परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७५

येशूले पाँच हजारलाई खुवाउनुहुन्छ

यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ, जोसँग जौका पाँच ओटा रोटी र दुई ओटा माछा छन्: तर यति धेरैका माझमा ती त के हुन् र? अनि येशूले भन्‍नुभयो, मानिसहरूलाई बस्‍न लगाओ। त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे। अनि येशूले रोटी लिनुभयो; र उहाँले धन्यवाद दिनुभएपछि, उहाँले चेलाहरूलाई बाँड्नुभयो र चेलाहरूले बसेकाहरूलाई बाँडे; अनि यसैगरी तिनीहरूले सकेसम्म माछा पनि बाँडे। जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।

“पाँच वटा रोटी र दुई वटा माछा” को धारणा के हो? साधारणतया, पाँच रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई पर्याप्त रूपले खुवाउन सकिन्छ? यदि तैँले तेरो मापनलाई औसत व्यक्तिको भोकमा आधारित गरिस् भने, यो केवल दुई जनालाई मात्र पर्याप्त हुन्छ। सबैभन्दा आधारभूत रूपले यही नै “पाँच वटा रोटी र दुई वटा माछा” को धारणा हो। तथापि, यस अध्यायमा पाँच वटा रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई खुवाइयो? धर्मशास्त्रमा अभिलिखित कुरालाई तल दिइएको छ: “त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे।” पाँच वटा रोटी र दुई वटा माछाको तुलनामा के पाँच हजार ठूलो हो? यो संख्या यति ठूलो हो भनेर केले देखाउँछ? मानव दृष्टिकोणबाट हेर्दा, पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार मानिसहरूको निम्ति बाँडिँदिन असम्भव हुनेथियो, किनकि मानिसहरू र खानाको मात्रा बीचको भिन्नता अति ठूलो छ। यदि हरेक मानिसले एउटा सानो टुक्रा मात्रै खाए पनि यो पाँच हजार मानिसहरूका निम्ति अझै अपर्याप्त हुनेथियो। तर यहाँ, प्रभु येशूले एउटा आश्‍चर्यकर्म गर्नुभयो—पाँच हजार मानिसहरूले पेटभरि खाएको मात्र उहाँले सुनिश्चित गर्नुभएन तर खाना उब्रियो पनि। धर्मशास्त्रले भन्दछ: “जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।” यस आश्‍चर्यकर्मले मानिसहरूलाई प्रभु येशूको पहिचान र हैसियतलाई देख्न, अनि परमेश्‍वरको लागि केही पनि असम्भव छैन भनी देख्न सक्षम तुल्यायो—यस प्रकारले तिनीहरूले परमेश्‍वरको सर्वशक्तिको सत्यतालाई देख्न सके। पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार जना मानिसहरूलाई खुवाउन पर्याप्त थियो, तर यदि त्यहाँ कुनै खाना नभएको भए, के परमेश्‍वरले पाँच हजार मानिसहरूलाई खुवाउन सक्नुहुन्थ्यो त? अवश्य, उहाँले सक्नुहुन्थ्यो! यो एउटा आश्‍चर्यकर्म थियो, त्यसैले अपरिहार्य रूपले नै मानिसहरूले यो समझभन्दा बाहिरको, विश्‍वासै गर्न कठिन अनि रहस्यमय छ भन्‍ने महसुस गरे, तर परमेश्‍वरको निम्ति त्यस्तो कुरा गर्नु त केही पनि थिएन। परमेश्‍वरको निम्ति यो साधारण कुरा थियो भने, यसलाई व्याख्याको निम्ति अहिले किन अलग गर्ने? किनकि यस आश्‍चर्यकर्मको पछाडि प्रभु येशूको इच्छा छ, जुन इच्‍छालाई मानवजातिले कहिल्यै महसुस गर्न सकेको छैन।

पहिले, हामी यी पाँच हजार मानिसहरू कस्ता प्रकारका थिए सो बारेमा बुझ्ने कोसिस गरौँ। के तिनीहरू प्रभु येशूका अनुयायीहरू थिए? धर्मशास्त्रबाट हामी जान्दछौँ कि तिनीहरू उहाँका अनुयायीहरू थिएनन्। के तिनीहरूले प्रभु येशू को हुनुहुन्छ भनी जान्दथे? निश्चय नै जान्दैनथे! कम्तीमा, तिनीहरूले तिनीहरूको सामु उभिरहनुभएको व्यक्ति ख्रीष्ट नै हुनुहुन्छ भनी जान्दैनथे, वा हुनसक्छ, उहाँको नाउँ के थियो भनी केही मानिसहरूले जान्दथे र उहाँले गर्नुभएका केही कुराहरूको बारेमा जान्दथे वा सुनेका थिए। प्रभु येशूप्रतिको तिनीहरूको उत्सुकता तब मात्रै जागेको थियो जब तिनीहरूले उहाँको बारेमा कथाहरू सुनेका थिए तर तिनीहरूले उहाँलाई पछ्याउँथे भनी तैँले पक्‍कै पनि भन्न सक्दैनस्, तिनीहरूले उहाँलाई चिनेका थिए भन्ने कुरा त परै छोडौँ। जब प्रभु येशूले यी पाँच हजार मानिसहरूलाई देख्‍नुभयो, तिनीहरू भोकाएका थिए र तिनीहरूले केवल आफ्नो पेट भर्ने बारेमा मात्रै सोच्न सक्थे, त्यसैले यही सन्दर्भमा प्रभु येशूले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो। जब उहाँले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो, उहाँको हृदयमा के थियो? केवल आफ्नो पेट मात्रै भर्न चाहने यी मानिसहरूप्रति उहाँको धारणा के थियो? त्यस समयमा, प्रभु येशूका विचारहरू तथा धारणा परमेश्‍वरको स्वभाव तथा सारसित सम्बन्धित थिए। केवल पेटभरि खान मात्रै चाहना गर्ने अनि खाली पेट बोकेका यी पाँच हजार मानिसहरूको सामना गर्दा, उहाँको निम्ति उत्सुकता र आशाले भरिएका यी मानिसहरूको सामना गर्दा, प्रभु येशूले यस आश्‍चर्यकर्मलाई तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति उपयोग गर्ने बारेमा मात्रै सोच्नुभयो। तथापि, तिनीहरू उहाँका चेलाहरू होलान् भनेर उहाँले आफ्नो आशालाई माथि उठाउनुभएन किनकि उहाँलाई थाहा थियो, तिनीहरू केवल रमाइलो गर्न चाहन्थे र पेटभरि खान चाहन्थे, त्यसैले उहाँले त्यहाँ उहाँसित जे थियो, त्यसको सदुपयोग गर्नुभयो र पाँच हजार मानिसहरूलाई खुवाउन पाँच वटा रोटी र दुई वटा माछाको प्रयोग गर्नुभयो। उहाँले उत्साहजनक कुराहरू हेर्न मन पराउने, आश्‍चर्यकर्महरू हेर्न चाहने मानिसहरूका आँखालाई खोलिदिनुभयो अनि तिनीहरूले देहधारी परमेश्‍वरले पूरा गर्न सक्नुहुने कुराहरू आफ्नै आँखाले देखे। प्रभु येशूले छुन सकिने ठोस वस्तुबाट तिनीहरूको उत्सुकतालाई सन्तुष्ट पार्नु भएको भएतापनि, यी पाँच हजार मानिसहरूले केवल राम्रो खाना खान चाहन्छन् भन्‍ने कुरा उहाँलाई आफ्नो हृदयमा पहिले नै थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई प्रचार गर्नुभएन वा केही पनि भन्नुभएन—उहाँले तिनीहरूलाई त्यो आश्‍चर्यकर्म जसरी घट्यो, त्यसरी नै देख्न दिनुभयो। उहाँले यी मानिसहरूलाई उहाँलाई साँचो रीतिले पछ्याउने उहाँका चेलाहरूलाई जस्तो व्यवहार गर्न सक्नुभएन तर परमेश्‍वरको हृदयमा सबै सृष्टि उहाँको शासनमुनि हुन्छन्, अनि उहाँको दृष्टिमा भएका सबै सृष्टिलाई उहाँले जब आवश्यक हुन्छ, तब परमेश्‍वरको अनुग्रहको आनन्द लिन दिनुहुन्छ। यी मानिसहरूले रोटी र माछा खाइसकेपछि पनि उहाँ को हुनुहुन्थ्यो भनी जानेनन् र उहाँलाई बुझेनन् वा उहाँको बारेमा कुनै विशेष छाप तिनीहरूमाथि परेन वा उहाँप्रति तिनीहरू कृतज्ञ भएनन्, तैपनि परमेश्‍वरले यसलाई विशेष मुद्दाको रूपमा लिनुभएन—उहाँले तिनीहरूलाई परमेश्‍वरको अनुग्रहको आनन्द लिने एउटा सुन्दर अवसर दिनुभयो। कतिपय मानिसहरू भन्छन्, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसमा उहाँ सिद्धान्तवादी हुनुहुन्छ, अनि उहाँले अविश्‍वासीहरूलाई रेखदेख वा रक्षा गर्नुहुन्न, र विशेष गरी तिनीहरूलाई उहाँको अनुग्रहको आनन्द लिन दिनुहुन्न। के वास्तवमा कुरा यही हो त? परमेश्‍वरको दृष्टिकोणमा, जबसम्म तिनीहरू उहाँ आफैले सृष्टि गर्नुभएका उहाँका जीवित सृष्टिहरू हुन्, तबसम्म उहाँले तिनीहरूको व्यवस्था र वास्ता गर्नुहुन्छ, र कैयौँ तरिकाले तिनीहरूसँग व्यवहार गर्नुहुन्छ, तिनीहरूको निम्ति योजना बनाउनुहुन्छ र तिनीहरूलाई शासन गर्नुहुन्छ। सबै कुराहरूप्रति परमेश्‍वरका विचार तथा धारणा यिनै हुन्।

रोटी र माछा खाने पाँच हजार मानिसहरूले प्रभु येशूलाई पछ्याउने योजना नबनाए तापनि उहाँले तिनीहरूमाथि कुनै कडा मागहरू राख्नुभएन; तिनीहरूले आफ्नो पेटभरि खाइसकेपछि, तिनीहरूले के गरे, तिमीहरूलाई थाहा छ? के उहाँले तिनीहरूलाई प्रचार समेत गर्नुभयो त? यो गरिसकेपछि उहाँ कहाँ जानुभयो? प्रभु येशूले तिनीहरूलाई केही भन्नुभयो भनी धर्मशास्त्रले उल्लेख गर्दैन, यति मात्रै भनिएको छ कि आफ्नो आश्‍चर्यकर्म गरिसक्नुभएपछि उहाँ त्यहाँबाट चुपचाप जानुभयो। के उहाँले यी मानिसहरूबाट कुनै मागहरू गर्नुभयो? त्यहाँ कुनै घृणा थियो? अहँ, तीमध्ये कुनै पनि कुरा थिएन। उहाँलाई पछ्याउन नसक्‍ने यी मानिसहरूलाई उहाँले उप्रान्त कुनै ध्यान दिन चाहनुभएन अनि यस बेला उहाँको हृदय पीडामा थियो। उहाँले मानवजातिको भ्रष्टता देखिसक्नुभएको कारणले अनि मानवजातिबाट आफ्नो तिरस्कार महसुस गरिसक्नुभएको कारणले, जब उहाँले यी मानिसहरूलाई देख्नुभयो र उहाँ तिनीहरूसित हुनुहुन्थ्यो, तब मानव मन्दबुद्धि र अज्ञानताप्रति उहाँ दुःखी हुनुभयो, अनि उहाँको हृदय पीडामा थियो, उहाँले चाहनुभएको एउटै कुरा सकेसम्म चाँडो तिनीहरूलाई छोडेर जानु नै थियो। उहाँको हृदयमा उहाँले तिनीहरूबाट कुनै माग गर्नुभएन, तिनीहरूप्रति उहाँले कुनै ध्यान दिन चाहनुभएन, अनि, त्यति मात्र होइन, उहाँले तिनीहरूमाथि आफ्नो कुनै शक्ति खर्च गर्न चाहनुभएन। तिनीहरूले उहाँलाई पछ्याउन सक्दैनन् भन्‍ने उहाँलाई थाहा थियो तर यो सबैको बाबजुद, तिनीहरूप्रतिको उहाँको धारणा अझै पनि स्पष्टै थियो। उहाँले तिनीहरूलाई दयालु व्यवहार गर्न, तिनीहरूलाई अनुग्रह प्रदान गर्न चाहनुहुन्थ्यो, र उहाँको शासनमुनि रहने हरेक सृष्टिप्रति परमेश्‍वरको धारणा यही नै थियो—हरेक सृष्टिलाई दयापूर्वक व्यवहार गर्ने, तिनीहरूलाई जुटाउने अनि भरणपोषण गर्ने। प्रभु येशू देहधारी हुनुभएको यही कारणले गर्दा नै उहाँले अत्यन्तै स्वभाविक रूपमा परमेश्‍वरको आफ्नै सार प्रकट गर्नुभयो र यी मानिसहरूलाई दयापूर्वक व्यवहार गर्नुभयो। उहाँले तिनीहरूलाई उदारता तथा सहनशीलताको हृदयले व्यवहार गर्नुभयो, अनि त्यस्तै हृदयले उहाँले तिनीहरूलाई दया देखाउनुभयो। यी मानिसहरूले प्रभु येशूलाई जसरी देखे तापनि, अनि जस्तो प्रकारको परिणाम निस्के तापनि, उहाँले सारा सृष्टिको प्रभुको हैसियतले हरेक सृष्टिसँग व्यवहार गर्नुभयो। उहाँले प्रकट गर्नुभएको हरेक कुरा, परमेश्‍वरको स्वभाव, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै थियो। प्रभु येशूले चुपचाप यो कुरा गर्नुभयो, अनि चुपचाप जानुभयो—यो परमेश्‍वरको स्वभावको कुन पक्ष हो? के यो परमेश्‍वरको प्रेमपूर्ण दया हो भनेर तिमीहरू भन्‍न सक्छौ? के यो परमेश्‍वरको निस्वार्थपन हो भनी तिमीहरू भन्न सक्छौ? के यो साधारण मानिसले गर्न सक्ने कुरा हो? पक्कै पनि होइन! आधारभूत रूपमा, प्रभु येशूले पाँच वटा रोटी र दुई माछा प्रयोग गरी खुवाउनुभएका यी पाँच हजार जना मानिसहरू को थिए? के तिनीहरू उहाँ अनुरूपका मानिसहरू थिए भनेर तिमीहरू भन्न सक्छौ? के तिनीहरू सबै परमेश्‍वरका प्रतिरोधी थिए भनेर तिमीहरू भन्न सक्छौ? यो निश्‍चयताका साथ भन्न सकिन्छ कि तिनीहरू प्रभु अनुरूपका थिएनन्, अनि तिनीहरूको सार पूर्ण रूपमा परमेश्‍वरप्रति शत्रुवत् थियो। तर, परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुभयो? परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुतालाई शान्त गर्न उहाँले एउटा विधि प्रयोग गर्नुभयो—यस विधिलाई “दया” भनिन्छ। भनाइको अर्थ, प्रभु येशूले तिनीहरूलाई पापीहरूको रूपमा देख्नु भएको भए तापनि, परमेश्‍वरको दृष्टिमा तिनीहरू उहाँकै सृष्टि थिए, त्यसैले उहाँले ती पापीहरूलाई दयापूर्वक नै व्यवहार गर्नुभयो। परमेश्‍वरको सहनशीलता यही हो, अनि यो सहनशीलता परमेश्‍वरको आफ्नै पहिचान तथा सारद्वारा निर्धारित हुन्छ। त्यसैले, यो यस्तो कुरा हो जुन कार्य गर्न परमेश्‍वरद्वारा सृष्टि गरिएका कुनै पनि मानिस सक्षम छैनन्—केवल परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६६

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६८

जसरी इसहाक प्रतिज्ञाद्वारा अब्राहामको निम्ति जन्मेका थिए, त्यसरी नै यूहन्ना पनि प्रतिज्ञामा नै जन्मेका थिए। तिनले येशूका लागि बाटो बनाए, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्