परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४२

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक मानिसमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरूले यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले तिमीहरूले शैतान डरलाग्दो र घृणास्पद छ भनी महसुस गर्दैनौ। यो विशेषता के हो भन्‍ने कसैलाई थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र परीक्षा गर्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिकाहरू यिनै हुन्। शैतानले मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने र दोष लगाउने पनि गर्छ—यी सबै त्यसका प्रकटीकरणहरू हुन्। के अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न स्वाभाविक रूपमा नै आउँछ। त्यसले यी कुराहरू निरन्तर गरिरहन्छ। त्यसै गरी, हाकिमी पारा देखाउने, उक्साउने, जबरजस्ती काम गराउने, अह्राउखटाउ गर्ने, जबरजस्ती अरूको मालमत्ता खोस्‍नेजस्ता कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले अन्त्यमा तिमीहरूको रौँ ठाडो बनाइदिनेछ तर तिमीहरूलाई तर्साउनलाई मैले यो गरिरहेको छैन। परमेश्‍वरले मानिसमा काम गर्नुहुन्छ र उहाँले मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदयमा प्रिय ठान्‍नुहुन्छ। तर अर्कोतर्फ, शैतानले भने मानिसलाई कति पनि प्रिय ठान्दैन, र त्यसले आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भनेर मात्रै सोचिरहन्छ। के त्यसले यस्तै गर्दैन त? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहन्छ, के त्यसको मन आतुरीमा हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको बारेमा विचार गरिरहँदा, मसँग शैतानको द्वेषपूर्ण र दुष्‍ट प्रकृतिलाई राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांशहरू छन्, यसले शैतानको घृणितपनलाई बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सहयोग गर्न सक्छ: शैतान मानिसको नजिक आउँदा त्यसले सधैँ हरेक मानिसमा जबरजस्ती बास गर्न र उसलाई वशमा राख्‍न चाहन्छ, यति हदसम्‍म कि त्यसले मानिसलाई पूर्ण नियन्त्रण गर्न र ठूलो हानि पुर्‍याउन सकोस्, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो दुष्‍ट अभिलाषा पूरा गर्न सकोस्। “जबरजस्ती बास गर्नु” भनेको के हो? के यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिविना हुने कुरा हो? के यो तँलाई थाहा हुने गरी हुन्छ कि तँलाई थाहा नहुने गरी हुन्छ? जबाफचाहिँ के हो भने यो तँलाई पूर्ण रूपमा थाहै नहुने गरी हुन्छ! यो तँलाई थाहा नभएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकन वा केही नगरीकन, कुनै आधारविना, कुनै सन्दर्भविना हुन्छ—शैतान तेरो वरिपरि घुमिरहन्छ, तँलाई घेरिरहन्छ। त्यसले शोषण गर्ने अवसर खोजिरहन्छ र त्यसपछि त्यसले तँमा जबरजस्ती बास गर्छ, तँलाई आफ्नो बनाउँछ, तँलाई पूर्ण रूपमा अधीन गर्ने आफ्नो उद्देश्य हासिल गर्छ र तँमाथि पीडापूर्ण हानि पुर्‍याउँछ। मानिसलाई परमेश्‍वरबाट खोसी टाढा लैजान संघर्ष गर्ने क्रममा शैतानको सबैभन्दा ठेट अभिप्राय र आचरण यही हो। जब तिमीहरूले यो कुरा सुन्छौ तब तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामी हृदयमा त्रसित र भयभीत हुन्छौँ।) के तिमीहरू घृणाको महसुस गर्छौ? (गर्छौं।) यो घृणाको महसुस गर्ने क्रममा, के तिमीहरूलाई शैतान लाज नभएको हो भन्‍ने लाग्छ? जब शैतान लाज नभएको हो भनी तिमीहरू सोच्छौ, तब तिमीहरूलाई के आफ्‍ना वरपरका त्यस्ता मानिसहरूप्रति घिन लाग्छ जो सधैँ तिमीहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जो आफ्नो सामाजिक स्थिति र स्वार्थहरूको दुष्‍ट अभिलाषा बोकिहिँड्छन्? (हो।) त्यसो भए, शैतानले मानिसलाई जबरजस्ती आफ्नो बनाउन र जबरजस्ती मानिसमा बास गर्न कस्ता विधिहरू अपनाउँछ त? के तिमीहरू यस विषयमा स्पष्‍ट छौ त? जब तिमीहरूले “जबरजस्ती बास गर्ने” र “आफ्नो बनाउने” यी दुई पदावलीहरू सुन्छौ, तब तिमीहरूले घृणा महसुस गर्छौ र यी पदावलीहरूको दुष्‍टताको भाव अनुभूति गर्न सक्छौ। शैतानले तेरो सहमति वा तेरो जानकारीविना नै तँलाई आफ्नो बनाउँछ, तँमा जबरजस्ती बास गर्छ, र तँलाई भ्रष्‍ट बनाउँछ। तैँले आफ्नो हृदयमा के कुरा अनुभूति गर्न सक्छस्? के तँ घृणा र तिरस्कारको अनुभूति गर्छस्? (हो।) जब शैतानका यस्ता कार्यहरूप्रति तँलाई घृणा र तिरस्कारको महसुस हुन्छ, तब तँमा परमेश्‍वरप्रति कस्तो अनुभूति हुन्छ? (कृतज्ञता।) तँलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञता। त्यसो भए अब, यसै क्षणमा, के तँ आफूसँग भएका सबै थोक र तँ आफू जो होस् त्यो सबैलाई परमेश्‍वरले पूर्ण स्वामित्व र नियन्त्रणमा लिनुभएको चाहन्छस्? (चाहन्छु।) तैँले यस्तो जबाफ कुन सन्दर्भमा दिन्छस्? के शैतानले तँलाई जबरजस्ती अधीनमा पार्छ र आफ्नो बनाउँछ भनी डराएर नै तैँले “हुन्छ” भन्छस्? (हो।) तँसँग यस्तो किसिमको मानसिकता हुनु हुँदैन; यो सही कुरा होइन। तँ नडरा, किनकि परमेश्‍वर यहाँ हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन। तैँले शैतानको दुष्‍ट सारलाई बुझिसकेपछि, तँमा परमेश्‍वरको प्रेम, परमेश्‍वरको असल अभिप्राय, परमेश्‍वरको करुणा, मानिसप्रति उहाँको सहिष्णुता, उहाँको धर्मी स्वभावका विषयमा सही बुझाइ वा गहन वास्ता हुनुपर्छ। शैतान अत्यन्त घृणित छ, तैपनि यदि यसले अझै पनि परमेश्‍वरप्रतिको तेरो प्रेमलाई र परमेश्‍वरमाथिको तेरो निर्भरता र भरोसालाई उत्प्रेरित गर्दैन भने तँ कस्तो किसिमको व्यक्ति होस्? के तँ त्यसरी आफूलाई शैतानद्वारा हानि पुर्‍याउन दिन इच्छुक छस्? शैतानको दुष्‍टता र घृणितपनलाई हेरिसकेपछि, हामी फर्केर परमेश्‍वरमा नजर लगाउँछौं। के परमेश्‍वरसम्बन्धी तेरो ज्ञानमा अहिले कुनै परिवर्तन आएको छ? परमेश्‍वर पवित्र हुनुहुन्छ भनी के हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा कुनै दोष छैन भनी के हामी भन्‍न सक्छौँ? “परमेश्‍वर अद्वितीय पवित्रता हुनुहुन्छ”—के परमेश्‍वर यो पदवीअनुसार जिउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि, मानिससँग भएको परमेश्‍वरसम्बन्धी यस बुझाइबमोजिम जिउन सक्‍ने व्यक्ति, के यो संसार र यावत् थोकमाझ केवल परमेश्‍वर मात्र हुनुहुन्‍न र? अरू पनि छन् त? (छैनन्।) त्यसो भए, ठ्याक्‍कैसँग भन्दा, परमेश्‍वरले मानिसलाई के कुरा दिनुहुन्छ त? के उहाँले तँलाई थाहा नहुने गरी अलिकति मात्र वास्ता, सरोकार र चासो दिनुहुन्छ? परमेश्‍वरले मानिसलाई के कुरा दिनुभएको छ? परमेश्‍वरले मानिसलाई जीवन दिनुभएको छ, मानिसलाई सबै थोक दिनुभएको छ, र मानिसबाट कुनै कुराको अपेक्षा नगरीकन, कुनै पनि गोप्य मनसाय नराखीकन निसर्त रूपमा यी सबै कुराहरू मानिसलाई दिनुभएको छ। उहाँले मानिसलाई अगुवाइ गर्न र मार्गदर्शन दिन सत्यता, उहाँका वचनहरू र उहाँको जीवन प्रयोग गर्नुहुन्छ, मानिसलाई शैतानको हानिबाट टाढा र शैतानको परीक्षा र बहकाउबाट टाढा लैजानुहुन्छ, र यसरी मानिसलाई शैतानको दुष्‍ट प्रकृति र घृणित मुहार देख्‍ने अवसर दिनुहुन्छ। के मानिसको निम्ति परमेश्‍वरको प्रेम र वास्ता साँचो छ? के यो तिमीहरू प्रत्येकले अनुभव गर्न सक्‍ने कुरा हो? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५७

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन् मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४१

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१८

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्