परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

17 अगस्ट 2021

अलिशा, दक्षिण कोरिया

एक दिन मैले “परमेश्‍वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ” भन्‍ने शीर्षकको एउटा भजन भिडियो हेरेँ, जसले ममा गहिरो छाप पाऱ्यो। भजनका शब्दहरू यस्ता थिए: “मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पूर्वतिर पनि ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ, ताकि तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस्, तिनीहरू यससँगै संलग्न होऊन् र तिनीहरूले उपरान्त खोज्न नपरोस्। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, मैले तिनीहरूलाई इस्राएलको यहोवा परमेश्‍वर देख्ने, यहूदीहरूको ‘मालिक’, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, र आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कार्य मानिसलाई प्रकट गर्नेछु, अनि मलाई वर्षौँदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो सारा महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले जानून्, किनभने आखिरी दिनहरू आइसकेका छन्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)। यो भिडियोले मलाई साँच्‍चै प्रभावित गऱ्यो। आखिरी दिनहरूमा परमेश्‍वरले इस्राएलबाट पूर्वमा आफ्नो महिमा ल्याउनुहुन्छ। सारा राष्ट्रहरूमा सबैभन्दा धेरै परमेश्‍वरको विरोध गर्ने चीनमा, आफ्नो काम गर्दै र सत्य व्यक्त गर्दै सम्पूर्ण ब्रह्माण्डका सबै मानिसहरूलाई विजय गर्न र मुक्ति दिन, उहाँ देखा पर्नुभएको छ। परमेश्‍वरको सर्वशक्तिमान् क्षमता र बुद्धि यही हो। विगतमा म परमेश्‍वरको कामप्रति अपरिचित थिएँ। मेरो धारणाहरूका आधारमा, मलाई लाग्यो कि प्रभु फर्कनुभएपछि इस्राएलमा देखा पर्नुहुनेछ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि मात्र चीनमा परमेश्‍वर देखा पर्नु र काम गर्नुको असाधारण महत्त्वलाई बुझ्न सकेँ।

मैले सन् १९९७ मा प्रभुको विश्‍वास ग्रहण गरेँ, र म खोजी गर्ने उत्साहित व्यक्ति थिएँ। जब मसँग समय हुन्थ्यो म चर्चमा स्वयंसेवक काम गर्थेँ, र लगातार हरेक महिना दशांश दिन्थें। अप्रिल २०११ मा, म कामको लागि दक्षिण कोरिया आएकी थिएँ, र म काममा जति व्यस्त भए पनि, आइतवारको सेवामा उपस्थित हुने गर्थेँ। तर पाष्टरका प्रवचनहरू सधैँ उही पुराना नै हुन्थे। उपस्थितहरू या त टाउको हल्लाउथे या एकअर्कासँग गफ गर्थे। त्यहाँ कुनै आनन्द वा भरणपोषण हुँदैनथ्यो। समय बित्दै जाँदा, मैले सेवामा जाने चाहना गर्न छाडेँ। तर म एक इसाई भएकोले, सहभागी नहुनु मलाई पटक्कै राम्रो लागेन। त्यसैले मैले आफूलाई त्यहाँ गइराख्न बाध्य गरें।

त्यसपछि, संयोगले एक दिन, मैले मेरो चर्चकी एक पुरानो साथी भेटेँ। उनले मलाई उनको घरमा बोलाइन् र उनकी साथी ओडरी पनि आइन्। हामी पहिलो पटक भेटेका थियौं, तर हामी तुरुन्तै मिलिहाल्यौं। हामीले हाम्रो अवस्थाको बारेमा र चर्चमा भएको शून्यताको बारेमा पनि कुराकानी गर्यौं। ओडरीले हामीलाई बताइन् कि चर्चको उजाडपन मुख्यतः परमेश्‍वरले नयाँ काम गरिरहनुभएकोले गर्दा हो, र पवित्र आत्माको काम परिवर्तन भएको छ, र हामी परमेश्‍वरको देखापराइ र कामको खोजी गर्ने र उहाँको आवाज सुन्‍ने, बुद्धिमती कन्याहरूजस्ता हुनुपर्छ, र प्रभुलाई स्वागत गर्न र जीवित पानीको भरणपोषण प्राप्त गर्नका लागि यसो गर्नुपर्छ। उनले भनेको कुरा मलाई धेरै ज्ञानवर्द्धक लाग्यो। त्यसपछि, ओडरीले भनिन्: “प्रभु येशू फर्किसक्नुभएको छ, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देहधारी हुनुभई चीनमा आफ्नो काम गर्न देखा पर्नुभएको छ, र मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनको लागि उहाँले सत्यता व्यक्त गर्दै हुनुहुन्छ र परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गर्दै हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले राज्यको युग सुरु गर्नुभएको छ र अनुग्रहको युग समाप्त गर्नुभएको छ। आखिरी दिनहरूमा उहाँको काम स्वीकार्ने सबै व्यक्तिहरू परमेश्‍वरको सिंहासनसामु पुगेका बुद्धिमती कन्याहरू हुन्; तिनीहरूले परमेश्‍वरको वचनको प्रावधान प्राप्त गर्दैछन् र थुमाको विवाह भोजमा भाग लिइरहेका छन्।” ओडरीले भनेको कुराले म साँच्चै छक्क परेँ र उनको कुरा पत्याउन गाह्रो भयो: “प्रभु फर्किसक्‍नुभएको छ रे? र उहाँ चीनमा आउनुभएको छ रे? पुरानो र नयाँ नियमको समयमा, परमेश्‍वरले इस्राएलमा आफ्नो काम गर्नुभयो, र बाइबलमा यसो भनिएको छ: ‘त्यो दिन यरूशलेमको अघि पूर्वपट्टि रहेको जैतून पर्वतमा उहाँको पाउहरू खडा हुनेछन्, अनि त्यसपछि जैतून पर्वत पूर्व र पश्चिम गरी दुई भागमा विभाजित हुनेछ, र त्यहाँ एउटा निकै ठूलो उपत्यका बन्‍नेछ; अनि पर्वतको आधा भाग उत्तरतर्फ, र त्यसको आधा भाग दक्षिणतर्फ सर्नेछ(जकरिया १४:४)। आखिरी दिनहरूमा, प्रभु इस्राएलमा जैतून डाँडामा आउनुपर्छ। उहाँ कसरी चीनमा हुन सक्नुहुन्छ?” मैले मेरो अस्पष्टताबारे ओडरीलाई बताएँ।

उनी मुसुक्क हाँसिन् र भनिन्: “प्रभुको पुनः आगमनका भविष्यवाणी पूर्णतः रहस्यमय छन्। अगमवाणी पुरा भएपछि र परमेश्‍वरले कसरी आफ्नो काम गर्नुभएको छ त्यो देखेपछि मात्र हामीले तिनको अर्थ बुझ्न सक्छौं—त्यसपछि मात्र जोकसैले अगमवाणीहरूको अर्थ के थियो भनेर बुझ्न सक्छ। हामीले हाम्रा आफ्नै धारणा र कल्पनाहरूको आधारमा भविष्यवाणीहरूको शाब्दिक अर्थ लगाएर परमेश्‍वरको कामलाई सीमित पार्नु हुँदैन, किनभने यसो गर्दा हामी परमेश्‍वरको विरोध गर्न पुग्छौं। उदाहरणको लागि, फरिसीहरूलाई लिऊँ। तिनीहरूले मसीहको आगमनको भविष्यवाणीलाई हेर्न त हेरे, तर यसको शाब्दिक अर्थमा अल्झिए, र प्रभु आउनुहुँदा उहाँ मसीह कहलाइनुपर्छ भन्‍ने सोचे। फलस्वरूप, प्रभु येशू आउनुहुँदा र उहाँ मसीह नकहलाइनुहुँदा, तिनीहरूले यो अगमवाणीका वचनहरूसित मेल खाएन भनेर सोचेँ, अनि प्रभु येशूलाई इन्कार र विरोध गर्नमा आफ्ना सबै थोक लगाए। प्रभु येशूले प्रचार गर्नुभएका कुरा जति नै अख्तियारपूर्ण र शक्तिशाली भए पनि—तिनीहरूले त्यो स्वीकार गर्दै गरेनन्, र अन्ततः उहाँलाई क्रूसमा टाँगिछाडे। तिनीहरू परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। यदि हामी बाइबलका अगमवाणीका वचनहरूमा आधारित भई परमेश्‍वरको काम सीमित गर्छौं, र परमेश्‍वरको देखापराइ एवं कामका तथ्यहरूलाई अनुसन्धान गर्दैनौं भने, हामीले पनि फरिसीहरू जस्तै गल्ती गर्ने सम्भावना छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरकै घरबाट न्यायको काम सुरु गर्नुहुन्छ, मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यहरू व्यक्त गर्नुहुन्छ, जुन पूर्वमा देखिने चम्किलो प्रकाश जस्तो हुन्छ। केवल २० वर्षमा, आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको काम चीनभरि फैलिएको छ, र अब संसारका अन्य देशहरूमा पनि पुगेको छ। वचन देहमा देखा पर्नुहुन्छ, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको संग्रह, २० वटाभन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ, र संसारभरिका मानिसहरूका लागि खोजी र अनुसन्धान गर्न अनलाइनमा प्रकाशित गरिएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको काम बिजुलीझैँ फैलिएको छ, र पूर्वदेखि पश्‍चितमतर्फ चम्किएर सम्पूर्ण संसारमा हलचल मच्‍चाएको छ र यसरी प्रभु येशूको यो अगमवाणीलाई पूर्ण रूपमा पूरा गरेको छ: ‘जसरी बिजुली पूर्वबाट चम्किँदा पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। अनि, यसले मलाकीको पुस्तक १:११ मा गरिएको अगमवाणी पनि पूरा गरेको छ: ‘किनभने घाम उदाएदेखि अस्ताउञ्‍जेलसम्‍म नै अन्यजातिहरूका बिचमा मेरो नाउँ महान् हुनेछ…, सेनाहरूका यहोवा भन्‍नुहुन्‍छ।’” यो सुनेर, अचानक प्रष्ट भयो: प्रभु इस्राएलमा होइन, चीनमा फर्किनुभएको छ। र बाइबलले यसबारे धेरै अघि भविष्यवाणी गरेको थियो।

त्यसपछि, ओडरीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अंश पढेर सुनाउनुभयो: “वास्तवमा, परमेश्‍वर यावत् थोकको सार्वभौम हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीको परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूको मात्र परमेश्‍वर नै हुनुहुन्छ; उहाँ सबै सृजित प्राणीको परमेश्‍वर हुनुहुन्छ। उहाँको कामका अघिल्ला दुइटा चरण इस्राएलमा भएका थिए, र यसको परिणामस्वरूप मानिसहरूले निश्चित धारणाहरू विकास गरेका छन्। तिनीहरू यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयम्‌ले आफ्नो काम यहूदियामा सम्पन्न गर्नुभयो, र त्यसबाहेक, येशूले यो काम देहमा गर्नुभयो भनी विश्‍वास गर्छन्। कुरा जेसुकै भए पनि, तिनीहरू यो काम इस्राएलबाहिर फैलिएन भन्ने सोच्छन्। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमाथि काम गर्नुभएन; उहाँले इस्राएलीहरूमाथि मात्र काम गर्नुभयो। यसरी मानिसहरू विभिन्न धारणाहरू बनाउँछन्, र परमेश्‍वरको कामलाई एक निश्चित दायरासम्म सीमित गर्छन्। तिनीहरू भन्छन्, परमेश्‍वरले काम गर्दा चुनिएका मानिसहरूमाथि र इस्राएलमा नै गर्नुपर्छ; परमेश्‍वर इस्राएलीहरूबाहेक अरू कसैमाथि काम गर्नुहुन्न, न त उहाँको कामको अझ कुनै ठूलो दायरा नै छ। तिनीहरू देहधारी परमेश्‍वरलाई नियन्त्रणमा राख्ने कुरामा विशेष गरी कडिकडाइ गर्छन्, र उहाँलाई इस्राएलको सिमानाबाहिर जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणा मात्रै होइनन् र? परमेश्‍वरले सबै स्वर्ग र पृथ्वी अनि यावत् थोक बनाउनुभयो, उहाँले सबै सृजित प्राणी बनाउनुभयो, त्यसैले उहाँले आफ्नो काम इस्राएलमा मात्र कसरी सीमित गर्न सक्नुहुन्थ्यो र? यदि त्यसो भएको भए, उहाँले सबै सृजित प्राणी बनाउनुको के अर्थ हुन्थ्यो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजना इस्राएलमा मात्र नभई ब्रह्माण्डका हरेक व्यक्तिमाथि लागू गर्नुभएको छ। … यदि परमेश्‍वरले मानव धारणाहरूअनुसार काम गर्नुभएको भए, उहाँ इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुनेथियो, र यसरी उहाँले आफ्नो काम अन्यजाति राष्ट्रहरूमा फैलाउन सक्नुहुनेथिएन, किनकि उहाँ इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुनेथियो, र सबै सृजित प्राणीको परमेश्‍वर हुनुहुनेथिएन। अगमवाणीहरूले यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ, यो अन्यजाति राष्ट्रहरूसम्म फैलिनेछ भनी भनेका थिए। यो अगमवाणी किन गरियो? यदि परमेश्‍वर इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्र काम गर्नुहुनेथियो। यसबाहेक, उहाँले यो काम फैलाउनुहुनेथिएन, र त्यस्तो अगमवाणी गर्नुहुनेथिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, पक्कै पनि आफ्नो काम अन्यजाति राष्ट्रहरूमाझ, हरेक देश र सबै भूमिमा फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नैपर्छ; यो उहाँको योजना हो, किनकि उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने प्रभु, र सबै सृजित प्राणीको परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूमाथि, वा सम्पूर्ण यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्ने काम सम्पूर्ण ब्रह्माण्डको काम, र सम्पूर्ण मानवजातिको काम हो। आज उहाँले ठूलो रातो अजिङ्गरको देशमा—अन्यजाति राष्ट्रमा—गर्ने काम पनि सम्पूर्ण मानवजातिकै काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्थ्यो; त्यसैगरी, चीन पनि अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको आधार हुन सक्छ। के उहाँले अब ‘यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ’ भन्‍ने अगमवाणी पूरा गर्नुभएको छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सिर्जित प्राणीका प्रभु हुनुहुन्छ)

सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढिसकेपछि, ओडरीले सङ्गति गरिन्: “परमेश्‍वर सम्पूर्ण सृष्टिका प्रभु हुनुहुन्छ, उहाँले सारा ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ र सबै मानिसको भाग्यलाई नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्न, तर त्योभन्दा पनि बढी उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरसँग कुनै पनि देश र जोसुकै मानिसहरूको माझमा आफ्नो काम गर्ने अधिकार छ। तर उहाँ जुनसुकै देशमा देखा परेर काम गर्नुभए पनि, उहाँको काम मानवजातिप्रति लक्षित छ, र उनीहरूको विकासमा उनीहरूलाई अघि बढाउनका खातिर गरिन्छ। उदाहरणका लागि, व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो, उहाँको व्यवस्था घोषणा गर्नुभयो र व्यवस्थाको युग सुरुवात गर्नुभयो। त्यसपछि, यस भूमिलाई केन्द्रको रूपमा प्रयोग गर्दै, उहाँले बिस्तारै आफ्नो काम अन्य भूमिमा पनि विस्तार गर्नुभयो, ताकि सबै राष्ट्र र मानिसहरूले उहाँको नामलाई महान् मानेर सम्मान गरून्। अनुग्रहको युगमा, प्रभु येशूले यहूदियामा छुटकाराको काम गर्नुभयो। तर प्रभु येशूले यहूदीहरूलाई मात्र उद्धार गर्नुभएन, उहाँले सम्पूर्ण मानवजातिलाई उद्धार गर्नुभयो। अहिले, दुई हजार वर्षपछि, प्रभु येशूको सुसमाचार संसारको हरेक कुनामा फैलिएको छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ र उहाँले चीनमा देखा परेर काम गर्न सुरु गर्नुभएको छ, र यसलाई पछि सारा ब्रह्माण्डमा विस्तार गर्नुहुनेछ। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन र काम पूर्वबाट चम्किरहेका चम्किला ज्योतिजस्तै छन्, र पश्‍चिमका धेर देशहरूमाझ यिनलाई फैलाइँदै छ र यिनको बारेमा गवाही दिइँदै छ। विशाल जनसमूहले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनमा परमेश्‍वरको आवाज सुनेका छन्, र उहाँका वचनको न्याय र शुद्धीकरण स्वीकार गर्न परमेश्‍वरको सिंहासनको अगाडि आएका छन्। हामी देख्न सक्छौं कि जुनसुकै युग भए पनि, जब परमेश्‍वरले मानिसको बीचमा वा कुनै देशमा देखा पर्ने र काम गर्ने निर्णय गर्नुहुन्छ, उहाँले सधैँ काम गर्ने ठाउँ पहिले नै रोज्नुहुन्छ त्यसपछि, यो स्थानलाई उदाहरणको रूपमा प्रयोग गर्दै, मानिसलाई मुक्ति दिने उहाँको काम पूरा गर्न बिस्तारै आफ्नो काम अन्य स्थानहरूमा विस्तार गर्नुहुन्छ। यो परमेश्‍वरको कामको पछाडिको सिद्धान्त हो। यदि हामी हाम्रो धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छौं, र सोच्छौं, कि परमेश्‍वरले इस्राएलमा व्यवस्थाको युग र अनुग्रहको युगमा काम गर्नुभएकोले, परमेश्‍वर इस्राएलको मात्र परमेश्‍वर हुनुपर्दछ, सुसमाचार इस्राएलबाट मात्र आउन सक्छ, इस्राएलका मानिसहरू मात्र परमेश्‍वरका वास्तविक चुनिएका मानिसहरू हुन् र केवल उनीहरू मात्र उहाँको आशीर्वाद पाउन योग्य छन्, र अन्यजातिहरूको देशमा परमेश्‍वर देखा पर्नुहुनेछैन र काम गर्नुहुनेछैन, त्यसो गर्दा के हामी परमेश्‍वरलाई सीमित पारिरहेका हुँदैनौं र? परमेश्‍वर भन्नुहुन्छ: ‘यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ,’ त्यसोभए यो कसरी प्राप्त हुन्थ्यो र पूरा हुन्थ्यो? परमेश्‍वर आखिरी दिनहरूमा देह बन्नुभएको छ र आफ्नो काम नास्तिकताले शासन गर्ने देश, चीनमा गर्नुहुन्छ, र उहाँले मानिसहरूको धारणालाई चकनाचूर पार्दै हुनहुन्छ। उहाँले उहाँ नियमअनुसार काम गर्नुहुन्न, बरु आफ्नो योजनाअनुसार गर्नुहुन्छ भन्ने देखाउनुभएको छ। उहाँले हामीलाई के पनि देखाउनुभएको छ भने उहाँ केवल इस्राएलका मानिसहरूलाई मात्र होइन, अन्यजातिहरूलाई पनि मुक्ति दिनुहुन्छ, र उहाँ कुनै एक देश वा मानिसहरूका मात्र परमेश्‍वर हुनुहुन्‍न, सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, यो सधैँ महत्वपूर्ण हुन्छ, र उहाँले जहिले पनि त्यस्तो स्थान छनौट गर्नुहुन्छ जसले मानवलाई मुक्ति दिने उद्देश्यलाई सबैभन्दा राम्रोसँग पूरा गर्दछ।”

ओडरीको सङ्गतिले मलाई एकदमै लज्जित बनायो। मैले परमेश्‍वलाई वास्तवमै बुझ्दिनथेँ। परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा इस्राएलमा आफ्नो काम गर्नुभयो भन्ने जानेर, मैले सोचेको थिएँ कि परमेश्‍वर इस्राएलमा मात्र देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ। यदि परमेश्‍वरले आखिरी दिनहरूमा फेरि इस्राएलमा नै आफ्नो काम गर्नुभयो भने, मैले उहाँलाई इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुन्छ झैँ गरी अझ सीमित तुल्याउने थिएँ। र त्यो परमेश्‍वरलाई सबै मानवजातिको शासकको रूपमा इन्कार गर्नु हुन्थ्यो! जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ र आफ्‍नो काम गर्नुहुन्छ त्यो सधैँ उहाँको योजना र बुद्धिको प्रतिबिम्ब हो। हामी परमेश्‍वरको कामको बारेमा टिप्पणी गर्न अयोग्य छौं, उहाँको कामलाई सीमित पार्न त परै जाओस्। तर मसँग अझै केही असहमतिहरू थिए। चीन नास्तिक सरकारद्वारा संचालित देश हो। यो परमेश्‍वरलाई इन्कार गर्ने र विरोध गर्ने सबैभन्दा खराब देश हो। यदि परमेश्‍वर इस्राएलमा देखा पर्न र काम गर्न चाहनुहुन्न भने, किन उहाँले अमेरिका वा बेलायत जस्ता राष्ट्रहरूमा काम गर्नुहुन्न, जहाँ इसाई धर्म प्रमुख धर्म हो? किन उहाँले सबै ठाउँहरूमध्ये चीनमा आफ्नो काम गर्न छनौट गर्नुहुन्छ? मैले यी प्रश्नहरू ओडरीलाई सोधेँ। ओडरीले भनिन्: “सर्वशक्तिमान्‌ परमेश्‍वरले यस बारेमा स्पष्ट बताउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: ‘यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई विजय गरिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई विजय गरिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीन अन्धकारका सबै शक्तिहरूको मूर्तरूप हो, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको सबैभन्दा बढी प्रतिरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। … चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकाश भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै नै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानवजातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्‍चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्‍च पारिएको छ, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले नै अरूका निम्ति नमुना र आदर्शहरू बन्‍नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२))। परमेश्‍वरका वचनहरूबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले प्रत्येक चरणमा आफ्नो कामको स्थान र लक्षित समूह छनौट गर्नुहुन्छ, र यो उहाँको कामको आवश्यकतामा आधारित हुन्छ। यो सधैँ एक खास अर्थ सहितको हुन्छ, र सधैँ मानवजातिको मुक्ति अघि बढाउनको लागि नै हुन्छ। उदाहरणको लागि, परमेश्‍वरले इस्राएलमा कामको पहिलो दुई चरणहरू गर्नुभयो किनकि इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्थे र उहाँको आराधना गर्थे, उनीहरूमा परमेश्‍वरको भय मान्‍ने हृदय थियो र सम्पूर्ण मानवजातिमा सबैभन्दा कम भ्रष्ट थिए। यसरी उनीहरूका बीचमा काम गरेर परमेश्‍वरका आराधकहरूको अनुकरणीय समूह सिर्जना गर्न परमेश्‍वरलाई सबैभन्दा सजिलो भयो। र यसरी, परमेश्‍वरको काम अझ छिटो र सहज रूपमा फैलिन सक्थ्यो ताकि सबै मानवजातिले परमेश्‍वरको अस्तित्व र कामका बारे जान्न सकून् र अझ धेरै मानिसहरू परमेश्‍वरको सामु आउन सकून् र उहाँको मुक्ति प्राप्त गर्न सकून्। इस्राएलमा गरिएका पहिलो दुई चरणका कामहरू वास्तवमै प्रतीकात्मक थिए। परमेश्‍वरले इस्राएललाई पूर्णरूपमा आफ्नो कामको आवश्यकता अनुसार छान्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वरले न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ। न्याय गर्न र मानवजातिको भ्रष्टाचार र अधर्मको खुलासा गर्न उहाँले सत्य व्यक्त गर्नुहुन्छ, उहाँको धर्मी, क्रोधित र रिस उठाउन नसकिने स्वभावलाई सबै मानवजातिको लागि प्रदर्शन गर्नुहुन्छ। त्यसैले उहाँले सबैभन्दा भ्रष्ट, सबैभन्दा परमेश्‍वर-विरोधी मानिसहरूलाई उदाहरणको रूपमा छनौट गर्नुपर्दछ। त्यसो गर्दा मात्र परमेश्‍वरको कामले उत्कृष्ट नतिजा प्राप्त गर्नसक्छ। सबैलाई थाहा छ, सम्पूर्ण मानवजातिमा, चिनियाँहरू शैतानद्वारा सबैभन्दा भ्रष्ट तुल्याइएका छन्। तिनीहरू सम्पूर्ण मानवतामा सबैभन्दा पछौटे, अशुद्ध, नीच, परमेश्‍वरलाई इन्कार गर्ने, र परमेश्‍वरको विरोध गर्ने जाति हुन्। तिनीहरू सम्पूर्ण भ्रष्ट मानवताका मूल नमूना हुन्। चीनमा न्यायको काम गरेर, र चिनियाँ जनताको भ्रष्ट स्वभावलाई निशाना बनाएर, परमेश्‍वरले मानवजातिलाई पूर्ण र स्पष्ट रूपमा प्रकाश पार्नुहुन्छ र उहाँले व्यक्त गर्नुहुने सत्य सबैभन्दा पूर्ण र उहाँको पवित्र एवं धर्मी स्वभावलाई प्रकट गर्न सबैभन्दा सक्षम हुन्छ। परमेश्‍वरले चीनका चुनिएका मानिसहरूमाथिको आफ्नो काममार्फत व्यक्त गरिएको सत्य सम्पूर्ण मानवजातिलाई जित्न र मुक्ति दिनको लागि र तिनीहरूलाई उहाँको पवित्र एवं धर्मी स्वभाव देखाउनको लागि प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू सबैले परमेश्‍वरको सामु उहाँको प्रशंसा गर्न आउन्। परमेश्‍वरको कामको बुद्धि यही हो। यदि सबैभन्दा भ्रष्ट मानिसहरूलाई परमेश्‍वरले पूर्ण बनाउन सक्नुहुन्छ भने, बाँकी मानवजातिलाई सिद्ध पार्नु पनि अवश्य नै भइहाल्ने कुरा नै हो र त्यसपछि शैतान पनि पूर्ण रूपमा पराजित हुनेछ। चीनमा काम गरेर, परमेश्‍वरले सबैभन्दा जोडदार गवाही र सबैभन्दा महान महिमा प्राप्त गर्नुहुनेछ। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम इस्राएल वा इसाई बाहुल्य भएका अमेरिका वा बेलायतजस्ता देशहरूमा गरिएको भए, सम्पूर्ण मानवजातिलाई जित्‍ने र मुक्ति दिने अन्तिम लक्ष्य हासिल गर्न सकिँदैनथ्यो। त्यसकारण, न्यायको कामको आवश्यकताअनुसार परमेश्‍वर चीनमा देखा परी काम गरिरहनुभएको छ, र यो कुरा अर्थपूर्ण छ। परमेश्‍वरको कामको निसाना र स्थानबाट र प्रत्येक चरणमा यसको अन्तिम प्रभावबाट, हामी के देख्न सक्छौं भने परमेश्‍वरको काम साँच्चिकै बुद्धिमानी र अद्भुत छ!” यो सुनेर मैले उत्साहका साथ भने, “हो, इस्राएल एक परमेश्‍वरको आराधना गर्ने देश हो र त्यहाँका मानिसहरू मानवजातिमा सबैभन्दा कम भ्रष्ट छन्। यदि प्रभु इस्राएलमा काम गर्न फर्कनुभयो भने, परमेश्‍वरको विजय कार्यको राम्रो परिणाम प्राप्त हुँदैन। चीन सम्पूर्ण देशहरूमा सबैभन्दा पिछडिएको र परमेश्‍वर विरोधी देश हो, त्यसकारण चिनियाँहरूलाई विजय गर्दा, उहाँको विजय कार्यले सबैभन्दा ठूलो परिणाम मात्र प्राप्त गर्दैन, उहाँले उहाँको सर्वशक्तिमान्‌ता, उहाँको बुद्धि र उहाँका अद्‌भुत कार्यहरू पनि अझ राम्रोसित प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूमा चीनमा परमेश्‍वरले काम गर्नु वास्तवमा कति महत्वपूर्ण छ भन्‍ने म अब बुझ्छु! मलाई परमेश्‍वरको कामबारे थाहा थिएन तर मैले मेरो आफ्नै धारणा र कल्पना प्रयोग गरेर उहाँको कामलाई सीमित पारिदिएँ—म कति अहङ्कारी रहेछु!”

त्यसपछि, ओडरीले भनिन्: “परमेश्‍वरले जसरी वा जहाँ आफ्नो काम गर्नुभए पनि, खोजी गर्नका लागि सधैँ रहस्य र सत्य हुन्छ। प्रभुको पुनः आगमनलाई हामीले कसरी स्वागत गर्नुपर्दछ भनेर प्रभु येशूले हामीलाई भन्नुभयो: ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। ‘मेरा भेडाले मेरो सोर सुन्छन्(यूहन्‍ना १०:२७)। यो भविष्यवाणी प्रकाशको पुस्तकमा पनि छ: ‘हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। त्यसोभए, प्रभुको आगमनलाई स्वागत गर्दा र उहाँ देखा पर्ने घटना खोजी गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको आवाज सुन्‍नु हो। यदि हामीले प्रभु येशू फर्कनुभएको छ भन्‍ने गवाही सुन्यौँ भने, यसमा सत्य र परमेश्‍वरको आवाजको अभिव्यक्ति छ कि छैन सो बुझ्न हामीले यसबारे खोजी र अनुसन्धान गर्नुपर्छ। किनभने जहाँ सत्यको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वरको आवाज, साथै उहाँको उपस्थिति र काम पनि हुन्छ। यो एकदम सत्य हो। जस्तो सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: ‘मानिसहरूले कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्‍वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्‍वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्‍वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्‍वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्‍वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ)।” बाट उद्धृत गरिएको सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मेरो भ्रम पूर्ण रूपमा समाधान गरे। तिनले परमेश्‍वरको उपस्थिति र कामको रहस्यहरूबारे, निर्णायक रूपमा मेरा पूर्व धारणालाई खण्डन गर्दै उजागर गरे। मैले वर्षौंदेखि प्रभुको पुनः आगमनको स्वागत गर्न चाहेकी थिएँ, तर मैले परमेश्‍वरको उपस्थिति र कामलाई मेरो कल्पना र बाइबलको शाब्दिक अर्थमा सीमित पारिरहेकी थिएँ भन्‍ने मैले कहिल्यै पनि महसुस गरिन। म कति अज्ञानी र अन्धो भएकी रहेछु! भेला समाप्त भएपछि, मैले ओडरीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएको वचन देहमा देखा पर्नुहुन्छ को प्रतिलिपि मागेँ।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले उहाँले कसरी बाइबलका धेरै रहस्यहरू उजागर गर्नुभएको छ भनी जानेँ, जस्तै मानवजातिको मुक्तिको लागि परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना, बाइबलको भित्री कथा र परमेश्‍वरको तीन चरणको काम, परमेश्‍वरका नामहरूको अर्थ, देहधारणहरूको रहस्य, परमेश्‍वरको आखिरी दिनहरूको कामको महत्त्व, परमेश्‍वरले कसरी सबै प्रकारका मानिसहरूको नतिजा र गन्तव्य तय गर्नुहुन्छ, कसरी ख्रीष्टको राज्य यहाँ पृथ्वीमा मूर्त हुनेछ, आदि इत्यादि। सर्वशक्तिमान् परमेश्‍वरले यति प्रचूर मात्रामा सत्यताहरू व्यक्त गर्नुभएको छ, र ती सबै मैले पहिले कहिल्यै नसुनेका रहस्य र सत्यता हुन्। परमेश्‍वर बाहेक अरू कसैले पनि यी रहस्यहरूलाई उजागर गर्न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू अख्तियार, शक्ति र प्रतापले भरिएका छन्। ती वास्तवमै परमेश्‍वरका वाणीहरू हुन्—ती परमेश्‍वरका आवाज हुन्। म पूर्ण रूपमा विश्‍वस्त भएँ, कि सर्वशक्तिमान्‌ परमेश्‍वर फर्किनुभएको प्रभु येशू हुनुहुन्छ। मैले कुनै हिचकिचाहट बिना सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई स्विकारेँ, र अहिले म थुमाको पाइला पछ्याउँदै छु।

सम्बन्धित विषयवस्तु

“चोरिएको” आशिष

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र...

परमेश्‍वरको आवाज सुन्‍नु र प्रभुलाई स्वागत गर्नु

लुइस, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...

यो परमेश्‍वरको आवाज हो

पियरे, अमेरिकामेरो जन्‍म इसाई परिवारमा भएको हो र बालक छँदा म मेरा आमाबुबासँग मण्डली सेवाहरूमा जान्थेँ। किन हो थाहा छैन, तर समय बित्दै गएपछि...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्