परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १६१
अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
कुन ज्ञानचाहिँ परमेश्वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर त्योभन्दा पहिले मैले तिमीहरूलाई भन्नुपर्ने केही मुख्य बुँदाहरू छन्। परमेश्वरको धर्मी स्वभाव बुझ्नको निम्ति सर्वप्रथम परमेश्वरका भावनाहरू बुझ्नुपर्छ: उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई घिनाउनुहुन्छ, उहाँले केलाई प्रेम गर्नुहुन्छ, कोप्रति उहाँ सहनशील र कृपालु हुनुहुन्छ र उहाँले कस्तो व्यक्तिलाई त्यो कृपा प्रदान गर्नुहुन्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले यो पनि बुझ्नुपर्छ कि परमेश्वर जति नै प्रेमिलो हुनुभए तापनि, मानिसहरूका निम्ति उहाँसँग जति नै कृपा र प्रेम भए तापनि, परमेश्वरले उहाँको हैसियत र पदको उल्लङ्घन गर्ने कसैलाई पनि सहन गर्नुहुन्न, न त उहाँको गरिमाको उल्लङ्घन गर्ने कसैलाई सहनुहुन्छ। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए तापनि, उहाँले तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँले मानिसहरूलाई उहाँको प्रेम, उहाँको कृपा र उहाँको सहनशीलता दिनुहुन्छ, तर उहाँले तिनीहरूलाई कहिले पनि काखी च्याप्ने गर्नुभएन; परमेश्वरसँग उहाँका सिद्धान्तहरू र उहाँका सीमाहरू छन्। तैँले परमेश्वरको जतिसुकै प्रेम महसुस गरेको भए तापनि, त्यो प्रेम जतिसुकै गहिरो भए तापनि तैँले परमेश्वरलाई कहिले पनि अर्को व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ भन्ने कुरा साँचो भए तापनि, यदि कुनै व्यक्तिले परमेश्वरलाई अर्को व्यक्तिको रूपमा मात्र, उहाँ सृष्टि गरिएको कुनै अर्को प्राणी हुनुभए जसरी, एक जना मित्र वा पूजा गरिने वस्तुको रूपमा मात्र हेर्छ भने, परमेश्वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तिनीहरूलाई त्याग्नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरूले यस विषयलाई लापरवाही भएर लिनु हुँदैन। यसैले, हामीले प्रायजसो आफ्नो स्वभावको बारेमा परमेश्वरले बोल्नुभएका यस्ता वचनहरू देख्छौं: तैँले कति ओटा मार्गहरू यात्रा गरेको छस्, तैँले कति काम गरेको छस् वा तैँले कति कष्ट भोगेको छस् भन्ने कुराले फरक पार्दैन, तैँले परमेश्वरको स्वभावलाई चिढ्याइस् भने उहाँले तिमीहरू हरेकलाई तिमीहरूले गरेको कामको आधारमा बदला लिनुहुनेछ। यसको अर्थ यही हो कि परमेश्वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ, तथापि मानिसहरूले परमेश्वरलाई एक मित्र वा आफन्तको रूपमा व्यवहार गर्नु हुँदैन। परमेश्वरलाई तेरो “दोस्त” नभन्। उहाँबाट तैँले जतिसुकै प्रेम प्राप्त गरेको भए तापनि, उहाँले तँलाई जतिसुकै सहन गर्नुभए तापनि तैँले परमेश्वरलाई कहिले पनि मित्रको रूपमा व्यवहार गर्नु हुँदैन। यो परमेश्वरको धर्मी स्वभाव हो। के तिमीहरूले बुझ्दै छौ? के मैले यसबारेमा अझै केही बताउनुपर्छ? के यो विषयमा तिमीहरूसित कुनै पूर्व-बुझाइ रहेको छ? सामान्य रूपमा भन्दा, यो मानिसहरूले सजिलै गर्ने गल्ती हो, चाहे तिनीहरूले धर्मसिद्धान्तहरू बुझून् कि नबुझून् वा तिनीहरूले यो विषयको बारेमा पहिले कहिल्यै चिन्तन गरेका हुन् कि नहुन्। जब मानिसहरूले परमेश्वरलाई ठेस पुर्याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको आचरण वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो। केही मानिसहरू तिनीहरूसँग परमेश्वरको बुझाइ छ, तिनीहरूसँग उहाँको बारेमा केही ज्ञान छ, र तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्ने केही काम-कुराहरू समेत गर्न सक्छन् भनी विश्वास गर्छन्। तिनीहरूले आफू परमेश्वरको बराबरी भएको र तिनीहरूले चलाखी पूर्वक आफूलाई परमेश्वरसँगको मित्रतासम्म पुर्याएको अनुभूति गर्न थाल्छन्। यस प्रकारका अनुभूतिहरू भयानक रूपमा गलत छन्। यदि तँसँग यसबारेमा गहन बुझाइ छैन भने—यदि तैँले यसलाई स्पष्टसँग बुझ्दैनस् भने—तैँले सजिलैसँग परमेश्वरलाई र उहाँको धर्मी स्वभावलाई ठेस पुर्याउन सक्छस्। तैँले अब यो कुरा बुझ्छस्, होइन त? के परमेश्वरको धर्मी स्वभाव अद्वितीय छैन त? के यो कहिल्यै कुनै मानिसको चरित्र वा नैतिक कद समान हुन सक्छ र? यो कहिल्यै पनि त्यस्तो हुन सक्दैन। त्यसकारण, चाहे परमेश्वरले मानिसहरूलाई जे-जसरी व्यवहार गर्नुभएको नै किन नहोस् वा उहाँले मानिसहरूका बारेमा जे-जस्तो सोच्नुभएको नै किन नहोस्, परमेश्वरको स्थान, अख्तियार, र स्थिति परिवर्तन कहिल्यै हुँदैन भन्ने कुरालाई तैँले कहिल्यै बिर्सनु हुँदैन। मानवजातिको लागि, परमेश्वर सधैँ नै यावत् थोकका प्रभु र सृष्टिकर्ता हुनुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक...
जब परमेश्वरको काम र उहाँको व्यवस्थापन निश्चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्।...
आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै...
तिमीहरू आफ्नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...