धेरै अलमलपछि मैले बल्‍ल येशूको दोस्रो आगमनलाई स्वागत गरेँ

20 डिसेम्बर 2021

क्षिनजाओ, दक्षिण कोरिया

सम्पादकको नोट: प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र यो मानिसको हृदयमा हलचल ल्याउने विषय हो। तैपनि, धेरै अलमलपछि उनले बल्‍ल प्रभुसँग मिलाप गर्न सकिन्। प्रभुलाई स्वागत गर्ने यात्रामा, उनलाई वाधा दिने प्रयास गर्ने को थियो? हामी आफै उनको कथाको यात्रा सुरु गरौं …

चीनमा हुँदा, मेरो श्रीमान र मैले घर-मण्डलीको सदस्यहरूको रूपमा प्रभुमा विश्‍वास गरेका थियौं, र पछि हामी कामको सिलसिलामा सँगै दक्षिण कोरिया आयौं। यहाँ कोरियाका मण्डलीहरू निकै उजाड हुन थालेका हुनाले, हामी मण्डली नै जान छोड्यौं। मेरी छोरी जन्‍मेपछि, हामी दुवैले उनी सानै हुँदादेखि विश्‍वासमा जग बसालून् भन्‍ने आसा गरेका थियौं, त्यसकारण हामी हाम्रो घर नजिकैको एक कोरियन प्रेस्बेटेरियन चर्चमा जान थाल्यौं।

जनवरी २०१८ मा एक दिन, मण्डलीकी सिस्टर वाङ्गले सिस्टर लीनलाई मेरो घरमा लिएर आउनुभयो। सिस्टर लीनले मेरो श्रीमान र मलाई प्रभु फर्केर आइसक्‍नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै उहाँले न्यायको काम गरिरहनुभएको छ भनेर गवाही दिनुभयो। यो कुरा सुनेर, मैले सोचेँ: “उहाँ कुन मण्डलीको हुनुहुन्छ? उहाँले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ र अहिले नयाँ काम गरिरहनुभएको छ भनेर गवाही दिनुभएको देख्दा मलाई अचम्‍म लाग्यो।” त्यसै बेला, सिस्टर लीनले आफ्‍नो झोलाबाट एउटा किताब निकालेर मलाई दिनुभयो। यसको नाम थुमाद्वारा खोलिएको चर्मपत्र भन्‍ने थियो र मलाई के याद आयो भने, नयाँ करारमा धेरै पटक प्रभु येशू थुमा हुनुहुन्छ र उहाँ मानवजातिको पापबलि बन्‍नुभयो भनेर उल्‍लेख गरिएको छ। त्यसकारण म उत्सुक भएँ, र यो किताबमा के लेखिएको छ भन्‍ने हेर्न चाहन्थेँ। सिस्टर लीनले भन्‍नुभयो: “यो पुस्तकका वचनहरू सबै सत्यता हुन् र ती प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको आत्माले मण्डलीहरूलाई दिनुहुने वचनहरू हुन्; ती कुनै पनि मानिसले बोल्‍न सक्‍ने वचनहरू होइनन्। देहमा आउनुभएका ख्रीष्‍टले मात्रै यी सत्यताहरू व्यक्त गर्न सक्‍नुहुन्छ।” त्यसपछि सिस्टर लीनले पुस्तकको प्रस्तावनाबाट एउटा खण्ड पढेर सुनाउनुभयो र आफ्‍नो मोबाइल फोनबाट सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका केही नृत्य र गीतका भिडियोहरू देखाउनुभयो।

नृत्य र गीतका भिडियोहरूमा देखिएका दाजुभाइ-दिदीबहिनीहरू अत्यन्तै उत्साहित र जोसले भरिएका देखिन्थे, र तिनीहरूलाई हेर्दा म सकारात्मक रूपमा उत्साहित भएँ। पुस्तकको प्रस्तावनाबाट सिस्टरले पढ्नुभएका वचनहरू पनि अत्यन्तै व्यावहारिक र स्पष्ट थिए, र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति चासो लाग्‍न थाल्यो। तैपनि, त्यसपछि सिस्टर लीनले दिनुभएको सङ्गतिमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली भनेको पूर्वीय ज्योति नै हो भन्‍ने थाहा पाएपछि, मलाई अचानक दश वर्ष पहिले मेरा पाष्टरहरूले बारम्‍बार हामीलाई पूर्वीय ज्योतिसँग सम्पर्क नगर्न भनी भेलाको बेला बताउनुभएको कुरा याद आयो। यो कुरा सोच्दा, म अचानक सचेत भइहालेँ र म त्यतिकै बस्‍न सकिनँ। तर त्यसपछि मैले सोचेँ: “सिस्टर लीनले सङ्गति गरिरहनुभएको कुरा बाइबल अनुरूप छ र यो अन्तर्दृष्टिपूर्ण पनि छ; म किन सचेत हुने?” त्यसपछि मलाई अलिक दोधार भयो र के गर्दा उचित हुन्छ मलाई थाहा थिएन। त्यो बेला, सिस्टर लीनलाई मैले के सोचिरहेको थिएँ भन्‍ने थाहा भएको जस्तो लाग्यो र उहाँले मलाई मुस्कुराउँदै भन्‍नुभयो: “सिस्टर, प्रभु येशूले भन्‍नुभएको छ, ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। प्रभुको पुनरागमन जस्तो ठूलो घटनालाई स्वागत गर्ने ठूलो विषयमा, हामीले अरूले भनेको कुरामा अन्धाधुन्ध विश्‍वास गर्नु हुँदैन, तर बुद्धिमती कन्या बनेर परमेश्‍वरको आवाज सुन्‍ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् कि होइनन् सो कुराको अनुसन्धान गर्नुपर्छ। त्यसपछि मात्रै हामीले प्रभुलाई पहिचान गर्न सक्‍नेछौं र प्रभुको पुनरागमनलाई स्वागत गर्ने अवसर गुमाउनेछैनौं।” एकातिर बसिरहनुभएको मेरो श्रीमानले पनि मलाई सुरुमा यस मार्गको बारेमा अनुसन्धान गर्ने सल्‍लाह दिनुभयो। मलाई सिस्टर लीनले भन्‍नुभएको कुरा सही हो भन्‍ने लाग्यो, र मैले सोचेँ: “प्रभुको पुनरागमन वास्तवमा नै ठूलो घटना हो जसलाई मैले होशियारी पूर्वक लिनुपर्छ। मैले हल्‍कासाथ कुनै निष्कर्ष निकाल्‍नु हुँदैन। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर नै वास्तवमा फर्कनुभएका प्रभु येशू हुनुहुन्छ र मैले अन्धाधुन्ध उहाँलाई त्यागेँ भने, के म प्रभुलाई चिढ्याउँदिन र?” यस्तो सोचेपछि, मेरो हृदय अलिक शान्त भयो। सिस्टर लीन जान लाग्‍नुभएको बेला, उहाँले मेरो श्रीमान र मलाई यस मार्गको बारेमा आफै अनुसन्धान गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको स्थानीय मण्डलीमा आउन अनुरोध गर्नुभयो। उहाँले मलाई थुमाद्वारा खोलिएको चर्मपत्रको प्रतिलिपि पनि दिनुभयो र सुरुमा यो पुस्तक पढ्न अनुरोध गर्नुभयो। मैले सोचेँ: “हो, यदि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिनँ भने, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई मैले कसरी निर्धारित गर्न सक्छु?” त्यसकारण, हामीले किताब लियौं।

त्यसपछि, मेरो श्रीमान र मैले समय हुँदा त्यो पुस्तक पढ्थ्यौं। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट, हामीले बाइबलको भित्री कथा र बाइबलप्रति व्यक्तिमा हुनुपर्ने सही दृष्टिकोणको बारेमा बुझ्यौं, र हामीले परमेश्‍वरले आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ जस्ता सत्यताहरू पनि बुझ्यौं। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू प्रशस्त छन् र तिनले सबै सत्यता र रहस्यहरू प्रकट गरेका छन् भन्‍ने देख्यौं, त्यसकारण हामीले प्रभुमा विश्‍वास गर्न थालेपछिको दश वर्षको अवधिमा हामीलाई अन्योलमा पारेका प्रश्‍नहरूको उत्तरहरू पनि प्राप्त गर्यौं। मेरो श्रीमान र म अत्यन्तै उत्साहित थियौं, र हामीले त्यस हप्ताको अन्तिममा सर्वशक्तिमान्‌ परमेश्‍वरको स्थानीय मण्डलीमा गएर यसको बारेमा बुझ्‍ने निर्णय गर्यौं।

एक दिन, मेरो श्रीमानले वेब ब्राउजिङ्ग गरिरहनुभएको बेला सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका बारेमा धेरै वटा नकरात्मक खबरहरू देख्‍नुभएछ। निश्‍चित रूपमा, जब मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली निश्‍चित झाओ भन्‍ने व्यक्तिले स्थापना गरेको हो, यो मानिसको संस्था हो भन्‍ने बारेमा चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले भनेको कुरा पढ्दा, र मेइ २८ शाङ्गदोङ् झाओयुआन प्रकरणको बारेमा पढ्दा, म हल न चल भएँ मानौं एक भाँडो चीसो पानी जोसिलो हृदयमा खन्याइएको छ। मैले मनमनै विचार गरेँ: “किन सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा यति धेरै अनलाइन नकारात्मक प्रचारबाजी छन्? यदि अनलाइनमा भनिएको कुरा सही हो भने, हामी त्यो मण्डली नजानु वा त्यसको बारेमा नबुझ्‍नु नै उचित हुन्छ।” तैपनि, मैले मेरो श्रीमानलाई आफ्‍नो विचार बताएपछि, उहाँले भन्‍नुभयो: “हामीले चिनियाँ कम्युनिस्ट पार्टीको सरकारको कुरा कसरी पत्याउन सक्छौं र? के हामी चीनमा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले घर-मण्डलीहरूलाई पनि भर्त्सना गरेको थियो भन्‍ने तिमीले बिर्स्यौ? त्यसकारण, हामीले यो मार्गलाई बुझिसकेपछि मात्रै अनलाइन भनिएको कुरा अफवाह हुन् कि तथ्य हुन् भन्‍ने कुरालाई सही तरिकाले निर्धारित गर्न सक्छौं। यदि हामीले एक पक्षको कुरा मात्रै सुन्यौं भने, हामीले प्रभुको पुनरागमनलाई स्वागत गर्ने अवसर गुमाउन सक्छौं। त्यसपछि पछुतो गर्न ढीला भइसकेको हुनेछ।” मलाई उहाँको कुरा ठीक हो भन्‍ने लाग्यो। साथै, केही समय सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले उहाँका वचनहरूले मानिसहरूलाई सधैँ सत्यता खोज्‍न र जीवनमा सही मार्गमा हिँड्न उत्साह दिँदा रहेछन् भन्‍ने थाहा पाएँ। तर जब म इन्टरनेटमा भेटिएका सबै नकारात्मक समाचारहरूका बारेमा विचार गर्थेँ, मलाई अत्यन्तै डर लाग्थ्यो। अन्त्यमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा नजाने वा यसको बारेमा नबुझ्‍ने निर्णय गरेँ। मैले मेरो मन परिवर्तन गर्न सक्दिनँ भन्‍ने देखेर मेरो श्रीमानले सिस्टर लीनलाई हाम्रो घरमा बोलाउनुभयो र उहाँलाई हामीसँग सङ्गति गर्न अनुरोध गर्नुभयो।

भोलिपल्ट, सिस्टर लीन आउनुभयो। मैले उहाँलाई मेरा शङ्काहरू र हामीले इन्टरनेटमा देखेका नकारात्मक प्रचारबाजीको बारेमा बताएँ। उहाँले भन्‍नुभयो: “सिस्टर, चिनियाँ कम्युनिस्ट पार्टी नास्तिक क्रान्तिकारी पार्टी हो। यसले परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैन, परमेश्‍वर देह बन्‍नुभएको छ र मानवजातिलाई मुक्ति दिन काम गरिरहनुभएको छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने कुरा त परै जाओस्। बरु, यसले परमेश्‍वरको कामलाई इन्कार गर्न, निन्दा गर्न र दोष दिन सक्दो प्रयास गर्छ, र यस तथ्यबाट हामी के देख्‍न सक्छौं भने, राष्ट्रको स्थापना भएदेखि नै यसले इसाई जगत र क्याथोलिकवादलाई पागलले झैँ दमन र सतावट गरेको छ। प्रभु येशू अहिले आखिरी दिनहरूका ख्रीष्‍ट, अर्थात् सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्किसक्‍नुभएको छ र उहाँले मानिसलाई शुद्ध पार्न र मुक्ति दिन करोडौँ वचनहरू पनि व्यक्त गर्नुभएको छ। तैपनि, चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वर र उहाँको मण्डलीलाई बदनाम गर्न ‘सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मानिसको संस्था हो’ भन्‍ने भ्रम फैलाउँछ। यो कस्तो समस्या हो, र हामीले यस्तो भ्रमलाई कसरी बुझ्‍नुपर्छ? राज्यको सुसमाचारको प्रश्‍नोत्तरहरूमा, एउटा प्रवचनले यसो भन्छ, ‘कसले इसाई जगत र क्याथोलिकवादको स्थापना गर्यो? के यसको संस्थापक पावल वा पत्रुस थिए? कसले यहूदी धर्मको स्थापना गर्‍यो? के यो मोशा हुनसक्छ? के यो हास्यास्पद छैन र? तिमी नास्तिकहरूले कहिल्यै पनि परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनौ, परमेश्‍वरको देहधारणको त कुरै नगरौं। देहधारी ख्रीष्टले जति नै धेरै सत्यता व्यक्त गर्नुभए पनि, जति धेरै काम पूरा गर्नुभए पनि, र मानवजातिलाई जति धेरै मुक्ति दिए पनि, के तिमीहरू सबैले उहाँलाई इन्कार गर्न, ढाक-छोप गर्न र दोष दिन लागिपर्दैनौ र? के इसाई जगत र क्याथोलिकवाद मानिसले स्थापना गरेर, यी मानिसका संस्था हुन् भन्‍ने तिमीहरूलाई लाग्छ? यो तिमीहरूको सबैभन्दा ठूलो मूर्खता हो। प्रभु येशू काम गर्न देखा नपर्नुभएको भए, प्रभुका कुनै विश्‍वासी वा अनुयायीहरू उत्पन्‍न हुनेथिएनन्, इसाई जगतको सृष्टि हुने कुरा त परै जाओस्। के यो तथ्य होइन र? प्रेरितहरूले कसरी आफ्‍नै वरदानको बलमा मण्डली स्थापना गर्न सक्थे र? के तिमीहरू पत्रुस, यूहन्‍ना र अरू प्रेरितहरूको नेतृत्व मानिसहरूले स्वीकारेको कुरालाई लिएर इसाई जगतको स्थापना प्रेरितहरूले गरेका हुन् र यो मानिसको संस्था हो भनेर भन्‍न सक्छौ? सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली पूर्ण रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कामद्वारा नै स्थापना भएको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका धेरै सत्यताहरूबाट मानिसहरूले परमेश्‍वरको आवाज सुनेका हुनाले तिनीहरू परमेश्‍वरको अघि फर्किएर मण्डलीमा सङ्गठित भएका हुन्। काम गर्न देखा परिसकेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्तिगत रूपमा नै पवित्र आत्‍माले प्रयोग गर्नुभएको मानिसको गवाही दिनुभयो, जो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको अगुवा हुन्। व्यवस्थाको युगको मोशा र अनुग्रहको युगका प्रेरितहरू जस्तै, तिनी परमेश्‍वरका चुनिएका मानिसहरूलाई पानी हाल्‍न, गोठालो गर्न, र अगुवाइ गर्नको लागि परमेश्‍वरद्वारा प्रयोग गरिएको व्यक्ति हुन्। तिमीहरूको कम्युनिस्ट पार्टीले परमेश्‍वरको काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यतालाई इन्कार गर्छौ, परमेश्‍वरका चुनिएका मानिसहरूले विश्‍वास गरेका र पछ्याएका देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई समेत इन्कार गर्छौ। के यसमा गुप्त अभिप्राय छैन र? सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र काम नभएको भए, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको स्थापना हुनेथिएन, र यो अस्तित्वमा रहनेथिएन। यो इन्कार गर्न नसकिने तथ्य हो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको नाममा प्रार्थना गर्छन् भन्‍ने कुरा चिनियाँ कम्युनिस्ट पार्टीलाई थाहा छ। तिनीहरूले भेलाहरूमा पढ्ने र छलफल गर्ने कुरा सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन हो भन्‍ने पनि थाहा छ। किन चिनियाँ कम्युनिस्ट पार्टीले यस्ता झूटहरू बताउँछ? सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका परमेश्‍वरका चुनिएका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन अनुसार पवित्र आत्‍माले चलाउनुभएको व्यक्तिको नेतृत्वलाई पछ्याउँछन्। तथ्य यही हो।’”

सिस्टर लीनले आफ्‍नो सङ्गतिलाई यसो भन्दै जारी राख्‍नुभयो, “अब हामीले बुझ्यौं, आखिरी दिनहरूमा परमेश्‍वर देह बन्‍नुभयो, देखा पर्नुभयो र आफ्‍नो काम गर्न थाल्‍नुभयो, त्यसकारण सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको स्थापना भयो; यो आखिरी दिनहरूका ख्रीष्‍ट, अर्थात्, सर्वशक्तिमान्‌ परमेश्‍वर स्वयम्‌ले स्थापना गर्नुभएको हो, यसलाई सर्वशक्तिमान्‌ परमेश्‍वर स्वयमले अगुवाइ र नेतृत्व गर्नुहुन्छ, र यो कुनै मानिसले स्थापना गरेको होइन। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका रूपमा हामीले परमेश्‍वरद्वारा प्रयोग गरिएको व्यक्तिको नेतृत्व र अगुवाइलाई स्वीकार गरे पनि, हामीले पछ्याउने र पालना गर्ने व्यक्ति सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुन्छ, र हामीले भेलाहरूमा पढ्ने र आनन्द गर्ने वचनहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू नै हुन्। तैपनि, चिनियाँ कम्युनिस्ट पार्टीले के जोड दिन्छ भने, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मानिसको संस्था हो, र यसले परमेश्‍वरको आखिरी दिनहरूको देखापराइ र कामलाई ढाक-छोप गर्न र इन्कार गर्न अनि संसारका मानिसहरूलाई धोका दिएर साँचो मार्गको खोजी वा अनुसन्धान गर्न नदिन, अनि परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई गुमाउन लगाउनको लागि यसो भन्छ। यसको साथै, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आक्रमण, दमन र प्रतिबन्ध गर्न, र इसाईहरूलाई पक्राउ र सतावट गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली मानिसको संस्था हो भन्‍ने दाबीलाई सार्वजनिक विचारको आधारको रूपमा प्रयोग गर्छ। तर परमेश्‍वरबाट आउने कुरा जहिल्यै पनि फस्टाउँछ, र कुनै पनि शत्रुवत् शक्तिले कहिल्यै पनि परमेश्‍वरको कामलाई बाधा दिन सक्दैन। सन् १९९१ मा सर्वशक्तिमान्‌ परमेश्‍वर चीनमा आफ्‍नो काम गर्न औपचारिक रूपमा देखा पर्नुभएदेखि नै चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दमन र सतावट गर्ने कार्यलाई कहिल्यै रोकेको छैन। तैपनि, परमेश्‍वरको राज्यको सुसमाचार अझै पनि प्रभावशाली रूपमा फैलिएको छ। दुई दशकको अवधिमा नै, सुसमाचार मुख्य भूमि चीनको सबै ठाउँमा फैलिएको छ। अहिले, सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार संसारका सबै देशमा फैलिएको छ र विभिन्‍न देशहरूमा यस मण्डलीका शाखाहरू स्थापना गरिएका छन्। यो पूर्ण रूपमा परमेश्‍वरको कामको फल हो। सिस्टर, यदि हामीले हाम्रो हृदयलाई शान्त पारेर मनन गर्यौं भने, चिनियाँ कम्युनिस्ट पार्टीले फैलाउने विधर्मी झूटको घृणित अभिप्रायलाई हामीले सहजै देख्‍न सक्छौं।”

पछि, मेइ २८ को शाङ्गदोङ् झाओयुआन प्रकरण सम्‍बन्धी मेरो अन्योलताको बारेमा प्रतिक्रिया दिँदै सिस्टर लीनले मेइ २८ को शाङ्गदोङ् झाओयुआन प्रकरणको सत्यताको खुलासा नामक भिडियो देखाउनुभयो, जसमा प्रश्‍न उठ्ने किसिमको हरेक तर्कलाई विश्‍लेषण गरिएको थियो र यो झूटो मुद्दा बाहेक केही होइन भन्‍ने कुरा स्पष्ट पारेको थियो। भिडियोमा, टिप्‍पणीको एउटा खण्डमा यसो भनिएको थियो: “कुनै समूहलाई कारबाही गर्नुभन्दा पहिले, चिनियाँ कम्युनिस्ट पार्टीले सुरुमा झूटा आरोपहरू लगाउँछन् ताकि तिनीहरूले जनताको विचारलाई प्रभाव पारेर त्यसलाई वैधानिक जग बनाउँछन्। यो सबै जनतालाई छल गर्न र दमनको निम्ति बाटो खोल्‍नको लागि गरिएको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दमन र प्रतिबन्ध गर्न अनि देशका सबै घर-मण्डलीहरूलाई प्रतिबन्ध गर्न, तिनीहरूले त्यस्तै काम गरे र जनताको विचारमा प्रभाव पार्न झाओयुआन प्रकरणको सिर्जना गरे। यो प्रकरण निर्माण गर्नुको पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको योजना त्यही थियो। जोसुकै समझदार व्यक्तिले तिनीहरूले के गर्न लागेका थिए भन्‍ने कुरालाई देख्‍न सक्छन्। स्वाभाविक रूपमा नै, उक्त मुद्दापछि, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दमन गर्ने सक्रिय र व्यापक, साथै क्रूर कारबाही सुरु गर्यो।” त्यो बेला, मैले अचानक यो कुरा बुझेँ। मेइ २८ को झाओयुआन प्रकरण सिर्जना गर्ने अदृश्य हात त चिनियाँ कम्युनिस्ट पार्टी पो रहेछ भन्‍ने मैले थाहा पाएँ। सिस्टरको सङ्गतिद्वारा, मैले इन्टरनेटमा फैलिएका अफवाहहरूलाई अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्ने, निन्दा गर्ने र षड्यन्त्रमा पार्ने चिनियाँ कम्युनिस्ट पार्टीको घृणित अभिप्रायलाई थाहा पाएँ। त्यसकारण, मेरो श्रीमान र मैले सिस्टर लीनसँग सर्वशक्तिमान्‌ परमेश्‍वरको स्थानीय मण्डलीमा एक पटक जाने सहमति जनायौं।

मैले चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरूको बारेमा केही समझ प्राप्त गरेकी भए पनि, त्यो दिन हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको स्थानीय मण्डलीमा जाँदै गर्दा, म ती भयानक झूटहरूको बारेमा विचार नगरी बस्‍न सकिनँ र मनमा अलिक चिन्तित महसुस गरेँ। मैले कस्तो अनुभव गरिरहेकी थिएँ भन्‍ने बारेमा मेरो श्रीमानलाई थाहा भयो र म अत्यन्तै शङ्कालु भनेकोमा हाँस्‍नुभयो। “सिस्टर लीनलाई हाम्रो घर कहाँ छ भन्‍ने कुरा थाहा भइसकेको छ। यदि उहाँले हामीलाई साँच्‍चै अपहरण गर्न चाहनुहुन्थ्यो भने, के उहाँले हामीलाई उहाँहरूको मण्डली आउन अनुरोध गर्नुहुन्थ्यो?” मेरो श्रीमानको कुरा सुनेर, मैले सोचेँ: “ठीक भन्‍नुभयो। यदि ती हल्‍लाहरू साँचो भएका भए, उहाँहरूले हामीलाई मण्डली आउन अनुरोध गर्नुहुन्‍नथियो।”

हामी मण्डलीको नजिक पुगिरहेका बेला, हामीले टाढैबाट सिस्टर लीन र केही दाजुभाइ-दिदीबहिनीहरू हामीलाई ढोकामा स्वागत गर्न पर्खिरहेको देख्यौं। हामी ढिला आएका हुनाले, उहाँहरू त्यति जाडोमा आधा घण्टाभन्दा बढी समय बाहिर बस्‍नुभएको रहेछ। यसप्रति मेरो श्रीमान र मलाई नरमाइलो लाग्यो। उहाँहरूको मित्रभाव र न्यानोपनले मेरो मन मात्रै छोएन तर उहाँहरूप्रतिको मेरो शङ्काप्रति मलाई लाज पनि लाग्यो। मण्डली भवनमा प्रवेश गर्नुभन्दा पहिले, मैले ढोकामाथि “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली” भनेर लेखिएको तीन वटा शब्‍दहरू देखेँ; सबै स्पष्ट र इमान्दार थिए, र साँचो मार्गको अनुसन्धान गर्न चाहने सबैलाई स्वागत थियो। यो स्पष्ट रूपमा नै सामान्य मण्डली थियो, अनलाइनमा व्याख्या गरिएको भन्दा पूर्ण रूपमा फरक। हामी भित्र गएपछि, मैले सबै दाजुभाइ-दिदीबहिनीहरू गौरवशाली र योग्य देखेँ, र उहाँहरू सबैले हामीलाई न्यानो अभिवादन गर्नुभयो। केही समयपछि, केही दाजुभाइ-दिदीबहिनीहरूले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट देखाउनुभयो र त्यसमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका काम सम्‍बन्धी बन्दोबस्तका विवरणहरू, नृत्य र गीतका भिडियोहरू, सुसमाचारका चलचित्रहरू, कोरल सङ्कलन, म्यूजिक भिडियोहरू र दाजुभाइ-दिदीबहिनीहरूले लेख्‍नुभएका जीवन भोगाइका गवाहीहरू राखिएका रहेछन्। सबै सामग्रीहरू सत्यतालाई प्रेम गर्ने संसारभरिका मानिसहरूका लागि खोजी र अनुसन्धान गर्न जारी गरिएका रहेछन्। मैले सोचेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बाहिक, संसारको कुनै पनि सम्प्रदायले सारा मानवजातिलाई प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भनेर गवाही दिने आँट गर्दैन। यो मार्ग गलत हुन सक्दैन!” त्यसकारण, मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली राम्रो लाग्‍न थाल्यो। खानाको समयमा, दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो लागि खाना तयार गर्नुभएको रहेछ। मैले हाम्री छोरीलाई पनि साथैमा ल्याएकी देखेर, उहाँहरू सबै जनाको ध्यान उनीप्रति नै थियो र उनलाई खेल्‍ने धेरै खेलौना ल्याइदिनुभयो। उहाँहरूको इमानदारीता हृदयबाट आएको हो र यो बहाना होइन भन्‍ने कुरा मैले भन्‍न सक्थेँ। अनलाइन हल्‍लाहरूमा भनिएको जस्तो हिंसात्‍मक संस्थासँग मण्डलीको कुनै कुरा पनि मिलेको थिएन। म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा गएपछि, मेरो पहिलेका शङ्काहरू हराए, र मेरो श्रीमान र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा नै भेलाहरूमा सहभागी हुने निर्णय गर्यौं।

हरेक भेलामा, दाजुभाइ-दिदीबहिनीहरूले सधैँ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको बारेमा सङ्गति गर्नुहुन्थ्यो। यी सङ्गतिहरूको उद्देश्‍य भनेका परमेश्‍वर र उहाँको कामलाई अझै चिन्‍न हामीलाई सहायता गर्नु थियो। उहाँहरूले कहिलेकहीँ हामीलाई आफ्‍ना अनुभव र उहाँहरूले कसरी परमेश्‍वरका वचनहरूको अभ्यास गर्नुभयो त्यसका गवाहीहरू पनि बाँढ्नुहुन्थ्यो। यसको साथै, उहाँहरूले सर्वशक्तिमान् परमेश्‍वरको नाममा प्रार्थना गर्नुहुँदो रहेछ, जुन सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका मानिसहरूले विश्‍वास गर्ने र आराधना गर्ने व्यक्ति मानव मात्रै हो भन्‍ने अनलाइनको दाबी भन्दा विपरीत थियो। हाम्रो वास्तविक अनुसन्धान र दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गतद्वारा, चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले फैलाएका सबै झूटहरू आफै हराए। मैले ती झूटहरूमा विश्‍वास गरेको र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई अनुसन्धान गर्न नमानेको तथ्यप्रति मैले आफूलाई घृणा नगरी म बस्‍न सकिनँ। मलाई अत्यन्तै रिस पनि उठेको थियो: “चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका झूटहरू मानिसहरूका लागि साँच्‍चै हानिकारक छन्! यी हल्‍लाहरूलाई पत्याएर कति जना मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गर्ने आँट गर्दैनन्, कसलाई के थाहा? अन्तर्दृष्टिविना त, हामी मानव साँच्‍चै नै दयनीय छौं।” त्यसकारण, मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई होशियारीको साथ जाँच गर्ने निर्णय गरेँ।

केही समय खोजी र अनुसन्धान गरिसकेपछि, मेरो श्रीमान र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्यौं। एक महिनापछि, मेरो पुरानो मण्डलीको एक जना मिल्‍ने साथी मलाई भेट्न कोरिया आइन्। मलाई प्रभु येशू फर्किसक्‍नुभएको छ भन्‍ने खुशीको खबर कहिले सुनाउने भनेर हतार लागेको थियो। तर यो कुरा सुनेपछि उनले रिसाउँदै यसो भनेको सुन्दा म छक्‍कै परेँ: “कसरी तपाईंहरूले पूर्वीय ज्योति विश्‍वास गर्न सक्‍नुहुन्छ? के तपाईंहरूलाई हरेक सम्प्रदायका अगुवाहरूले पूर्वीय ज्योतिलाई भर्त्सना गरिरहेका छन् भन्‍ने थाहा छैन?” मेरो श्रीमानले भन्‍नुभयो, “हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पढेका छौं र यस मार्गको मारेमा धेरै अनुसन्धान गरेपछि सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा हामी निश्‍चित भएका छौँ—” मेरो श्रीमानको कुरा भूँइमा खस्‍न नपाउँदै, मेरो साथीले उहाँको कुरा काटेर हामीमाथि प्रश्‍नहरूले वर्षाउन थालिन्। “तपाईंहरू दुई जनाले प्रभुमा विश्‍वास गरेको कति भयो? तपाईंहरूले बाइबल बुझ्‍नुभएको छ? के पाष्टर र एल्डरहरूले तपाईंहरूले भन्दा लामो समय प्रभुमा विश्‍वास गरेका छैनन् र? के तिनीहरूले तपाईंहरूले भन्दा राम्ररी बाइबल बुझेका छैनन् र? यदि पूर्वीय ज्योति नै साँचो मार्ग हो भने, किन तिनीहरूले यसलाई स्वीकार गर्दैनन्?” उनी गएपछि, मलाई निकै खिन्‍न भयो, र म निकै दोधारमा पनि परेँ। मैले सोचेँ: “प्रभु येशू फर्केर आउनुभएको छ भन्‍ने तथ्य राम्रो कुरा हो, तब उनले किन परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्दिनन्? जहाँसम्‍म धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका र काम र प्रचार गरेका पाष्टर र एल्डरहरूको कुरा छ, किन तिनीहरूले पनि सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्दैनन्?” प्रश्‍नपछि प्रश्‍न मेरो मनमा आउन थाले।

त्यसपछिका दिनहरूमा, मेरो साथीले मलाई निरन्तर कल गर्दै हामीले चीनमा चिनेको पाष्टरलाई भेट्न अनुरोध गरिन्। पाष्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दोष दिँदै बताएका धेरै कुरा पनि उनले मलाई बताइन्। जब दक्षिण कोरियाको मण्डलीका पाष्टर र एल्डरहरूले हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेका छौं भन्‍ने थाहा पाए, तब तिनीहरूले एकपछि अर्को गर्दै हामीलाई कल गरेर भेट्न बोलाए। तिनीहरूले पनि हामीलाई पूर्वीय ज्योतिका पुस्तक-पुस्तिका नपढ्न बारम्‍बार चेतावनी दिए, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको प्रचार अत्यन्तै चलाखीपूर्ण छ, र हाम्रो कद सानो भएकोले र हामीले बाइबल राम्ररी नबुझेका हुनाले, हामी सहजै धोकामा पर्न सक्छौं भनेर भने। तिनीहरूको निरन्तर दुर्व्यवहारले गर्दा, मेरो हृदय अशान्तिमा थियो, र मैले यस्तो विचार गर्न थालेँ, “केही समय अघिदेखि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर धेरै सत्यताहरू बुझेकी छु र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म हृदयदेखि नै निश्‍चित छु। त्यसोभए किन पाष्टर र एल्डरहरूले यसलाई स्वीकार गर्नुको सट्टा चिनियाँ कम्युनिस्ट पार्टीको सरकारको पक्षमा उभिएर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष दिने र इन्कार गर्ने गर्छन्? के म मेरो विश्‍वासमा बहकिएर गएको हुनसक्छु?” मैले यसको बारेमा जति विचार गरेँ, म त्यति नै बेचैन भएँ। थाहै नपाई, म फेरि पनि निकै कमजोर भएकी रहेछु। त्यसपछिको हप्तामा, मलाई परमेश्‍वरका वचनहरू पढ्न मन लागेन न त भेलाहरूमा जान नै मन लाग्यो। मलाई यस्तो अवस्थामा देखेर मेरो श्रीमान धेरै सुर्ताउनुभयो, त्यसकारण उहाँले मलाई दाजुभाइ-दिदीबहिनीहरूसँग खोजी र सङ्गति गर्न निरन्तर सल्‍लाह दिनुभयो। मेरो श्रीमानको बारम्‍बार सल्‍लाहपछि, मैले मेरा समस्याहरूलाई जाँचेर पत्ता लगाउन दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्ने निर्णय गरेँ।

उहाँहरूलाई भेटेपछि, मैले विगत केही दिनदेखि अनुभव गरेको सबै अन्योलता बताएँ। एक जना ब्रदरले मलाई प्रभु येशूले भन्‍नुभएको दृष्टान्त पढेर सुनाउनुभयो: “एक जना घर-मूली थियो, जसले दाखबारी लगायो, र यसको वरिपरि बार लगायो, अनि त्यहाँ दाख पेल्‍ने कोल खन्यो, र मचान बनायो, अनि किसानहरूलाई जिम्‍मा दिएर परदेश लाग्यो: अनि जब टिप्ने बेला आयो, तब उसले आफ्‍ना नोकरहरूलाई आफ्‍नो भागको फल लिन किसानहरूकहाँ पठायो। अनि किसानहरूले उसका नोकरहरूलाई समाते, र एक जनालाई कुटपिट गरे, र अर्कोलाई मारे, अनि अर्कालाई ढुङ्गाले हाने। फेरि, उसले पहिलेका भन्दा धेरै अरू नोकरहरू पठायो: र उनीहरूलाई पनि तिनीहरूले त्यसै गरे। तर उसले सबैभन्दा अन्तिममा, तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन् भन्दै तिनीहरूकहाँ आफ्‍नो छोरालाई पठायो। तर जब किसानहरूले त्यो छोरालाई देखे, तब तिनीहरूले एक-अर्कालाई भने, यो त उत्तराधिकारी हो; आऊ, हामी यसलाई मारौं, र हामी यसको उत्तराधिकारको सम्पत्ति कब्जा गरौं। अनि तिनीहरूले उसलाई पक्रे, र दाखबारीभन्दा बाहिर निकाले, अनि उसको हत्या गरे(मत्ती २१:३३-३९)

त्यस ब्रदरले त्यसपछि मलाई यसो भन्दै सङ्गति दिनुभयो। “प्रभु येशूले बताउनुभएको मूर्ख किसानहरूको दृष्टान्त मुख्य रूपमा परमेश्‍वरको सेवा गरेको बहाना गर्ने, तर सारगत रूपमा परमेश्‍वरको अवज्ञा गर्छन् र उहाँका चुनिएका मानिसहरूमाथिको नियन्त्रणको लगि परमेश्‍वरसँग होड गर्ने दुष्ट सेवकहरू र ख्रीष्ट-विरोधीहरूसँग सम्‍बन्धित छ। उदाहरणको लागि व्यवस्थाको युगका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूलाई नै लिऊँ। तिनीहरू त्यो बेलाका धार्मिक अगुवाहरू थिए, र तिनीहरूले विश्‍वासीहरूलाई परमेश्‍वरका वचनहरू पछ्याउन, प्रभु येशू आउनुहुँदा, विश्‍वासीहरूलाई प्रभुका वचनहरू र काम स्वीकार र पालना गर्न अगुवाइ गर्नुपर्नेथियो। तैपनि, जब प्रभु येशू आफ्‍नो काम गर्न आउनुभयो, तब तिनीहरू आफ्‍नै धारणाहरूमा टाँसिरहे र प्रभुको कामको खोजी गर्न वा त्यसलाई स्वीकार गर्न मानेनन्। बरु, तिनीहरूले पागलले झैँ प्रभु येशूलाई दोष दिए र विरोध गरे, यहाँसम्‍म कि तिनीहरूले विश्‍वासीहरूलाई येशूको पछि लाग्‍नबाट रोक्‍न सक्दो गरे, येशूको निन्दा गर्न सबै किसिमका झूटहरू पैदा गरे, अनि विश्‍वासीहरूलाई उक्‍साएर प्रभुलाई क्रूसमा टाँग्‍न लगाए, र तिनीहरूले यो सबै आफ्‍नो पद र जीविकोपार्जन जोगाउन गरेका थिए। सबैको नजरमा फरिसीहरू परमेश्‍वरका सेवकहरू जस्ता देखिन्थे, तैपनि तिनीहरूले ख्रीष्टलाई इन्कार गरे र दोष दिए, तिनीहरूले परमेश्‍वरको बगाललाई हडपे र उहाँका चुनिएका मानिसहरूमाथि नियन्त्रणको लागि उहाँसँग होड गरे—सारगत रूपमा, तिनीहरू परमेश्‍वरको विरोध गर्ने ख्रीष्ट-विरोधीहरू थिए!

“आखिरी दिनहरूमा, परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र उहाँले मानवजातिलाई मुक्ति दिन काम गरिरहनुभएको छ। धार्मिक संसारका पाष्टर र एल्डरहरू बाइबलमा पोख्त भए तापनि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन। जब तिनीहरूले प्रभुको पुनरागमनको खबर सुन्छन्, तब तिनीहरू आफ्‍नै धारणामा टाँसिएर यसलाई स्वीकार गर्न मान्दैनन्, अनि परमेश्‍वरको आखिरी दिनहरूको कामको निन्दा गर्न र त्यसलाई दोष दिन सबै किसिमका झूटहरू निकाल्छन्। विशेष गरी जब धेरैभन्दा धेरै विश्‍वासीहरूले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको खोजी र अनुसन्धान गरिरहेको देख्छन्, पाष्टर र एल्डरहरूलाई सबै विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न थाल्‍नेछन्, तिनीहरूले उप्रान्त उनीहरूलाई पछ्याउने वा मान गर्नेछैनन्, र तिनीहरूले उनीहरूलाई उप्रान्त पैसा अनुदान दिनेछैनन् भन्‍ने डर लाग्छ। ‘प्रभुप्रति निष्ठावान बस अनि बगालको रक्षा गर’ भन्‍ने नाममा, तिनीहरूले मानिसहरूलाई अलमल्याउन सबै किसिमका अवधारणा र झूटहरू फैलाउँछन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई दोष दिन सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले पैदा गरेका सबै प्रकारका झूटहरूको पनि प्रयोग गर्छन्, र विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍न तिनीहरूले आफूले सक्‍ने सबै गर्छन्। पाष्टर र एल्डरहरूले परमेश्‍वरको भेडामाथि नियन्त्रण गर्ने व्यर्थको लडाइ लड्छन्, र तिनीहरूको व्यवहार फरिसीहरूले कैयौं वर्ष पहिले प्रभु येशूलाई गरेको व्यवहारको तरिकाभन्दा फरक छैन—साँच्‍चै नै, तिनीहरू परमेश्‍वरको आखिरी दिनहरूको कामले खुलासा गरेका दुष्ट सेवकहरू हुन्। अब हामी सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले यस विषयमा के भन्छन् हेरौं। परमेश्‍वर भन्नुहुन्छ, ‘भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। धार्मिक अगुवाहरूको सारलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा स्पष्ट रूपमा नै प्रकट गरिएको छ। तिनीहरू साँच्‍चै नै परमेश्‍वरका साँचो विश्‍वासीहरू होइनन् तर मानिसहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍ने बाधा र ठेस लाग्‍ने ढुङ्गाहरू हुन्; तिनीहरू आधुनिक फरिसीहरू, अनि परमेश्‍वरको विरोध गर्ने ख्रीष्ट-विरोधीहरू हुन्। सिस्टर, हामीले आजका धार्मिक संसारका पाष्टर र एल्डरहरूको सारलाई राम्ररी बुझ्‍नुपर्छ, नत्र हामी धोकामा पर्छौं।”

परमेश्‍वरका वचनहरू र ब्रदरले दिनुभएको सङ्गतिले मेरो हृदयलाई निकै हल्‍का तुल्यायो। मैले धार्मिक संसारका पाष्टरहरू र एल्डरहरू दुष्ट किसानहरू जस्तै छन् भन्‍ने स्पष्ट देखेँ। तिनीहरूले प्रभुको भेडाको गोठालो र रेखदेख गर्छन्, तर जब प्रभु येशू फर्केर आउनुहुन्छ अनि आफ्‍ना भेडा फिर्ता लिन चाहनुहुन्छ, तब तिनीहरूलाई यदि सबै विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याए भने, कसैले पनि तिनीहरूको प्रचार सुन्‍ने वा तिनीहरूलाई पैसा दान दिनेछैनन् भन्‍ने डर हुन्छ। त्यसकारण तिनीहरूले विश्‍वासीहरूलाई साँचो मार्गको खोजी गर्नबाट रोक्‍नको लागि पागलले झैँ प्रयास गर्छन्। तिनीहरूले आफ्‍नै पद र जीविकोपार्जनको रक्षा मात्रै गरिरहेका हुन्छन्। तिनीहरू साँच्‍चै नै अत्यन्तै घृणित छन्! यस्तो कुरा बुझ्‍न नसकेकोमा र तिनीहरूको बहकाउमा परेकोमा दोषी म आफै थिएँ। म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क नै गर्न नचाहने अवस्थामा समेत पुगेकी थिएँ। म कस्तो मूर्ख!

त्यसपछि, ब्रदरले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढ्नुभयो: “रातो अजिङ्गरको राष्ट्रमा, तिनीहरूलाई हावामा नै बहन लगाएर, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गरेको छु, त्यसपछि तिनीहरू बिस्तार-बिस्तार हावाको बहाउसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको ‘खलो’ हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो पनि मेरो योजना हो। म काममा हुँदा धेरै दुष्टहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छुइनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई अञ्जिरको फल र लिलिको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान डेरा बस्ने मुलुकमा, कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुनको बालुवा होइन भन्ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)

त्यसपछि उहाँले यसो भन्दै सङ्गति गर्नुभयो: “आखिरी दिनहरूमा, परमेश्‍वर देह बन्‍नुभएको छ र उहाँले चीनमा काम गरिरहनुभएको छ। उहाँले धार्मिक क्षेत्रका ख्रीष्ट-विरोधी शक्तिहरू र चिनियाँ कम्युनिस्ट पार्टीको सरकारलाई उहाँको काममा बाधा दिन र रोकावट गर्न अनुमति दिनुहुन्छ, र यसको पछाडि उहाँको बुद्धि छ। एकतर्फ, हामीलाई समझशक्ति विकास गर्न दिनु र परमेश्‍वरको विरोध गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको दुष्ट सार अनि धार्मिक अगुवाहरूको ढोङ्गी र सत्यतालाई घृणा गर्ने ख्रीष्ट-विरोधी सारलाई देख्‍न दिनु हो। अर्कोतर्फ, यी वाधा र रोकावटहरूद्वारा, परमेश्‍वरले फरक-फरक प्रकारका मानिसहरूलाई प्रकट गर्नुहुन्छ, जस्तै भेडा र बाख्रा, गहुँ र सामा, असल सेवकहरू र खराब सेवकहरू, बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू, र इत्यादि। झूटो हल्‍लाहरूले सामाहरूलाई मात्रै बन्धनमा पार्न सक्छन् तर गहुँलाई होइन; हावाले भुसलाई मात्रै उडाउँछ तर पाकेको धानलाई होइन। चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूको अनियन्त्रित सतावटको बाबजुद पनि, सत्यताको खोजी गरेर सबै प्रकारका झूटहरूलाई देख्‍न सक्‍नेहरू परमेश्‍वरको स्वामित्वमा हुन्छन् र तिनीहरूले आफ्‍नो विश्‍वासमा परमेश्‍वरलाई पछ्याउने सङ्कल्प गरेका हुन्छन्; तिनीहरू बुद्धिमती कन्याहरू हुन् र तिनीहरूले परमेश्‍वरद्वारा विजेताहरू बन्‍ने, अनि परमेश्‍वरको राज्यका खम्‍बाहरू बन्‍ने आशा पाएका हुन्छन्। यसले प्रकाशको पुस्तकको अगमवाणीलाई पूरा गर्छ: ‘जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन(प्रकाश ३:१२)। तैपनि सत्यतालाई प्रेम नगर्नेहरू र परमेश्‍वरमा मूर्ख विश्‍वास गर्नेहरू यी झूटहरूद्वारा खुलासा हुनेछन्। प्रभु येशूले उल्‍लेख गर्नुभएका निर्बुद्धि कन्याहरू तिनीहरू नै हुन् र तिनीहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामले पूर्ण रूपमा त्याग्छ र हटाउँछ।”

परमेश्‍वरका वचनहरू र ब्रदरको सङ्गति सुनिसकेपछि, मेरो हृदय अझै धेरै ज्योतिले भरियो। परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने र खुलासा गर्ने क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका अफवाह र सतावट अनि धार्मिक ख्रीष्ट-विरोधी शक्तिहरूले पैदा गरेका बाधाहरूलाई परमेश्‍वरको सेवाको निम्ति प्रयोग गर्नुहुँदो रहेछ, र त्यसमा परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता लुकेको हुँदो रहेछ। मैले परमेश्‍वरको कृपा पाउने ठूलो सौभाग्य पाएकी थिएँ। मसँग कुनै समझशक्ति नभएको हुनाले म चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूको छलमा परेकी भए पनि, परमेश्‍वरले बारम्‍बार मसँग सत्यतामा धैर्य भई सङ्गति गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई खटाउनुभएको थियो। यसबाट, म अफवाहहरूलाई छुट्याउन सक्‍ने भएँ, र मैले चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक अगुवाहरूको सार र मानिसहरूलाई छल गर्न र धोका दिन झूटहरू प्रयोग गर्नुको पछाडि रहेको तिनीहरूको दुष्ट अभिप्रायहरूलाई स्पष्ट रूपमा देख्‍न सकेँ। यो सबैद्वारा परमेश्‍वरले मलाई आफ्‍नो अनुग्रह देखाइरहनुभएको थियो। मैले मेरो हृदयको अन्तस्करणबाट नै परमेश्‍वरलाई उहाँको मुक्तिको लागि धन्यवाद दिएँ।

त्यसपछि, जब-जब समय हुन्थ्यो, तब-तब म भेलाहरूमा सहभागी हुन सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा जान थालेँ। परमेश्‍वरका वचनहरूबाट, मैले धेरैभन्दा धेरै सत्यता बुझेँ। जब म मेरा धारणाहरूसँग नमिल्‍ने कुराको सामना गर्छु, तब म पहिले जस्तो यसको विरुद्ध प्रतिरक्षा गर्ने वा यसलाई विरोध गर्ने गर्दिनँ। बरु, म मेरा दाजुभाइ-दिदीबहिनीहरू खोजी र अनुसन्धान गर्ने पहल गर्न सक्‍ने भएकी छु। परमेश्‍वरका वचनहरू पढेर, मैले परमेश्‍वरको इच्‍छा भनेको अझै धेरै मानिसहरूले उहाँको मुक्तिलाई स्वीकार गरून् भन्‍ने हो भन्‍ने बुझेँ। विभिन्‍न सम्प्रदायका धेरै दाजुभाइ-दिदीबहिनीहरू चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरूको छलमा परेको वा धार्मिक संसारका ख्रीष्ट-विरोधीहरूको भ्रम र नियन्त्रणमा परेको देख्दा, अब मलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्ने इच्‍छा हुन्छ। मेरो अनुभवले तिनीहरूलाई चाँडै शैतानका चलाकीहरू देख्‍न, झूटो हल्‍लाहरूको बन्धनबाट स्वतन्त्र भएर सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टकहाँ फर्कन अनि उहाँको मुक्ति स्वीकार गर्न सकून् भन्‍ने मेरो आशा छ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

जब प्रभु येशू फेरि आउनुहुन्छ, हामी कसरी थाहा पाउन सक्छौं?

शिनजीद्वारा चारवटा ब्लड मुनहरू देखा परेका छन्, र भूकम्प, अनिकाल र महामारीजस्ता विपत्तिहरू बढ्नु सामान्य भएका छन्। प्रभुको पुनरागमनका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्