परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १८
परमेश्वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्न उठायो:...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन। चाहे सत्यता सतही होस् वा गहन होस्, र सत्यता ग्रहण गर्नेहरूको क्षमता जस्तोसुकै होस्, पवित्र आत्माले जे पनि गर्नुहुन्छ, त्यसले मानिसहरूलाई फाइदा गर्छ। तर पवित्र आत्माको काम प्रत्यक्ष रूपमा गरिँदैन; उहाँसँग सहकार्य गर्ने मानिसहरूद्वारा नै यसलाई व्यक्त गरिनुपर्छ। केवल यसरी मात्रै पवित्र आत्माको कामको परिणामहरू प्राप्त गर्न सकिन्छ। निश्चय नै, जब पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यसमा कुनै मिलावट हुँदैन; तर जब पवित्र आत्माले मानिसद्वारा काम गर्नुहुन्छ, यो अत्यन्तै कलङ्कित बन्छ र यो पवित्र आत्माको मौलिक काम हुँदैन। यसकारण, सत्यता फरक हदमा परिवर्तन हुन्छ। अनुयायीहरूले पवित्र आत्माको मौलिक अभिप्राय प्राप्त गर्दैनन् तर पवित्र आत्माको काम र मानिसको अनुभव र ज्ञानको संयोजन प्राप्त गर्छन्। अनुयायीहरूले पवित्र आत्माको कामको जुन हिस्सा प्राप्त गर्छन् त्यो सही हुन्छ, जबकी उनीहरूले प्राप्त गर्ने मानिसको अनुभव र ज्ञान फरक-फरक हुन्छ किनकि सेवकहरू फरक छन्। पवित्र आत्माको प्रकाश र अगुवाइ पाएका सेवकहरूले यो प्रकाश र अगुवाइ हासिल गर्छन्। यी अनुभवहरूभित्र मानिसको मन र अनुभव साथै मानवताको सार, समावेश हुन्छ, त्यसपछि, तिनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान वा अन्तर्दृष्टि तिनीहरूले प्राप्त गर्छन्। यो चाहिँ सत्यता अनुभव गरिसकेपछिको मानिसको अभ्यास गर्ने तरिका हो। यस किसिमको अभ्यास गर्ने तरिका सधैँ एक समानको हुँदैन, किनकि मानिसहरूले फरक किसिमले अनुभव गर्छन् र मानिसहरूले अनुभव गर्ने कुराहरू पनि फरक नै हुन्छन्। यस किसिमले पवित्र आत्माको उही प्रकाशले पनि फरक ज्ञान र अभ्यास ल्याउँछ, किनकि प्रकाश प्राप्त गर्नेहरू फरक हुन्छन्। कतिपय मानिसहरूले अभ्यास गर्ने क्रममा सानातिना गल्तीहरू गर्छन् भने कतिपयले ठूलै गल्ती पनि गर्छन्, र कतिपयले चाहिँ गल्ती बाहेक केही पनि गर्दैनन्। मानिसहरूको बुझ्ने क्षमता फरक-फरक हुने भएकोले यस्तो हुन्छ, साथै उनीहरूमा अन्तर्निहित क्षमताको कारण पनि यस्तो हुन्छ। कतिपय मानिसहरूले सन्देश सुनेपछि एक किसिमले बुझ्छन्, र कतिपयले सत्यता सुनिसकेपछि अर्कै किसिमले बुझ्छन्। कतिपय मानिसहरूले हल्का रूपमा तलमाथि बुझ्छन् भने कतिपयले त सत्यताको वास्तविक अर्थ बुझेकै हुँदैनन्। त्यसैले, एक व्यक्तिले अरूलाई कसरी अगुवाइ गर्नेछ भन्ने कुरालाई उसको बुझाइले निर्देशित गर्छ; यो साँचो हो, किनकि व्यक्तिको काम उसको अस्तित्वको अभिव्यक्ति नै हो। सत्यताको सही बुझाइ भएकाहरूले अगुवाइ गरेका मानिसहरूसँग पनि सत्यताको सही बुझाइ हुन्छ। गलत बुझाइ भएका मानिसहरू भए तापनि त्यस्ता मानिसहरू अत्यन्त थोरै हुन्छन्, र प्रत्येक व्यक्तिमा त्रुटि हुनेछ भन्ने छैन। यदि कुनै व्यक्तिको सत्यता सम्बन्धी बुझाइमा त्रुटि छ भने उसलाई पछ्याउनेहरू पनि गलत नै हुनेछन्, र यी मानिसहरू वचनको हरेक धारणामा गलत हुनेछन् भन्नेमा कुनै शङ्का हुँदैन। अनुयायीहरूले सत्यता कति मात्रामा बुझ्छन् भन्ने कुरा सेवकहरूमा निर्भर हुन्छ। निश्चय नै, परमेश्वरबाट आएको सत्यता सही हुन्छ, र यसमा कुनै गल्ती हुँदैन, र यो पूर्णतया निश्चित हुन्छ। तैपनि सेवकहरू पूर्णतया सही नहुन सक्छन् र पूर्णतया भरोसायोग्य हुन्छन् भनेर भन्न पनि सकिँदैन। यदि सेवकहरूसँग सत्यतालाई अभ्यास गर्ने व्यावहारिक तरिका छ भने अनुयायीहरूसँग पनि त्यही किसिमको अभ्यास गर्ने तरिका हुनेछ। यदि सेवकहरूसँग सत्यता अभ्यास गर्ने व्यावहारिक तरिका छैन तर धर्मसिद्धान्त मात्र छ भने अनुयायीहरूसँग कुनै वास्तविकता हुनेछैन। अनुयायीहरूको योग्यता र प्रवृत्ति जन्मजात निर्धारित हुन्छ र यो सेवकहरूसँग सम्बन्धित हुँदैन, तर अनुयायीहरूले कति मात्रामा सत्यता बुझ्छन् र परमेश्वरलाई चिन्छन् भन्ने कुरा सेवकहरूमा निर्भर हुन्छ (यो केही मानिसहरूमा मात्र लागू हुन्छ)। सेवक जस्तो हुन्छ, उसले अगुवाइ गर्ने अनुयायीहरू पनि त्यस्तै हुनेछन्। सेवकले जे कुरा व्यक्त गर्छ, त्यो उसको सार हो, यसमा कुनै पूर्वाग्रह हुँदैन। उसलाई पछ्याउनेहरूसँग उसले माग गर्नेहरू नै उसले चाहना गरेको कुरा हो वा उसले हासिल गर्न सक्ने कुरा हुन्। आफूले जे गर्ने गरेका छन् त्यही कुराको आधारमा अधिकांश सेवकहरूले आफ्ना अनुयायीहरूबाट ती कुरा माग गर्छन्, यद्यपि उनीहरूका अनुयायीहरूले त्यति धेरै कुरा हासिल गर्न सक्दैनन्—र हासिल गर्न नसकिने त्यही कुरा नै व्यक्तिको प्रवेशको बाधक बन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्न उठायो:...
सियोनमा प्रशंसा आएको छ र परमेश्वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...
व्यक्तिले परमेश्वरको इच्छा पूरा गर्न, परमेश्वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्वरकहाँ ल्याई पवित्र...
सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने।...