परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५१

अय्यूबको वास्तविक अनुहार: साँचो, शुद्ध, र झूटरहित

हामी अय्यूब २:७-८ लाई पढौँ: “यसैले शैतान यहोवाको छेउबाट गयो र अय्यूबको खुट्टाको पैतालादेखि टाउकोसम्मै पोल्‍ने खटिराहरू उब्जाइदियो। अनि तिनले आफूलाई कन्याउन माटोको भाँडाको एउटा खपटा लिए; अनि तिनी खरानीमा बसे।” यो अय्यूबको शरीरमा पीडादायक खटिराहरू निस्केको बेला तिनको आचरण कस्तो थियो भन्‍ने व्याख्या हो। यस समयमा, पीडा सहने क्रममा अय्यूब खरानीमा बसे। कसैले पनि तिनको उपचार गरेनन्, र कसैले पनि तिनको शरीरको पीडा कम गर्न मद्दत गरेनन्; बरु, तिनले खटिरा कन्याउन फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे। सतही रूपमा, यो केवल अय्यूबको यातनाको एक चरण मात्र थियो, र तिनको मानवता र परमेश्‍वरप्रतिको भयसँग यसको कुनै सम्बन्ध थिएन, किनकि अय्यूबले यस बेला आफ्नो मनस्थिति र विचार व्यक्त गर्न कुनै शब्द बोलेनन्। तैपनि, अय्यूबका व्यवहारहरू र तिनको आचरण तिनको मानवताको वास्तविक अभिव्यक्ति नै हुन्। अघिल्लो अध्यायको अभिलेखमा हामीले पूर्वको संसारमा अय्यूब सबैभन्दा महान् व्यक्ति थिए भनेर पढ्यौं। यसैबीच, दोस्रो अध्यायको यो खण्डले पूर्वका यस महान् व्यक्तिले खरानीमा बसेर फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे भन्‍ने देखाउँछ। के यी दुई वर्णनबीच स्पष्ट भिन्‍नता छैन र? यो एउटा यस्तो भिन्‍नता हो जसले हामीलाई अय्यूबको वास्तविक जीवन देखाउँछ: आफ्नो प्रतिष्ठित स्थान र हैसियतको बाबजुद पनि, तिनले यी कुराहरूलाई कहिल्यै प्रेम गरेनन् न त यी कुराहरूमा कुनै ध्यान नै दिए; अरूले तिनको प्रतिष्ठालाई कसरी हेर्छन् भनेर तिनले वास्ता गरेनन्, न त तिनको काम वा आचरणले तिनको प्रतिष्ठामा कुनै नकारात्मक असर पार्ला कि भनेर नै तिनी चिन्तित थिए; तिनी हैसियतका लाभहरूमा लिप्त भएनन्, न त तिनले हैसियत र प्रतिष्ठाको साथमा आउने महिमाको आनन्द नै लिए। तिनले केवल यहोवा परमेश्‍वरको नजरमा आफ्नो मूल्य र आफ्नो जीवनको महत्त्वको बारेमा मात्रै चिन्ता गरे। अय्यूबको साँचो व्यक्तित्व नै तिनको सार थियो: तिनले प्रसिद्धि र सम्पत्तिलाई प्रेम गरेनन्, र तिनी प्रसिद्धि र सम्पत्तिका लागि जिएनन्; तिनी साँचो, र शुद्ध, अनि झूटरहित थिए।

अय्यूबले प्रेम र घृणालाई छुट्ट्याए

अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्‍नीबीचको यो बातचितमा देखाइएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्‍नीले तिनलाई त्यस पीडाबाट बच्न मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेनन्; बरु ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्‍वरमाथिको तिनको विश्‍वास र आज्ञापालनलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्‍वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबको लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्‍वरको विरुद्ध वा उहाँलाई चोट पुर्‍याउने वा अरूको विषयमा केही भन्‍ने काम कहिल्यै गरेका थिएनन्। अरूले परमेश्‍वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्‍नीलाई “मूर्ख स्‍त्री” भनी भने। आफ्नी पत्‍नीप्रति अय्यूबको मनोवृत्ति क्रोध र घृणाका साथसाथै निन्दा र हप्कीले भरिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणाबीचको भिन्‍नता छुट्ट्याउने—यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको बोध थियो—जसले तिनलाई दुष्टताका बतास र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू र लाजलाग्दो दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्‍चा रहने व्यक्ति तुल्यायो।

अय्यूबको दयालुपन र इमानदारिता

अय्यूबको आचरणबाट हामी तिनको मानवताका विभिन्‍न पक्षहरूको अभिव्यक्ति देख्‍न सक्छौँ, त्यसकारण अय्यूबले आफू जन्मेको दिनलाई सराप्‍न मुख खोल्दा हामी तिनको मानवताको कुन कुरालाई देख्छौँ? तल हामी यही विषयमा बताउनेछौँ।

माथि, मैले अय्यूबले आफू जन्मेको दिनलाई सरापेको पृष्ठभूमि बताएको छु। तिमीहरू यसमा के देख्छौ? यदि अय्यूब कठोर हृदयको र प्रेमरहित थिए भने, यदि तिनी उदासीन र भावनाहीन र मानवता नभएका व्यक्ति भएका भए, के तिनले परमेश्‍वरको हृदयको चाहनाको वास्ता गर्थे होला? के तिनले परमेश्‍वरको हृदयको चाहनालाई वास्ता गरेको कारण आफू जन्मेको दिनलाई तुच्छ ठान्‍न सक्थे? अर्को शब्दमा भन्‍नुपर्दा, यदि अय्यूब कठोर हृदयका र मानवता नभएका व्यक्ति भएका भए, के तिनी परमेश्‍वरको पीडाले व्याकुल हुन सक्थे? के परमेश्‍वर तिनको कारण शोकमा डुब्‍नुभएकोले गर्दा तिनले आफ्नो जन्म दिनलाई सराप्‍न सक्थे? यसको उत्तर हो, बिलकुल होइन! अय्यूब दयालु थिए, यसैले तिनले परमेश्‍वरको हृदयको वास्ता गरे; अय्यूबले परमेश्‍वरको हृदयको वास्ता राखेकाले नै तिनले परमेश्‍वरको पीडा महसुस गरे; तिनी दयालु थिए, यसैले तिनले परमेश्‍वरको कष्टको अनुभव गरेर ठूलो यातना सहे; तिनले परमेश्‍वरको पीडा महसुस गरेकाले नै तिनले आफू जन्मेको दिनलाई घृणा गर्न थाले, र यसरी तिनले आफ्नो जन्मदिनलाई सरापे। बाहिरका मानिसहरूका निम्ति, अय्यूबको परीक्षाको अवधिमा तिनले देखाएको सम्पूर्ण आचरण उदाहरणीय छ। केवल तिनले आफू जन्मेको दिनलाई सरापेको कुराले मात्र तिनको सिद्धता र सोझोपनमाथि प्रश्‍न चिन्‍ह खडा गर्छ, वा एउटा फरक मूल्याङ्कन प्रदान गर्छ। वास्तवमा यो अय्यूबको मानवताको सारको सबैभन्दा साँचो अभिव्यक्ति थियो। तिनको मानवताको सार लुकाइएको वा पोको पारिएको थिएन, वा अरू कसैद्वारा संशोधित गरिएको थिएन। जब तिनले आफू जन्मेको दिनलाई सरापे, तब तिनले आफ्नो हृदयको गहिराइमा भएको दयालुपन र इमानदारिता प्रदर्शित गरे; तिनी त जरुवा मूलजस्तै थिए, जसको पानी यति स्वच्छ र पारदर्शी हुन्छ कि त्यसको भुइँ पनि देखिन्छ।

अय्यूबको बारेमा यी सबै कुरा जानिसकेपछि, धेरैजसो मानिसहरूमा अवश्य नै अय्यूबको मानवताको सारको सही र वस्तुपरक मूल्याङ्कन हुनेछ। उनीहरूमा परमेश्‍वरले भन्‍नुभएको अय्यूबको सिद्धता र सोझोपनको बारेमा पनि गहन, व्यावहारिक र अझ उच्‍च बुझाइ र कदर हुनुपर्छ। आशा छ, यो बुझाइ र कदरले मानिसहरूलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्ने कार्यको थालनी गर्न मदत गर्नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०६

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ७७

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्