परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४५

यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मनुभयो र उहाँको काम त्यहाँ नै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१५

कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८७

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८३

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्