तपाईं यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्‍वर सबै विभिन्न युगहरूमा परमेश्‍वरले लिनुभएका नाउँहरू हुन् भनी गवाही दिनुहुन्छ। म सोध्न चाहन्छु, परमेश्‍वरले किन विभिन्न युगहरूमा विभिन्न नाउँहरू अपनाउनुहुन्छ? यसको महत्त्व के हो?

6 फ्रेवुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

प्रत्येक युगमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुने कामले उहाँको वास्तविक स्वभावको प्रकट गरेको हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाम येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्‍वरको स्वभाव स्पष्ट हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले मानिसलाई टिठ्याउनुहुन्छ, मानिसलाई सराप दिनुहुन्छ, मानिसको जीवनको मार्गदर्शन गर्नुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, याकूबका परमेश्‍वर, मोशाका परमेश्‍वर र इस्राएलका सारा मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हालको युगमा, यहूदी मानिसहरू बाहेक सारा इस्राएलीहरूले यहोवाको आराधना गर्छन्। तिनीहरूले उहाँलाई वेदीमा बलि चढाउँछन् र पूजाहारीको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्छन्। तिनीहरूले आशा गर्ने कुराचाहिँ यहोवाको पुर्नउदय हो। येशू मात्र मानवजातिको उद्धारक हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट उद्धार गर्ने पापबलि हुनुहुन्छ। जसको तात्पर्य, येशूको नाउँ अनुग्रहको युगबाट आयो र अनुग्रहको युगमा उद्धारको कामको कारणले अस्तित्वमा आयो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। कामको हरेक युग र हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो। “येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा उद्धार पाएकाहरू सबैका परमेश्‍वरको नाउँ हो। यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा बहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षको व्यवस्थापन योजना उद्धारको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाको विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो समग्र स्वभाव र म जे छु सो सारा कुरालाई व्यक्त गर्न सक्दैनन्। तिनीहरू विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब अन्तिम युग—आखिरी दिनहरूको युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली सर्वशक्तिमान परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु। म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

— वचन देहमा देखा पर्नुहुन्छको “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट उद्धृत गरिएको

अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। यसैले, आज पनि यहोवाका वचनहरू खाने र पिउने मानिसहरू र अझै पनि सबै कुरा व्यवस्थाको युगको अनुसार गर्नेहरू—के तैँले अन्धाधुन्ध नियमहरू पालन गरिरहेको छैनस् र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनी भन्नुभएको थियो, तापनि उहाँ आउनुहुँदा उहाँलाई मसीह भनिएन, तर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के उहाँ व्यक्तिगत रूपले सेतो बादलमा मानिसहरूकहाँ आउन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवेको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ भनी निश्‍चय गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट उद्धृत गरिएको

प्रत्येक युगमा परमेश्‍वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्‍ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्‍वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्‍वरलाई यहोवा भन्नुबाहेक अरू अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्‍वर होइन। वा अन्यथा परमेश्‍वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्‍वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्‍वर पनि परमेश्‍वर हुनुहुन्न। मानिसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनी विश्‍वास गर्दछ, तर परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ, जो मानिससँग हुनुहुन्छ, र उहाँलाई येशू भन्नुपर्छ, किनकि परमेश्‍वर मानिससँग हुनुहुन्छ। यसो गर्नु भनेको सिद्धान्त अनुरूप हुनु, र परमेश्‍वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्‍वरले गर्नुहुने काम, जुन नाउँद्वारा उहाँ बोलाइनुहुन्छ, र उहाँले धारण गर्नुभएको स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—ती सबैले एउटै मात्र नियम पालन गर्दैनन्, र कुनै पनि प्रकारको सीमामा बाँधिएका छैनन्। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्‍वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। नयाँ करारको अनुग्रहको युगमा येशूले गर्नुभएको काम त्यो युगलाई डोऱ्याउनुका निम्ति परमेश्‍वरले येशूको नाउँमा गर्नुभएको काम थियो। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नुबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

के येशूको “परमेश्‍वर हामीसँग” भन्ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, सम्मानित, अचम्मका, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान र यस्तै अन्य। धेरै वटा शब्दहरू! यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। यसैले, मानिसका निम्ति परमेश्‍वरका नाउँ धेरै छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको अस्तित्व प्रशस्त भएकोले र मानिसको भाषा अति दुर्बल भएको गर्दा यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्‍वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ, तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँको खोजी गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरू किन खानु न पिउनु हुँदै आफ्नो दिमागलाई नामकै खातिर यातना दिन्छौ? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अहिले पनि परमेश्‍वरको नाउँ खोजिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् उहाँको सृष्टिको आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ कुनै यस्तो कुरा होइन जुन मानिसले उछिन्‍न सक्छ! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अचम्मका, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जानेको थोरै कुरा यति मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्