परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४

परमेश्‍वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्‍वरको बारेमा तिनीहरूको परिभाषा पनि मूर्तिहरूको अगाडि आफ्नो आस्था प्रकट गर्न घोप्‍टो परेर दण्डवत् गर्ने कुनै एक मानिसको जस्तै हुन्छ भने, यसले उक्त व्यक्तिले परमेश्‍वरका वचनहरूको वास्तविकता प्राप्‍त गरेको छैन भन्ने जनाउँछ। यस्तो हुन्छ किनभने तिनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिसकेका छैनन्, र यसकारण, परमेश्‍वरका वचनहरूमा अन्तर्निहित रहेका वास्तविकता, सत्यता, अभिप्राय र मानवजातिले पूरा गर्नुपर्ने आवश्यक शर्तहरूसँग उक्त व्यक्तिको कुनै सरोकार नै हुँदैन। भन्नुको अर्थ, यस किसिमको व्यक्तिले परमेश्‍वरका वचनहरूको सतही अर्थमा जतिसुकै कडा परिश्रम गरेको भए तापनि, त्यो सबै व्यर्थ हुन्छ: किनकि तिनीहरूले पछ्याएको कुरा केवल शब्दहरू हुन्, निश्‍चय नै तिनीहरूले प्राप्त गर्ने कुरा पनि केवल शब्दहरू नै हुनेछन्। परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, जसै मानिस जीवनमा प्रवेश गर्छ ती वचनहरू मानिसको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता बन्छन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन आवश्यक तत्त्वहरू प्रदान गर्छन्; उसको दैनिक जीवन चलाउनको निम्ति आवश्यक पर्ने सिद्धान्तहरू र विश्‍वासको सार प्रदान गर्छन्; मुक्ति प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र मार्गदर्शन प्रदान गर्छन्; परमेश्‍वरले सृष्‍टि गर्नुभएको एक प्राणीको रूपमा उसमा हुनुपर्ने हरेक सत्यता प्रदान गर्छन्; र मानिसले परमेश्‍वरको आज्ञापालन गर्न र आराधना गर्न चाहिने सत्यता प्रदान गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। सृष्‍टि गरिएको मानवजातिले तिनीहरूबमोजिम जिउने भएकोले तिनीहरू सामान्य मानवको सत्यता वास्तविकताले भरिपूर्ण हुन्छन्, मानिसलाई भ्रष्‍टताबाट छुटकारा दिने र शैतानको जालबाट बचाउने सत्यताले भरिपूर्ण हुन्छन, सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवजातिलाई दिनुहुने अथक शिक्षण, उपदेश, उत्साह, र सान्त्वनाले भरिपूर्ण हुन्छन्। तिनीहरू सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, तिनीहरू प्रत्याभूति हुन् जसले मानिसहरूले सबै धर्मी र असल कुराहरू प्राप्‍त गरी त्यसैबमोजिम जीवन जिउनेछन् भन्‍ने सुनिश्‍चित गर्छन्, तिनीहरू मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र वस्तुहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन संकेत हुन् जसले मानिसहरूलाई मुक्ति र ज्योतिको मार्गमा डोर्‍याउँछन्। परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभवले मात्र मानिसले सत्यता र जीवनको आपूर्ति प्राप्त गर्न सक्छ; यसरी मात्र मानिसले सामान्य मानवता के हो, अर्थपूर्ण जीवन के हो, सृष्‍टि गरिएको साँचो प्राणी के हो, परमेश्‍वरप्रतिको वास्तविक आज्ञापालन के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले आफूले परमेश्‍वरको कसरी वास्ता गर्नुपर्छ, सृष्‍टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्नुपर्छ, र वास्तविक मानिसको स्वरूप कसरी प्राप्‍त गर्नुपर्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले साँचो विश्‍वास र साँचो आराधनाको अर्थ के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले स्वर्ग र पृथ्‍वी र सबै थोकहरूका शासक को हुनुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका मालिक एउटै उहाँले कुन माध्यमद्वारा सृष्‍टि गरिएकाहरूलाई शासन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र भरणपोषण गर्नुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका मालिक एउटै उहाँ कुन माध्यमहरूद्वारा अस्तित्वमा रहनुहुन्छ, प्रकट हुन आउनुहुन्छ, र काम गर्नुहुन्छ भनी मानिसले बुझ्‍न र बोध गर्न सक्छ। परमेश्‍वरका वचनहरूको वास्तविक अनुभवबाट अलग बसेर मानिसले परमेश्‍वरका वचनहरू र सत्यताप्रति वास्तविक ज्ञान वा अन्तर्दृष्‍टि प्राप्त गर्दैन। यस किसिमको मानिस जीवित लास हो, खोक्रो खबटा मात्र हो, र यस किसिमको मानिससँग सृष्‍टिकर्तासँग सम्बन्धित सबै ज्ञानहरूको कुनै काम हुँदैन। परमेश्‍वरको दृष्‍टिमा, यस किसिमको मानिसले कहिल्यै पनि उहाँमा विश्‍वास गरेको हुँदैन, न त कहिल्यै पनि उहाँलाई पछ्याएको नै हुन्छ, त्यसैले परमेश्‍वरले त्यसलाई न त आफ्नो विश्‍वासीको रूपमा पहिचान गर्नुहुन्छ न त आफ्नो अनुयायीको रूपमै। उहाँले त्यसलाई सृष्‍टि गरिएको साँचो प्राणीको रूपमा स्वीकार गर्नुहुने त कुरै छाडौं।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८१

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२६

आफ्नो विश्‍वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्‍वरलाई करमा पार्न खोज्छन्, उहाँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१६

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९०

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्