परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४१

शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

क. परमेश्‍वरद्वारा बोलिएका वचनहरू

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

अय्यूब १:१२ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, हेर्, त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा। त्यसैले शैतान यहोवाको छेउबाट गयो।

ख. शैतानको जबाफ

अय्यूब १:९-११ त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूबको विश्‍वास सिद्ध होस् भनेर परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुहुन्छ

अय्यूब १:८ त्यो पहिलो विवरण हो जहाँ हामी बाइबलमा यहोवा परमेश्‍वर र शैतानबीचको वार्तालाप देख्छौँ। त्यसो भए, परमेश्‍वरले के भन्‍नुभयो? मूल पाठले निम्‍न विवरण प्रदान गर्छ: “अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” यो शैतानको अगाडि अय्यूबको विषयमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन थियो; परमेश्‍वरले भन्‍नुभयो कि तिनी एक सिद्ध र सोझो मानिस हुन्, त्यस्तो व्यक्ति जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे। परमेश्‍वर र शैतानबीच यी कुराहरू हुनुभन्दा अघि, परमेश्‍वरले अय्यूबलाई जाँच्न शैतानलाई प्रयोग गर्ने—उहाँले अय्यूबलाई शैतानको हातमा सुम्पने सङ्कल्प गर्नुभएको थियो। एक हिसाबमा, यसले अय्यूबको सम्बन्धमा परमेश्‍वरको अवलोकन र मूल्याङ्कन सही र त्रुटिहीन छ भनी साबित गर्थ्यो, र अय्यूबको गवाहीद्वारा शैतान सर्ममा पर्नेथ्यो; अर्को हिसाबमा, त्यसले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास र परमेश्‍वरप्रतिको भयलाई सिद्ध बनाउँथ्यो। त्यसैले, जब शैतान परमेश्‍वरको सामु आयो, परमेश्‍वरले दोहोरो अर्थ लाग्‍ने कुरा गर्नुभएन। उहाँले सिधा कुरा गर्दै शैतानलाई सोध्‍नुभयो: “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” परमेश्‍वरको प्रश्‍नमा निम्‍न अर्थहरू छन्: शैतानले सबै ठाउँ घुम्‍ने गरेको र अय्यूबको बारेमा चियो गर्ने गरेको परमेश्‍वरलाई थाहा थियो। यसले अय्यूबलाई धेरैपटक परीक्षा र हमला गरेको थियो र त्यो परमेश्‍वरमाथिको तिनको विश्‍वास र परमेश्‍वरप्रतिको भय स्थिर रहिरहन सक्दैन भनी प्रमाणित गर्न तिनीमाथि विनाश ल्याउने उपायको खोजीमा थियो। अय्यूबले परमेश्‍वरलाई त्यागुन् र त्यसले तिनलाई परमेश्‍वरको हातबाट खोस्‍न सकोस् भनेर शैतानले अय्यूबलाई भताभुङ्ग पार्ने अवसरहरू पनि खोज्यो। तैपनि परमेश्‍वरले अय्यूबको हृदयभित्र हेर्नुभयो र तिनलाई अति सिद्ध र धर्मी, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिको रूपमा देख्‍नुभयो। अय्यूब सिद्ध र इमानदार मानिस हुन् जो परमेश्‍वरको भय मान्छ र दुष्टताबाट अलग बस्छ, अय्यूबले कहिल्यै परमेश्‍वरलाई त्याग्दैनन् र शैतानको पछि लाग्दैनन् भनी शैतानलाई बताउन परमेश्‍वरले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो। परमेश्‍वरबाट अय्यूबको मूल्याङ्कन सुनेपछि शैतानमा अपमानको साथमा क्रोध उत्पन्‍न भयो अनि अय्यूबलाई खोसेर लिन त्यो अझ अधीर भयो, किनकि शैतानले कहिल्यै पनि कुनै व्यक्ति सिद्ध र इमानदार हुन सक्छ, वा उनीहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भनी विश्‍वास गरेको थिएन। यसको साथै, शैतानले मानिसमा भएको सिद्धता र इमानदारितालाई पनि घृणा गर्थ्यो, र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्‍ने मानिसहरूलाई घिनाउँथ्यो। यसैले अय्यूब १:९-११ मा यो लेखिएको छ, “त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।” परमेश्‍वर शैतानको द्वेषपूर्ण प्रकृतिसँग राम्ररी परिचित हुनुहुन्थ्यो, र शैतानले धेरै अघिदेखि अय्यूबमाथि विनाश ल्याउने योजना गरिरहेको छ भन्‍ने कुरा उहाँलाई राम्ररी थाहा थियो, यसैले परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी शैतानलाई फेरि बताउँदै त्यसलाई ठीक बाटोमा ल्याउन, त्यसको वास्तविक अनुहार देखाउन चाहनुभयो, र अय्यूबलाई आक्रमण गर्न र परीक्षामा पार्न दिनुभयो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले जानीजानी अय्यूब सिद्ध र इमानदार छन्, र तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी जोड दिनुभयो, र यसरी अय्यूब सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति भएकोमा शैतानले घृणा र क्रोध गरेको कारण उहाँले शैतानलाई अय्यूबमाथि आक्रमण गर्ने अनुमति दिनुभयो। परिणामस्वरूप, परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हुन् भन्‍ने देखाएर शैतानलाई लज्‍जित पार्नुहुनेथ्यो, र यसरी शैतान पूर्ण रूपले अपमानित र पराजित हुनेथ्यो। त्यसपछि, शैतानले अब अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, वा दुष्टताबाट अलग बस्‍ने तिनको आचरणको बारेमा फेरि कहिल्यै शङ्का गर्ने वा आरोप लगाउनेथेन। यसरी, परमेश्‍वरको जाँच र शैतानको परीक्षा करिबकरिब अपरिहार्य नै थियो। परमेश्‍वरको जाँच र शैतानको परीक्षाको सामना गर्न सक्‍ने व्यक्ति अय्यूब मात्र थिए। यस वार्तालापपछि, शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति प्रदान गरियो। यसरी शैतानको आक्रमणको पहिलो चरण सुरु भयो। यी आक्रमणहरूको निसाना अय्यूबको सम्पत्ति थियो, किनकि शैतानले अय्यूबको विरुद्धमा निम्‍न आरोप लगाएको थियो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? … तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ।” फलस्वरूप, परमेश्‍वरले शैतानलाई अय्यूबका सबै कुरा खोस्‍ने अनुमति दिनुभयो—परमेश्‍वरले शैतानसँग कुरा गर्नुको उद्देश्य यही थियो। यद्यपि, परमेश्‍वरले शैतानसँग एउटा सर्त राख्‍नुभयो: “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। परमेश्‍वरले यही सर्तमा शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो र अय्यूबलाई शैतानको हातमा राख्‍नुभयो, र उहाँले शैतानका लागि यो सीमा तोकिदिनुभयो: उहाँले शैतानलाई अय्यूबको कुनै हानि नगर्न आज्ञा दिनुभयो। अय्यूब सिद्ध र इमानदार छन् भनी परमेश्‍वरले पहिचान गर्नुभएको थियो, र उहाँको सामु अय्यूबको सिद्धता र इमानदारिता शङ्का गर्न नसकिने छ, परीक्षामा पर्दा तिनी खडा हुन सक्छन् भन्‍ने विश्‍वास उहाँलाई थियो, त्यसैले परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो, तर शैतानलाई केही सीमाहरू तोकिदिनुभयो: शैतानलाई अय्यूबका सबै सम्पत्ति खोस्‍ने अनुमति दिइयो, तर त्यसले तिनीमाथि औंला उठाउन सक्दैनथ्यो। यसको अर्थ के हो? यसको अर्थ के हो भने, त्यसबेला परमेश्‍वरले अय्यूबलाई पूर्ण रूपमा शैतानको हातमा दिनुभएन। शैतानले आफूले चाहेको जुनसुकै तरिकाले अय्यूबको परीक्षा गर्न सक्थ्यो, तर त्यसले अय्यूबलाई चोट पुर्‍याउन सक्दैनथ्यो—तिनको टाउकोको एउटा कपालसमेत छुन सक्दैनथ्यो—किनकि मानिसका सबै कुरा परमेश्‍वरद्वारा नियन्त्रित हुन्छ, र किनकि मानिस बाँच्छ कि मर्छ भन्‍ने कुराको निर्णय परमेश्‍वरले गर्नुहुन्छ। शैतानसँग यो अनुमति छैन। परमेश्‍वरले शैतानलाई यो कुरा भन्‍नुभएपछि शैतानलाई त्यो काम सुरु गर्न आतुरी भयो। त्यसले अय्यूबलाई परीक्षा गर्न सबै माध्यमहरू प्रयोग गर्‍यो, र केही समयपछि नै अय्यूबले परमेश्‍वरले तिनलाई दिनुभएका कैयौँ भेडा र गोरुहरू र सबै सम्पत्ति गुमाइसकेका थिए…। यसरी परमेश्‍वरको परीक्षा तिनीमाथि आइपर्‍यो।

बाइबलले हामीलाई अय्यूबको परीक्षा कहाँबाट उत्पत्ति भयो भन्‍नेबारेमा बताउने भए पनि, ती परीक्षाहरूको शिकार भएका अय्यूब आफैलाई के भइरहेको छ भन्‍ने थाहा थियो? अय्यूब केवल एक मरणशील मानिस थिए; अवश्य नै, तिनलाई आफ्नो वरिपरि प्रकट भइरहेको घटनाको बारेमा केही पनि थाहा थिएन। तैपनि, तिनमा भएको परमेश्‍वरको भयका साथै तिनको सिद्धता र सोझोपनले तिनलाई आफूमाथि परमेश्‍वरको परीक्षा आएको छ भन्‍ने थाहा दिलायो। आत्मिक क्षेत्रमा के भएको थियो भन्‍ने तिनलाई थाहा थिएन, न त यी परीक्षाहरूका पछाडि रहेका परमेश्‍वरका अभिप्रायहरूको बारेमा नै तिनलाई थाहा थियो। तर उनीमाथि जे आइपरे पनि, तिनी आफ्नो सिद्धता र सोझोपनमा दृढ रहनुपर्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा रहनुपर्छ भन्‍ने कुरा तिनलाई थाहा थियो। यी मामिलाहरूप्रतिको अय्यूबको मनोवृत्ति र प्रतिक्रियालाई परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुभएको थियो। परमेश्‍वरले के देख्‍नुभयो? उहाँले परमेश्‍वरको भय मान्‍ने अय्यूबको हृदय देख्‍नुभयो, किनकि सुरुदेखि अय्यूबको परीक्षा गरिएको बेलासम्‍म, अय्यूबको हृदय परमेश्‍वरप्रति खुला थियो, त्यो परमेश्‍वरको सामु उदाङ्गो पारिएको थियो, र अय्यूबले आफ्नो सिद्धता वा सोझोपन त्याग गरेनन्, न त तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग नै त्यागे, न त्यसबाट तर्केर नै गए—परमेश्‍वरका निम्ति योभन्दा बढी सन्तोषजनक अरू कुनै कुरा थिएन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४३

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१२

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९९

शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्‍न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्‍वरजस्तै शैतानमा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९७

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्