परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि सृजित यी वातावरणहरू विभिन्न किसिमका चराचुरुङ्गीहरू र जीव-जनावरहरूका लागि सहज बनेका छन् र त्यसले तिनीहरूलाई बाँच्ने ठाउँ पनि दिएको छ। यसैबाट विभिन्न जीवित प्राणीहरूलाई अस्तित्वको निम्ति आवश्यक वातावरणहरूका सीमाहरूको विकास भयो। यो हामीले अब कुरा गर्न गइरहेको दोस्रो भाग हो। सर्वप्रथम, चराचुरुङ्गी, जनावर र कीरा-फट्याङ्ग्राहरू कहाँ बस्छन्? के तिनीहरू वनजङ्गल र कुञ्जहरूमा बस्छन्? यी तिनीहरूका वासस्थान हुन्। यसैले, विभिन्न भौगोलिक वातावरणहरूका निम्ति सीमाहरू स्थापित गर्ने बाहेक परमेश्‍वरले विभिन्न चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूको निम्ति पनि सीमाहरू निर्धारण गर्नुभयो र नियमहरू स्थापित गर्नुभयो। विभिन्न भौगोलिक वातावरणहरू बीचको भिन्नताको कारण र फरक-फरक भौगोलिक वातावरणहरूको अस्तित्वको कारण, विभिन्न प्रकारका चराचुरुङ्गी, जीव-जनावर, माछा, कीरा-फट्याङ्ग्रा र सबै बोटबिरुवाहरूका अस्तित्वको निम्ति फरक-फरक वातावरणहरू छन्। चराचुरुङ्गी, जीव-जनावर र कीरा-फट्याङ्ग्राहरू विभिन्न बोटबिरुवाहरूका माझमा बस्छन् र माछाहरू पानीमा बस्छन् अनि बोटबिरुवाहरू जमिनमा उम्रन्छन्। जमिनले पहाड, समथर भूमि र पर्वत जस्ता विभिन्न क्षेत्रहरूलाई समेट्छ। चराचुरुङ्गी र जनावरहरूले आफ्नै वासस्थान पाएपछि तिनीहरू यताउता अर्थात् आफूलाई जता मन लाग्यो त्यता जाँदैनन्। वनजङ्गल र पहाडहरू तिनीहरूका वासस्थानहरू हुन्। यदि कुनै एक दिन तिनीहरूका वासस्थानहरू नष्ट पारिए भने यो क्रम अस्तव्यस्त हुन जान्छ। यो व्यवस्था अस्तव्यस्त हुने बित्तिकै यसका परिणामहरू के हुन्छन्? सबैभन्दा पहिले कसलाई चोट पर्छ? पहिले मानवजातिलाई चोट पर्छ। परमेश्‍वरले स्थापित गर्नुभएका यी नियम र सीमाहरूभित्र के तिमीहरूले कुनै अनौठा घटनाहरू देखेका छौ? उदाहरणको निम्ति, हात्तीहरू मरुभूमिमा हिँडेको। के तिमीहरूले यस्तो केही देखेका छौ? यदि यस्तो साँच्चै भयो भने, यो धेरै अनौठो घटना हुनेथियो, किनकि हात्तीहरू वनजङ्गलमा बस्छन् र तिनीहरूको अस्तित्वको निम्ति परमेश्‍वरले तयार गर्नुभएको वातावरण त्यही हो। तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरण र वासस्थानहरू छन्, यसैले तिनीहरूले यताउता किन दौडनु पर्यो र? के कसैले सिंह र बाघहरूलाई समुद्रको किनारमा हिँडिरहेका देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। सिंह र बाघहरूको वासस्थान वनजङ्गल र पहाडहरू हुन्। के कसैले ह्वेल वा सार्कहरूलाई मरुभूमिमा पौडँदै गरेको देखेको छ? छैन, तिमीहरूले देखेका छैनौ। ह्वेल र सार्कहरूले समुद्रमा आफ्नो वासस्थान बनाएका छन्। मानवहरू बस्ने वातावरणमा के खैरो भालुसँग बस्ने मानिसहरू छन्? के घरभित्र र घरबाहिर सधैँ मयूर वा अन्य चराचुरुङ्गीहरूद्वारा घेरिएका मानिसहरू छन्? के कसैले चिल वा जङ्गली हाँसहरू बाँदरहरूसँग खेलेको देखेको छ? (छैन।) यी सबै अनौठा घटनाहरू हुनेथिए। तिमीहरूलाई अनौठा लाग्ने यी कुराहरू मैले बताउनुको कारण सबै थोकहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भन्ने कुरा तिमीहरूलाई बुझाउनको निम्ति हो—चाहे तिनीहरू एक निश्चित ठाउँमा राखिएका हुन् वा तिनीहरूले आफ्ना नाकबाट सास फेर्न सकून् वा नसकून्—अस्तित्वका निम्ति तिनीहरूका आफ्नै नियमहरू छन्। परमेश्‍वरले यी जीवित प्राणीहरूलाई सृष्टि गर्नुभन्दा धेरै अगाडि तिनीहरूको निम्ति उहाँले तिनीहरूका आफ्नै घरहरू र तिनीहरूको अस्तित्वको निम्ति तिनीहरूका आफ्नै वातावरणहरू तयार गर्नुभएको थियो। यी जीवित प्राणीहरूसँग आफ्नो अस्तित्वको निम्ति तिनीहरूका आफ्नै निश्चित वातावरण, तिनीहरूका आफ्नै खाना र तिनीहरूका आफ्नै वासस्थानहरू थिए र तिनीहरूसँग तिनीहरूका अस्तित्वको निम्ति उपयुक्त निश्चित स्थानहरू, तिनीहरूको अस्तित्वको निम्ति उपयुक्त तापक्रम भएका ठाउँहरू थिए। यसैले तिनीहरू आफूलाई मन लागे अनुसार यताउता जाँदैनन् वा मानवजातिको अस्तित्वलाई खतरामा पार्दैनन् वा मानिसहरूको जीवनलाई असर पार्दैनन्। मानवजातिको अस्तित्वको निम्ति सर्वश्रेष्ठ वातावरण प्रदान गर्दै परमेश्‍वरले यसरी नै सबै कुराहरूको व्यवस्थापन गर्नुहुन्छ। सबै थोकहरू भित्रका जीवित प्राणीहरूको अस्तित्वका निम्ति जीवन धान्ने खाना तिनीहरूको आफ्नै वातावरणमा हुन्छ। त्यही खानाद्वारा तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नै रैथाने वातावरणमा जोडिएका हुन्छन्। परमेश्‍वरले तिनीहरूको निम्ति स्थापित गर्नुभएका नियमहरूअनुसार त्यस्तो किसिमको वातावरणमा तिनीहरूले जिउने, वृद्धि हुने र अगाडि बढ्ने काम जारी राख्छन्। यस्ता किसिमका नियमहरूको कारण, परमेश्‍वरको पूर्वनिर्धारणको कारण सबै जीवित प्राणीहरू मानवजातिसँग सद्भावका साथ जिउँछन् र मानवजाति सबै थोकसँगको पारस्परिक अन्तरनिर्भरताको आधारमा एक साथ अस्तित्वमा छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ४८

विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ। उहाँले छुटकाराको काम पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२४

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) तेस्रो महत्वपूर्ण मोड: स्वतन्त्रता व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्