उठाइलगिनु भनेको वास्तवमा के हो, र कसरी कुनै व्यक्ति परमेश्‍वरको सिंहासनअघि उचाली लगिन सक्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूका हृदयमा परमेश्‍वरप्रति प्रेम उत्पन्न हुँदछ, जो आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ भन्ने आफ्नो विश्‍वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो पहाड जस्तै अटल छ! र यो कहिल्यै पनि परिवर्तन हुँदैन!

हे सर्वशक्तिमान् परमेश्‍वर! आज तपाईं नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्‍धालाई देख्ने, लङ्गडोलाई हिँड्ने, कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईं नै हुनुहुन्छ, जसले स्वर्गको ढोका खोल्नुभएको छ, जसले हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू बुझ्ने अनुमति दिनुभएको छ। तपाईंका पवित्र वचनहरूद्वारा व्याप्त भएर अनि हाम्रो मानवताबाट मुक्त पारेर, जुन शैतानद्वारा भ्रष्ट पारिएको थियो—अनुमान गर्न नसकिने तपाईंको काम र अनुमान गर्न नसकिने तपाईंको कृपा यस्तो छ। हामी तपाईंका साक्षीहरू हौं।

तपाईं लामो समयसम्म लुकेर, नम्रतामा र चुपचाप रहनुभयो। तपाईं मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू र सतावट अनि कठिनाइ भोग्नुभयो; तपाईंले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्‍नुभएको छ, अनि तपाईंलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्‍वर स्वयम् नै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको इच्छाको खातिर तपाईंले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईंको दाहिने हातले माथि तान्नुभयो, र सित्तैँमा तपाईंको अनुग्रह दिनुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईंले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईंले आफ्नो रगत, पसिना र आँसुहरूले तिर्नुभएको दाम सन्तहरूमा स्पष्ट पारियो। हामी तपाईंका पीडादायक कोसिसहरूका फल[क] हौं; तपाईंले तिर्नुभएका दाम हामी नै हौं।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको दया र कृपा, तपाईंको धार्मिकता र प्रताप, तपाईंको पवित्रता र नम्रताले गर्दा सबै मानिसहरू तपाईंको अगि निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईंको आराधना गर्नेछन्।

आज तपाईंले सबै मण्डलीहरूलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि त्यसरी तपाईंको ६,००० वर्षको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईंमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईंको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईंको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईंको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसाहरू र नयाँ स्तुतिगानहरूका भेटीहरू नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर्, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २ बाट

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खट्टासम्म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको सोर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? विरोधले मृत्युमा पुर्‍याउँछ! तैंले आफ्नो हृदयमा सोच्‍ने, तैंले बोल्‍ने कुनै शब्द वा तैंले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्याय बाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले बाधा दिन्छौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँले ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकलाई व्यवस्थापन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

ती दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक समाप्त हुनेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! नबिर्सी! कुनै अस्पष्टता हुन सक्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! पश्चात्ताप गर, र मुक्ति नजिकै छ! म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज उठेको छ। मेरो आवाज तिमीहरूको अघि उठेको छ; प्रत्येक दिन यसले तेरो सामना गर्छ, तिमीहरूको आमनेसामने हुन्छ, र प्रत्येक दिन ताजा र नयाँ हुन्छ। तैंले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई स्वीकार गर्दैनस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित अनुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासनको सामनेका सातवटा आत्मालाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउँछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका अन्तस्करणहरूलाई जाँच गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरूले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। केवल तिनलाई खा र पिई, र शङ्का नगर्। जो-जो अधीनमा बस्छन् र मेरा वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्! जो कसैले गम्भीरतासाथ मेरो मुहारको खोजी गर्छन् तिनीहरूले निश्चय नयाँ प्रकाश, नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्; सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछ, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, यसरी तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्छस् र परमेश्‍वरको राज्यलाई मानिसहरूको बीचमा आएको देख्नेछस्। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछ; अनिकाल र महामारीले तँलाई छुन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस्, मसँग हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसारका सबै थोकहरू उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, सँगै बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, उहाँसँग राजसत्तामा सहभागी हुँदै, र परमेश्‍वरको राज्यमा सँगसँगै अस्तित्वमा रहँदै—अहो, यो कस्तो सुखद छ! अहो, यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौं, उहाँसँग हरेक दिन बोल्छौ र नियमित कुराकानी गर्छौं, र हरेक दिन नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त हुन्छ। हाम्रा आत्मिक आँखाहरू खोलिएका छन्, र हामी सबै कुरा देख्छौं; आत्माका सबै रहस्यहरू हामीलाई प्रकट गरिएका छन्। पवित्र जीवन साँच्चै चिन्ता मुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वादमा मात्र सन्तुष्ट नबन; परमेश्‍वरमा प्रवेश गर्ने निरन्तर कोसिस गरिराख। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, पदार्थ, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको नियन्त्रणभन्दा पार पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५ बाट

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान परमेश्‍वर नै अनन्त र पुनरुत्थान हुने जीवन हुनुहुन्छ, जुन पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा दिलाउनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थानित जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्‍वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौं, र उहाँमा रमाउन सकौं। यो त्यो निःस्वार्थ बलि हो जुन परमेश्‍वरले आफ्नो हृदय-रक्तको मूल्य चुकाएर सिर्जित गर्नुभएको हो।

मौसमहरू आउँछन् र जान्छन्, हावा र तुसारो हुँदै अघि बढ्छन्, जीवनका धेरै कष्ट, सतावट र संकष्टहरू, संसारका धेरै अस्वीकृति र आक्षेपहरूको सामना गर्छन्, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तैपनि न परमेश्‍वरको विश्‍वासमा न उहाँको संकल्पमा अलिकति नै कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, तिनलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। बहुविविधतामा रहेका उहाँका मानिसहरूको लागि, उहाँले पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई प्रेमिलो तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनुपर्छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै, उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।

सम्पूर्ण रूपले, खुशीसाथ, स्वेच्छाले परित्याग गरिएको यो संसार, घर, काम र सबै कुरा अनि सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरू हामीभित्र प्रवेश गर्दछ, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्‍वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँलाई थाहा हुन्‍न, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँले बुझ्नुहुन्‍न। हाम्रा आफ्‍नै योजना र व्यवस्थाहरूको बावजूद, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।

उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव खालीपन र परमेश्‍वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान परमेश्‍वर नै एकमात्र सच्चा परमेश्‍वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहका हामी अत्यन्तै धन्य छौं! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथियौं। केवल सर्वशक्तिमान परमेश्‍वरले नै हामीलाई उद्दार गर्न सक्नुहुन्छ!

हे! सर्वशक्तिमान परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक संसारका रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यका सम्भावनाहरू असीम छन्। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही हो।

हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान परमेश्‍वर, व्यावहारिक परमेश्‍वरले हाम्रो लागि त्यो गौरवशाली गन्तव्य तय गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५ बाट

सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले, सबै राष्ट्रहरू र सबै मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ र स्वर्गमुनिका सबै कुराहरू परमेश्‍वरको महिमाले चम्किन्छन्। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको चेहराको ज्योतीमा तिनीहरूको पर्दाहरू खुलागरि तानिएको छ, र तिनीहरू सपनाबाट व्युझे झैँ, तिनीहरू माटोमार्फत फुटीनिस्कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक सत्य परमेश्‍वर संसार सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समिप आउने साहस गर्छ? सबै डरले काम्दछन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। सबै मानिसहरू उहाँको अघि आफ्ना घुँडा टेक्छन्, र सबै मुखहरूले उहाँको आराधना गर्छन्! सबै महाद्वीपहरू, सागरहरू र, पर्वतहरू, नदीहरू—सबै थोकहरूले अनन्त रूपमा उहाँको प्रशंसा गर्दछन्! वसन्त ऋतु शुद्ध वसन्त झरी ल्याउँदै आफ्नो न्यानो वायुसँगै आउँछ। सबै मानिसहरू जस्तै, खोलाको प्रवाहहरू कृतज्ञता र आत्म-निन्दाको आँसु झार्दै, दुःख र आनन्दसँगै, बग्दछ। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले सत्य परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै, गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्णरूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो धेरै सुमधुर आवाज सिंहासनको वाणी हो, जसले समय आएको छ, अन्तिम अन्त्य आएको छ भनी हरेक राष्ट्र र मानिसलाई घोषणा गर्दछ। मेरो व्यवस्थापनको योजना सकिएको छ। मेरो राज्य पृथ्वीमा खुला रूपमा देखिएको छ। संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्‍वर हुँ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको अन्तिम छेउहरूबाट मानिसहरू कोही समुद्रमा पानीजहाज चलाउँदै, कोही हवाइजहाजमा उड्दै, कोही हरेक आकार र आकृतिको गाडीहरूमा चढ्दै, कोही घोडाको पिठ्युँमा चढ्दै, हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्। ध्यान दिएर हेर्। ध्यानपुर्वक सुन्। हरेक रंगका यी घोडाहरूका सवारहरूका शक्तिशाली र भव्य, आत्माहरू जागिउठ्यो, युद्धको मैदान जिते झैँ, मृत्युप्रति उदासीन छन्। साथमा घोडाहरूको हिनहिनाई र साँचो परमेश्‍वरको लागि मानिसहरू कराएको हल्ला, धेरै पुरुषहरू, महिलाहरू, र बालबालिकाहरू एकछिनमै तिनीहरूका खुरहरूले कुल्चिएका हुनेछन्। केही मरेका हुनेछन्, केही आफ्नो अन्तिम श्‍वास लिइरहेका हुनेछन्, केही टुक्रिएका हुनेछन्, तिनीहरूलाई रेखदेख गर्ने कोही हुनेछैनन्, अनियन्त्रित रूपमा कराउँदै, पीडामा चिच्याउनेछन्। विद्रोहका छोराहरू! के यो तिमीहरूको अन्तिम नतिजा होइन र?

मेरो आवाज सुन्‍ने र हरेक राष्ट्र र भूमिबाट एकत्र हुने मेरा मानिसहरूमाथि म आनन्दसाथ नजर लगाउँछु। सबै मानिसहरू साँचो परमेश्‍वरलाई सधैँ आफ्नो सामुन्‍ने राख्दै आनन्दले निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! उनीहरू संसारको लागि साक्षी हुन्छन्, र साँचो परमेश्‍वरप्रति उनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। सबै मानिसहरू मेरो राज्यभित्र भेला हुनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्युँताउछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेका छस्? अब उप्रान्त हठी नहोओ न त खेलबाड गर्। यो मौकालाई नगुमाओ। यो समय फेरी आउनेछैन! यही घडी उठ, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तैँले मेरो स्वभाव जियाउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरो पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिरह, सडकको अन्त्य नआएसम्म सिधा बढिरह!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको लागि बोलाइएको हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्रले परमेश्‍वरको अघि आत्मसमर्पण गर्नेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्णरूपमा विश्‍वस्त हुनेछन्, र साँचो परमेश्‍वरसँग अनन्तसम्म प्रशंसा गर्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरूले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै मसँग महिमामा भाग लिनेछन् र राज्याधिकार बाँडनेछन्। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलस शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, सलाम छ जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! एउटा आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको कुरा दर्शाउँछ कि राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। एक पटक तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारी सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरूले प्रभावकारी हुनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६ बाट

मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊसँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। जब उहाँ आफ्‍नो काम गर्नुहुन्छ तब परमेश्‍वरले उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वर देखा पर्नुको उद्देश्य भनेको कुनै स्वरूप वा राष्ट्रको अवरोधहरूबाट स्वतन्त्र भई उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछ। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचनहरू र इच्छा बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरको इच्छाको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

फूटनोट:

क. मूल पाठमा “का फल” भन्ने वाक्यांश समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

“उठाइलगिनु” भनेको वास्तवमै आकाशमा लगिनु हो कि स्वर्गमा लगिनु हो र स्वर्गीय राज्य पृथ्वीमा छ कि स्वर्गमा छ

सन्दर्भका लागि बाइबल पदहरू:“हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्