परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश १०१
येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्नै योजना अनुसार, र उहाँको आफ्नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पुरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्नो नयाँ युग सुरु गर्न र आफ्नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो भएर पहेँलो भइसकेको तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्वरको रेखदेख गर्ने हुन् कि परमेश्वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी...
मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै...
अय्यूबले परमेश्वरको नाउँलाई धन्यको भन्छन् र आशिष वा विपत्तिबारे सोच्दैनन् त्यहाँ एउटा तथ्य छ जसलाई धर्मशास्त्रमा उल्लेख गरिएको अय्यूबका...
परमेश्वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्वरको सार र...