परमेश्‍वरको मण्डली र धार्मिक समूहहरू भनेका के हुन्

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरको घर वास्तवमा के हो त? यदि यसलाई सैद्धान्तिक रूपमा परिभाषित गर्ने हो भने, परमेश्‍वरको घर त्यो ठाउँ हो जहाँ सत्यताले शासन गर्छ, परमेश्‍वरका वचनहरूलाई आफ्नो अभ्यासका सिद्धान्तहरूका रूपमा लिएका मानिसहरूको जनसमूह हो। … परमेश्‍वरको घर त्यो ठाउँ हो जहाँ परमेश्‍वरले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, जहाँ परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ, जहाँ मानिसहरूद्वारा परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिन्छ र फलवन्त तुल्याइन्छ, जहाँ परमेश्‍वरको उद्देश्य र इच्छालाई कुनै अवरोधविना अघि बढाइन्छ, र जहाँ परमेश्‍वरको व्यवस्थापन योजनालाई कार्यान्वयन र हासिल गरिन्छ। सारांशमा, परमेश्‍वरको घर त्यो स्थान हो जहाँ परमेश्‍वरको शक्ति हुन्छ, जहाँ परमेश्‍वरका वचनहरू र सत्यताले शासन गर्छन्; यो व्यक्तिले आफ्नो अख्तियार प्रयोग गर्ने, आफ्नै कार्य-व्यवस्थापन सञ्चालन गर्ने, वा आफ्नै इच्छा, युक्ति वा बृहत् योजना हासिल गर्ने स्थान होइन।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले परमेश्‍वरको घरलाई तिनीहरूको आफ्नै व्यक्तिगत घरपरिवारजस्तै व्यवहार गर्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र मागयही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास” बाट उद्धृत गरिएको

“तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, मैले कृपा प्राप्त गर्नेछु, र बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूको निम्नि परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, “एक जना” ले कसलाई गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्छ, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “मैले कृपा प्राप्त गर्नेछु, र बलिदान होइन।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति सार उही नै छ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

मण्डलीमा जति नै धेरै मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गरे पनि, तिनीहरू दुई जना वा दर्जनौं भए पनि, तिनीहरूले पवित्र आत्माको काम गुमाएको क्षण, तिनीहरूले परमेश्‍वरको कामको अनुभव गरिरहेका हुँदैनन्, र परमेश्‍वरको कामसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन र परमेश्‍वरको काममा तिनीहरूको कुनै भूमिका हुँदैन। तिनीहरू धार्मिक समूह बनिसकेका हुन्छन्। के यी मानिसहरू ठूलो खतरामा हुँदैनन् र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कहिल्यै पनि प्रार्थना गर्दैनन् वा सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्छन् र अरूले भनेअनुसार काम गर्छन्, अरूले दिएको इसारामा काम गर्छन्। अरूले जता-जता देखाउँछन्, तिनीहरू आफै त्यता-त्यतै जान्छन्। तिनीहरूको विश्‍वासमा, तिनीहरूलाई सत्यताको खोजी-कार्य अस्पष्ट र कष्टप्रद लाग्छ, जबकि अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा व्यावहारिक लाग्छ, त्यसैले तिनीहरूले हरेक कामकुरामा अरूलाई सोध्दै र अरूले भनेअनुसार गर्दै जुन काम सबैभन्दा सरल र पीडाहीन हुन्छ त्यही गर्छन्। परिणामस्वरूप, धेरै वर्षसम्म विश्‍वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एक पटक पनि प्रार्थना गर्न र उहाँको इच्छा र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्‍वरको इच्छाअनुसार कार्य र व्यवहार गर्न परमेश्‍वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्‍वरमाथिको विश्‍वासको अभ्यास गर्छन् त? मलाई अचम्म लाग्छ: किन होला केही मानिसहरू कुनै समूहको हिस्सा बन्नेबित्तिकै, तिनीहरू सहजै स्वरूपको हिसाबमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिबाट मानिसमा विश्‍वास गर्ने व्यक्तिमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिबाट मानिसलाई पछ्याउने व्यक्तिमा तुरुन्तै परिणत हुन्छन्? किन तिनीहरू त्यति चाँडै परिवर्तन हुन्छन्? किन तिनीहरू वर्षौंसम्म परमेश्‍वरमा विश्‍वास गरेर पनि त्यस प्रकारले व्यवहार गर्छन्? तिनीहरूले यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर अनौठो कुरा, तिनीहरूको हृदयमा परमेश्‍वरले कहिल्यै पनि कुनै स्थान पाउनुभएको हुँदैन। परमेश्‍वरसँग तिनीहरूको कहिल्यै पनि कुनै सम्बन्ध स्थापित भएको हुँदैन। तिनीहरूका कार्यहरू, वचनहरू, जीवन, तिनीहरूको चाल-चलन र मामला सम्हाल्ने शैली, र तिनीहरूको कर्तव्य प्रदर्शन र परमेश्‍वरप्रतिको सेवासमेत—तिनीहरूले गर्ने सबै कामकुराहरू, तिनीहरूले व्यक्त गर्ने सबै कुराहरू, र तिनीहरूको हरेक सोच वा विचारसमेत—यीमध्ये कुनै कुराको पनि परमेश्‍वरमाथिको विश्‍वाससँग कुनै सम्बन्ध हुँदैन। त्यसकारण, के यो व्यक्ति साँचो विश्‍वासीहरूमध्येको एक हो त? के कसैको विश्‍वासका वर्षहरूको कूल सङ्ख्याले परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूको कद कति ठूलो छ भन्ने कुरालाई प्रकट गर्न सक्छ त? के यो परमेश्‍वरसँग तिनीहरूको सामान्य सम्बन्ध छ भन्ने कुराको प्रमाण हो त? कदापि होइन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरूले सत्यतालाई पालना गर्नुपर्ने केही नियमहरूको रूपमा मात्र लिन्छन् भने, के तिनीहरूको विश्‍वास केही धार्मिक विधिविधानमा परिणत हुने सम्भावना हुँदैन र? अनि त्यस्ता धार्मिक समारोहहरू र इसाई धर्मबीचमा के-कस्ता भिन्नताहरू छन् त? यी मानिसहरूले भन्छन् त्यसको शैलीमा झनै गहन र झनै प्रगतिशील हुन सक्छन्, तर यदि तिनीहरूको विश्‍वास नियमहरूमा र कुनै प्रकारको विधिमा परिणत भएको छ भने, के त्यसको मतलब त्यो विश्‍वास इसाई धर्ममा परिवर्तन भएको छ भन्ने हुँदैन र? (हो, हुन्छ।) यी कुराहरू पुराना शिक्षा र नयाँ शिक्षाका भिन्नताहरू हुन्, तर यदि शिक्षाहरू सिद्धान्त मात्र भए भने, र ती मानिसहरूको लागि केवल विधिविधान वा नियम बनेका छन् भने—त्यसै गरी, मानिसहरूले यसबाट न त सत्यता नै प्राप्त गर्न सक्छन्, न त सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्छन् भने—के तिनीहरूको विश्‍वास इसाई धर्मजस्तै भएको हुँदैन र? सारमा, के यो इसाई धर्म होइन र? (हो, यो इसाई धर्म नै हो।) त्यसो भए, तिमीहरूको व्यवहारमा र तिमीहरूले आफ्ना कर्तव्यहरू निभाउँदा, के-कस्ता कामकुराहरूमा तिमीहरूका दृष्टिकोण र विचारहरू इसाई धर्ममा विश्‍वास गर्नेहरूको जस्तै वा उस्तै प्रकारको हुन्छ त? (नियम पालना गर्ने अनि अक्षरहरू र धर्मसिद्धान्तहरूले आफूलाई सुसज्जित गर्ने कार्यमा।) (आत्मिक देखिने स्वरूप र असल व्यवहार देखाउने, अनि भक्त र नम्र बन्ने कुरामा जोड दिने कार्यमा।) तिमीहरू बाहिरी रूपमा असल व्यवहार देखाउँछौ, आफैलाई एक प्रकारको आत्मिक स्वरूपको आवरणमा राखेर प्रस्तुत हुन सक्दो गर्छौ र तिमीहरूले सच्चरित्रवान् भएको बहाना गर्दै सापेक्षित रूपमा मानव धारणहरू र कल्‍पनाहरूमा स्वीकृत कामकुराहरू गर्छौ। तिमीहरू उच्च मञ्चमा उभिएर अक्षर र धर्मसिद्धान्तहरूको प्रचार गर्छौ, मानिसहरूलाई असल बन्न, सच्चरित्रवान् बन्न र सत्यतालाई बुझ्न सिकाउँछौ; तिमीहरू सही आत्मिक कुराहरू बताउँदै आत्मिक धर्मसिद्धान्हरूको प्रवचन गर्छौ; तिमीहरू आत्मिक भएको तडकभडक देखाउँछौ र आफूले भन्ने र गर्ने हरेक कामकुराहरूमा सतही आत्मिकताको भाव झल्काउँछौ, तैपनि अभ्यासमा र आफ्नो कर्तव्य निभाउने कार्यमा भने तिमीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनौ। तिमीहरूले कुनै समस्याको सामना गर्नेबित्तिकै परमेश्‍वरलाई एकातिर हुत्याउँदै पूर्ण रूपमा मानव इच्छाअनुसार काम गर्छौ। तिमीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गरेका छैनौ, न त तिमीहरूलाई सत्यता के हो, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, वा उहाँले मानिसले पालना गर्नुपर्ने भनी आवश्यक गर्नुभएका मापदण्डहरू के-के हुन् भन्नेबारेमा नै केही थाहा छ; तिमीहरूले यी कुराहरूलाई कहिल्यै पनि गम्भीर रूपमा लिएका छैनौ वा न त तिमीहरूले आफैलाई यी कुराहरूसँग सम्बन्धित समेत गराएका छौ। के मानिसहरूका त्यस्ता बाह्य कार्यहरू र आन्तरिक स्थितिहरूमा—अर्थात, यस प्रकारको विश्‍वासमा—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्य सामेल हुन्छ? यदि मानिसहरूको विश्‍वास र सत्यताको खोजीमा कुनै सम्बन्ध हुँदैन भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् कि गर्दैनन्? सत्यताको खोजीमा कुनै सम्बन्ध नभएका मानिसहरूले जति नै धेरै वर्ष उहाँलाई विश्‍वास गरे पनि, तिनीहरूले साँचो रूपले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन् कि सक्दैनन्? (तिनीहरूले सक्दैनन्।) त्यसो भए, त्यस्ता मानिसहरूको बाह्य व्यवहार के हो त? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन् त? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन् त? के त्यो अक्षर र धर्मसिद्धान्तहरू होइन र? के तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउनको लागि अक्षर र धर्मसिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्दै, आभूषित गर्दै दिनहरू बिताउँदैनन् र? यी कार्यहरूको प्रकृति के हो त? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका हुन्छन् त? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका हुन्छन्; तिनीहरू केवल प्रक्रियाका चरणहरूको औपचारिकता निभाइरहेका हुन्छन् र धार्मिक समारोहमा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्नको लागि विश्‍वासको झण्डा हल्लाइरहेका हुन्छन् र धार्मिक रीतिरिवाजको काम गरिरहेका हुन्छन्, र परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका हुन्छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, के त्यस्ता मानिसहरूको समूह परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने र परमेश्‍वरलाई तथाकथित रूपमा विश्‍वास गर्ने र पछयाउनेहरूजस्तै बन्दैनन् र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरले यहोवामा विश्‍वास गर्नेहरूको धर्मलाई के नाम दिनुहुन्छ? यहूदी धर्म। तिनीहरू एक प्रकारको धार्मिक समूह बने। अनि परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको धर्मलाई कस्तो पदवी नाम दिनुहुन्छ? (इसाई धर्म।) परमेश्‍वरको नजरमा, यहूदी धर्म र इसाई धर्मले धार्मिक समूहहरूको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले तिनीहरूलाई किन त्यसरी परिभाषित गर्नुहुन्छ त? परमेश्‍वरले परिभाषित गर्नुभएका यी धार्मिक समूहहरूका सबै सदस्यहरूमाझ, के परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, उहाँको इच्छाअनुसार कार्य गर्ने, र उहाँको बाटो पछ्याउने कोही छ? (छैन।) यसले कुरा स्पष्ट पार्छ। के परमेश्‍वरको नजरमा नाम मात्रको शैलीमा उहाँलाई पछ्याउनेहरू उहाँले विश्‍वासीहरू भनी स्वीकार गर्नुभएका व्यक्तिहरू बन्न सक्छन् त? के तिनीहरू सबैको परमेश्‍वरसँग सम्बन्ध हुन्छ त? के तिनीहरू सबै उहाँको मुक्तिको पात्रहरू बन्न सक्छन् त? (सक्दैनन्।) त्यसो भए, कुनै दिन तिमीहरू परमेश्‍वरले धार्मिक समूह भनी हेर्नुहुने समूहमा परिणत हुनेछौ त? (यस्तो हुन सम्भव छ।) कुनै धार्मिक समूहमा परिणत हुनु—त्यो अकल्पनीय देखिन्छ। यदि मानिसहरू परमेश्‍वरको नजरमा कुनै धार्मिक समूहको हिस्सा बन्छन् भने, के तिनीहरूले उहाँबाट मुक्ति पाउन सक्‍नेछन् त? के तिनीहरू उहाँको घरका हुन् त? (होइन, तिनीहरू उहाँको घरका होइनन्।) त्यसो भए, सारांशित गर्ने कोसिस गरौं: साँचो परमेश्‍वरमा नामको मात्र विश्‍वास गर्ने यी मानिसहरू, जसलाई उहाँले धार्मिक समूहहरूका हुन् भन्ने ठान्‍नुहुन्छ—यी मानिसहरूले कस्तो बाटो हिँड्छन् त? के यस्ता मानिसहरू परमेश्‍वरको बाटोलाई कहिल्यै पनि नपछ्याईकनै विश्‍वासको झण्डा हल्लाउने र उहाँमा विश्‍वास गर्ने तर उहाँलाई कहिल्यै आराधना नगर्ने बरु उहाँलाई त्याग्ने बाटोमा हिँड्छन् भनेर भन्न सकिन्छ? यसको मतलब, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई त्याग्ने र उहाँको बाटो नपछ्याउने बाटोमा हिँड्छन्; तिनीहरूको बाटो त्यस्तो बाटो हो जसमा तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन् तर आराधना भने शैतानको गर्छन्, तिनीहरूले दियाबलसको आराधना गर्छन्, तिनीहरूले तिनीहरूका आफ्नै व्यवस्थापन अघि बढाउने र तिनीहरूको आफ्नै राज्य स्थापित गर्ने प्रयास गर्छन्। के यसको सार यही होइन र? के मानवजातिको मुक्ति सम्‍बन्धी व्यवस्थापन योजनासँग यस्ता मानिसहरूको कुनै सम्बन्ध हुन्छ त? (हुँदैन।) जति धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँले तिनीहरूको विश्‍वासलाई धर्म वा समूहको विश्‍वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्‍वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्‍वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्‍चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्‍वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्‍चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको नयाँ कामलाई स्वीकार र पालना गर्ने मण्डलीहरू आशिषित् हुन्छन्, जबकि उहाँको प्रतिरोध गर्ने हुँदा धार्मिक संसार परमेश्‍वरद्वारा श्रापित हुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्