परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९४

विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र

हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको बारेमा छलफल गर्‍यौं। अब, हामी दोस्रो वर्गको, अर्थात् विभिन्‍न विश्‍वासका मानिसहरूको बारेमा छलफल गरौं। “विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र” एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण विषय हो, र तिमीहरूले यसबारेमा केही बुझाइ प्राप्त गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। सबैभन्दा पहिले, हामी “विश्‍वासका मानिसहरू” भन्‍ने वाक्यांशको “विश्‍वासले” केलाई जनाउँछ त्यसको बारेमा कुरा गरौं: यहूदी धर्म, इसाई जगत, क्याथोलिकवाद, इस्लाम, र बुद्ध धर्म गरी मुख्य पाँच धर्म। अविश्‍वासीहरू बाहेक, यी पाँच धर्ममा विश्‍वास गर्ने मानिसहरूले संसारको जनसङ्ख्याको धेरैजसो भाग ओगटेका छन्। यी पाँच धर्महरूमध्ये, धर्ममा नै आफ्‍नो जीविकोपार्जन गर्ने मानिसहरू थोरै मात्र छन्, तैपनि यी धर्महरूका धेरै अनुयायी हुन्छन्। मरेपछि तिनीहरू फरक-फरक स्थानमा जानेछन्। कोबाट “फरक”? अविश्‍वासीहरू, कुनै विश्‍वास नभएका मानिसहरूबाट फरक, जसको बारेमा हामीले भर्खरै कुरा गरिरहेका थियौं। मरेपछि यी पाँच धर्मका विश्‍वासीहरू अर्कै ठाउँमा, अविश्‍वासीहरूको भन्दा फरक अर्कै ठाउँमा जान्छन्। तैपनि, यो अझै पनि उही प्रक्रिया हुन्छ; तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले गरेका सबै कुराको आधारमा नै आत्मिक संसारले तिनीहरूको न्याय गर्नेछ, जुन कार्यपछि तिनीहरूलाई सोही अनुरूप अघि बढाइनेछ। तैपनि किन यी मानिसहरूलाई प्रक्रियाको लागि फरक स्थानमा पठाइनेछ त? यसको एउटा महत्त्वपूर्ण कारण छ। यो के हो त? म तिमीहरूलाई एउटा उदाहरणद्वारा यसबारेमा व्याख्या गर्नेछु। तैपनि मैले यसो गर्नुभन्दा पहिले, तिमीहरू सायद मनमनै सोचिरहेका छौ होला: “सायद परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास थोरै भएकोले होला! तिनीहरू पूर्ण अविश्‍वासी होइनन्।” तैपनि, कारण यो होइन। तिनीहरूलाई अरूबाट टाढा राख्‍नुको एउटा अत्यन्तै महत्त्वपूर्ण कारण छ।

उदाहरणको लागि बुद्ध धर्मलाई लिऊँ। म तिमीहरूलाई एउटा तथ्य बताउनेछु। बुद्ध धर्म मान्‍ने मानिस बुद्ध धर्ममा लागेको व्यक्ति हो, र यो व्यक्तिलाई तिनीहरूको विश्‍वास के हो भन्‍ने थाहा हुन्छ। जब बुद्ध धर्मावलम्‍बीहरू आफ्‍नो कपाल काटेर लामा वा आनी बन्छन्, यसको अर्थ तिनीहरूले मानव संसारका कोलाहललाई छोडेर आफूलाई भौतिक संसारबाट अलग गरेका छन् भन्‍ने हुन्छ। हरेक दिन, तिनीहरूले सूत्र र बुद्धको नाम जप्छन्, शाकाहारी खाना मात्र खान्छन्, भिक्षुको जीवन जिउँछन्, अनि चीसोमा, घिउको दियोको मधुरो ज्योतिमा बसेर आफ्‍ना दिनहरू बिताउँछन्। तिनीहरूले आफ्‍नो सारा जीवन यसरी नै बिताउँछन्। जब बुद्ध धर्मावलम्बीको भौतिक जीवन समाप्त हुन्छ, तब तिनीहरूले आफ्‍नो जीवनको सारांश तयार गर्छन्, तर तिनीहरूलाई आफ्नो हृदयमा भने तिनीहरू मरेपछि कहाँ जानेछन्, तिनीहरूले कसलाई भेट्नेछन्, वा तिनीहरूको परिणाम के हुनेछ भन्ने थाहा हुनेछैन: भित्री मनमा, तिनीहरूसँग त्यस्ता कुराको बारेमा स्पष्ट विचार हुँदैन। आफ्‍नो सारा जीवनभरि अन्धाधुन्ध विश्‍वास गर्ने बाहेक तिनीहरूले केही पनि गरेका हुँदैनन्, जुन कार्यपछि तिनीहरू आफ्‍ना अन्धो कामना र आदर्शहरूसहित मानव संसारबाट बिदा हुन्छन्। बुद्ध धर्मावलम्बीहरूले जीवितहरूको संसारलाई छोडेर जाँदा तिनीहरूको भौतिक जीवनको समाप्ति त्यस्तै हुन्छ; त्यसपछि, तिनीहरू आफ्‍नो आत्मिक संसारको मूल स्थानमा फर्कन्छन्। पृथ्वीमा फर्कनको लागि र आफ्नो आत्म-हेरचाहलाई जारी राख्‍नको लागि उक्त व्यक्तिको पुनर्जन्‍म हुन्छ कि हुँदैन भन्‍ने कुरा तिनीहरूको मृत्युभन्दा पहिलेको तिनीहरूको बानीबेहोरा र अभ्यासमा निर्भर हुन्छ। यदि तिनीहरूले आफ्‍नो जीवनकालमा केही पनि गलत गरेका थिएनन् भने, तिनीहरूको तुरुन्तै पुनर्जन्‍म हुन्छ र तिनीहरूलाई फेरि पृथ्वीमा पठाइन्छ, जहाँ उक्त व्यक्ति फेरि पनि लामा वा आनी बन्छ। अर्थात्, तिनीहरूले पहिलो पटक जसरी आत्म-हेरचाहको अभ्यास गरेका थिए त्यसरी नै तिनीहरूले आफ्‍नो भौतिक जीवनकालमा आत्म-हेरचाहको अभ्यास गर्छन्, त्यसपछि तिनीहरूको भौतिक जीवन समाप्त भएपछि, तिनीहरू आत्मिक क्षेत्रमा फर्कन्छन्, जहाँ तिनीहरूको जाँच हुन्छ। त्यसपछि, कुनै समस्या भेटिएन भने, तिनीहरू फेरि मानिसको संसारमा फर्केर फेरि बौद्ध धर्ममा लागेर, आफ्‍नो अभ्यासलाई जारी राख्‍न सक्छन्। तीनदेखि सात पटक पुनर्जन्‍म भइसकेपछि, तिनीहरू फेरि पनि आत्मिक संसारमा फर्कनेछन्, जहाँ तिनीहरू हरेक भौतिक जीवन समाप्त भएपछि जान्छन्। यदि मानव संसारमा हुँदा तिनीहरूका विभिन्‍न योग्यता र व्यवहार आत्मिक संसारका स्वर्गीय आदेशहरू अनुरूप छन् भने, यस विन्दुदेखि, तिनीहरू त्यहीँ नै रहनेछन्; त्यस उप्रान्त मानवको रूपमा तिनीहरूको पुनर्जन्‍म हुनेछैन, न त तिनीहरूले दुष्कर्म गरेकोमा कुनै दण्ड पाउने खतरा नै हुन्छ। तिनीहरू फेरि कहिल्यै पनि यो प्रक्रियामार्फत गुज्रनेछैनन्। बरु, तिनीहरूका परिस्‍थितिहरू अनुरूप, तिनीहरूले आत्मिक क्षेत्रमा एउटा पद धारण गर्नेछन्। बुद्ध धर्मावलम्बीहरूले यसैलाई “बुद्धत्व प्राप्त गर्नु” भनेर भन्छन्। बुद्धत्व प्राप्त गर्नु भनेको मुख्य रूपमा आत्मिक संसारको अधिकारीको रूपमा नियुक्त भई सफलता प्राप्त गरेर, अब उप्रान्त पुनर्जन्‍म नहुनु वा दण्डित हुने खतरामा नपर्नु हो। यसको साथै, यसको अर्थ अब उप्रान्त पुनर्जन्‍म भई मानव भएर कष्ट-भोग नगर्नु भन्‍ने हुन्छ। त्यसकारण, के पशु-प्राणीको रूपमा तिनीहरूको पुनर्जन्‍म हुने कुनै सम्‍भावना हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरू आत्मिक संसारमा एउटा भूमिका लिएर बस्‍नेछन् र अब उप्रान्त तिनीहरूको पुनर्जन्म हुनेछैन भन्‍ने हुन्छ। बुद्ध धर्ममा बुद्धत्व प्राप्त गर्नुको एउटा उदाहरण यही हो। आत्मिक संसारमा फर्केपछि, यस्तो फल प्राप्त नगर्नेहरूको हकमा भन्दा, तिनीहरूलाई उचित अधिकारीले जाँच र प्रमाणीकरण गर्छन्, जसले तिनीहरू जीवित हुँदा तिनीहरूले आत्म-हेरचाहको इमान्दार अभ्यास गरेनन् वा बुद्ध धर्मले तोकेअनुसार सूत्र र बुद्धको नाम जप्दा कर्तव्यनिष्ठ भएनन्, बरु धेरै दुष्ट कार्यहरू गरे र धेरै दुष्ट व्यवहारमा लागे भन्‍ने पत्ता लगाउँछन्। त्यसपछि, आत्मिक संसारमा तिनीहरूको दुष्कर्मको निम्ति न्याय गरिन्छ, अनि त्यसपछि, तिनीहरूलाई निश्‍चित रूपमा दण्ड दिइन्छ। यसमा कुनै अपवाद छैन। त्यसो भए, त्यस्तो व्यक्तिले कहिले फल प्राप्त गर्न सक्छ त? तिनीहरूले कुनै दुष्टता नगरेको जीवनकालमा—आत्मिक संसारमा फर्केपछि, तिनीहरू मर्नुभन्दा पहिले तिनीहरूले कहीँ पनि गल्ती गरेका छैनन् भन्‍ने देखिएमा। त्यसपछि तिनीहरूको पुनर्जन्‍म हुने कार्य जारी रहन्छ, र तिनीहरूले सूत्र जप्दै र बुद्धको नाम पुकार्दै, घिउको दियोको मधुरो ज्योतिको साथमा चिसोमा दिनहरू बिताउँछन्, र कुनै पनि जीवित प्राणीलाई मार्ने कार्यबाट वा कुनै मासु खानबाट टाढा बस्छन्। तिनीहरूले मानिसको संसारमा कुनै सहभागिता जनाउँदैनन्, यसका दुःखलाई तिनीहरूले टाढा छोड्छन् र अरूसँग कुनै विवाद गर्दैनन्। यस प्रक्रियामा, यदि तिनीहरूले कुनै दुष्ट कार्य गरेनन् भने, तिनीहरू आत्मिक संसारमा फर्केपछि र तिनीहरूका सबै कार्य र व्यवहारको जाँच गरिएपछि, तिनीहरूलाई मानव संसारमा फेरि एक पटक पठाइन्छ र यो चक्र तीनदेखि सात पटकसम्‍म दोहोरिन्छ। यो अवधिमा तिनीहरूले कुनै पनि दुष्कर्म गरेनन् भने, तिनीहरूले बुद्धत्व प्राप्त गर्ने कुरामा कुनै पनि प्रभाव पर्नेछैन, र कुनै पनि ढिलाइ हुनेछैन। विश्‍वासका सबै मानिसहरूका जीवन र मृत्युको चक्रको एउटा विशेषता यही हो: तिनीहरूले “फल प्राप्त” गर्न सक्छन् र आत्मिक संसारमा कुनै एउटा पद ग्रहण गर्न सक्छन्; यही कुराले तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्छ। सर्वप्रथम, तिनीहरू पृथ्वीमा बाँचिरहेको बेला, आत्मिक संसारमा कुनै पद लिन सक्‍ने मानिसहरूले कस्तो व्यवहार गर्छन् त? तिनीहरूले निश्‍चित रूपमा कुनै दुष्ट कार्य गर्नु हुँदैन: तिनीहरूले हत्या, आगजनी, बलात्कार, वा लुटपाट गर्नु हुँदैन; यदि तिनीहरू ठगी, धोका, चोरी वा डकैतीमा लागे भने, तिनीहरूले फल प्राप्त गर्न सक्दैनन्। अर्को शब्‍दमा भन्दा, यदि जुनसुकै प्रकारको दुष्कर्मसँग तिनीहरूको कुनै सम्‍बन्ध वा सम्बद्धता छ भने, तिनीहरू आत्मिक संसारले तिनीहरूलाई प्रदान गर्ने दण्डबाट उम्कन सक्‍नेछैनन्। आत्मिक संसारले बुद्धत्व प्राप्त गर्ने बुद्ध धर्मावलम्बीहरूका निम्ति उचित बन्दोबस्त गर्छ: तिनीहरूलाई बुद्ध धर्ममा विश्‍वास गर्ने, र आकाशको वृद्ध मानिसमा विश्‍वास गर्नेजस्तो देखिनेहरूको प्रशासकको रूपमा नियुक्त गरिन सक्छ—तिनीहरूलाई कुनै निश्चित प्रशासकीय अधिकारक्षेत्र प्रदान गरिन सक्छ। तिनीहरू अविश्‍वासीहरूको मात्रै कार्यभारी हुन सक्छन् वा तिनीहरूले सानातिना कर्तव्यसहितका पदहरू मात्र प्राप्त गर्न सक्छन्। त्यस्ता नियुक्ति तिनीहरूको प्राणको विभिन्‍न प्रकृतिअनुसार प्रदान गरिन्छ। यो बुद्ध धर्मको उदाहरण हो।

हामीले उल्‍लेख गरेका पाँच धर्ममध्ये, इसाई जगत तुलनात्मक रूपमा विशेष छ। के कुराले इसाईलाई विशेष तुल्याउँछ त? यिनीहरू साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन्। साँचो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई यहाँ कसरी सूचीकृत गर्न सकिन्छ त? इसाई जगत एक प्रकारको विश्‍वास हो भन्दा, यो विश्‍वाससँग मात्रै सम्‍बन्धित हुन्थ्यो भन्‍नेमा कुनै शङ्का हुँदैन; यो एक प्रकारको रीतिरिवाज, एक प्रकारको धर्म र परमेश्‍वरलाई सच्‍चा रूपमा पछ्याउने मानिसहरूको विश्‍वासभन्दा पूर्ण रूपमा फरक कुरा मात्रै हुन्थ्यो। मैले इसाई जगतलाई मुख्य पाँच धर्ममा सूचीकृत गर्नुको कारण के हो भने यो यहूदी धर्म, बुद्ध धर्म, र इस्लामकै स्तरमा झरेको छ। यहाँका धेरैजसो मानिसहरूले परमेश्‍वर हुनुहुन्छ, वा उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्; तिनीहरूले उहाँको अस्तित्वमा विश्‍वास गर्ने कुरा त परै जाओस्। बरु, तिनीहरूले धर्मशास्‍त्रको व्याख्या गर्नको लागि पवित्र पुस्तकहरूको प्रयोग गर्ने र मानिसहरूलाई दयालु बन्‍न, कष्ट सहन, र असल कार्य गर्न सिकाउनको लागि धर्मशास्‍त्रको प्रयोग गर्ने मात्रै गर्छन्। इसाई जगत त्यही प्रकारको धर्म बन्‍न पुगेको छ: यसले मानिसलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको कार्यसँग कुनै सम्‍बन्ध नै नराखी धर्मशास्‍त्रीय सिद्धान्तहरूमा मात्रै ध्यान दिन्छ। यो परमेश्‍वरलाई पछ्याउने तर परमेश्‍वरले वास्तवमा स्वीकार नगर्नुभएका मानिसहरूको धर्म बनेको छ। तैपनि, त्यस्ता मानिसहरूलाई गर्ने व्यवहारको बारेमा पनि परमेश्‍वरसँग सिद्धान्त छ। उहाँले अविश्‍वासीहरूलाई गरेजस्तो जानी-जानी तिनीहरूलाई यत्तिकै व्यवहार गर्ने वा तिनीहरूको निराकरण गर्ने गर्नुहुन्‍न। उहाँले तिनीहरूलाई बुद्ध धर्मावलम्बीहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ: यदि जीवित हुँदा, एक इसाईले आत्म-अनुशासनको अभ्यास गर्न, दश-आज्ञाको पूर्ण पालन गर्न र व्यवस्था र आज्ञाहरू अनुसार आफ्‍नो व्यवहारलाई कायम राख्‍न, र आफ्‍नो सम्पूर्ण जीवनभरि तिनको पालन गर्न सक्छ भने, तिनीहरूले साँचो रूपमा तथाकथित “उठाइ” प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूले जीवन र मृत्युको चक्रहरूमार्फत गुज्रिँदै केही समय बिताउनुपर्छ। यो उठाइ प्राप्त गरिसकेपछि, तिनीहरू आत्मिक संसारमा रहन्छन्, जहाँ तिनीहरूले एउटा पद प्राप्त गर्छन् र यसको एक अधिकारी बन्छन्। त्यसै गरी, यदि तिनीहरूले पृथ्वीमा हुँदा दुष्ट कार्य गरे भने—यदि तिनीहरू अत्यन्तै पापी भए र धेरै पाप गरे भने—तिनीहरूलाई अवश्य पनि फरक-फरक हदमा दण्ड र अनुशासन कारबाही गरिन्छ। बुद्ध धर्ममा, फल प्राप्त गर्नु भनेको सर्वोच्‍च परम आनन्दको शुद्ध भूमिमा प्रवेश गर्नु हो, तर इसाई जगतमा तिनीहरूले यसलाई के भन्छन् त? यसलाई “स्वर्गमा प्रवेश गर्नु” र “उठाइ हुनु” भनिन्छ। साँचो रूपमा उठाइ भएकाहरू पनि तीनदेखि सात पटकसम्‍म जीवन र मृत्युको चक्रबाट गुज्रन्छन्, त्यसपछि तिनीहरू मरेर आत्मिक संसारमा आउँछन्, मानौँ तिनीहरू सुतेका थिए। यदि तिनीहरू मापदण्ड अनुरूप छन् भने, तिनीहरू कुनै पद ग्रहण गर्न त्यहीँ रहन सक्छन् र पृथ्वीका मानिसहरूका विपरीत, सरल रूपमा वा प्रचलनअनुसार तिनीहरूको पुनर्जन्‍म हुनेछैन।

यी सबै धर्ममध्ये, तिनीहरूले जुन अन्त्यको बारेमा बताउँछन् र जुन अन्त्य प्राप्त गर्ने प्रयास गर्छन् त्यो बुद्ध धर्मको फल प्राप्त गर्नु सरह हो; के मात्रै हो भने यो “फल” फरक-फरक माध्यमद्वारा प्राप्त गरिन्छ। तिनीहरू सबै उस्तै हुन्। यी धर्महरूका अनुयायीहरूको यो समूह जसले आफ्‍नो व्यवहारमा धार्मिक नियमलाई कडाइका साथ पालन गर्न सक्‍छन्, तिनीहरूलाई परमेश्‍वरले उचित गन्तव्य, जाने उचित स्थान दिनुहुन्छ, र उचित रूपमा व्यवहार गर्नुहुन्छ। यो सबै मनासिब छ, तर यो मानिसहरूले कल्‍पना गरेजस्तो होइन, हो त? अब, इसाई जगतका मानिसहरूलाई के हुन्छ भन्‍ने सुनिसकेपछि, तिमीहरूलाई के अनुभूति भयो? के तिमीहरूलाई तिनीहरूको दुर्दशा अनुचित छ भन्‍ने लाग्छ? के तिमीहरूलाई तिनीहरूप्रति सहानुभूति जाग्यो? (थोरै।) गर्न सकिने केही पनि छैन; त्यसको दोषी तिनीहरू नै हुन्। म किन यसो भन्दैछु त? परमेश्‍वरको कार्य साँचो छ; उहाँ जीवित र वास्तविक हुनुहुन्छ, र उहाँको कार्य सारा मानवजाति र हरेक व्यक्तिप्रति लक्षित छ। तब किन तिनीहरूले यसलाई स्वीकार गर्दैनन्? तिनीहरूले किन परमेश्‍वरलाई त्यति उच्छृंखल रूपमा विरोध गर्छन् र सताउँछन्? तिनीहरूले यस प्रकारको परिणाम प्राप्त गर्न पाउँदा समेत आफूलाई भाग्यमानी ठान्‍नुपर्छ, तब किन तिमीहरू तिनीहरूलाई बिचरा ठान्छौ? यसरी तिनीहरूसँग व्यवहार गर्नु भनेको ठूलो सहनशीलता देखाउनु हो। तिनीहरूले जुन हदसम्‍म परमेश्‍वरको विरोध गर्छन्, त्यसको आधारमा त तिनीहरूलाई नष्ट गरिनुपर्ने हो, तैपनि परमेश्‍वरले यसो गर्नुहुन्‍न; बरु उहाँले त इसाई जगतलाई अन्य कुनै पनि साधारण धर्मलाई जस्तै व्यवहार गर्नुहुन्छ। तसर्थ, अरू धर्मका बारेमा थप विवरण प्रदान गर्नुपर्ने कुनै आवश्यकता छ र? यी सबै धर्मको सार भनेको मानिसहरूले अझै बढी कठिनाइ भोग्‍नुपर्छ, कुनै दुष्ट काम गर्नु हुँदैन, असल कार्य गर्नुपर्छ, अरूलाई मनपरी भन्नु हुँदैन, अरूलाई दोषारोपण गर्नु हुँदैन, आफैलाई विवादबाट अलग राख्‍नुपर्छ, र असल मानिस बन्‍नुपर्छ—धेरैजसो धार्मिक शिक्षाहरू यस्तै छन्। त्यसकारण, यदि विश्‍वासका यी मानिसहरूले—विभिन्‍न धर्म र सम्प्रदायका यी अनुयायीहरूले—आफ्‍ना धार्मिक नियमहरूलाई कडाइका साथ पालन गर्न सक्छन् भने, तिनीहरू पृथ्वीमा हुँदाको समयमा तिनीहरूले ठूलो गल्ती वा पाप गर्नेछैनन्; अनि, तीनदेखि सात पटकसम्‍म तिनीहरूको पुनर्जन्‍म भइसकेपछि, यी मानिसहरू—धार्मिक नियमहरूलाई कठोर रूपमा पालन गर्न सक्‍नेहरू—मुख्य रूपमा आत्मिक संसारमा एउटा पद ग्रहण गरेर बस्‍नेछन्। के त्यस्ता मानिसहरू धेरै छन्? (अहँ, छैनन्।) तिमीहरूले के आधारमा उत्तर दियौ? असल काम गर्नु र धार्मिक नियम र व्यवस्थाको पालन गर्नु सजिलो छैन। बुद्ध धर्मले मानिसहरूलाई मासु खान दिँदैन—के तँ त्यसो गर्न सक्छस्? यदि तँ खैरो वस्‍त्र लगाएर दिनभरि गुम्‍बामा बसेर मन्त्र र बुद्धको नाम जप्दै बस्‍नुपर्‍यो भने, के तँ त्यसो गर्न सक्छस्? यो सहज हुनेछैन। इसाई जगतमा दश-आज्ञा, आज्ञाहरू र व्यवस्था छ; के यी पालन गर्न सहज छन्? ती सहज छैनन्। उदाहरणको लागि, अरूलाई मनपरी नभन्ने कार्यलाई लिऊँ: मानिसहरूले यो नियम पालन गर्न सक्दै सक्दैनन्। आफैलाई रोक्‍न नसकेर, तिनीहरूले मनपरी भन्छन्—अनि मनपरी भनिसकेपछि, तिनीहरूले ती शब्‍द फर्काउन सक्दैनन्, त्यसकारण तिनीहरूले के गर्छन्? राति, तिनीहरूले आफ्‍नो पाप स्वीकार गर्छन्। कहिलेकहीँ तिनीहरूले अरूलाई मनपरी भनिसकेपछि पनि अझै आफ्‍नो हृदयमा घृणालाई पालेर राख्छन्, अनि ती मानिसहरूलाई थप हानि गर्ने समयको योजना बनाउने हदसम्‍म जान्छन्। छोटकरीमा भन्दा, यो मृत सिद्धान्तमा जिउनेहरूका निम्ति, पाप वा दुष्ट कार्यबाट टाढा बस्‍न सहज छैन। त्यसकारण, हरेक धर्ममा, थोरै मानिसहरूले मात्रै वास्तवमा फल प्राप्त गर्न सक्छन्। तैँले के अनुमान गर्छस् भने, धेरै मानिसहरूले यी धर्महरूलाई पछ्याउने हुनाले, धेरै मानिसहरूले आत्मिक क्षेत्रमा भूमिका प्राप्त गर्न सक्‍नेछन्। तैपनि, त्यस्ता मानिसहरू त्यति धेरै हुँदैनन्; थोरैले मात्रै वास्तवमा यो कुरा हासिल गर्न सक्छन्। विश्‍वासका मानिसहरूका जीवन र मृत्युको चक्रको हकमा सामान्यतः लागू हुने कुरा यही हो। तिनीहरू के कुरामा फरक हुन्छन् भने, तिनीहरूले फल प्राप्त गर्न सक्छन्, र तिनीहरूलाई अविश्‍वासीहरूबाट अलग गर्ने कुरा नै यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८

परमेश्‍वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्‍न उठायो:...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९५

सृष्टिकर्ताको अख्‍तियार समय, स्थान, वा भूगोलद्वारा सीमित छैन, र सृष्टिकर्ताको अख्‍तियारलाई गन्ती गर्न सकिँदैन (छनौट गरिएको खण्ड) कतिपय...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्