म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन्, तर मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायद्वारा फैलाइएका सबै झूट र गलत कुराहरूद्वारा धोखामा परेको छ। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्‍ने सबै कुरा गर्छन्। म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण मेरो परिवारबाट अलग हुन चाहन्नँ, तर न त म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई त्यागेर परमेश्‍वरको मुक्ति पाउने मौका नै गुमाउन चाहन्छु। मैले गर्नुपर्ने सही कुरा के हो?

7 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो लायक हुँदैन” (मत्ती १०:३७-३८)

“धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:१०)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटको लागि तिमीहरूलाई दोष लगाइन भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यलाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकी दोधारेहरूले एउटा हातले पैसा हडप्नेथिए र अर्को हातले सत्यता टिप्नेथिए। तिमीहरूको साँचो रङ त्यसपछि आफै स्पष्ट नहोलान् त? तिमीहरूले सत्यता र तिमीहरू निष्ठावान् भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही छनौट गर्थ्यौ र तिमीहरूको मनोवृत्ति उस्तै रहन्थ्यो। के त्यो यस्तै हो नि, होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचको प्रतिस्पर्धामा, तिमीहरूले परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, शान्ति र अवरोध, सम्पत्ति र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र पन्छाइनु र यस्तै अन्य कुराहरूको बीचमा तिमीहरूले गरेको छनौटको बारेमा तिमीहरूलाई अवश्य नै थाहा होला। शान्तिपूर्ण परिवार र टुक्रिएको परिवारको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने[क] इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान अनि मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणा र सत्यताको बीचमा, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथिको विश्‍वासलाई गुमाएको छु। तिमीहरूको हृदय यसलाई कोमल बनाउने कार्यप्रति अत्यन्तै प्रतिरोधी छ भन्‍ने कुराले मलाई साँच्‍चै अचम्‍मित पार्छ। समर्पण र प्रयासका धेरै वर्षहरूले स्पष्ट रूपमा मलाई तिमीहरूको परित्याग र निराशाभन्दा धेरै अरू केही दिएन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अँध्यारो र दुष्ट कुराहरूको खोजमा छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको सानो टुक्रा बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्‍वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्‍नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्‍वास, तैँले सर्वशक्तिमान्‌बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्‍ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्‍नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्‍नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्‍ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्‍न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्‍ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्‍चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष्‌ फेरि पाउन सक्‍नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्‍नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्‍नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्‌भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्‍वास छ भने, र यदि तैँले आफ्नो विश्‍वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्‍वास र जीवनको लागि लाभदायक हुँदैन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन, र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌, र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्नसक्छस्‌? एउटा सत्यताको खातिर तैँले पापमय स्वभावका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ। यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, उनीहरूले परमेश्‍वरलाई घृणा गर्छन्, र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घृणा गर्न सक्छस्? केही मानिसहरूले परमेश्‍वरको विरोध गर्न, र परमेश्‍वरको निन्दा गर्न सक्छन्—जुन अवस्थामा, निश्‍चित रूपमा परमेश्‍वरले उनीहरूलाई घृणा गर्नुहुन्छ र श्राप दिनुहुन्छ। के तँ पनि उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तँ उनीहरूसित कस्तो व्यवहार गर्छस्? परमेश्‍वरका वचनहरूले भनेअनुसार, परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्? … जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यो भनाइ अनुग्रहको युगमा पहिले नै चलनचल्तीमा थियो, र अहिले परमेश्‍वरका वचनहरू अझ उपयुक्त छन्: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “तिम्रा बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र तिमी आफैलाई चिन्न सक्छौ”

अय्यूबले प्रेम र घृणालाई छुट्ट्याएका

अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्नी बीचको यो बातचितमा प्रकट गरिएको छ: “तब तिनकी श्रीमतीले उनलाई भनिन्, के तपाईं अझ पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर उनले तिनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ? के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने? यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूले पाप गरेनन्” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्नीले तिनलाई त्यस पीडाबाट बच्न सहायता गर्नका लागि सल्लाह दिन खोजी, तर उसका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेन; बरु ती कुराले तिनलाई रिस उठायो, किनकि उसले यहोवा परमेश्‍वरमाथिको तिनको विश्‍वास र आज्ञापालनलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्‍वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबलाई यो साह्रै असहनीय भयो, किनकि तिनले कहिल्यै पनि परमेश्‍वरको विरुद्ध वा उहाँलाई चोट पुर्‍याउने वा अरूको विषयमा केही भन्ने काम कहिल्यै पनि गरेका थिएनन्। अरूले परमेश्‍वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्नीलाई “मूर्ख स्त्री” भनी भने। आफ्नी पत्‍नीप्रति अय्यूबको आचरण क्रोध र घृणाले भरिएको, साथसाथै निन्दा र हप्काई मिसिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणा बीचको भिन्नता छुट्ट्याउने—र यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको भाव थियो—जसले तिनलाई दुष्टताको बतास र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू, र हाँसो लाग्दा दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि भीडहरूले तिनलाई अस्वीकार गर्दा अनि नजिकका मानिसहरूले तिनलाई त्याग्दा यसले तिनलाई आफैमा, सही सिद्धान्तहरू र अडानमा सत्य रहने व्यक्ति तुल्यायो।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्‌ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्‍नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ११

विश्‍वास गर्ने पति र अविश्‍वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र विश्‍वास नगर्ने आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दो किसिमका प्राणीहरू हुन्। उनीहरूका कर्तव्यहरू पूरा गर्ने प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना अविश्‍वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरप्रति अनाज्ञाकारीहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

फूटनोट:

क. किनारामा फर्किने: एक चिनियाँ उखान, जसको अर्थ “आफ्नै दुष्ट मार्गहरूबाट फर्कनु” भन्‍ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म स्वीकार गर्दछु, कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा प्रचार गरिएको कुरा साँचो बाटो हो, तर पाष्टरहरू र एल्डरहरूले फैलाएका झूट र गलत कुराहरूद्वारा धोखामा परेकाले हाम्रो मण्डलीका मानिसहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति शत्रुवत् छन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेपछि, मेरो पुरानो मण्डलीका मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई अस्वीकार र बदनाम गर्नेछन् भन्‍ने मलाई चिन्ता लागेको छ। मेरो कद धेरै सानो छ, र म यो सबको सामना गर्न सक्‍ने गरी साहसी छैन—म के गरूँ?

सन्दर्भका लागि बाइबल पदहरू: “तैपनि, मुख्य शासकहरूमध्ये पनि धेरैले उहाँलाई विश्‍वास गरेका थिए; तर फरिसीहरूको डरले गर्दा, तिनीहरूलाई...

हालै, सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गती र गवाहीहरू सुनेपछि, मैले मेरो निम्ति धेरै प्रबन्ध गरिएको र मेरो आत्मामा सुधार भएको महसुस गरें। मैले प्रभुको आराधनामा बिताएका वर्षहरूमा भन्दा अहिले धेरै कुराहरू बुझेको छु, त्यसैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुपर्छ। तर जब मेरा पाष्टरले मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्दैछु भनी थाहा पाए, उनले मलाई रोक्ने सक्दो कोसिस गरिरहेका छ। उनले मलाई हरेक दिन यसको बारेमा धेरै दुःख दिन्छ। उनले मेरो परिवारलाई ममाथि नजर राख्नु र मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न वा मण्डलीको सन्देशहरू सुन्न नदिनु समेत भनेको छ। मलाई भित्री रूपमा साँच्चै चोट पुगेको छ। मैले यी कुराहरूलाई कसरी अनुभव गर्नुपर्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्