परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६६

“तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, म कृपा लिनेछु, बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूले परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, तब “एक जना” ले कसलाई सङ्केत गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्थ्यो, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “मैले बलिदान होइन कृपा प्राप्त गर्नेछु।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति र सार उही नै छ। आजको कामको सन्दर्भमा, मानिसहरूले अझै पनि त्यही प्रकारका कुराहरू गर्नेछन् जसलाई यी शब्दहरूले प्रतिनिधित्व गर्छन्, “परमेश्‍वरभन्दा महान् मन्दिर छ।” उदाहरणको निम्ति, मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने कुरालाई कामको रूपमा हेर्छन्; तिनीहरूले परमेश्‍वरको निम्ति गवाही हुने तथा ठूलो रातो अजिङ्गरसित लडाईं गर्ने कुरालाई मानव अधिकारको रक्षार्थ, प्रजातन्त्र तथा स्वतन्त्रताको निम्ति गरिने राजनीतिक क्रियाकलापहरूको रूपमा हेर्छन्; तिनीहरूले कर्तव्यलाई आफ्नो जीवनचर्यामा सीप उपयोग गर्ने कुराको रूपमा लिन्छन्, तर परमेश्‍वरको भय मान्ने र खराबीलाई घृणा गर्ने कुरालाई तिनीहरूले पालना गर्नुपर्ने धार्मिक सिद्धान्तको एउटा भागको रूपमा लिन्छन्; अनि यस्तै इत्यादि। के यी सबै व्यवहारहरू वास्तवमा “परमेश्‍वरभन्दा मन्दिर महान् छ” भन्‍ने सरह नै छैन र? फरक यो छ कि, दुई हजार वर्षअघि, मानिसहरूले भौतिक मन्दिरमा व्यक्तिगत व्यापार गर्दैथिए, तर आज मानिसहरूले अमूर्त मन्दिरहरूमा आफ्नो व्यक्तिगत व्यापार गर्छन्। ती मानिसहरू जसले नियमहरूलाई महत्त्व दिन्छन्, तिनीहरूले नियमहरूलाई परमेश्‍वरलाई भन्दा महान् ठान्छन्, ती मानिसहरू जसले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले हैसियतलाई परमेश्‍वरभन्दा महान् ठान्छन्, ती जसले जीवनचर्यालाई प्रेम गर्छन्, तिनीहरूले जीवनचर्यालाई परमेश्‍वरभन्दा महान् ठान्छन्, आदि इत्यादि—तिनीहरूका सबै अभिव्यक्तिहरूले मलाई यसो भन्न बाध्य गर्छ: “मानिसहरूले आफ्‍ना शब्‍दहरूद्वारा परमेश्‍वरलाई सबैभन्दा महान् हुनुहुन्छ भनी प्रशंसा त गर्छन् तर तिनीहरूको दृष्टिमा सबै कुरा परमेश्‍वरभन्दा महान् छन्।” किनभने मानिसहरूले परमेश्‍वरलाई पछ्याउने आफ्नो मार्गमा आफ्नो प्रतिभा देखाउने वा आफ्नो व्यवसाय वा आफ्नो जीवनचर्या गर्ने अवसर पाउनेबित्तिकै तिनीहरूले परमेश्‍वरदेखि आफैलाई टाढा बनाउँछन् अनि आफ्नो प्रिय जीवनचर्यामा हाम फाल्छन्। परमेश्‍वरले तिनीहरूलाई जे सुम्पनुभएको छ, अनि उहाँको इच्छा के छ भन्‍ने सम्बन्धमा चाहिँ, ती कुराहरूलाई लामो समयदेखि नै परित्याग गरिएका छन्। यी मानिसहरू र दुई हजार वर्ष अघि मन्दिरमा आफ्नै व्यवसाय गर्ने ती मानिसहरूका बीचमा के फरक छ?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३१

सृष्टिकर्ताको प्रभुत्वमा आऊ अनि चुपचाप मृत्युको सामना गर व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एकल आत्माले पृथ्वीमा आफ्‍नो अनुभव सुरु गर्छ,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९५

मैले धेरै पटक के भनेको छु भने, परमेश्‍वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २६

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्