परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८०

आउनुहोस् हामी पहिलो भागबाट सुरु गरौं। जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले हिमाल, समथर मैदान, मरुभूमि, पहाड, नदी र तालतलैयाका लागि सीमा निर्धारण गर्नुभयो। यस पृथ्वीमा हिमाल, समथर मैदान, मरुभूमि र पहाड लगायत पानीका विभिन्‍न रूपहरू छन्। यिनीहरूले पृथ्वीमा विभिन्न प्रकारको भूभाग निर्माण गरेका छन्, होइन र? यिनीहरूको बीचमा परमेश्‍वरले सीमा निर्धारण गर्नुभएको छ। जब हामी सीमा रेखाको कुरा गर्छौ, यसको अर्थ यो हो कि हिमालको आफ्नै आकार छ, समथर मैदानको आफ्नै आकार छ, मरुभूमिका केही निश्चित सीमाहरू छन् र पहाडले निश्चित क्षेत्र ओगटेको छ। यसैगरी पानीको पनि निश्चित रूपहरू छन्, जस्तै, नदी नाला तथा तालतलैया। यस अर्थमा भन्नु पर्दा जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब उहाँले सबै कुराको स्पष्ट विभाजन गर्नुभयो। पहाडको अर्धव्यास कति किलोमिटर हुनुपर्दछ र यसको क्षेत्र के हो भनेर परमेश्‍वरले पहिला नै निर्धारण गरिसक्नुभएको छ। त्यस्तै उहाँले समथर मैदानको अर्धव्यास कति किलोमिटर हुनु पर्दछ र यसको क्षेत्र के हो भनेर पनि निर्धारण गरिसक्नुभएको छ। परमेश्‍वरले सबै थोकको निर्माण गर्दा उहाँले मरुभूमिको सीमा निर्धारण गर्नुभयो, साथै पहाडहरूको श्रेणी र तिनीहरूको अनुपात निर्धारण गरी सीमाबद्ध बनाउनुभयो। यस्ता सबै कुराहरू परमेश्‍वरद्वारा निर्धारण गरिएको थियो। उहाँले नदी र तालतलैयाको सिर्जना गर्दा तिनीहरूको श्रेणी निर्धारण गर्नुभयो। यी सबैको आ—आफ्नै सीमा निर्धारण गरिएको छ। त्यसो हो भने “सीमा” को बारेमा कुरा गर्दा यसको अर्थ के हो? हरेक थोकका लागि नियम बनाएर परमेश्‍वरले ती हरेक थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्ने विषयमा भर्खरै हामीले कुरा गर्‍यौं। यस अर्थमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै हिमालका श्रेणी र सिमाना बढ्दैनन् वा घट्दैनन्। तिनीहरू निश्चित छन्, अपरिवर्तनीय छन् र परमेश्‍वरले तिनीहरूको अपरिवर्तनीयतालाई निर्देश गर्नुहुन्छ। समथर मैदानहरूको क्षेत्र, तिनीहरूको सीमा र तिनीहरू कसरी घेरिएका हुन्छन् भन्ने सबै परमेश्‍वरद्वारा निर्धारण गरिएको छ। तिनीहरूका आफ्नै सीमा छन्, जस्तो कि एक समथर मैदानमा एक्कासि माटोको ढिस्को उठ्न असम्भव छ। समथर मैदान अकस्मात् हिमालमा परिवर्तन हुन सक्दैन—यो असम्भव छ। हामीले भर्खरै कुरा गरेका नियमहरू र सीमाको अर्थ यही हो। मरुभूमिका सन्दर्भमा भन्दा, हामी यहाँ मरुभूमिका विशेष कार्यहरूका बारेमा वा कुनै अन्य भूभाग वा भौगोलिक क्षेत्रका बारेमा कुरा गर्दैनौँ, केवल तिनीहरूका सीमाको कुरा गर्नेछौं। परमेश्‍वरको नियमको अधीनमा, मरुभूमिको पनि सीमा विस्तार हुने छैन। यसो हुनुको कारण के हो भने परमेश्‍वरले यसका लागि नियम र सीमा निर्धारण गरिदिनुभएको छ। यसको क्षेत्र कति ठूलो छ र यसको कार्य के हो, यो केले घेरिएको छ र यो कहाँ अवस्थित छ भन्ने सम्पूर्ण कुराहरू परमेश्‍वरले पहिला नै निर्धारण गरिदिनुभएको छ। यसले आफ्नो सीमा नाघ्नेछैन वा स्थान परिवर्तन गर्नेछैन र आफै यसको क्षेत्र बढ्ने छैन। नदी तथा तालतलैयाबाट बग्ने पानीको प्रवाह सदैव व्यवस्थित र अविरल छ। यिनीहरू कहिल्यै पनि आफ्नो दायरा वा सीमाभन्दा बाहिर जाँदैनन्। जुन दिशामा बग्नुपर्ने हो त्यही दिशामा तिनीहरू व्यवस्थित रूपले निरन्तर बगिरहन्छन्। यसकारण परमेश्‍वरको नियमको अधीनमा पृथ्वीको परिक्रमण वा समयको परिवर्तनसँगै कुनै पनि नदी नाला वा तालतलैयाहरू अकस्मात् सुक्नेछैनन् वा अकस्मात् तिनीहरूले आफ्‍नो प्रभाव वा प्रवाहको मात्रा परिवर्तन गर्नेछैनन्। यो सबै परमेश्‍वरको नियन्त्रणमा छ। यसको तात्पर्य यो हो कि यस मानव जातिको बीचमा परमेश्‍वरद्वारा सिर्जना गरिएका सबै थोकहरूको स्थान, क्षेत्र र सीमा निर्धारण गरिएको छ। यस कारण जब परमेश्‍वरले सबै थोकको सिर्जना गर्नुभयो तब तिनीहरूको सीमा पनि निर्धारण गरिएको थियो र तिनीहरू स्वेच्छाचारी रूपले बदलिन, नवीकरण हुन वा परिवर्तन हुन सक्दैनन्। “स्वेच्छाचारी” भनेको के हो? यसको अर्थ यो हो कि तिनीहरू मौसम, तापक्रम वा पृथ्वीको परिक्रमणको गतिका कारण अनियमित रूपमा आफ्नो मूल रूप परिवर्तन गर्ने, फैलने, वा वास्तविक आकार परिवर्तन गर्ने जस्ता कार्य गर्दैनन्। उदाहरणका लागि हिमालको एक निश्चित उचाइ हुन्छ, यसको निश्चित क्षेत्रफल भएको आधार हुन्छ, यसको निश्चित उचाइ हुन्छ र यहाँ निश्चित मात्रामा वनस्पति पैदा हुन्छन्। यो सबै परमेश्‍वरद्वारा योजनाबद्ध तथा गणना गरिएको छ र यो कसैको स्वेच्छाले परिवर्तन हुनेछैन। समथर मैदानी क्षेत्रका बारेमा कुरा गर्दा अधिकांश मानिसहरू समथर मैदानी भूभागमा बसोबास गर्दछन् र मौसममा आएको कुनै पनि परिवर्तनले तिनीहरूको क्षेत्र वा अस्तित्वको महत्त्वमा कुनै प्रभाव पार्दैन। परमेश्‍वरद्वारा सृजित यी विभिन्न भूभाग तथा भौगोलिक वातावरणमा रहेका चिजहरू स्वेच्छाले परिवर्तन हुने छैनन्। उदाहरणका लागि मरुभूमिको संरचना, भूमिगत खनिज भण्डारको प्रकार, मरुभूमिमा भएको बालुवाको प्रकार र यसको रङ्ग, मरुभूमिको मोटाइ आदि जस्ता कुराहरू स्वेच्छाले परिवर्तन हुँदैनन्। किन तिनीहरू स्वेच्छाले परिवर्तन हुँदैनन्? यसको मुख्य कारण परमेश्‍वरको नियम र व्यवस्थापन हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी सबै विभिन्न भूभाग र भौगोलिक वातावरणमा उहाँले सबै थोकलाई योजनाबद्ध र व्यवस्थित तवरले व्यवस्थापन गरिरहनुभएको छ। यसकारण परमेश्‍वरद्वारा सृजित थोकहरू हजारौं तथा दशौं हजार वर्ष पश्चात् अहिले पनि यी भौगोलिक वातावरण अवस्थित छन् र अहिलेसम्म पनि यिनले निरन्तर आफ्नो कार्य गरिरहेका छन्। पृथ्वीमा ज्वालामुखी विस्फोट हुने केही निश्चित समय हुन्छ, भूकम्प जाने निश्चित समय हुन्छ र भूमण्डलमा केही मुख्य परिवर्तनहरू आउन सक्छन् तथापि अवश्य पनि परमेश्‍वरले कुनै पनि भूभागको मूल कार्य हराउन दिनुहुन्न। यो सबै परमेश्‍वरको व्यवस्थापन, उहाँको शासन र नियममाथिको उहाँले स्थापना गर्नुभएको नियन्त्रणका कारण सम्भव भएको छ। मानव जातिले देखेका र भोग गरेका सबै थोकहरू यस पृथ्वीमा व्यवस्थित तवरले अस्तित्वमा रहिरहन सक्छन्। त्यसोभए पृथ्वीमा अस्तित्वमा रहेका यी सबै विभिन्न भूभागको व्यवस्था परमेश्‍वरले किन गर्नुहुन्छ? विभिन्न भौगोलिक वातावरणमा अस्तित्वमा रहेका सबै सजीव प्राणीहरूको स्थिर वातावरण रहिरहोस् र उक्त स्थिर वातावरणमा तिनीहरू बाँच्न र वृद्धि-विकास हुन सकून् भन्ने उहाँको उद्देश्य हो। यस पृथ्वीमा भएका चलायमान तथा स्थिर सबै थोकहरू र सजीव तथा निर्जीव सबै मिलेर मानव जातिको अस्तित्वका लागि एउटा अनुपम वातावरण निर्माण गरेका छन्। केवल यस प्रकारको वातावरणले मात्र मानव जातिको पुस्तौँ-पुस्तालाई पालन-पोषण गर्न सक्छ र केवल यस प्रकारको वातावरणले मात्र मानव जातिलाई पुस्तौँ-पुस्तापछिसम्म पनि निरन्तर रूपमा शान्तिपूर्वक बाँच्न अनुमति दिन सक्छ।

मैले भर्खरै जे कुरा गरेँ त्यो एउटा वृहत् विषय हो, यसैले सायद यो कुरा तिमीहरूको जीवनबाट हटेको जस्तो देखिन्छ, तर तिमीहरू सबैले यसलाई बुझ्न सक्छौ भन्ने मलाई आशा छ, हो? भन्‍नुको अर्थ, परमेश्‍वरको प्रभुत्वमा भएका सबै कुराहरूमाथिका परमेश्‍वरका नियमहरू धेरै महत्त्वपूर्ण छन्—वास्तवमा धेरै महत्त्वपूर्ण छन्! यी नियमहरूका अधीनमा रहेका सबै प्राणीहरूको वृद्धिको पूर्वसर्त के हो? यो परमेश्‍वरको शासनको कारणले हो। उहाँको शासनको कारणले नै सबै थोकले उहाँको शासनमा रही आ-आफ्‍ना कार्यहरूलाई जारी राख्छन्। उदाहरणको लागि, पहाडहरूले वनजङ्गलको पालनपोषण गर्छन् र वनजङ्गलले पनि यसको बदलामा तिनीहरूभित्र बस्ने विभिन्न चराचुरुङ्गी र जीव-जनावरहरूको पालनपोषण गर्छन्। समथर भूभागहरू अन्नबाली लगाउन मानिसहरूका निम्ति र विभिन्न चराचुरुङ्गी तथा जीव-जनावरहरूको निम्ति तयार गरिएको मञ्च हो। तिनले बहुसङ्ख्यक मानवजातिलाई समथर भूभागमा बसोबास गर्न सम्भव तुल्याउँछन् र मानिसहरूका जीवनमा सुविधा प्रदान गर्छन्। र घाँसे मैदानहरू, अर्थात् घाँसे मैदानका विशाल भूमिहरू पनि समथर भूभागहरूमा नै पर्छन्। घाँसे मैदानहरूले पृथ्वीको सतहको निम्ति वनस्पतिको आवरण प्रदान गर्छ। तिनीहरूले माटोको रक्षा गर्छन्, घाँसे मैदानमा बसोबास गर्ने वस्तुभाउ, भेडा र घोडाहरूको पालनपोषण गर्छन्। मरुभूमिले पनि आफ्नै कार्य गर्छ। यो मानव बसोबासको स्थान होइन; यसले आर्द्र मौसमलाई सुक्खा बनाउने भूमिका खेल्छ। नदी र तालहरूको प्रवाहले मानिसहरूको निम्ति सहज तरिकाले पिउने पानी ल्याउँछ। तिनीहरू जहाँ बग्छन् मानिसहरूले पिउने पानी प्राप्त गर्छन् र सबै थोकका पानीका आवश्यकताहरू सहजै पूरा हुन्छन्। यिनीहरू विभिन्न भूभागहरूको निम्ति परमेश्‍वरले तय गर्नुभएका सीमाहरू हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३५

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८८

मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्‍वास गर्छ, कि परमेश्‍वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१२

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२३

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) दोस्रो महत्वपूर्ण मोड: हुर्कनु-बढ्नु मानिसहरू जुन प्रकारको परिवारमा जन्‍मन्छन्...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्