूपमा छान्नु गल्ती थियो भनी निश्चय नै सोच्नेछन्। यो सोच्दा, म झनै बोल्न डराएँ। मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, र म अन्धकार र कष्टमा जिएँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, मलाई यो वातावरण कसरी अनुभव गर्ने भनेर थाहा छैन। म तपाईंलाई मलाई अगुवाइ र मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गर्दछु।”
एकपटक एउटा भेलामा, हाम्रा माथिल्ला अगुवाले हामीलाई यस अवधिका हाम्रो अनुभवबारे सोधे। अरूले आफ्नो कर्तव्यमा भएका आफ्नो भ्रष्टताको प्रकटीकरण र आफ्ना कमजोरीहरूबारे खुलेर बताए, र मैले आफ्नो स्थितिबारे कुरा गर्ने साहस पाएँ। अगुवाले मलाई मदत गर्न आफ्नो अनुभव प्रयोग गरे, र भने, “अगुवा र कामदार भएर तपाईँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सबै कुरा बुझ्नुपर्छ भन्ने छैन। यो विचार गलत हो। हामी साधारण मानिस मात्र हौँ, त्यसैले हामीले केही कुरा नबुझ्नु र छर्लङ्ग देख्न नसक्नु सामान्य हो। तर यदि हामी सबै कुरा जान्ने बन्न चाहन्छौँ र आफ्नै कमीहरू सम्हाल्न सक्दैनौँ, र आफ्नो हैसियत र छवि जोगाउन, यदि हामी मुखुण्डो लगाएर भेष बदल्छौँ, अरूलाई छल गर्छौँ र आफ्नो साँचो कद अरूलाई कहिल्यै देख्न दिँदैनौँ भने, जीवन पीडादायी हुनेछ।” त्यसपछि, अगुवाले मलाई परमेश्वरका केही वचन पठाए: “तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? परमेश्वरले भन्नुभएजस्तै गरी, तिमीहरूले कसरी सृष्टि गरिएको प्राणीको उचित स्थान लिन सक्छौ—तिमीहरूले कसरी महामानव वा कुनै महान् व्यक्ति बन्ने प्रयास नगर्न सक्छौ? … सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र ‘म अगुवा हुँ, म टोली अगुवा हुँ, म सुपरिवेक्षक हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन’ भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा नफँस्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्नेछ, र तैँले भन्ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, ‘यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले साँच्चै सोचेको कुरा भन्न सक्ने र इमान्दारीपूर्वक बोल्न सक्ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले नाटक गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; यदि कसैलाई जिउने काम थकाइलाग्दो लाग्छ भने, ऊ आफैले गर्दा त्यस्तो भएको हुन्छ। बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्। अनि, तँ अर्को कुनै कुराले पनि ढलपल हुन्छस्। तैँले सधैँ आफूलाई टोली प्रमुख, अगुवा, सेवक, वा पदवी, हैसियत र प्रभाव भएको व्यक्ति ठान्छस्: यदि तैँले कुनै कुरा बुझ्दिनँ, वा गर्न सक्दिनँ भनेर भनिस् भने, के तैँले आफ्नै बदनाम गरिरहेको त हुँदैनस्? जब तैँले तेरो हृदयका यी बन्धनहरू पन्छाउँछस्, जब तैँले आफूलाई अगुवा वा कामदार सोच्न छोड्छस्, र जब तैँले आफूलाई अरूभन्दा असल ठान्न छोड्छस् र बरु तँ पनि अरूजस्तै साधारण व्यक्ति होस्, र कतिपय क्षेत्रमा तँ अरूभन्दा तल छस् भन्ने अनुभव गर्छस्—जब तैँले सत्यताबारे र कामसम्बन्धी विषयहरूबारे यस्तो मनोवृत्तिले सङ्गति गर्छस्, तब प्रभाव फरक हुन्छ, र माहौल पनि फरक हुन्छ। यदि तैँले आफ्नो हृदयमा सधैँ आशङ्का पाल्छस् भने, यदि सधैँ तनाव र ढलपल भएको अनुभव गर्छस् भने, र यदि तैँले यी कुराहरूबाट आफूलाई मुक्त बनाउन चाहन्छस् तर सक्दैनस् भने, तैँले परमेश्वरलाई गम्भीर रूपमा प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, आफ्ना कमीकमजोरीहरू हेर्नुपर्छ, अनि सत्यताप्रति लागिपर्नुपर्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिस् भने, तैँले फल प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, निश्चित पदबाट वा निश्चित मानपदवी प्रयोग गरेर बोल्ने र व्यवहार गर्ने नगर्। पहिले, यो सबैलाई पन्छा, र आफूलाई साधारण व्यक्तिको स्थानमा राख्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। “यदि तँलाई आफ्नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्ने तिनीहरूले जान्न सकून्। तैँले जे गरे पनि, बहाना बनाउने वा देखावटी गर्ने नगर्, कसैले पनि नदेखून् भनेर अरूबाट आफ्नो भ्रष्टता र कमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्न सक्छ। तैँले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, र झूटो कुराहरूलाई मनन र चिरफार गर्नुपर्छ, जस्तै अरूले तँलाई दिने प्रशंसा, तँमाथि बर्साउने महिमा, र तँलाई प्रदान गर्ने मुकुटहरू। तैँले यी कुराहरूले तँमाथि गर्ने हानिलाई देख्नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्नो नाप थाहा हुन्छ, तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिको रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्म-सचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न, परमेश्वरका वचनहरू र परमेश्वरले मान्छेबाट माग्नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्न, सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्न, र दृढ रूपमा साधारण व्यक्ति, इमानदार र भरपर्दो व्यक्ति बन्न, अनि सृष्टि गरिएको प्राणी तँ आफै र सृष्टिकर्ता परमेश्वरबीचमा सामान्य सम्बन्ध स्थापित गर्न सहज हुनेछ। परमेश्वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरा ठ्याक्कै यही हो, अनि यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्ने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरको वचन पढेपछि, मैले यस अवधिको आफ्नो स्थितिबारे चिन्तन गर्न थालेँ। अगुवाले मैले जीवन प्रवेशमा ध्यान दिएकाले मलाई प्रचारक हुन छानिएको हो भनेको सुन्दा, म गर्वित र आत्मसन्तुष्ट बनेँ। मलाई आफूले सत्यता पछ्याएकाले र आफूमा कार्य क्षमता भएकाले यस्तो महत्त्वपूर्ण कामका लागि छानिएको हुँ भन्ने लाग्यो। तर जब मैले वास्तवमा यो कर्तव्य निर्वाह गर्न थालेँ, तब मैले के देखेँ भने मैले धेरै काम बुझेकी रहिनछु। मैले केही सिद्धान्त बुझेकी थिइनँ र मैले धेरै दबाब महसुस गरेँ, त्यसैले म अक्सर नकारात्मक महसुस गर्थेँ। तर मैले आफ्नो वास्तविक स्थितिबारे खुलेर बताइनँ, र कुनै समस्या छैन भनेर आफ्ना अगुवालाई छल गरेँ, किनभने मलाई उनले म योग्य छैनँ भन्ने सोच्लान् भन्ने डर थियो। मण्डलीका अगुवाहरूले मेरो प्रशंसा गरेको, र मलाई आदर्श व्यक्तिसमेत ठानेको सुन्दा, मलाई मैले आफ्ना भ्रष्टता र कमजोरीहरूबारे खुलेर बताउनुपर्छ र उनीहरूलाई मेरो वास्तविक कद थाहा दिनुपर्छ भन्ने थाहा भए पनि, तथ्यहरू थाहा पाएपछि उनीहरूले मलाई मान गर्नेछन् भनेर म चिन्तित भएँ। यसकारण म चुपचाप बसेँ। अगुवा र डिकनहरूले मलाई केही प्रश्न सोध्दासमेत, ती कसरी हल गर्ने भन्ने मैले स्पष्ट नजानेकीले खुलेर उनीहरूसँग कामकुराहरू छलफल गरिनँ। मैले नजाने पनि जानेको नाटक गरेँ र झारा टार्ने शब्दहरूद्वारा जवाफ दिएँ। बारम्बार, मैले भेष बद्लेँ र गलत छाप पारेँ, किनभने म “प्रचारक” भन्ने पदवीमा अल्झिएकी थिएँ। मैले सोचेँ, प्रचारकका रूपमा मेरो बुझाइ र ज्ञान अरूको भन्दा बढी हुनुपर्छ, ममा कमजोरीहरू हुनु हुँदैन, र म नकारात्मक वा कमजोर हुनु हुँदैन। अरूले मलाई मान र अनुमोदन गर्ने एकमात्र तरिका यही हो भन्ने मैले सोचेँ। आफ्नो हैसियत र छवि कायम राख्न, मैले आफूलाई ढाक्न मुखुण्डो लगाएँ, र मैले भ्रष्ट नबनेको व्यक्तिका रूपमा आफ्नो भेष बद्लेँ। मलाई सास्ती, नकारात्मक र कमजोरी महसुस हुँदासमेत, “प्रचारक” को पदवी कायम राख्न, म आफ्नो हृदय खोलेर मदत माग्नुभन्दा बरु गुप्तमा एक्लै रुन्थेँ। यो पदवी मेरा लागि वहन गर्न अत्यन्तै कठिन र थकाइलाग्दो थियो। जब मण्डलीले मलाई प्रचारकका रूपमा छान्यो, तब त्यो मलाई अभ्यास गर्ने मौका दिइरहेको थियो र आफ्नो कर्तव्यमा अझ धेरै सत्यता खोज्न र बुझ्न दिइरहेको थियो। तर मैले सही मार्ग पछ्याइनँ। मैले यस मौकालाई ख्याति, प्राप्ति र हैसियत पछ्याउन प्रयोग गरेँ। के यो परमेश्वरको अभिप्रायविरुद्ध जानु थिएन र? परमेश्वर हामीले महामानव वा महान् व्यक्ति बन्न खोजेको चाहनुहुन्न। परमेश्वर हामी सृजित प्राणीहरूको स्थानमा उभिएर सामान्य, साधारण मानिसहरू बनेको, व्यावहारिक रूपमा सत्यता पछ्याएको, इमानदारीपूर्वक हाम्रा आफ्नै कमजोरीहरू सामना गरेको, र हामीले नबुझ्ने समस्याहरूका लागि, आफ्ना ब्रदर-सिस्टरहरूसँग खुलेर कुरा गरेको र मदत मागेको चाहनुहुन्छ। यो हामीमा हुनुपर्ने अनुभूति हो। मलाई परमेश्वरको अभिप्राय बुझेपछि धेरै स्वतन्त्रता अनुभूति भयो।
पछि, मैले केही ब्रदर-सिस्टरले लेखेका केही अनुभवात्मक गवाही पढेँ जसमा उल्लेख गरिएका परमेश्वरका वचनहरू मेरो स्थितिका लागि विशेष थिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्वास गर्छ? के उसले साँच्चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। सरल शब्दमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर क्षति गर्ने, र फाइदाभन्दा बेफाइदा बढी हुने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, तिनीहरूले अझै पनि नाटक गर्न जारी राख्नेछन्। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, जो नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। अर्को खण्डमा, परमेश्वरले मानिसहरूको हैसियत पछ्याइको प्रकृति र परिणामहरू प्रकट गर्नुभयो। परमेश्वरका वचनहरूले भन्छन्: “तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जिइ। यति नै पर्याप्त छ, र यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूलाई आदर्श मान्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। मैले परमेश्वरको वचनलाई मनन गरेँ र के देखेँ भने ख्रीष्टविरोधीहरू पाखण्डी हुन्, जो सधैँ आफूलाई लुकाउँछन् र सेतो पोत्छन्। उनीहरू साँचो बोल्दैनन् वा अरूलाई आफ्नो कमजोर पक्ष हेर्न दिँदैनन्, र उनीहरू सत्यता बुझ्ने र कुनै खोट नभएका मानिसका रूपमा भेष बदल्छन्। यो अरूको प्रशंसा र आदर पाउनका लागि हो ताकि सबैले उनीहरूलाई पछ्याऊन् र पूजा गरून्। उनीहरूको प्रकृति विशेष गरी अहङ्कारी र छली हुन्छ। मैले आफ्नो व्यवहारबारे चिन्तन गरेँ र म त ख्रीष्ट विरोधीजस्तै छु भन्ने देखेँ। म सधैँ सबै कुरा जानेको नाटक गर्थेँ। म चाहन्थेँ, अरूले मलाई मान गरून्, मेरो क्षमता राम्रो छ र म कुनै पनि समस्या समाधान गर्न सक्छु भनी सोचून्, ताकि उनीहरूका हृदयमा मेरा लागि ठाउँ होस्, उनीहरू ममा झुम्मिऊन्, र उनीहरूले मेरो पूजा गरून्। म असाध्यै अहङ्कारी र नासमझ रहेछु! मैले सोचेको र गरेको सबै कुरा पूर्ण रूपमा परमेश्वरविरुद्ध थियो। विशेष गरी जब मैले परमेश्वरका यी वचनहरू देखेँ, “यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ,” यो मेरा लागि परमेश्वरको चेतावनी हो भन्ने मलाई थाहा भयो। यदि म ख्याति र हैसियत खोज्ने मार्गमा हिँडिरहेकी भए, निश्चय नै परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ, र अन्ततः म हटाइनेथिएँ। मैले परमेश्वरलाई म पश्चात्ताप गर्न चाहन्छु, मुक्ति पाउने मौका गुमाउन चाहन्नँ, र शुद्ध र इमानदार व्यक्ति बन्न पछ्याउन इच्छुक छु भनेर बताउन प्रार्थना गरेँ।
भोलिपल्ट, अगुवाले मलाई अर्को भेलामा सङ्गति गर्ने विषयवस्तु बताए, र मलाई त्यो सञ्चालन गर्ने तयारी गर्न अनुरोध गरे। त्यसपछि उनँले मलाई बुझेँ कि बुझिनँ भनेर सोधे। वास्तवमा, मैले त्यसबेला साँच्चै बुझेकी थिइनँ, तर म उनलाईे मेरो क्षमता कमजोर छ भन्ने लाग्ला भनेर डराएँ, तसर्थ मैले झुट बोलेँ र बुझेँ भनेर भनेँ। तर जब मैले वास्तवमा तयारी गर्न थालेँ, मलाई परमेश्वरका कुन वचनहरू खोज्नुपर्छ भनेर थाहा भएन। म अत्यन्तै घबराएँ, मेरो हातमा पसिना आयो, के गर्ने भनेर मलाई थाहै भएन, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, म शैतानद्वारा अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएकी छु। म अझै प्रतिष्ठा र हैसियतद्वारा बाँधिएकी छु। म आफ्नो देहविरुद्ध विद्रोह गर्न र इमानदार हुन सक्दिनँ। कृपया मलाई अभ्यास गर्ने मार्ग खोज्न अगुवाइ गर्नुहोस्।” परमेश्वरको वचनमा मैले यो पढेँ: “कतिपय मानिसहरूलाई मण्डलीले प्रवर्द्धन र संवर्धन गर्छ, र तिनीहरूले तालिम लिने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्न सकिन्छ कि तिनीहरूलाई परमेश्वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसोभए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्ने व्यक्तिलाई खोज्नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नका लागि आफैले परमेश्वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘सुस्त समाधानले तात्कालिक आवश्यकता पूरा गर्न सक्दैन’ भनेजस्तै हुन्छ। यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ। यदि प्रवर्द्धन भएर तँ अगुवा वा कामदार बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्वास गर्छस् भने—र दाजुभाइ-दिदीबहिनीहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको ढोँग गर्छस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो पाखण्डी फरिसीहरूकै तरिका हो। तैँले सत्यतामा आधारित भएर बोल्ने र काम गर्ने गर्नुपर्छ। नबुझेको बेला, तैँले अरूलाई सोध्न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिलाई तेरो साँचो कद थाहा हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा पाइनुपर्ने समझ हो, र अगुवा र कामदारहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्नुपर्ने कुरा होइन” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने मण्डलीले मलाई आफैलाई तालिम दिने मौका दिन प्रचारकका रूपमा संवर्धन गऱ्यो, ताकि मैले आफ्नो कर्तव्यमा काम कसरी गर्ने भनेर सिक्न सकूँ। यसको मतलब म अरूभन्दा अब्बल छु वा म सबै कुरा जान्दछु भन्ने थिएन। मैले भर्खरै यो कर्तव्य सुरु गरेकी थिएँ, त्यसैले मैले गर्न नसक्ने धेरै काम हुनु र मैले सिद्धान्तहरू नबुझ्नु पूर्ण रूपमा सामान्य थियो। साथै, मैले अनुभवात्मक गवाहीहरू लेख्न सक्नुको मतलब मसँग परमेश्वरको वचनको केही सतही अनुभव र बुझाइ थियो भन्ने मात्र हो, न कि मैले सत्यता बुझेकी थिएँ र ममा सत्यता वास्तविकता थियो भन्ने हो। मैले आफ्नै कमजोरी र कमीहरूलाई सही तरिकाले लिनुपर्थ्यो, र कामकुराहरू नबुझ्दा, मैले खुलेर ब्रदर-सिस्टरहरूसँग सङ्गति खोज्नुपर्थ्यो। यसमा कुनै लाजमर्दो कुरा थिएन। मैले नजाने पनि जानेको नाटक गर्नु चाहिँ लाजमर्दो कुरा थियो, र यसले गर्दा धेरै समस्या समयमै समाधान भएन, जसले मण्डलीको काममा ढिलाइ गरायो। मैले सत्यता खोज्ने मौका पनि बारम्बार गुमाएँ र म नकारात्मकतामा जिएँ। म एकदमै मूर्ख थिएँ! मैल यस्तै गरिरहनु मिल्दैनथ्यो। मैले आफ्ना अभिप्रायहरू ठिक गर्नुपर्थ्यो, खुलेर कुरा गर्नुपर्थ्यो, मेरा ब्रदर-सिस्टरहरूसँग खोजी र सङ्गति गर्नुपर्थ्यो, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। त्यसपछि, मैले नबुझेका वा मलाई स्पष्ट नभएका कामकुराहरूबारे अगुवासँग परामर्श गरेँ र उनले धैर्यपूर्वक मसँग सङ्गति गरे। मेरो सोचाइ अझ स्पष्ट भयो। त्यो भेला एकदमै प्रभावकारी भयो, र मलाई ढुक्क र निश्चिन्त महसुस भयो।
अहिले, आफ्नो कर्तव्य निर्वाह गर्दा म अझै पनि धेरै समस्या र कठिनाइ सामना गर्छु, तर म प्रार्थना गर्न र परमेश्वरमा भर पर्न सक्छु, र म अक्सर ब्रदर-सिस्टरहरूको मदत खोज्छु। भेलाको दौरान, म ब्रदर-सिस्टरहरूलाई आफ्ना बारेमा खुलेर कुरा पनि गर्छु र उनीहरूलाई मेरो भ्रष्टता र कमजोरीहरू देख्न दिन्छु। यसरी अभ्यास गर्दा, मलाई धेरै निश्चिन्त र सुरक्षित महसुस हुन्छ। परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
२०२१ को मेको मध्यतिर, हाम्रा अगुवा जेनले लाउराको मूल्याङ्कन लेख्न लगाइन्। उनले लाउरा अहङ्कारी र आत्म-धर्मी छिन्, अनि सधैँ अगुवा र...
एन्जेला, इटालीविश्वासी बनेपछि, धेरै अगुवा र सेवकहरूले वास्तवमै धेरै कठिनाइ भोग्न सक्छन् भन्ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम...
जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...
गत वर्षको मार्चमा, मण्डलीले मलाई मण्डलीको सुपरभाइजर नियुक्त गर्यो। म निकै उत्साहित थिएँ किनभने सुपरभाइजरको रूपमा छनौट हुनुको अर्थ पक्कै...