परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट—विरोधी हो! शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्, यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू नै होइनन् भने? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तँ भूतहरूसँग आबद्ध भइरहेको छैन र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै इरादाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुप्रति सम्मान र प्रेम बहन गर्न सक्छस् भने, के तँमा धार्मिकताको भावको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू बहन गर्छस् भने, तब के तँ अनाज्ञाकारी होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी तोडिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिसहरू विनाशका पात्रहरू हुनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरको हृदय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरको आज्ञापालन गर्ने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरको आज्ञापालन गर्न जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्‍वरले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो जीवित हुन सक्छन्, जसले परमेश्‍वरको मुक्ति देख्न सक्छन्, जो परमेश्‍वरप्रति बफादार हुन सक्छन् र जो परमेश्‍वरको खोजी गर्न इच्छुक छन्। उहाँले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो परमेश्‍वरको देहधारण अनि उहाँ देखा पर्नुभएको घटनामा विश्‍वास गर्छन्। केही मानिसहरू जीवित हुन सक्छन् र केही मानिसहरू सक्दैनन्; यो कुरा तिनीहरूको प्रकृति बचाउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा भर पर्छ। धेरै मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू सुनेका हुन्छन् तैपनि तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्न सक्दैनन् र अझै पनि तिनीहरूले तिनलाई अभ्यास गर्न सक्दैनन्। यस्ता व्यक्तिहरू सत्यतामा जिउन सक्षम हुँदैनन् र जानाजान तिनीहरूले परमेश्‍वरको काममा हस्तक्षेप गर्छन्। तिनीहरू परमेश्‍वरको लागि कुनै काम गर्न पनि सक्षम हुँदैनन्, तिनीहरूले उहाँप्रति कुनै कुरा पनि समर्पित गर्न सक्दैनन्, र तिनीहरूले गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैँमा खाना खान्छन्। यी व्यक्तिहरू मृत व्यक्तिहरू हुन् र यिनीहरूलाई बचाउन सकिँदैन। परमेश्‍वरले ती सबैलाई मुक्ति दिनुहुन्छ जो उहाँको कामको बीचमा छन्, तर त्यहाँ एक भाग मानिसहरू छन् जसले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। यो किन हुन्छ भने धेरैजसो मानिसहरू अति गहन रूपमा भ्रष्ट भइसकेका अनि मृत बनिसकेका छन्, र तिनीहरू मुक्तिभन्दा पर पुगिसकेका छन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भइसकेका छन्, र तिनीहरू तिनीहरूको प्रकृतिमा अति नै दुष्ट छन्। त्यस अल्पसंख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न असक्षम छन्। तिनीहरू ती व्यक्तिहरू होइनन् जो सुरुदेखि नै परमेश्‍वरप्रति बफादार थिए वा जोसँग सुरुदेखि नै परमेश्‍वरप्रति अत्याधिक प्रेम थियो; बरु तिनीहरू उहाँको विजयको कामको कारण परमेश्‍वरप्रति बफादार बनेका छन्, उहाँको सर्वोच्च प्रेमको कारण तिनीहरूले परमेश्‍वरलाई देख्छन्, परमेश्‍वरको धर्मी स्वभावको कारण तिनीहरूको स्वभावमा परिवर्तनहरू आएका छन्, र उहाँको त्यो काम जुन वास्तविक र सामान्य दुवै हो, त्यसको कारण तिनीहरूले परमेश्‍वरलाई चिन्छन्। परमेश्‍वरको यो कामविना यी मानिसहरू जति नै असल भए पनि, तिनीहरू अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। तिनीहरूले आज परमेश्‍वरको छुटकारा प्राप्त गर्न सक्छन् भन्ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक भएको कारणले गर्दा मात्र हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति, सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, तिनीहरूको इच्छा र संकल्प सहितको भागको मुक्ति हो, र तिनीहरूको हृदयको त्यो भागको मुक्ति हो जसले सत्यता र धार्मिकताको निम्ति तिर्सना गर्छ। व्यक्तिको संकल्प भनेको तिनीहरूको हृदयमा भएको त्यस्तो भाग हो जसले धार्मिकता, भलाइ र सत्यताको ज्यादै तिर्सना गर्छ, र जसमा विवेक हुन्छ। परमेश्‍वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा धार्मिकता र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्टताको सामना गर्नुपर्दछ, तँमा खराब कुराहरूलाई त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढ संकल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति असचेत छस्; र यदि तँ सबै कुरामा अनजान छस्, र तैँले आफ्नै प्रयासमा परिस्थितिहरूको सामना वा समाधान गर्न सक्दैनस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्‍नो हृदयको गहिराइमा धार्मिकताको तृष्णा गर्दछन्, र परमेश्‍वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले प्रतिक्रिया दिँदैनन्, मानौं उनीहरू पहिले नै मरिसकेका छन्। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम स्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम स्वास-प्रस्वासले केही काम गर्दैन। यदि तैंले कुनै समस्याको सामना गर्दा, तँ त्यसबाट पछि हट्छस् र त्यसबाट बच्ने कोसिस गर्छस् भने, त्यसको अर्थ तैंले साक्षी धारण गरेको छैनस् भन्ने हुन्छ; त्यसरी तैँले कहिल्यै पनि मुक्ति पाउन सक्दैनस्, र तँ पूर्ण रूपमा हटाइनेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अलमल्‍ल परेका मानिसहरूलाई मुक्ति दिन सकिँदैन”

परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरको इच्छा र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन। वचनहरूको कामको अवधिमा, धेरै मानिसहरूले आफ्नो विद्रोहीपन र अनादर साथसाथै देहधारी परमेश्‍वरप्रति तिनीहरूको अनाज्ञाकारितालाई प्रकट गर्नेछन्। तापनि, त्यसको फलस्वरूप उहाँले यी सबै मानिसहरूलाई दण्ड दिनुहुन्न, तर त्यसको साटो उहाँले भित्रैदेखि भ्रष्ट र मुक्ति पाउन नसक्ने ती सबै मानिसलाई पर पन्छ्याउनुहुनेछ। उहाँले तिनीहरूको देह शैतानलाई दिनुहुनेछ र केही अवस्थाहरूमा तिनीहरूको देह नाश पार्नुहुनेछ। बाँकी रहेकाहरू पछि लागिरहनेछन् र तिनीहरूले निराकरण र छिँवल्ने कार्यको अनुभव गर्नेछन्। यदि पछ्याउने क्रममा, यी मानिसहरू अझै पनि निराकरण र छिँवल्ने कार्यलाई स्वीकार गर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन् भने, तिनीहरूले मुक्ति पाउने आफ्‍नो मौका गुमाउनेछन्। प्रत्येक व्यक्ति जो वचनहरूद्वारा जितिनका निम्ति समर्पित हुन्छन् तिनीहरूले मुक्ति पाउने प्रशस्त मौका पाउनेछन्; यी प्रत्येक मानिसमा आएको परमेश्‍वरको मुक्तिले उहाँको परम उदारतालाई देखाउनेछ। अर्को शब्दमा, तिनीहरूलाई अत्याधिक सहिष्णुता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, परमेश्‍वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। जब मानिसले पहिलो पटक परमेश्‍वरको विरुद्धमा विद्रोह गऱ्यो, उहाँले तिनीहरूलाई मार्ने कुनै इच्छा गर्नुहुन्‍न; बरु, तिनीहरूलाई बचाउन उहाँले सक्दो कोसिस गर्नुहुन्छ। यदि कसैसँग मुक्तिको लागि कुनै ठाउँ छैन भने, परमेश्‍वरले तिनीहरूलाई पन्छ्याउनुहुनेछ। परमेश्‍वरले केही मानिसहरूलाई दण्ड दिनु ढिलो गर्नुको कारण यो हो कि मुक्ति पाउन निम्ति योग्य सबै मानिसलाई मुक्ति दिने उहाँको चाहना हुन्छ। उहाँले वचनद्वारा मात्रै मानिसहरूलाई न्याय गर्नुहुन्छ, ज्ञान दिनुहुन्छ, र डोऱ्याउनुहुन्छ, र तिनीहरूलाई मार्न उहाँले डन्डा चलाउनुहुन्न। मानिसहरूलाई मुक्तिमा ल्याउनका लागि वचनहरू प्रयोग गर्नु नै अन्तिम चरणको कामको उद्देश्य र महत्त्व हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुनसक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदी तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छैन भने तँभित्र अनाज्ञाकारिता, छलकपट, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीतादेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तिमीहरूलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरूलाई मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै शैतानहरू हुन् जो छली-भेसमा परमेश्‍वरको घरमा पसेका छन्। त्यस्ता व्यक्तिहरू अभिनय गर्न सिपालु हुन्छन्: तिनीहरू मेरो अगाडि ठूलो श्रद्धाका साथ आउँछन्, झुक्छन् र ढोग गर्छन्, लुतो लागेका कुकुरहरू जस्तो जिउँछन् र आफ्नै उद्देश्यहरू प्राप्त गर्न तिनीहरूका “सबै” समर्पण गर्छन्—तर दाजुभाइ तथा दिदी-बहिनीहरूको अगाडि तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब उनीहरूले सत्यको अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तिनीहरूमाथि प्रहार गर्छन् र तिनीहरूलाई अलग गर्छन्; जब उनीहरूले आफूभन्दा धेरै प्रभावशाली मानिसहरू देख्छन्, उनीहरू चिप्‍लो घस्‍ने र चापलुसी गर्ने गर्छन्। तिनीहरू मण्डलीमा जङ्गली बनेर दगुर्छन्। यो भन्न सकिन्छ कि त्यस्ता “स्थानीय बदमासहरू” त्यस्ता “पाल्तु कुकुरहरू” प्रायः मण्डलीहरूमा हुन्छन्। तिनीहरू एकसाथ सुटुक्क यताउता जान्छन् र एकअर्कालाई आँखा झिम्काउँछन् र गुप्त सङ्केतहरू पठाउँछन्, र तिनीहरूमध्ये कसैले पनि सत्यको अभ्यास गर्दैनन्। जोसँग सबैभन्दा बढी विष छ ऊ “दिमागी भूत” हो र जोसँग सबैभन्दा उच्च प्रतिष्ठा हुन्छ, उनीहरूको झन्डा उचाल्दै तिनीहरूलाई त्यसैले अगुवाइ गर्छ। यस्ता मानिसहरू मण्डलीमा प्रशस्तै हुन्छन्, तिनीहरूले आफ्नो नकारात्मकता फैलाउँछन्, मृत्यु पोखाउँछन्, उनीहरूलाई जे मन लाग्छ त्यही गर्छन्, जे मन लाग्छ त्यही बोल्छन् र उनीहरूलाई रोक्ने हिम्मत कसैले पनि गर्दैन। तिनीहरू शैतानको स्वभावले भरिन्छन्। तिनीहरूले गडबडी गरेका लगत्तै मण्डलीमा मृत्युको हावा प्रवेश गरिहाल्छ। मण्डलीभित्र सत्यको अभ्यास गर्नेहरूलाई उनीहरूले बाहिर निकालिदिन्छन्, र उनीहरू सबै कुरा दिन असमर्थ हुन्छन् भने मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू जताततै दगुर्छन्—अनि, यति मात्र होइन, धेरै जना मानिसले उनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरूमा शैतानले नै शासन गर्छ, जुन स्पष्ट र सरल कुरा हो; शैतान तिनीहरूको राजा हो। यदि विश्‍वासीहरू खडा हुँदैनन् र प्रमुख भूतात्माहरूलाई इन्कार गर्दैनन् भने तिनीहरू पनि ढिलो वा छिटो नाश हुनेछन्। अबदेखि उसो, त्यस्ता मण्डलीहरूको विरुद्धमा कारबाही गर्नुपर्छ। यदि थोरै सत्य अभ्यास गर्न सक्षम व्यक्तिहरूले खोजी गरेनन् भने त्यो मण्डलीलाई हटाइनेछ। यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई निकाल्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई “स-साना झिँगोहरू” ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्‍वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछन्। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन! जो शैतानका हुन् उनीहरू शैतानकहाँ फर्किनेछन् भने जो परमेश्‍वरका हुन् उनीहरू निश्चय सत्यको खोजीमा लाग्नेछन्; उनीहरूका प्रकृतिद्वारा यसको निर्णय गरिन्छ। शैतानको पछि लाग्नेहरू सबै नष्ट होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यको खोजी गर्नेहरूका निम्ति प्रबन्ध गरिन्छ, र उनीहरूले आफ्नो हृदयको सन्तुष्टिका निम्ति परमेश्‍वरको वचनको आनन्द लिन सक्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ; उहाँले कसैलाई पक्षपात गर्नुहुन्न। यदि तँ दियाबलस हो भने तँ सत्य प्रयोग गर्न असमर्थ छस्; यदि तँ सत्यको खोजी गर्ने व्यक्ति होस् भने यो निश्चित छ कि तँ शैतानद्वारा बन्दी बनाइनेछैनस्। यस कुरामा कुनै शङ्का छैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरू ती हुन् जो परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्‍वर सम्‍बन्धी आफ्‍ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्‍वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्‍वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई अवरोध पुर्‍याउँछन् र परमेश्‍वरको काममा बाधा उत्पन्न गर्छन् तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेको लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्‍वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्‍वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र संकष्टमा पर्नेछ। यो संकष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो संकष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ, र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। संकष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइ विहीन हुन्छन्, तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-संकष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम संकष्टबाट उम्‍कन कोही पनि सक्‍दैन, र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो संकष्ट अति बृहत शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण निष्कासनको कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन्, र तिनीहरू परमेश्‍वरबाट अलग समेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ, र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवता विहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ, वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारीलाई कुनै पनि शब्‍द वा कारण विना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूत आत्‍माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? मानिसलाई मुक्त गर्ने कार्य विजयको कामको पूर्णतालाई पछ्याएर हासिल गरिँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वर विहीन हुने ती देखावटी मानिसहरूलाई सफाइ गरिएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पुर्ण रूपमा हटाइनेछ, र हटाइएकाहरू दियाबलसबाटका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन्, र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ संकष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन्, तर जब परमेश्‍वरको काम समाप्त हुन लागेको हुन्छ, तैँले “पछ्याउनु” को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, संकष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले, अर्थात्, परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छ, र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन्, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामहरूमा प्रकट गरिन्छ। तिमीहरूको नतिजा तिमीहरूको खोजी, तिमीहरूको विश्‍वास र तिमीहरूले जे गरेका छौ त्यसद्वारा प्रकट गराइनेछ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य आउँदैछ। यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्‍न सक्दैनस्। हिजो, तैँले सत्यको पछि लाग्न मूल्य चुकाएनस् र तँ बफादार थिएनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। मेरो मुटु नरम छ र मैले तँलाई बचाउन यथासक्दो गर्दैछु तैपनि, यदि तैँले आफ्‍नो तर्फबाट कोसिस गर्दैनस् वा आफ्नै लागि केही विचार गर्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो व्यभिचारी, भ्रष्ट र थाङ्ने छन्, जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत ख्याति र सम्पत्ति मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्‍वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्‍वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत ख्याति र भाग्यमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्‍चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र अनाज्ञाकारिताले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरप्रतिको तेरो आदर आफैप्रतिको तेरो प्रेम र तेरा कामुक अभिलाषाहरूभन्दा धेरै कम छ—के यस किसिमको मानिस पतित होइन र? तिनीहरू कसरी मुक्तिका नमूना र आदर्श बन्न सक्छन्? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउन सक्दैनस्। के यस्तै मानिसहरू ती होइनन् जसलाई हटाइनेछ? के मेरो काम समाप्त हुने समय तिमीहरूको अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूको माझमा धेरै काम गरेको छु र धेरै वचनहरू बोलेको छु—तीमध्ये कति साँच्चै तिमीहरूका कानभित्र पसेका छन्? तीमध्ये कति तिमीहरूले पालन गरेका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो यस्तो समय हुनेछ जब तैँले मेरो विरोध गर्न छोड्नेछस्, जब तँ मेरो विरुद्धमा खडा हुन छोड्नेछस्। जब म काम गर्छु, तिमीहरू निरन्तर मेरो विरुद्धमा काम गर्दछौ; तिमीहरू कहिल्यै पनि मेरा वचनहरूको पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरू निरन्तर तिनीहरूलाई आफ्नो अङ्गालोमा ल्याउने कोसिस गर्छौ जसले तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिन्छन्—तिमीहरूको आदर कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै आज्ञाकारीता वा आदर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र निन्दापूर्ण छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; प्रतिष्ठा; ख्याति र प्राप्तितिर; देहका मनोरञ्जनतिर, पुरुषको सुन्दरता र स्त्रीको आकर्षणतिर आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्ने योग्यको बनाउँछ? तिमीहरूको तस्विर परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको प्रतिष्ठा परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूको माझमा तिमीहरूका इज्जतको त झन् कुरै नगरौं—तिमीहरू एउटा मूर्ति बनेका छौ जसलाई मानिसहरूले पूजा गर्छन्। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरूलाई प्रकट गरिन्छ, जुन बेला मुक्तिको कामको पनि अन्त्य नजिकै आइपुगेको हुन्छ, त्यस बेला तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने र नष्ट पारिनु पर्ने लासहरू भइसकेका हुनेछौ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरलाई निन्दा गर्ने वा विरोध गर्ने वा उहाँलाई बदनाम समेत गर्नेहरूप्रति पनि—जानी-जानी उहाँलाई आक्रमण गर्ने, बदनाम गर्ने र सराप्‍ने मानिसहरू—तिनीहरूप्रति उहाँले आफ्नो आँखा चिम्लनुहुन्न वा आफ्नो कान बन्द गर्नुहुन्न तर तिनीहरूप्रति उहाँको स्पष्ट धारणा छ। उहाँले यी मानिसहरूलाई तुच्छ ठान्नुहुन्छ, अनि आफ्नो हृदयमा तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। तिनीहरूको परिणाम के हुनेछ भनी उहाँले खुल्लमखुल्ला घोषणा समेत गर्नुहुन्छ, ताकि उहाँलाई निन्दा गर्नेहरूप्रति उहाँको स्पष्ट धारणा छ भनी मानिसहरूले जान्न सकून् अनि उहाँले तिनीहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी तिनीहरूले जान्न सकून्। तथापि, परमेश्‍वरले यी कुराहरू भनिसक्‍नुभएपछि परमेश्‍वरले ती मानिसहरूलाई कसरी सम्‍हाल्‍नुहुन्छ भन्ने सत्यतालाई मानिसहरूले विरलै मात्र देख्न सके, अनि परमेश्‍वरले तिनीहरूको निम्ति जारी गर्नुभएको परिणाम र फैसलापछाडिको सिद्धान्तहरू तिनीहरूले बुझ्न सकेनन्। भन्‍नुको अर्थ, तिनीहरूलाई सम्‍हाल्‍नको निम्ति परमेश्‍वरसँग जुन पद्धति र विधिहरू छन्, तिनलाई मानिसहरूले देख्न सकेनन्। यो, कामहरू गर्ने परमेश्‍वरको सिद्धान्तहरूसित सम्बन्धित छ। परमेश्‍वरले केही मानिसहरूको खराब आचरणको निराकरण गर्न तथ्यहरूको घटनालाई प्रयोग गर्नुहुन्छ। यसको अर्थ, उहाँले तिनीहरूको पापको घोषणा गर्नुहुन्न र त्यसको परिणाम निर्धारण गर्नुहुन्न तर तिनीहरूको भागमा परेको दण्ड र उचित बदला दिन उहाँले प्रत्यक्ष रूपमा तथ्यहरूको घटना प्रयोग गर्नुहुन्छ। जब यी तथ्यहरूको घटना घट्छन्, तब मानिसहरूको देहले दण्ड भोग्नेछन्, यसको अर्थ, यो मानव आँखाहरूले देख्न सक्ने दण्ड हुन्छ। केही मानिसहरूको खराब आचरणको निराकरण गर्दा परमेश्‍वरले तिनीहरूलाई केवल वचनहरूले सराप्नुहुन्छ अनि तिनीहरूमाथि उहाँको रिस आउँछ तर तिनीहरूले पाउने दण्ड मानिसहरूले देख्न नसक्ने कुरा हुनसक्छ। तथापि, यस्तो प्रकारको परिणाम दण्ड दिइनु वा मारिनु जस्ता मानिसहरूले देख्न सक्ने परिणामहरूभन्दा बढी गम्भीर पनि हुनसक्छन्। यसको कारण, यस्तो मानिसलाई नबचाउने, तिनीहरूलाई कृपा वा सहनशीलता नदेखाउने अनि तिनीहरूलाई अब उप्रान्त कुनै अवसरहरू नदिने भनी परमेश्‍वरले निर्धारण गर्नुभएको परिस्थितिहरूमा उहाँले तिनीहरूप्रति गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई पन्छ्याउने नै हुन्छ।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सबै दुष्ट कर्म गर्नेहरू र सबै धर्मीहरू आखिर सृष्टिहरू नै हुन्। दुष्ट काम गर्ने सृष्टिहरूलाई अन्तमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टिहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्ट काम गर्नेहरू उनीहरूका अनाज्ञाकारिताको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टिहरू हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्ने तथ्यको आधारमा आफैलाई धार्मिक रूपमा आचरण गर्ने सृष्टिहरूले उनीहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरप्रति अनाज्ञाकारी हुने सृष्टिहरू हुन्; उनीहरू मुक्त हुन नसकिने सृष्टिहरू हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिसहरू नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टिहरू नै हुन्, त्यसरी नै धार्मिक आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी धार्मिक आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्ने चाहिँ होइन। आफ्ना सृष्टिहरू माझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र रद्द गरिनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणामहरू हुन्, र तिनीहरू परमेश्‍वरका सृष्टिहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले कुन आधारमा व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्