परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४८

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो मानिस बन्छन्

जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट तिनका सबै सम्पत्ति र सबै छोराछोरी खोसियो, तर त्यसको परिणामस्वरूप तिनी पछारिएनन् वा परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनले उहाँको आज्ञापालन गर्न सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यही थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यही थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्‍नु परेको भए तापनि, तिनको गवाही फेरि पनि मानिसहरूलाई छक्‍क पार्न काफी थियो। तिनले फेरि एकपटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, दृढ विश्‍वास र परमेश्‍वरप्रतिको आज्ञाकारिताको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एकपटक स्वीकार र समर्थन गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञापालनलाई परिवर्तन गर्न वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरप्रतिको भयलाई हटाउन सक्दैन भनी शैतानसामु घोषणा गरे; मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई वा आफ्नो सिद्धता र इमानदारितालाई त्याग्‍नेवाला थिएनन्। अय्यूबको दृढ सङ्कल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई काँतर र थुरथुर बनायो, उनले जुन तीव्रतासाथ शैतानविरुद्ध जीवनमृत्युको युद्ध लडे त्यसले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्‍न गरायो; तिनको सिद्धता र इमानदारिताले शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडिदियो र यहोवा परमेश्‍वरसामु अय्यूबविरुद्ध आफूले लगाएको आरोपलाई त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; तिनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, तिनले वास्तवमा आफ्नो सिद्धता र इमानदारितामा जिए, र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग बस्‍नेसम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए। तिनको धर्मी कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसै गरी, तिनको धर्मी कामले तिनलाई सिद्ध पनि बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेको भन्दा उच्‍च र सबैभन्दा अगाडि बनायो, र ती कुराहरूले तिनलाई शैतानले अबउप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति पनि बनायो। अय्यूब धर्मी भएका हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पार्‍यो; अय्यूब धर्मी भएका हुनाले नै, तिनलाई शैतानको हातमा सुम्पिइयो; अनि अय्यूब धर्मी भएका हुनाले नै, तिनले शैतानलाई जिते र हराए, र आफ्नो गवाहीमा दृढ रहे। त्यसउप्रान्त अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, र तिनी वास्तवमै परमेश्‍वरको सिंहासनको अगाडि आए, र शैतानको जासुसी वा विनाशविनाको अवस्थामा परमेश्‍वरको आशिष्‌मुनि ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो मानिस बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६७

पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५७

प्रवेश गर्ने कार्यको खोजी गर्ने क्रममा, प्रत्येक विषयको अनुसन्धान गरिनुपर्छ। सबै विषयहरूमाथि परमेश्‍वरको वचन र सत्यअनुसार राम्ररी चिन्तन...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०७

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्