परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२१

परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्टहरू परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा दण्डित हुनेछन्, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनद्वारा आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूर्ण पारिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरूको उत्सव मनाउनेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। परमेश्‍वर देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माको इच्छा बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि समर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई पराजित गर्न यो आफ्नो देहधारी अवतारले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वचनहरू प्रयोग गरेर गर्नुहुन्छ; परमेश्‍वर शरीर हुनु भनेको यही मात्रै हो, र परमेश्‍वर शरीरमा देखा पर्नुहुन्छ भन्ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसको बीचमा बस्न, मानिसको हरेक कार्य र उसको सबै आन्तरिक विचारहरूमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकट गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७४

५. वायुप्रवाह पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१८

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्