परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७२

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो। परमेश्‍वर स्‍वयम्‌को सारतत्त्व आत्मा हुनुहुन्छ, जसलाई पवित्र आत्मा वा सात गुणा प्रबल आत्मा भन्‍न सकिन्छ। जे भए तापनि, तिनीहरू परमेश्‍वरका आत्मा हुन्, यद्यपि परमेश्‍वरका आत्मालाई फरक युगहरूमा फरक नामले सम्बोधन गरिएको छ। उहाँहरूको सार एउटै हो। त्यसैले, परमेश्‍वर स्‍वयम्‌को काम नै पवित्र आत्माको काम हो, साथै देहधारी परमेश्‍वरको काम पवित्र आत्माले गर्नुहुने कामबाहेक अरू केही होइन। प्रयोग गरिएका मानिसहरूले गर्ने काम पनि पवित्र आत्माको काम नै हो। तैपनि, परमेश्‍वरको काम पवित्र आत्माको पूर्ण अभिव्यक्ति हो, जुनचाहिँ पूर्णतया साँचो हुन्छ, तर प्रयोग गरिएका मानिसहरूको काममा थुप्रै मानवीय कुराहरू मिसिएका हुन्छन्, र ती पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति होइनन्, त्यो उहाँको पूर्ण अभिव्यक्ति हुने कुरा त परै जाओस्। पवित्र आत्माको काम अनेक छन् र कुनै सर्तहरूद्वारा सीमित छैनन्। पवित्र आत्माको काम फरक मानिसहरूमा फरक-फरक छन्; त्यसले फरक सारतत्त्व प्रकट गर्छ, र यो युग र देश अनुसार फरक हुन्छ। निश्‍चय नै, पवित्र आत्माले फरक तरिकाले र विभिन्‍न सिद्धान्तहरू अनुसार काम गर्नुभए तापनि यो काम जसरी गरिए पनि वा जुनसुकै मानिसहरूमा गरिएको भए पनि त्यसको सारतत्त्व सधैँ फरक हुन्छन्; फरक मानिसहरूमा गरिने सबै कामको फरक-फरक सिद्धान्तहरू हुन्छन्, र ती सबैले आफ्नो उद्देश्यको सारतत्त्व प्रतिनिधित्व गर्न सक्छ। यसो हुनुको कारण चाहिँ पवित्र आत्माको काम क्षेत्रको हिसाबले पूर्णतया निर्दिष्ट छ र पूर्णतया मापन गर्न सकिन्छ। देहधारण हुनुभएको शरीरमा गरिएको काम मानिसहरूमा गरिएको काम जस्तै हुँदैन, र जुन व्यक्तिमा काम गरिन्छ उसको योग्यता अनुसार काम फरक हुन्छ। देहधारी शरीरमा गरिने काम मानिसहरूमा गरिने काम होइन, र यो काम मानिसहरूमा गरिने काम जस्तै होइन। संक्षिप्तमा, काम जसरी गरिने भए तापनि फरक वस्तुमा गरिने काम कहिल्यै उही हुँदैनन्, र उहाँले काम गर्नुहुने मानिसहरूको स्थिति र प्रवृत्ति अनुसार उहाँले काम गर्नुहुने सिद्धान्तहरू फरक-फरक हुन्छन्। पवित्र आत्माले मानिसहरूमा अन्तर्निहित सारको आधारमा फरक-फरक काम गर्नुहुन्छ र उनीहरूको सारतत्त्वभन्दा ज्यादा हुने गरी उहाँले तिनीहरूलाई माग गर्नुहुन्‍न, न त उहाँले उनीहरूको अन्तर्निहित क्षमतालाई नाघ्‍ने गरी काम गर्नुहुन्छ। त्यसैले, मानिसमा गरिने पवित्र आत्माको कामले मानिसहरूलाई कामको उद्देश्यको सार देख्‍ने तुल्याउँछ। मानिसको अन्तर्निहित सार परिवर्तन हुँदैन; उसको अन्तर्निहित क्षमता सीमित हुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ वा उनीहरूको योग्यताको सीमितता अनुसार उनीहरूमा काम गर्नुहुन्छ, ताकि त्यसबाट उनीहरूले फाइदा लिन सकून्। जब प्रयोग गरिएका मानिसहरूमा पवित्र आत्माले काम गर्नुहुन्छ, तब ती मानिसहरूको क्षमता र अन्तर्निहित योग्यता प्रस्फुटन हुन्छन्, रोकिएका हुँदैनन्। उनीहरूको अन्तर्निहित योग्यता कामको सेवामा प्रयोग गरिएको हुन्छ। यसलाई यसो भन्‍न सकिन्छ कि उहाँले आफ्नो काममा प्रयोग गर्न सकिने मानिसहरूको भागहरूलाई प्रयोग गर्नुहुन्छ, ताकि कामको परिणामहरू प्राप्‍त गर्न सकियोस्। यसको विपरीत, देहधारी शरीरमा गरिने कामले प्रत्यक्ष रूपमा आत्माको काम व्यक्त गर्छ र त्यसलाई मानिसको मन र सोचविचारले दूषित बनाएको हुँदैन; न त मानिसहरूको वरदानहरूले न त मानिसको अनुभवले वा मानिसको जन्मसिद्ध अवस्थाले नै त्यसलाई पहुँच गर्न सक्छ। पवित्र आत्माका सबै असङ्ख्य कामको अर्थ मानिसलाई फाइदा पुर्‍याउनु र सुसज्‍जित पार्नु हो। जे भए तापनि, कतिपय मानिसहरू सिद्ध तुल्याइएका हुन्छन् भने कतिपयमा चाहिँ सिद्धताको अवस्था हुँदैन, जसको अर्थ उनीहरूलाई सिद्ध तुल्याउन सकिँदैन र उनीहरूलाई मुक्ति दिन निकै कठिन हुन्छ, र उनीहरूसँग पवित्र आत्माको काम भएको हुन सक्‍ने भए तापनि, उनीहरूलाई अन्तमा हटाइन्छ। पवित्र आत्माको काम मानिसहरूलाई सुसज्‍जित पार्नुको लागि भए तापनि, तैपनि पवित्र आत्माको काम भएका सबै जना पूर्ण रूपमा सिद्ध बनाइनेछन् भनी भन्‍न सकिँदैन, किनकि धेरै मानिसहरूले अनुसरण गरिरहेको मार्ग उनीहरूलाई सिद्ध बनाउने मार्ग होइन। उनीहरूसँग पवित्र आत्माको एकपक्षीय काम मात्र छ, तर न त उनीहरूसँग मानवीय सहकार्यको कुनै कुरा छ, न त उनीहरूको मानवीय अनुसरण नै सही छ। त्यसैले, यी मानिसहरूमा गरिने पवित्र आत्माको कामले सिद्ध तुल्याइएका मानिसहरूलाई सेवा पुर्‍याउँछ। पवित्र आत्माको कामलाई मानिसहरूले प्रत्यक्ष रूपमा देख्‍न सक्दैनन्, न त मानिसहरूले त्यसलाई प्रत्यक्ष रूपमा स्पर्श नै गर्न सक्छन्। यसलाई केवल कामको वरदान पाएकाहरूले मात्र व्यक्त गर्न सक्छन्, अर्थात् मानिसहरूको अभिव्यक्तिहरूद्वारा पवित्र आत्माको काम अनुयायीहरूलाई प्रदान गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४२

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२१

परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४५

तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्