परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०९
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्न सक्ने र चल्न नसक्नेलगायत, र छैटौं दिनमा बनाइएका चौपाया, कीराफट्याङ्ग्रा, र वन-पशुहरूलगायत, परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोक—परमेश्वरको नजरमा ती सबै असल थिए, यसका साथै, परमेश्वरको नजरमा उहाँको योजनाअनुसार, यी कुरा सबैले सिद्धताको शिखर प्राप्त गरेका थिए र तिनीहरू परमेश्वरले हासिल गर्न चाहनुभएका मापदण्डहरूमा पुगेका थिए। सृष्टिकर्ताले चरणबद्ध रूपमा आफ्नो योजनाअनुरूप नै आफ्नो अभिप्रायको काम गर्नुभयो। उहाँले एकपछि अर्को गर्दै सृष्टि गर्ने अभिप्राय राख्नुभएका कुराहरू देखा परे, र हरेक कुराको देखा पराइ सृष्टिकर्ताको अख्तियारको प्रतिबिम्ब, उहाँको अख्तियारको मूर्तता थियो; यो मूर्तताको कारण, सारा जीव सृष्टिकर्ताको अनुग्रह र बन्दोबस्तप्रति आभारी नभई बस्न सकेनन्। परमेश्वरका आश्चर्यजनक कार्यहरू आफै प्रकट हुने क्रममा, यो संसार एक-एक गरी परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराद्वारा भरिपूर्ण भए, र यो लथालिङ्गपन र अन्धकारबाट स्पष्टता र ज्योतिमा, मृत्युको सन्नाटादेखि जीवन्त र असीमित जीवनशक्तिमा परिवर्तन भयो। सृष्टिका सबै थोकमाझ, ठूलादेखि सानासम्म, सानादेखि अति सूक्ष्मसम्म, सृष्टिकर्ताको अख्तियार र शक्तिले सृष्टि नगरेको केही पनि थिएन, र हरेक जीवको अस्तित्वको अद्वितीय र अन्तर्निहित आवश्यकता र मूल्य थियो। तिनीहरूको आकार र संरचनामा रहेका भिन्नताहरूको बाबजुद पनि, तिनीहरूलाई सृष्टिकर्ताले उहाँको अख्तियारको अधीनमा रही जिउने गरी बनाउनुभएको थियो। कहिलेकाहीँ मानिसहरूले एउटा अत्यन्तै कुरूप कीरा देख्छन्, अनि भन्छन्, “त्यो कीरा अत्यन्तै भयानक छ, त्यसकारण यस्तो कुरूप थोक परमेश्वरले बनाउनुभएको हुँदै-होइन—उहाँले त्यस्तो कुरूप थोक सृष्टि गर्न सक्नुहुन्न।” कस्तो मूर्ख सोच! तिनीहरूले त यसो भन्नुपर्ने हो, “यो कीरा यति कुरूप भए पनि, परमेश्वरले नै यसलाई बनाउनुभएको हो, त्यसकारण पक्कै पनि यसको आफ्नै अद्वितीय उद्देश्य हुनुपर्छ।” परमेश्वरका विचारहरूमा, आफूले सृष्टि गर्नुभएका विभिन्न जीवित प्राणीहरूलाई उहाँले हरेक स्वरूप र हरेक प्रकारका प्रकार्य र प्रयोजनहरू दिने अभिप्राय राख्नुभएको थियो, त्यसकारण परमेश्वरले बनाउनुभएका कुराहरू एकै प्रकारका थिएनन्। तिनीहरूको बाहिरी रूपदेखि भित्री बनावटसम्म, तिनीहरूको जिउने शैलीदेखि तिनीहरूले ओगट्ने स्थानसम्म—हरेक कुरा फरक छ। गाईसँग गाईकै रूप हुन्छ, गधासँग गधाकै रूप हुन्छ, मृगसँग मृगकै रूप हुन्छ, र हात्तीसँग हात्तीकै रूप हुन्छ। कुनचाहिँ सबैभन्दा राम्रो देखिन्छ, र कुनचाहिँ सबैभन्दा कुरूप देखिन्छ भनेर के तैँले भन्न सक्छस्? कुनचाहिँ सबैभन्दा उपयोगी छ, र कुनको अस्तित्व सबैभन्दा कम आवश्यक छ भनेर के तैँले भन्न सक्छस्? कतिपय मानिसहरूलाई हात्तीको रूप मन पर्छ, तर जमिनमा खेती गर्नको लागि कसैले पनि हात्तीको प्रयोग गर्दैन; कतिलाई सिंह र बाघको रूप मन पर्छ, किनभने तिनीहरूका रूप सबै थोकभन्दा आकर्षक देखिन्छन्, तर के तँ तिनलाई घरपालुवा जनावरको रूपमा राख्न सक्छस्? छोटकरीमा भन्नुपर्दा, जब सृष्टिका असंख्य थोकको कुरा आउँछ, मानिसले सृष्टिकर्ताको अख्तियारलाई काम गर्न दिनुपर्छ, भन्नुको अर्थ, सृष्टिकर्ताले यावत् थोकको निम्ति तय गर्नुभएको क्रमलाई काम गर्न दिनुपर्छ; सबैभन्दा बुद्धिमानी आचरण यही हो। सृष्टिकर्ताका मौलिक अभिप्रायहरूको खोजी गर्ने, र त्यसको पालना गर्ने आचरण मात्रै सृष्टिकर्ताको अख्तियारको साँचो स्वीकार र सुनिश्चितता हो। यो, परमेश्वरको नजरमा असल हो, त्यसकारण, मानिसले गल्ती भेट्टाउनुको कारण के हो त?
यसरी, सृष्टिकर्ताको अख्तियारअन्तर्गतका यावत् थोकले सृष्टिकर्ताको सार्वभौमिकताको नयाँ जयगान गाउनुपर्छ, उहाँले नयाँ दिनमा गर्नुभएको कामको लागि सानदार शुभारम्भ गर्नुपर्छ, र यस क्षणमा सृष्टिकर्ताले उहाँको व्यवस्थापन कार्यमा नयाँ पृष्ठ पनि खोल्नुहुनेछ। वसन्तमा मुना उम्रने, ग्रीष्ममा पाक्ने, शरदमा कटनी गर्ने, र शिशिरमा भण्डारण गर्नेसम्बन्धी सृष्टिकर्ताले तोक्नुभएको नियमअनुसार, सबै थोकले सृष्टिकर्ताको व्यवस्थापन योजनालाई प्रतिबिम्बित गर्नेछन्, र तिनीहरूले आफ्नो नयाँ दिन, नयाँ सुरुवात, र नयाँ जीवन यात्रालाई स्वागत गर्नेछन्। सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको अधीनमा हरेक दिनलाई स्वागत गर्नको लागि तिनीहरू जिइरहनेछन् र अनवरत रूपमा वृद्धि हुँदै जानेछन् …
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले...
परमेश्वरले गर्नुभएको कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ। त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यस पटक...
अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको...
सृष्टिकर्ताको अख्तियारको अधीनतामा, सबै थोक सिद्ध छन् चराचुरुङ्गी र माछा, रूख-बिरुवा र फूलहरूजस्ता चल्न सक्ने र चल्न नसक्नेलगायत, र...