परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९५

मैले धेरै पटक के भनेको छु भने, परमेश्‍वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण परिवर्तन गर्नु, ताकि ठूलो आघात सहेको तिनीहरूका हृदय सुधार होस्, यसरी दुष्टले गम्भीर रूपले क्षति पुऱ्याएको तिनीहरूको प्राणको उद्धार होस्; यो मानिसहरूका आत्मालाई बिउँझाउनको लागि, तिनीहरूको चिसो हृदयलाई पगाल्न र तिनीहरूलाई नयाँ बनाउनको लागि हो। यो परमेश्‍वरको सबैभन्दा ठूलो इच्छा छ। मानिसको जीवन र अनुभवहरू कति उच्च वा गहन छ भन्ने कुरा पन्छ्याओ; जब मानिसहरूका हृदय जागृत हुन्छ, र तिनीहरूलाई जब तिनीहरूका सपनाबाट बिउँझाइन्छ र ठूलो रातो अजिङ्गरले गरेको ठूलो हानिको बारेमा तिनीहरूलाई राम्ररी थाहा हुन्छ तब परमेश्‍वरको सेवकाइको काम पूरा भइसकेको हुनेछ। परमेश्‍वरको काम समाप्त भएको दिन मानिसले आधिकारिक रूपमा परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्न सुरु गर्ने दिन पनि हो। यस समयमा, परमेश्‍वरको सेवकाइ समाप्त हुनेछ: देहधारी परमेश्‍वरको काम पूरा भएको हुनेछ, र मानिसले आधिकारिक रूपमा आफूले गर्नु पर्ने कर्तव्य पूरा गर्ने कार्यको थालनी गर्नेछ—उहाँले आफ्नो सेवकाइ गर्नुहुनेछ। परमेश्‍वरको कामका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यी कुराहरू जान्ने जगमा प्रवेश गर्न आफ्नो बाटो छामछुम गर्नुपर्दछ। यी सबै कुरा तिमीहरूले बुझ्नुपर्ने कुरा हो। मानिसको हृदयको गहिराइमा परिवर्तन भएपछि उसको प्रवेशमा सुधार हुनेछ, किनकि परमेश्‍वरको काम भनेको भूतहरू भेला हुने यस ठाउँबाट मानिसलाई पूर्ण मुक्ति दिनु हो—त्यो मानिस, जुन मानिसको छुटकारा भएको छ, जो अझै पनि अन्धकारको शक्तिको अधीनमा छ र जसले आफैलाई जगाएको छैन; यो मानिस पापका सहस्राब्दीहरूबाट मुक्त हुन, र परमेश्‍वरको प्रिय हुन सकोस्, र परमेश्‍वरको राज्य स्थापना गर्दै त्यो ठूलो रातो अजिङ्गरलाई प्रहार गर्दै परमेश्‍वरको हृदयलाई चाँडै विश्राम दिन सकोस् भनेर हो; तिमीहरूको छातीमा फुल्‍ने घृणालाई कुनै सङ्कोच नमानी व्यक्त गर्नु, ती ढुसीका किटाणुहरूलाई नाश पार्नु, तँलाई त्यस्तो जीवन त्याग्‍न लगाउनु हो, जुन गोरु वा घोडाको जीवनभन्दा फरक छैन, अब फेरि दास बन्‍न नदिनु, अब उप्रान्त ठूलो रातो अजिङ्गरले स्वतन्त्र रूपले कुल्चिन वा हुकुम चलाउन नदिनु हो; तिमीहरू अबदेखि यो असफल राष्ट्रका हुनेछैनौ, त्यो जघन्य ठूलो रातो अजिङ्गरका हुनेछैनौ, र अबदेखि योद्वारा तिमीहरू अब दास बनाइनेछैनौ। परमेश्‍वरले अवश्य नै भूतात्माहरूको गुँडलाई टुक्रा-टुक्रा पार्नुहुनेछ, र तिमीहरू परमेश्‍वरको छेउमा खडा हुनेछौ—तिमीहरू परमेश्‍वरका हुनेछौ, र दासहरूको साम्राज्यका हुनेछैनौ। परमेश्‍वरले धेरै अघि नै यस अन्धकारको समाजलाई भित्रैदेखि घृणा गर्नुभएको छ। उहाँले आफ्नो दाँत किट्नुहुन्छ, त्यस दुष्ट, जघन्य प्राचीन सर्पलाई खुट्टाले किच्‍न उत्सुक हुनुहुन्छ, यसैले कि यो फेरि कहिल्यै नउठोस्, र यसले फेरि कहिल्यै मानिसलाई दुर्व्यवहार नगरोस्; त्यसको विगतका कार्यहरूलाई उहाँले माफ दिनुहुनेछैन, त्यसले विगतमा मानिससँग गरेको छललाई सहन गर्नुहुनेछैन, र उहाँले युगौंयुगभरि यसले गरेको प्रत्येक पापको हिसाब लिनुहुनेछ। परमेश्‍वरले सबै दुष्टताको यो नेतालाई पासोबाट अलिकता पनि फुत्‍कन दिनुहुनेछैन, उहाँले त्यसलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१९

तिमीहरू सबै परमेश्‍वरको अघि इनाम पाउने र परमेश्‍वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्‍वरमा विश्‍वास गरेको सुरुसुरुमा सबैले यस्तै...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७१

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८

परमेश्‍वरको मार्गमा हिँड: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्‍वास छ यो भनाइ...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८३

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्