परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२६

म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित हुन्छन्; स्वर्गमा हुने मेरा गतिविधिहरूलाई पृथ्वीमा मानवजातिले कहिल्यै पनि बुझ्‍न सकेको छैन, न त मेरो आत्माको कक्ष र मार्गहरूलाई विस्तृत रूपमा विचार गर्न सकेको छ। अधिकांश मानिसहरू आत्माको बाहिर रहेका सानातिना कुराहरूलाई मात्र बुझ्छन्, आत्माको वास्तविक अवस्थालाई बुझ्न सक्दैनन्। मैले मानिसहरूसँग गरेका मागहरू स्वर्गमा रहेको मेरो अस्पष्ट अस्तित्वबाट वा यस पृथ्वीमा रहेको सोच्नै नसकिने अस्तित्वबाट निस्कँदैन; म पृथ्वीमा मानिसको कदको आधारमा उपयुक्त मापदण्ड तय गर्छु। मैले कसैलाई कहिल्यै पनि कठिनाइहरूमा पारेको छैनँ, न त मैले कहिल्यै कसैलाई मेरो खुसीका लागि “उसको रगत निचोर्न” लगाएको छु—के मेरा मागहरू त्यस्तो अवस्थामा मात्र सीमित हुन सक्छन्? पृथ्वीका असङ्ख्य प्राणीहरूमध्ये कुनचाहिँ मेरो मुखका वचनहरूद्वारा भष्म हुँदैन? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामने आएर, मेरा वचनहरू र मेरो जल्दो आगोले पूर्ण रूपमा नष्ट हुँदैन र? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु “गजक्क परेर” घमन्ड गर्दै रमाउन सक्छ? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु निहुरिँदैन? के म केवल सृष्टिमा मौनता थप्ने परमेश्‍वर हुँ? सृष्टिका असङ्ख्य थोकहरूमध्ये, म ती चुन्छु, जसले मेरो अभिप्रायलाई पूरा गर्दछन्; असङ्ख्य मानिसहरूमध्ये म तिनीहरूलाई चुन्छु जसले मेरो हृदयलाई वास्ता गर्दछन्। म सम्पूर्ण ताराहरूमध्ये सबैभन्दा उत्तमलाई चुन्छु, त्यसरी मेरो राज्यमा प्रकाशको मधुरो ज्योति थप्छु। म आफ्नो सुवासना जताततै फैलाउँदै पृथ्वीमा हिँड्दै जान्छु, र हरेक ठाउँमा म आफ्नो स्वरूप छोड्छु। प्रत्येक स्थानले मेरो आवाजलाई गुञ्‍जाउँछ। मानिसहरू जताततै हिजोको सुन्दर दृश्यमा रहन्छन्, किनकि सबै मानिसले विगतलाई सम्झिरहेका छन् …

सबै मानिसहरू मेरो अनुहार हेर्न चाहन्छन्, तर जब म एक व्यक्ति बनेर यस पृथ्वीमा ओर्लन्छु, तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्‍ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ, र लगातार सचेत रहन्छ, मसँग उसका निम्ति अर्को योजना होला भनी गम्भीर रूपमा डराउँछ। मानवजातिले मलाई अपरिचित साथी ठानेको कारण, उनीहरू आफ्ना मनमा मैले उनीहरूलाई अन्धाधुन्ध मार्ने उद्देश्य राखेको छु भनी विचार गर्छन्। मानिसको नजरमा, म एक भयानक विरोधी हुँ। विपत्तिको बीचमा मेरो न्यानो स्वाद चाखेपछि पनि मानिस मेरो प्रेमको बारेमा अनजान रहन्छ, र मलाई अझै रोक्न र चुनौती दिन दृढ बन्छ। उसको अवस्थाको फाइदा उठाउँदै ऊ विरुद्ध कदम चाल्नु त कता हो कता, तर म मानिसलाई मेरो न्यानो अङ्गालोमा लिन्छु, उसको मुख मिठासले भरिदिन्छु, र उसको पेटमा आवश्यक भोजन हालिदिन्छु। तर जब मेरो भयानक क्रोधले पहाड र नदीहरू हल्लाउँछ, मानिसको कायरतालाई ध्यानमा राखेर अब उसो म उसलाई कुनै प्रकारको सहायता गर्नेछैनँ। यस घडी, म क्रोधित हुनेछु र सबै जीवित प्राणीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन इन्कार गर्नेछु र मानिसप्रतिको मेरा सबै आशाहरू त्यागेर म त्यससँग अत्यन्तै योग्य बदला लिनेछु। यस समयमा गर्जन र बिजुलीको चमक चम्कन्छ र गर्जन्छ, समुद्रका छालहरू क्रोधमा उठेजस्तै, हजारौं-हजार पर्वतहरू भत्केर ढलेझैं। मानिस उसको विद्रोहीपनको कारण गर्जन र बिजुलीको चमकद्वारा ढल्छ, अनि अरू प्राणीहरू गर्जन र बिजुलीको चमकको विस्फोटद्वारा पूर्ण रूपले नष्ट हुन्छन्, र सारा ब्रह्माण्ड अचानक अराजकतामा ओर्लन्छ, र सृष्टि जीवनको मूल सास फेरि प्राप्त गर्न असमर्थ हुन्छ। मानिसहरूका असङ्ख्य भीडहरू त्यो गर्जनको आवाजबाट उम्कन सक्दैनन्; बिजुलीको चमकको बीचमा, मानिसहरू तेजिलो बहावमा झर्छन्, पहाडबाट झरेको प्रचण्ड वर्षाको प्रवाहमा बगेर नष्ट हुन्छन्। अचानक, “मानिसहरू” को संसार मानिसको “गन्तव्य” को रूपमा परिवर्तित हुन्छ। लासहरू समुद्रको सतहमा बग्छन्। मेरो क्रोधको कारण सबै मानिसहरू मबाट टाढा जान्छन्, किनकि मानिसले मेरो आत्माको अस्तित्वको विरुद्ध पाप गरेका छन् र उसको विद्रोहले मलाई अप्रसन्न तुल्याएको छ। तर, पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।

जब सबै मानिसहरू मौन हुन्छन्, म तिनीहरूका आँखाको अगाडि एक मन्द ज्योति निकाल्छु। त्यसपछि, मानिसहरू स्वच्छ मन र आँखामा चमक भएका हुन्छन्, अब चुप लागी बस्न राजी हुँदैनन्; यसरी उनीहरूका हृदयमा तुरुन्तै आत्मिक भावना उत्पन्न हुन्छ। यस्तो भएपछि, सारा मानवजाति पुनरुत्थान हुन्छन्। तिनीहरूका अव्यक्त गुनासाहरू पन्साउँदै सबै मानिसहरू मेरो सामने आउँछन्, मैले घोषणा गरेको वचनद्वारा जिउने अर्को मौका पाउँछन्। किनकि सबै मानिसहरू पृथ्वीमा जिउने इच्छा गर्छन्। तर तिनीहरूमध्ये कसले कहिले मेरो खातिर जिउने उद्देश्य राखेको छ? तिनीहरूमध्ये कसले मेरो आनन्दका निम्ति आफैमा भव्य थोकहरू प्रकट गरेको छ? तिनीहरूमध्ये कसले मेरो आकर्षक सुगन्ध पत्ता लगाएको छ? सबै मानिसहरू असभ्य र अशुद्ध थोकहरू हुन्: बाहिरी रूपमा, तिनीहरू आँखा टिल्‍ल बनाउँछन्, तर तिनीहरूको सारतत्व मलाई साँचो हृदयले प्रेम गर्ने हुँदैन, किनकि मानिसको हृदयको गहिरो स्थानमा मेरो कुनै तत्व कहिल्यै रहेको छैन। मानिसमा धेरै कुराको कमी छ: उसलाई मसँग तुलना गर्दा स्वर्ग र पृथ्वीको बीचमा भएको जस्तो ठूलो धाँदो प्रकट हुन्छ। त्यसो भए पनि, म मानिसको दुर्बल र कमजोर ठाउँहरूमा प्रहार गर्दिनँ, न त म उसका कमी-कमजोरीहरूको कारण उसलाई हाँसोमा उडाउँछु। मेरा हातहरूले पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दैआएका छन्, र ती सँगसँगै, मेरा आँखाहरूले सम्पूर्ण मानवजातिमाथि नजर राखेका छन्। तापनि मैले एउटै पनि मानव जीवनलाई सामान्य रूपमा लिएर त्योसँग एउटा खेलौनाजस्तो खेलेको छैनँ। मानिसले लिने पीडा मैले देखेको छु र म उसले तिरेको मूल्य बुझ्छु। ऊ मेरो सामु खडा हुँदा, म उसलाई दण्ड दिनका निम्ति उसलाई अचानक पक्रन चाहन्नँ, न त म उसलाई अप्रिय थोकहरू नै दिन चाहन्छु। यसको सट्टामा, मैले हरसमय मानिसका लागि प्रबन्ध गरेको छु र उसलाई दिएको छु। यसैले मानिसले प्राप्त गर्ने भनेको मेरो अनुग्रह नै हो, मेरो हातबाट आउने सबै इनाम यही हो। म यस पृथ्वीमा भएकोले, मानिसले कहिल्यै भोकका कष्टहरू भोग्नु परेको छैन। बरु, उपभोग गर्नका निम्ति म मानिसलाई मेरो हातका चीजहरू दिन्छु, र म मानवजातिलाई मेरा आशिषहरूभित्र जिउन दिन्छु। के सबै मानिस मेरो सजायमा परेर जिउँदैनन्? जसरी पर्वतहरूका गहिराइहरूमा प्रशस्तता छ र समुद्रमा उपभोग गर्ने प्रशस्त थोकहरू छन्, त्यसरी नै के आज मेरो वचनभित्र जिउने मानिसहरूसँग उपभोग गर्न र चाख्नका निम्ति त्योभन्दा प्रशस्त खाने कुराहरू छैनन् र? म पृथ्वीमा छु, र मानिसहरूले पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्छन्। जब म पृथ्वी छोडेर जान्छु, त्यस बेला मेरो काम पनि त्यसको पूर्णतामा पुग्दछ, मानवजातिले तिनीहरूका कमजोरीको कारण मेरो कृपा प्राप्त गर्न छोड्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २२

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९९

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १४०

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४६

मत्ती ४:८-११ फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्