अग्रपङ्क्तिमा रहेर सुसमाचार सुनाउँदाका मेरा दिनहरू

16 डिसेम्बर 2024

आइडेन, म्यान्मार

२०२१ को जनवरी महिनामा, मेरा दुई सैनिक मित्रले मलाई सर्वशक्तिमान् परमेश्वरको सुसमाचार सुनाए। त्यसपछि भेला र परमेश्वरका वचनहरूको पठनमार्फत, मैले परमेश्वर भ्रष्ट मानवजातिलाई मुक्ति दिन आखिरी दिनहरूमा देहधारी बन्नुभएको छ भन्ने कुरा थाहा पाएँ, र मैले परमेश्वरका देहधारणहरूको महत्त्वबारे पनि थाहा पाएँ। मैले परमेश्वर व्यक्तिगत रूपमा देहधारी बनेर देखा पर्नुहुनेछ र मानवतामाझ काम गर्नुहुनेछ भनेर कहिल्यै सोचेको थिइनँ। यो एउटा गहन रहस्य हो, र यो मानवजातिका लागि परमेश्वरको सच्चा प्रेम र सबैभन्दा ठूलो मुक्ति हो। म अत्यन्तै भावुक भएँ। मैले परमेश्वरको आवाज सुन्‍न अनि उहाँको देखापराइ र काम देख्‍न सक्‍नेछु भनेर कहिल्यै सोचेको थिइनँ। मैले आफूलाई अत्यन्तै भाग्यमानी ठानेँ, र त्यसबाट ममा भेलाहरूमा झनै बढी जाने चाहना जाग्यो। मैले परमेश्वरका वचनहरू पढेर अनि ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेर, सुसमाचार सुनाउनु हरेकको जिम्मेवारी हो र परमेश्वर हामीबाट त्यही माग गर्नुहुन्छ भन्ने कुरा बुझेँ। सुसमाचार सुनाउनु भनेको परमेश्वरको गवाही दिनु, मानिसलाई परमेश्वरसामु ल्याउनु, तिनीहरूलाई सत्यता र उहाँको मुक्ति प्राप्त गर्न मद्दत दिनु, र सँगसँगै आफूले अझ अर्को असल कार्य गर्नु पनि हो। यदि मैले त्यसो नगरेको भए, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्यलाई बेवास्ता गरेको हुन्थेँ र म परमेश्वरका वचनहरू खान र पिउन अयोग्य हुन्थेँ। त्यो सब बुझेपछि, म सुसमाचार सुनाउन साँच्चै उत्सुक भएँ। म परमेश्वरसँग काम गर्न र अझ धेरै मानिसहरूलाई राज्यको सुसमाचार सुनाउन पनि चाहन्थेँ। त्यसपछि, म फुर्सदमा सुसमाचार सुनाउन अभ्यास गर्थेँ। त्यसपछि अक्टोबरमा, मलाई ब्रिगेडमा पठाइयो, जहाँ संयोगवश नायन नामका ब्रदर थिए, उनी पनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्थे। मैले उनीसित मिलेर आफ्ना सैनिक मित्रहरूलाई सुसमाचार सुनाएँ। एकपटक, मैले लगभग २० जना जति अन्य सैनिकलाई हाम्रो प्रवचन सुन्न बोलाएँ, अनि ब्रदर नायन र मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामबारे गवाही दियौँ। खोजी र अनुसन्धानमार्फत, यी २० भन्दा अलि धेरै सैनिकले सुसमाचार स्विकारेरै छाडे। म उत्साहित थिएँ र मैले सुसमाचार सुनाउन थप आत्मविश्वास प्राप्त गरेँ।

मलाई म्यानमारको गृहयुद्धको बखत अग्रपङ्क्तिमा पठाइयो। मैले सर्वसाधारण कुटिएको र घाइते भएको केही तस्बिर देखेँ, र दुस्मनको शिविरबाट उद्वार गरिएका केहीले हामीलाई के पनि बताए भने, पक्राउ परेपछि तिनीहरूले दुस्मन सेनाका लागि खाना बनाउनुपर्थ्यो, र ती सेनाहरूले तिनीहरूलाई लडाइँ गर्न पनि लगाए। नमान्नेहरूलाई गोली ठोकेर मारे। लडाइँको कारण कतिपय सर्वसाधारणका घरहरू जलाइए, र तिनीहरू जङ्गलमा लुकेर बस्नुपरेको थियो। अनि हरेकपटक सेनाले लडाइँ गर्दा वा कुनै बस्तीमा आक्रमण गर्दा, घाइतेहरूलाई निकालेर अस्पतालमा भर्ना गरिन्थ्यो। ती सबै देख्दा मलाई तिनीहरूप्रति अत्यन्तै सहानुभूति जाग्यो। म सोचिरहेको थिएँ, सायद तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन्, र आस्थाविना तिनीहरूलाई मानिसहरूको नियति कसको हातमा छ, वा सुरक्षाका लागि तिनीहरू कोमाथि भर पर्न सक्छन् भन्ने थाहा हुँदैन। यदि मैले तिनीहरूलाई सुसमाचार सुनाउन र परमेश्वरसामु ल्याउन सकेको भए, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्न र सत्यता बुझ्न उहाँका वचनहरू पढ्न सक्नेथे, परमेश्वरको सुरक्षा प्राप्त गर्नेथे। यी सोचाइले गर्दा मेरो हृदयमा अलि बोझ थपियो। म बस्तीमा गएर सुसमाचार सुनाउन र तिनीहरूलाई परमेश्वरसामु ल्याउन चाहन्थेँ। तर अग्रपङ्क्तिको परिवेशबारे अनजान थिएँ, र मलाई दुस्मन सेनाहरू कहाँ लुकिरहेका छन् भनेर थाहा थिएन। त्यस्ता परिस्थितिमा बाहिर निस्केर सुसमाचार सुनाउँदा, यदि म दुस्मन फौजसँग आमनेसामने परेको भए, पक्राउ पर्न वा मारिन सक्थेँ। म साँच्चै डराएको थिएँ। मैले अब के गर्ने भनेर उपाय खोजी गर्न परमेश्वरलाई प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “तँ जान्दछस् कि तेरो वरिपरि वातावरणमा भएका सबै कुराहरू मेरो अनुमतिमा त्यहाँ छन्, सबै मैले नै योजना बनाएको हुँ। स्पष्ट रूपमा हेर र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। मलाई महसुस भयो, म बाहिर निस्केर सुसमाचार सुनाउन र दुस्मन सेनाले पक्रन्छ वा मार्छ भनेर डराएको थिएँ किनकि मैले परमेश्वरको सर्वशक्तिमानता र सबैमाथि उहाँ शासन गर्नुहुन्छ भनेर साँचो रूपमा बुझेको थिइनँ, र ममा आस्था थिएन। मैले के पनि थाहा पाएँ भने, आफूले हरदिन भोगेका यी सबै ठूला-साना परिस्थितिहरू परमेश्वरद्वारा नियन्त्रित र बन्दोबस्त गरिएका थिए। मलाई दुस्मनले पक्रने-नपक्रने कुरा पनि परमेश्वरकै हातमा थियो। परिस्थिति जति नै खतरनाक भए पनि, यदि परमेश्वरले अनुमति दिनुभएन भने, तिनीहरूले मलाई भेट्टाउन सक्थेनन्। अनि कुनै दिन दुस्मनले मलाई साँच्चै पक्रे पनि, मेरो बाँच्नु वा मर्नु पूर्णतया परमेश्वरकै हातमा हुनेथ्यो। म परमेश्वरले मिलाएको परिस्थितिप्रति समर्पित हुनुपर्छ। अग्रपङ्क्तिमा पठाइनु पनि परमेश्वरकै इच्छा थियो। त्यहाँका सर्वसाधारण यस्तो खतरनाक परिस्थितिमा जिइरहेका थिए कि तिनीहरूलाई सुसमाचार सुनाउने कोही थिएन। तिनीहरूले अझै पनि परमेश्वरको आवाज सुनेका थिएनन्। हुन सक्छ, त्यहाँ परमेश्वरले मुक्ति दिन चाहेका मानिसहरू थिए। मैले परमेश्वरको इच्छालाई विचार गर्नुपर्छ, सुसमाचार प्रचार गर्नुपर्छ र परमेश्वरको गवाही दिनुपर्छ, ताकि तिनीहरूलाई परमेश्वरसामु ल्याउन सकियोस्। यो थाहा पाउँदा, मलाई त्यति डर लागेन। म परमेश्वरमा भर परेर त्यो वातावरणमा सुसमाचार सुनाउन तयार भएँ।

त्यसपछि, मैले स्थानीय मानिसहरूलाई सुसमाचार सुनाउन थालेँ, तर फेरि नयाँनयाँ कठिनाइहरू सामना गरेँ। त्यहाँका मानिसहरू डाइ भाषा बोल्थे। मलाई सामान्य र दैनिक जीवनमा चलाउने थोरै मात्र त्यो भाषा आउँथ्यो, जस्तै “खाना खानुभो?” र “काँ जानुभाको?” म तिनीहरूलाई सुसमाचार सुनाउन सक्दिनथेँ। मलाई निकै चिन्ता लाग्यो। म प्रचार गर्न चाहन्थेँ, तर मलाई भाषा आउँदैनथ्यो र मलाई साँच्चै गाह्रो भो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म सुसमाचार सुनाउन चाहन्छु तर मलाई भाषा आउँदैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मेरा लागि मार्ग खोलिदिनुस्।” एकपटक अनलाइन भेलामा, एक जना सिस्टरले परमेश्वरको वचनको एउटा खण्ड सुनाइन् जुन मेरा लागि निकै उपयोगी थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरू र सत्यता पछ्याउनेहरू सबैलाई उहाँले विभिन्न र फरक फरक परिवेशहरूमा सिद्ध पार्नुहुन्छ। उहाँले मानिसहरूलाई फरक फरक परिवेश वा परीक्षाहरूमार्फत उहाँका वचनहरू अनुभव गर्ने, अनि सत्यता बुझ्ने र उहाँबारे साँचो ज्ञान प्राप्त गर्ने, र अन्ततः सत्यता प्राप्त गर्ने तुल्याउनुहुन्छ। … जो सत्यता खोजी गर्ने उज्यालो मार्गमा हिँड्दैनन् तिनीहरू सदाको लागि शैतानको सत्ता, अनन्त पाप र अन्धकारमा, अनि कुनै आशाबिना जिउनेछन्। के तिमीहरू यी वचनहरूको अर्थ बुझ्न सक्छौ? (मैले सत्यता खोजी गरेर मेरो सारा हृदय र दिमागले आफ्नो कर्तव्य निभाउनुपर्छ।) जब तँलाई कुनै कर्तव्य आइपर्छ, र त्यो तँलाई जिम्मा दिइएको हुन्छ, तब कठिनाइहरूको सामना गर्नबाट कसरी बच्ने भनेर नसोच्; यदि कुनै कुरा सम्हाल्न कठिन छ भने, त्यसलाई एकातिर पन्साउने र बेवास्ता गर्ने नगर्। तैँले त्यस कुरालाई सिधै सामना गर्नुपर्छ। तैँले सधैँ यो याद राख्‍नुपर्छ कि परमेश्‍वर मानिसहरूको साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले केवल प्रार्थना गरेर उहाँबाट खोजी गर्नुपर्छ, अनि परमेश्‍वर साथमा हुनुहुँदा कुनै कुरा पनि कठिन हुँदैन। तँमा यो विश्‍वास हुनैपर्छ। तैँले परमेश्‍वर नै सबै थोकका सार्वभौम हुनुहुन्छ भन्ने विश्‍वास गर्ने भए पनि, किन आफूलाई केही आइपर्दा तँ अझै डर मान्छस् र आफूसँग भरोसायोग्य केही छैन भन्‍ने सोच्छस्? यसले प्रमाणित गर्छ कि तँ परमेश्‍वरमा भरोसा गर्दैनस्। यदि तँ उहाँलाई तेरो साथ र तेरो परमेश्‍वरको रूपमा लिँदैनस् भने, उहाँ तेरो परमेश्‍वर हुनुहुन्न। वास्तविक जीवनमा, तैँले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, तैँले बारम्बार परमेश्‍वरसामु आएर प्रार्थना गर्नु र सत्यता खोज्‍नुपर्छ। तैँले हरदिन एउटा मात्रै मामिलासम्बन्धी सत्यता बुझिस् र केही हासिल गरिस् भने पनि, त्यो समयको नाश भएको हुनेछैन!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। जब मैले त्यो खण्ड पढेँ, तब परमेश्वर मसँगै हुनुहुन्छ भन्ने कुरा मनमा ठप्पा गढियो। कठिनाइहरू आइपर्दा, मैले बस सच्चा प्रार्थना गर्नुपर्छ, परमेश्वरमा भर पर्नुपर्छ, र उहाँले मलाई मार्गदर्शन गर्नुहुनेछ। परमेश्वरका लागि केही पनि असम्भव छैन, त्यसैले ममा आस्था हुनुपर्छ। सुसमाचार सुनाउनु मेरो कर्तव्य हो। म आफूलाई भाषा आएन भन्दैमा पछि हट्नु मिल्दैनथ्यो। मैले अझै सक्दो गर्नैपर्थ्यो। मैले परमेश्वरलाई सन्तुष्ट तुल्याउन सुसमाचार सुनाउने निर्णय गरेकाले, यो जति नै कठिन भए पनि, उहाँमा भर परेर आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। यस्ता कुराहरू सोचचिचार गरेपछि, म त्यसका लागि प्रयत्न गर्न तयार भएँ, र हरेकपटक प्रचार गर्न निस्कनुअघि म परमेश्वरलाई प्रार्थना गरेर मार्गदर्शन माग्थेँ। मैले गाउँलेहरूसँग कुराकानी गर्ने प्रयास थालेँ, तिनीहरूलाई डाइ भाषाको सुसमाचार र गवाही रेकर्डहरू बजाएर सुनाएँ। ती रेकर्ड बजाउँदा म पनि ध्यानपूर्वक सुन्थेँ, र एउटा रेकर्डिङ सकिएपछि, म मानिसहरूसँग सङ्गति गर्थेँ र त्यसमा आफूले सिकिसकेको डाइ भाषा बोलेर अलि कुरा थप्थेँ। त्यसरी दुई-तीन दिनसम्म काम गरेपछि, नौ जना मानिसले सुसमाचार स्विकारे। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ, र मभित्र सुसमाचार सुनाउने अझै बढी विश्‍वास पलायो।

एक दिन, दुस्मन फौजले वीच्याटमा एउटा भिडियो पोस्ट गऱ्यो। तिनीहरूले हाम्रा सैनिकहरूलाई पक्राउ गरेर यातना दिएको देखेँ। तीमध्ये कतिपयको हात र कतिपयका खुट्टा छिनाइएका थिए, र तिनीहरूले सुङ्गुर मारेझैँ उनीहरूका घाँटी छिनाएका थिए। तिनीहरूले उनीहरूको मुटुसमेत चक्कुले काटेर निकालेका थिए। त्यो देखेर म असाध्यै डराएको थिएँ। म सोचिरहेको थिएँ, “म हरेक साँझ सुसमाचार सुनाउन बस्तीमा जान्छु—के मलाई दुस्मनले पक्रनेछ? यदि तिनीहरूले मलाई पक्रेर अन्य सैनिकलाई जस्तै दुर्व्यवहार गरे, वा यातना दिएर मारे भने नि?” यस्तो सोचेपछि, मलाई फेरि बाहिर निस्केर प्रचार गर्न डर लाग्यो। मलाई त्यस बेला आफू सही स्थितिमा छैनँ भन्ने महसुस भयो, त्यसैले मैले प्रार्थना गरेँ र परमेश्वरलाई आफ्नो हृदय सुम्पेँ, र मार्गदर्शन मागेँ। पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ जसले मलाई केही आत्मविश्वास र शक्ति दियो। परमेश्वरको वचनले भन्छ: “परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो महसुस गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको आस्था त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो आस्था त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले दह्रिलो अडान लिनुपर्छ र आफ्नो गवाहीमा बलियोगरी उभिनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको आस्थाले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा आस्था हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। आस्थाबिना, उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्‍याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो ‘विश्‍वास’ भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मैले थाहा पाएँ, हामीले परीक्षा र सङ्कष्ट भोग्दा, यदि हामीमा आस्था छैन र हामी सक्रिय रूपमा सहकार्य गर्दैनौँ भने, परमेश्वरले हामीमा कुनै हालतमा कार्य गर्नुहुन्न र सायद हामी उहाँद्वारा सिद्ध पारिन सक्दैनौँ। हामीले जति धेरै कुनै कुरा देख्न सक्दैनौँ, त्यति नै परमेश्वरमा आस्था राख्नुपर्छ, र आस्था बढाउने एकमात्र तरिका परीक्षाहरू भोग्नु हो। अग्रपङ्क्तिमा रहेर लडाइँ गर्दै सुसमाचार सुनाउनु, दुस्मन फौजको पक्राउमा पर्ने खतरा मोल्नु मेरा लागि परीक्षा, जाँच थियो। ममा सत्यताको कमी थियो, र परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे साँचो बुझाइ थिएन। मैले परमेश्वर सबैमाथि शासन गर्नुहुन्छ भनेर साँचो रूपले विश्वास गरिनँ, त्यसैले ममा आस्था थिएन। सुसमाचार प्रचार गर्ने क्रममा खतरनाक परिस्थिति आइपर्दा, मलाई पक्राउ पर्ने र यातना खेपेर मर्नुपर्ने डर भयो, त्यसैले मैले बाहिर निस्केर प्रचार गर्ने आँट गरिनँ। मैले परमेश्वरलाई साँचो रूपमा आफ्नो हृदय दिन सकिनँ। खासमा, परमेश्वरले यस्तो परिस्थिति मिलाइरहनुभएको थियो ताकि उहाँले मलाई अझ बढी सत्यता दिन सक्नुहोओस्, ताकि मैले सत्यता खोज्न, त्यो अभ्यास गर्न, अनि परमेश्वरको सर्वशक्तिमानता, मानवजातिको भाग्यमाथि उहाँको नियन्त्रण, अनि मेरो जीवन र मरण उहाँकै हातमा भएको वास्तविकता ठम्याउन सकूँ। आफूले त्यस्तो खतरनाक परिस्थिति सामना गरिरहेकाले, मैले त्यो साँचो रूपमा अनुभव गर्नुपर्थ्यो र त्यसैमा जिउनुपर्थ्यो, र त्यसरी मात्र परमेश्वरको कार्य देख्न र साँचो आस्था बढाउन सक्थेँ। मैले परमेश्वरको इच्छा बुझेपछि मेरो हृदय निकै प्रसन्न भयो, र मलाई खासै डर लागेन।

केही पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ जुन झनै प्रेरणादायी थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरसित उहाँका हरेक अनुयायीका लागि योजना हुन्छ। यी हरेक अनुयायीसँग परमेश्‍वरले मान्छेका लागि प्रदान गरेको वातावरण हुन्छ जसमा उसले कर्तव्य निभाउनुपर्छ, अनि हरेकसँग परमेश्‍वरको अनुग्रह र निगाह हुन्छ जुन मानव उपभोगका लागि दिइएको हो। तिनीहरूसँग परमेश्‍वरले मानिसका लागि तय गरेका विशेष परिस्‍थितिहरू, र तिनीहरूले भोग्‍नुपर्ने धेरै कष्टहरू पनि हुन्छन्—यो कुरा मानिसले कल्पेको सहज यात्राजस्तो हुँदैन। यसबाहेक, यदि तँ आफू सृजित प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको भोगाइ वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलत बुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा भोग्ने सङ्कष्टहरू हुन सक्छन्: कसैले हामीलाई विश्‍वासघात गर्न सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्‍वरको महिमाको दिन देख्‍नका लागि तँ बाँच्‍न नपाउने सम्‍भावना पनि हुन्छ। तिमीहरू यसका लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। … प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई निन्दा गरियो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। … वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गरेको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। मैले थाहा पाएँ, परमेश्वरको नियम र बन्दोबस्तले गर्दा नै हामी सबैले उहाँलाई पछ्याउन सक्छौँ, र उहाँ हामी प्रत्येकले आफ्नो कर्तव्य निभाउन सक्ने अवस्था पनि मिलाउनुहुन्छ। सुसमाचार सुनाउने क्रममा, हामीले सबै खालका परिस्थिति र खतराहरू सामना गर्नुपर्ने नै हुन्छ। कतिपय अपमानित हुन्छन्, कतिपयले कुटाइ र गाली खान्छन्, कतिपयलाई शैतानको अख्तियारमा सुम्पिइन्छ र अत्याचार गरिन्छ, र कतिपयले त ज्यानसमेत गुमाउँछन्। तर परिस्थिति जेजस्तो भए पनि, म सृष्टि गरिएको प्राणी हुँ, र मैले सधैँ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सुसमाचार सुनाउनु मेरो जीवनको मिसन, मेरो जिम्मेवारी हो। चाहे यो जति तीतो वा कठिन किन नहोस्, मैले आफ्नो ज्यानै दिनुपरे पनि, आफ्नो कर्तव्य र जिम्मेवारी निभाउनैपर्छ। मैले अनुग्रहको युगमा प्रभु येशूलाई पछ्याउने चेलाहरूलाई सम्झेँ। तिनीहरूले पनि प्रभुको सुसमाचार सुनाउन निकै खतरा मोले। कतिपयले कुटाइ र गाली खाए, कतिपयलाई जेल हालियो, र कतिपयलाई क्रूसमा टाँगियो, र जिउँदै यातना दिएको दियै गरेर मारियो। तर तिनीहरूले गुनासो गरेनन् वा आफ्नो जिम्मेवारी र कर्तव्य छोडेनन्। अन्तत: तिनीहरूले मृत्युपर्यन्त आज्ञापालन गरे, आफ्नै जीवनद्वारा परमेश्वरको कार्य र महान् शक्तिको गवाही दिए, र दियाबलस शैतानलाई लज्जित तुल्याए। तिनीहरू आफूले कुनै खराब काम गरेकाले मरेका हैनन्, तर परमेश्वरको नामको र प्रभु येशू सृष्टिका प्रभु हुनुहुन्छ भन्ने कुराको गवाही दिन मरेका हुन्। तिनीहरूले परमेश्वरको सुसमाचार सुनाउन र उहाँको गवाही दिन आफ्नो ज्यान दिए। त्यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरे। परमेश्वर सृष्टि गरिएको त्यस्ता प्राणीलाई अनुमोदन गर्नुहुन्छ, र तिनीहरूको देह मरे पनि, तिनीहरूको आत्मा परमेश्वरको हातमा र परमेश्वरको बन्दोबस्तमा हुन्छ। मैले केही आत्मचिन्तन पनि गरेँ। मृत्युको मामलामा, म डरपोक थिएँ र बाहिर निस्केर सुसमाचार सुनाउन चाहन्नथेँ। म अझै पनि आफ्नै व्यक्तिगत सुरक्षाबारे सोचिरहेको थिएँ—मैले वास्तवमै प्रेम गर्ने भनेको आफ्नै जीवन थियो। मलाई म आफ्नो भाग्य नियन्त्रण गर्न सक्छु, यदि मैले बाहिर निस्केर प्रचार गरिनँ भने, खतरा वा मृत्यु भोग्नेछैनँ भन्ने लाग्थ्यो। तर अहिले म बुझ्छु, म सुसमाचार सुनाउन नजाँदैमा सुरक्षित हुँदिनथेँ। मलाई गार्डमा खटाइएको थियो, जुन स्वाभावतः खतरनाक हुन्छ, र म एम्बुसमा पर्न सक्थेँ। साथै, हामी पानी लिन वा स्थानीयबासीकहाँ केही कुरा किन्न जानु पनि खतरापूर्ण थियो। हामीलाई जुनसुकै समयमा दुस्मन सेनाले आक्रमण गर्न सक्थ्यो। मेरो जीवन आफूले नियन्त्रण गर्न सक्ने कुरो थिएन। हामी दुस्मनको कब्जामा पर्नु-नपर्नु पूर्णतया परमेश्वरकै हातमा थियो। उहाँले अनुमति दिनुभएन भने, प्रचार गर्न बाहिर गए पनि म कब्जामा पर्नेथिइनँ। यदि परमेश्वरले केही हुन दिनुभएको भए, म प्रचार गर्न नगए पनि एम्बुसमा वा दुस्मनको कब्जामा पर्न सक्थेँ। म सृष्टि गरिएको प्राणी हुँ जो परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। जे आइपरे पनि, मैले सुसमाचार सुनाउन र आफ्नो कर्तव्य निभाउन जारी राख्नुपर्छ। यदि मैले सुसमाचार नसुनाउने, परमेश्वरको गवाही नदिने र आफ्नो कर्तव्य नगर्ने हर बहाना खोजेँ भने, म देहगत रूपमा त जीवितै रहनेछु, तर परमेश्वरको नजरमा, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो काम गुमाउनेछु, र मेरो जीवन अर्थहीन हुनेछ। अन्त्यमा परमेश्वरले मलाई हटाउनुहुनेछ, र मैले मुक्ति प्राप्त गर्नेछैनँ। अग्रपङ्क्तिमा हुँदा, बस्तीमा प्रचार गर्न जानु खतरनाक थियो, तर मैले परमेश्वरको सुसमाचार सुनाउन र त्यसको पहुँच बढाउन हेतु, जीवनमा टाँसिरहन मिल्दैन, बरु मृत्युको सम्भावनालाई राम्ररी सामना गर्नुपर्छ, अनि आवश्यक परेमा, प्रचार गरिरहन आफ्नो ज्यान दिनुपर्छ, यसरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। त्यो गवाही हो, र आफ्नो कर्तव्य निभाउने उत्तम उपाय त्यो नै हो। मैले के पनि बुझेँ भने, म सृष्टि गरिएको प्राणी र परमेश्वरको अनुयायी हुँ। मलाई जस्तो खतरनाक परिस्थिति आइपरे पनि, सुसमाचार सुनाउनु नै मेरो जीवनको मिसन र मैले पूरा गर्नैपर्ने कर्तव्य हो। म कहिल्यै, कुनै पनि समय सुसमाचार सुनाउन छोड्न सक्दिनँ। त्यसपछि, मैले प्रचारमा जाने दुई ब्रदर निकोलस र आर्थरलाई भेटेँ।

एक दिन, हामी एउटा बस्तीमा गयौँ र दश जना मानिस हाम्रो प्रचार सुन्न आए। हामीले तिनीहरूसँग विपत्तिहरूबाट कसरी जोगिने भनेर सङ्गति गऱ्यौँ: “अहिले झन्-झन् ठूला विपत्तिहरू आउँदै छन्, यहाँ अवस्था त्यस्तै छ, यहाँ हामी निरन्तर युद्धरत छौँ, र पानी रगतले दूषित भएको छ। महामारी पनि चलिरहेको छ…। वास्तवमा यी सबै विपत्तिबाट हामीलाई कसले मुक्ति दिन सक्छ? मुक्तिदाता अर्थात् स्वर्ग, पृथ्वी र यावत्‌ थोक सृष्टि गर्नुहुने एकमात्र साँचो परमेश्वरले मात्र हामीलाई मुक्ति दिन सक्नुहुन्छ।” त्यसपछि हामीले तिनीहरूलाई प्रवचनको केही रेकर्डिङ बजाएर सुनायौँ त्यसमा मानव किन जन्मिन्छन्, वृद्ध हुन्छन्, बिरामी पर्छन्, र मर्छन्, विपत्तिहरूमा कसरी परमेश्वरको सुरक्षा प्राप्त गर्ने, शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ, र परमेश्वर मानवजातिलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भनेर बताइएको थियो। त्यसमा परमेश्वरको वचनका केही खण्ड पनि थिए: “ती तथ्यहरू यसप्रकार छन्: पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो। स्वर्गका सारा स्वर्गदूतहरूमाथि त्यसको क्षेत्राधिकार थियो; परमेश्‍वरले त्यसलाई प्रदान गर्नुभएको अख्तियार यही नै थियो। परमेश्‍वरबाहेक, स्वर्गका स्वर्गदूतहरूमध्ये त्यो नै सबैभन्दा महान् थियो। पछि, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, तल पृथ्वीमा त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरविरुद्ध अझै ठूलो धोकाधडी गर्‍यो। म त भन्छु, त्यसले मानवजातिलाई व्यवस्थापन गर्न र परमेश्‍वरको अख्तियार नाघ्‍न चाहेकोले परमेश्‍वरलाई धोका दियो। हव्‍वालाई परीक्षा गरी पाप गर्न लगाउने त्यही प्रधान स्‍वर्गदूत थियो, र त्यसले त्यसो गर्‍यो किनभने त्यो, पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्न र मानिसहरूले परमेश्‍वरलाई धोका दिएर उहाँको सट्टा उसको आज्ञापालन गर्ने तुल्याउन चाहन्थ्यो। धेरै कुराहरूले त्यसको आज्ञापालन गर्न सक्छन्—पृथ्वीका मानिसहरूले जस्तै स्वर्गदूतहरूले पनि त्यसो गर्न सक्छन् भन्‍ने त्यस प्रधान स्‍वर्गदूतले देख्यो। आदम र हव्‍वाले त्यस प्रधान स्‍वर्गदूतको आज्ञा पालन गरेको बेला, चराचुरुङ्गी र वनपशुहरू, रूखहरू, जङ्गलहरू, पहाड-पर्वत, खोलानाला, र पृथ्वीमा भएका सबै कुरा मानवजाति अर्थात् आदम र हव्‍वाको हेरचाहमा थियो। त्यसकारण, त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको अख्तियार नाघ्‍ने र परमेश्‍वरलाई विश्वासघात गर्ने इच्‍छा गर्‍यो। त्यसपछि, त्यसले धेरै स्वर्गदूतहरूलाई परमेश्‍वरलाई विश्वासघात गर्न बहकायो, जो पछि विभिन्‍न प्रकारका अशुद्ध आत्‍माहरू बने। के आजसम्‍मको मानवजातिको विकास प्रधान स्‍वर्गदूतको भ्रष्टताले नै पैदा गरेको होइन र? मानवजाति आज जस्तो छ त्यो प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई विश्वासघात गरेर मानवजातिलाई भ्रष्ट तुल्याएको कारणले गर्दा नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ)। “सर्वप्रथम, मानिसहरूले आफ्नो जीवनभर जन्म, बुढ्यौली, रोग र मृत्युको पीडा कहाँबाट आउँछ र किन मानिसले यी कुराहरू भोग्छ भनेर बुझ्नुपर्छ। सुरुमा मानिसलाई सृष्टि गर्दा के यी कुराहरू अस्तित्वमै नभएका होइनन् र? यी पीडाहरू कहाँबाट आए? यी पीडाहरू शैतानले मानिसलाई प्रलोभित र भ्रष्ट पारेर पतित बनाएपछि आएका थिए। मानिसको देहको पीडा, समस्याहरू र खालीपन अनि मानिसको संसारमा भएका सबै निकृष्ट कुराहरू—ती सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि देखा परे। शैतानले मानिसलाई भ्रष्ट पारेपछि, शैतानले मानिसलाई सताउन थाल्यो र फलस्वरूप मानिस अझ गिर्‍यो, उसको रोग अझ गम्भीर भयो, उसको पीडा अझ ठूलो भयो र ऊभित्र यो संसार खाली र दयनीय छ, र यो संसारमा बाँच्न असम्भव छ र यो संसारमा बाँच्नु झन् निराशाजनक छ भन्‍ने भावना बढ्न थाल्यो। यसरी मानिसको यो सबै पीडा शैतानले ल्याएको थियो र मानिस शैतानद्वारा भ्रष्ट पारिएर पतित भएपछि आएको थियो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व)। “हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै राष्‍ट्र र ठाउँहरूले विपत् भोग्‍नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर आउनेछन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घट्नेछैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका कीटजन्य महामारीहरू एकपछि अर्को गरी उत्पन्‍न हुँदै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। सबै राष्‍ट्र र मानिसहरूमाथि यो मेरो न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६५)। तिनीहरूले यी वचनहरू सुने र ती तिनीहरूलाई राम्रा लाग्यो। कतिपय मानिसले भने, “हामीले पहिले त्यस्ता वचनहरू कहिल्यै सुनेका छैनौँ। ती अद्भुत, अत्यन्तै मनछुने छन्।” कतिपयले भने, “तपाईँहरू यहाँ आई यो सुसमाचार सुनाएर हामीलाई परमेश्वरको आवाज सुन्न दिनुभएकोमा धेरै धन्यवाद।” अनि अरूले चाहिँ भने, “म तपाईंहरू फेरि आउनुहुन्छ भन्ने आशा गर्छु।” ती दश जनाले सुसमाचार सुनेपछि त्यही दिन स्विकारे। मैले तिनीहरूलाई हामी त्यो साँझ फेरि आउँछौँ भनेँ, र तिनीहरूलाई साथीसँगी र आफन्तलाई पनि ल्याउन प्रोत्साहित गरेँ। तिनीहरूले त्यो साँझ थप एक दर्जनभन्दा बढी मानिस ल्याए। प्रवचनको रेकर्डिङ र परमेश्वरको वचन सुनेपछि, ती मानिसहरू सबैले सुसमाचार स्विकारे र फुर्सद हुँदा साँझ आएर प्रवचन सुन्ने वचन दिए। मलाई अत्यन्तै खुसी लाग्यो। त्यहाँदेखि, हामीले समय पाउँदैपिच्छे दिनमा प्रचार गरिरह्यौँ, र तिनीहरूलाई रातमा मलजल गर्थ्यौँ। मलजल गरेपछि हामी खुसुक्क आफ्नो पोस्टमा फर्कन्थ्यौँ। त्यसको करिब एक महिनापछि, तिनीहरू सबै जना निरन्तर भेलामा आउँथे, र निकै संलग्न हुन्थे। तिनीहरू प्रवचनहरू सुन्न अरूलाई पनि ल्याउँथे। झन्-झन् धेरै मानिसले सुसमाचार स्विकारे। यो नतिजा देख्दा म निकै खुसी र भावुक भएँ। मैले अग्रपङ्क्तिमा रहेर सुसमाचार प्रचार गर्न र ती सर्वसाधारणलाई परमेश्वरसामु ल्याउन सक्नु सबै परमेश्वरको मार्गदर्शनकै कारण भएका थिए र मलाई साँच्चिकै शान्ति महसुस भयो।

एक साँझ, म केही नयाँ विश्वासीहरूलाई मलजल गर्न बस्तीमा गएको थिएँ। फर्कने क्रममा, मैले एक कम्पनी कमाण्डरले नाइट भिजन उपकरणसहित गस्ती गरिरहेको भेटेँ। उसले मलाई देख्यो, र, मलाई आक्रमण गर्न आएको दुस्मन ठानेर, पक्रन केही सैनिक भेला पारे। तिनीहरूले मलाई गोली हान्नै लाग्दा, म तुरुन्तै चिच्च्याएँ। ब्रदर शाउनले मलाई नचिनेको भए तिनीहरूले गोली हानिसकेका हुन्थे। अर्को दिन, ब्रदर शाउनले मलाई भने, “हिजो राती तपाईंले झण्डै गोली खानुभाको। धन्न मैले तपाईंको सोर चिनेँ।” त्यो सुन्दा म निकै भावुक बनेँ, र मैले परमेश्वरलाई प्रार्थना गरेर सुरक्षा दिनुभएकोमा धन्यवाद दिएँ। मैले परमेश्वरको वचनको कुरा सम्झेँ: “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले परमेश्वर सबथोकमाथि शासन र नियन्त्रण गर्नुहुन्छ भनेर बुझेँ। मानिसको हृदय र आत्मा उहाँकै हातमा हुन्छ। चाहे जिउँदो होस् वा मृत, सबै कुरा परमेश्वरको सोचअनुसार बद्लिन्छन् र परिवर्तन हुन्छन्। हामी बाँच्ने वा मर्ने कुरा पनि परमेश्वरले नै नियन्त्रण र बन्दोबस्त गर्नुहुन्छ। अघिल्लो रात मेरा सैनिक मित्रहरूले मलाई गोली चलाउने वा नचलाउने कुरा पनि परमेश्वरकै हातमा थियो। ब्रदर शाउनलाई भेट्नु पनि परमेश्वरकै सार्वभौमिकताअन्तर्गत थियो। उनले मेरो सोर चिनेकै कारण तिनीहरूले गोली हानेनन्। यो सब परमेश्वरले तोक्नुभएको थियो। म परमेश्वरप्रति साँच्चै कृतज्ञ भएँ र अत्यन्तै भावुक बनेँ। मैले मप्रति परमेश्वरको प्रेम र सुरक्षा अनुभूति गर्न सकेँ, र मैले उहाँका कार्यहरू कति अद्भुत रहेछन् भनेर पनि देखेँ। त्यसपछि, ती दुई ब्रदर र म सुसमाचार सुनाउन बस्तीमा गइरह्यौँ। हामीले सन्ताउन्न जना मानिसहरूलाई सुसमाचार सुनायौँ, र तिनीहरू सबै जना मण्डलीमा आबद्ध भएका थिए। म परमेश्वरको मार्गदर्शनका लागि एकदमै कृतज्ञ थिएँ।

केही समयपछि, त्यो क्षेत्रमा सुसमाचार प्रचार गर्ने काम लगभग सकिएको थियो, र त्यसपछि मैले अब कहाँ जाने भन्नेबारे सोचेँ। अनि सोही दिन हाम्रो एकाइ अर्को बस्तीमा सारियो जसमा दुईवटा गाउँ पर्थे। नयाँ ठाउँमा सुसमाचार प्रचारलाई निरन्तरता दिन पाउँदा म निकै खुसी थिएँ। त्यो बस्तीमा पनि अवस्था निकै खतरनाक थियो—दुस्मन फौजले जुनसुकै बेला आएर आक्रमण गर्न सक्थ्यो। हामीले त्यहाँ पुग्नेबित्तिकै जमिनमा बिछ्याएको एउटा बम भेट्टायौँ। मलाई अलि डर लाग्यो, दुस्मन फौज सर्वसाधारण भएको ढोँग गर्छ र कहीँकतै देखिँदैन भन्ने डर लाग्यो। यदि हामी धेरै थिएनौँ वा हामी विना हतियार एक्लै बाहिर निस्क्यौँ, र तिनीहरूसँग आमनेसामने भयौँ भने, तिनीहरूले हामीलाई मार्ने वा पक्रने मौका छोप्नेथे। तर मैले पुरानो ठाउँमा अनुभव गरेपछि, परमेश्वरका अद्भुत कार्यहरू देखेको थिएँ, र मलाई सुसमाचार सुनाउनु मेरो जिम्मेवारी हो भन्ने थाहा थियो। जे आइपरे पनि, म त्यहीअनुसार चल्नुपर्थ्यो। त्यो सोच्दा, मलाई बन्धनमा परेको महसुस हुन छोड्यो, र मैले समय मिल्दैपिच्छे बाहिर गएर सुसमाचार सुनाइरहेँ। बस्तीमा जाँदा, हामीले बन्दुक बोक्थ्यौँ, लापर्बाह हुने दुस्साहस गरेनौँ। हामीले सुरुमा गाउँका उपप्रमुख, उनकी श्रीमती र आमालाई सुसमाचार सुनायौँ, उनीहरूलाई प्रवचनका रेकर्डिङहरू बजाएर सुनायौँ। ती रेकर्डिङरूमा परमेश्वरले सुरुमा कसरी स्वर्ग, पृथ्वी र यावत थोक सृष्टि गर्नुभयो, मानवजाति कसरी भ्रष्ट बन्न थाले, साथै आखिरी दिनहरूका विपत्ति र युद्धहरू अनि यी कसरी प्रभुको आगमनका चिन्हहरू हुन् भनेर बताइएको थियो। प्रभु येशू मानवजातिलाई मुक्ति दिन देहमा फर्किसक्नुभएको छ। उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ। उहाँ मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्दै हुनुहुन्छ, आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ ताकि हामी दुष्टता र विपत्तिहरूबाट उम्कन सकौँ। यदि हामी सर्वशक्तिमान् परमेश्वरसामु आयौँ भने मात्र परमेश्वरको मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ। तिनीहरूले यो गवाही सुने र सबैले यो अद्भुत रहेछ भने। गाउँका उपप्रमुखले भने, “एकछिन है त, भर्खरै तपाईंले भनेको कुरा नोटबुकमा लेखिहाल्छु, ताकि पछि फेरि पढ्न सकूँ।” मैले भनेँ, “त्यसबारे चिन्ता नलिनुस्, हामी फेरि भोलि आउनेछौँ। के तपाईं अरू मानिसलाई पनि सुन्नका लागि बोलाउन सक्नुहुन्छ?” उनले जवाफ दिए, “तपाईंले जे भनिरहनुभएको छ त्यो राम्रो र सही कुरा हो। म गाउँका उपप्रमुख हुँ, त्यसैले मैले गाउँलेहरूलाई सँगै मिलेर सुन्न बोलाउनुपर्छ।” भोलिपल्ट, उनले हाम्रो प्रवचन सुन्न अरू केही मानिसलाई लिएर आए। अन्तत: ती दुई गाउँका ९४ जना मानिसले परमेश्वरका आखिरी दिनहरूको काम स्विकारे। म परमेश्वरप्रति एकदमै कृतज्ञ भएँ किनकि मैले सुसमाचार सुनाउन र आफ्नो कर्तव्य पूरा गर्न सकूँ भनेर उहाँले मलाई त्यहाँ जाने बन्दोबस्त मिलाइदिनुभो, जुन परमेश्वरको महानता थियो। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ!

त्यो सब भोगाइबाट मैले परमेश्वर मानिसको भाग्यलाई नियन्त्रण गर्नुहुन्छ, अनि हाम्रो जीवन र मरण उहाँकै हातमा छन् भन्ने व्यक्तिगत अनुभव पाएँ। त्यसबाट मैले परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकताबारे थप व्यावहारिक बुझाइ पनि प्राप्त गरेँ। पहिले, जब म अग्रपङ्क्तिमा पुगेको पनि थिइनँ, मलाई सैनिक हुनु खतरनाक हो भन्ने थाहा थियो, अनि मैले प्रार्थना गरेँ र आफ्नो जीवन र मृत्युलाई परमेश्वरको हातमा सुम्पेँ। तर मैले आफू त्यहाँ नपुगिन्जेल परमेश्वरप्रतिको मेरो आस्था कति कम रहेछ भन्ने बुझिनँ। त्यसपछि हरेकपटक मलाई कुनै खतरनाक परिस्थिति आइपर्दा अनि डर लाग्दा र ममा आस्थाको कमी हुँदा, परमेश्वरको वचनले नै मलाई भरणपोषण र मार्गदर्शन गऱ्यो, र आस्था र शक्ति दियो। त्यसैले गर्दा मात्र म पछि हटिनँ र मैले आफ्नो कर्तव्य त्यागिनँ। मलाई त्यस्तो अनुभव गर्न दिनुभएकोमा म परमेश्वरप्रति निकै कृतज्ञ थिएँ। भविष्यमा म जहाँ पुगे पनि, त्यो ठाउँ जति नै खतरनाक भए पनि, परमेश्वरको सुसमाचार सुनाउनु मेरो जीवनको मिसन हो। मैले परमेश्वरमा आस्था राख्नुपर्छ, आफ्नो हृदय उहाँलाई सुम्पनुपर्छ, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आलोचना गरिँदा मेरो खुलासा भयो

स्यारोन, स्पेनडिसेम्बर २०२१ को एकदिन अर्को सिस्टरले मलाई अर्को मण्डलीबाट हाम्रो मण्डलीमा स्थानान्तरण भएर आएकी सिस्टर एड्रियानाले अन्य...

आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित...

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्