परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७४

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू)

५. वायुप्रवाह

पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि यसको अभावमा मानव शरीर यस भौतिक संसारमा बाँच्‍नै सक्दैन। यो वायुप्रवाह हो। सायद यो “वायुप्रवाह” भन्‍ने नामपदलाई सुन्‍ने जोकोहीले पनि यसलाई बुझ्‍न सक्छ। त्यसो भए, वायुप्रवाह के हो त? “वायुप्रवाह” भनेको त वायुको बहने चाल त हो नि भनेर तिमीहरू भन्‍न सक्छौ। वायुप्रवाह मानव आँखाले देख्‍न नसकिने हावाको बहाव हो। यो ग्याँसहरू चल्ने एक तरिका पनि हो। तापनि, यस कुराकानीमा “वायुप्रवाह” ले मुख्य रूपमा केलाई जनाउँछ त? मैले भन्‍नेबित्तिकै तिमीहरूले बुझ्‍नेछौ। पृथ्वीले आफू घुम्दा पर्वत, समुद्र र सृष्टिका सबै थोक बोक्छ र यो घुम्दा गतिसहित घुम्छ। तैँले यस घुमाइलाई महसुस गर्न नसके तापनि पृथ्वीको परिक्रमा अस्तित्वमा छ। यस परिक्रमाले के पैदा गर्छ? जब तँ दौडन्छस्, तेरा कानको छेउबाट हावा बहँदैन र? यदि तँ दौडिँदा हावा उत्पन्‍न हुन्छ भने पृथ्वीले परिक्रमा गर्दा बतास किन चल्दैन र? जब पृथ्वीले परिक्रमा गर्छ, सबै थोक चलायमान हुन्छन्। पृथ्वी आफै चलायमान छ र यसले निश्‍चित गतिमा परिक्रमा गरिरहेको छ, र यसमा भएका हरेक थोक पनि निरन्तर वृद्धि र विकास भइरहेका छन्। यसर्थ, कुनै निश्‍चित गतिको चालले स्वभाविक रूपमा वायुप्रवाह उत्पन्‍न गर्छ। “वायुप्रवाह” को बारेमा मैले भन्‍न खोजेको अर्थ यही हो। यस वायुप्रवाहले मानव शरीरलाई केही हदसम्म प्रभाव पार्दैन र? तुफानलाई नै लिऔं: सामान्य तुफानहरू त्यति शक्तिशाली हुँदैनन्, तर जब तिनीहरू आउँछन्, मानिसहरू सिधा खडा हुन पनि सक्दैनन् र तिनीहरूलाई बतासमा हिँड्न कठिन हुन्छ। एक पाइला चाल्‍न पनि कठिन हुन्छ र केही मानिसहरूलाई त यसले हिँड्नै नसक्‍ने गरी कुनै कुरामा चेप्ट्याएर राख्छ। वायुप्रवाहले मानवजातिलाई प्रभाव पार्ने तरिकामध्ये एउटा यही हो। यदि सारा पृथ्वी समथर जमिनले ढाकेको भए, पृथ्वी र सबै थोकले परिक्रमा गर्दा मानव शरीरले त्यसबाट उत्पन्‍न वायुप्रवाहलाई पूर्ण रूपमा धान्‍न नसक्‍नेथियो। यस्तो परिस्थितिप्रति प्रतिक्रिया जनाउन अत्यन्तै कठिन हुन्छ। यदि वास्तवमा यस्तै हुँदो हो त यस्तो वायुप्रवाहले मानवजातिमाथि हानि मात्र पुर्‍याउँदैनथ्यो, यसले त पूर्ण विनाश नै गर्नेथियो। मानव यस्तो वातावरणमा बाँच्‍न सक्‍नेथिएन। यसैले परमेश्‍वरले त्यस्तो वायुप्रवाहको समाधानको निम्ति विभिन्‍न भौगोलिक वातावरणहरू बनाउनुभयो—विभिन्‍न वातावरणमा वायुप्रवाह कमजोर हुन्छ, यसको दिशा परिवर्तन हुन्छ, यसको गति बदलिन्छ र यसको तागत हेरफेर हुन्छ। त्यसैले मानिसहरूले पर्वत, ठूला हिमशृङ्खला, समथर जमिन, पहाड, बेँसी, उपत्यका, पठार र ठूला नदीहरूजस्ता फरकफरक भौगोलिक विशेषताहरू देख्‍न सक्छन्। यस्ता फरकफरक भौगोलिक विशेषताहरूको माध्यमद्वारा परमेश्‍वरले वायुप्रवाहको गति, दिशा र तागतलाई बदल्‍नुहुन्छ। यस विधिको माध्यमद्वारा उहाँले वायुप्रवाहलाई परिवर्तन वा हेरफेर गरी उचित गति, दिशा र तागत भएको हावामा परिणत गर्नुहुन्छ, ताकि मानवले जिउनको निम्ति सामान्य वातावरण पाउन सकोस्। के यसको आवश्यकता छ? (छ।) यसो गर्नु मानवको लागि कठिन देखिन्छ तर परमेश्‍वरको निम्ति यो सजिलो छ किनकि उहाँले सबै कुराहरूको अवलोकन गर्नुहुन्छ। उहाँको निम्ति, मानवको निम्ति सुहाउँदो वातावरणको सृजना गर्न योभन्दा सरल वा सहज हुनेथिएन। यसैले, परमेश्‍वरले सृजना गर्नुभएको यस्तो वातावरणमा उहाँको सृष्टिभित्रका हरेक कुराहरू अपरिहार्य छन्। हरेक कुराको अस्तित्वको मूल्य र आवश्यकता छ। तथापि, शैतान वा भ्रष्ट पारिएको मानवजातिले यस सिद्धान्तलाई बुझ्दैन। तिनीहरूले निरन्तर पर्वतहरूलाई समथर जमिनमा परिवर्तन गर्ने, गल्छीहरू पुर्ने र सिमेन्टको जङ्गल सृजना गर्नको निम्ति समथर जमिनमा गगनचुम्बी महलहरू बनाउने व्यर्थको सपना देख्दै विनाश, विकास र शोषण गर्ने काम गरिरहन्छन्। परमेश्‍वरको के आशा छ भने उहाँले तिनीहरूको निम्ति तयार पार्नुभएको यो सबैभन्दा सुहाउँदो वातावरणमा मानवजाति खुसीसाथ बाँच्‍न, खुसीसाथ वृद्धि हुन र हरेक दिन खुसीसाथ बिताउन सकोस्। यसैले मानवजाति बस्‍ने यो वातावरणलाई व्यवहार गर्ने कुरामा परमेश्‍वरले कहिल्यै पनि लापरवाही गर्नुभएको छैन। तापक्रमदेखि लिएर वायुसम्म, ध्वनिदेखि लिएर ज्योतिसम्म परमेश्‍वरले जटिल योजना र बन्दोबस्तहरू गर्नुभएको छ, ताकि मानिसहरूका शरीर र तिनीहरू बाँच्‍ने वातावरणलाई प्राकृतिक परिस्थितिहरूले बाधा नदेओस्, बरु यसको सट्टा, मानवजाति सामान्य तवरले अन्य कुराहरूसँग सामञ्‍जस्यपूर्ण सहअस्तित्वमा जिउन र वृद्धि हुन सकोस्। यी सबै कुराहरू परमेश्‍वरले यावत् थोक र मानवजातिको लागि उपलब्ध गराउनुभएको छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७४

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४४

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४९

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी परम्‍परागत संस्कृतिको प्रयोग गर्छ परम्‍परागत संस्कृतिको भागको रूपमा लिइने कुराहरू धेरै छन् कि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५६

तेरो हृदयमा विशाल रहस्य छ, जसको बारेमा तँ कहिल्यै जानकार भइनस्, किनकि तँ ज्योतिबिनाको संसारमा बाँचिरहेको छस्। तेरो हृदय र तेरो आत्मा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्