परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

17 अगस्ट 2021

By Zhang Lan, South Korea

परमेश्‍वरले आफ्‍नो महिमा इस्राएललाई दिनुभयो, अनि यसबाट लिनुभयो, पछि उहाँले इस्राएलीहरूलाई र सारा मानवजातिलाई पूर्वतिर ल्याउनुभयो। ज्योतिसँग तिनीहरूको पुनर्मिलन होस् भनेर, यससँगै होस् र यसलाई खोज्‍न नपरोस् भनेर परमेश्‍वरले तिनीहरू सबैलाई प्रकाशमा ल्याउनुभएको छ। खोजिरहनेहरू सबैलाई उहाँले फेरि ज्योति देखाउनुहुनेछ र इस्राएलमा उहाँसँग भएको महिमा देख्‍नेछन्; परमेश्‍वरले तिनीहरूलाई लामो समय अघि नै मानवजातिको माझमा सेतो बादलमा झर्नुभएको देखाउनुहुनेछ, तिनीहरूले कैयौँ सेता बादलहरू र तिनीहरूको झुप्पाहरूमा प्रशस्त फलहरू देखाउनुहुनेछ; यसको अतिरिक्त, तिनीहरूले इस्राएलको यहोवा परमेश्‍वरलाई देख्‍नेछन्। परमेश्‍वरले तिनीहरूलाई यहूदीहरूको मालिक, चाह गरिएको मसीहको र सारा युगहरूभरि राजाहरूले सताएका उहाँको पूर्ण प्रकटीकरणलाई हेर्न दिनुहुनेछ। आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कामहरू मानिसलाई प्रकट गर्दै उहाँले सारा ब्रह्माण्डभरि काम गर्नुहुनेछ र उहाँले ठूल-ठूला काम गर्नुहुनेछ। उहाँलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरू, उहाँ सेतो बादलमा आउनुभएको उत्कट चाह गर्नेहरूलाई, उहाँ पटक-पटक देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र उहाँलाई सताउने सबै मानवजातिलाई उहाँले मेरो महिमित मुहार देखाउनुहुनेछ, ता कि उहाँले आफ्‍नो महिमा उहिले नै लिनुभएको छ र त्यसलाई पूर्वतिर ल्याउनुभएको छ; त्यसैले यो अब यहूदियामा छैन भन्‍ने सबैले जान्‍नेछन्। किनभने आखिरी दिनहरू अघि नै आइसकेको छ!(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)

यो भिडियोले त मलाई साँच्चिकै छक्‍कै पार्‍यो। आखिरी दिनहरूमा परमेश्‍वरले इस्राएलबाट पूर्वमा आफ्नो महिमा ल्याउनुहुन्छ। सारा राष्ट्रहरूमा सबैभन्दा धेरै परमेश्‍वरको विरोध गर्ने चीनमा, आफ्नो काम गर्दै र सत्य व्यक्त गर्दै सम्पूर्ण ब्रह्माण्डका सबै मानिसहरूलाई विजय गर्न र मुक्ति दिन, उहाँ देखा पर्नुभएको छ। परमेश्‍वरको सर्वशक्तिमान् क्षमता र बुद्धि यही हो। चीनमा परमेश्‍वर देखा पर्नु र उहाँले काम गर्नु गहन रूपले अर्थपूर्ण छन्। विगतमा म परमेश्‍वरको कामप्रति अपरिचित थिएँ। मेरो धारणाहरूका आधारमा, मलाई लाग्यो कि प्रभु फर्कनुभएपछि इस्राएलमा देखा पर्नुहुनेछ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि मात्र चीनमा परमेश्‍वर देखा पर्नु र काम गर्नुको रहस्यलाई बुझ्न सकेँ।

प्रभुमा विश्‍वास गरेपछि, म खोजी गर्ने उत्साहित व्यक्ति भएँ। जब मसँग समय हुन्थ्यो म चर्चमा स्वयंसेवक काम गर्थेँ, र लगातार हरेक महिना दशांश दिन्थें। अप्रिल २०११ मा, म कामको लागि दक्षिण कोरिया आएकी थिएँ, र म काममा जति व्यस्त भए पनि, आइतवारको सेवामा उपस्थित हुने गर्थेँ। तर पाष्टरका प्रवचनहरू सधैँ उही पुराना नै हुन्थे। उपस्थितहरू या त टाउको हल्लाउथे या एक अर्कासँग गफ गर्थे। वास्तवमा कुनै आनन्द नै हुँदैनथ्यो। समय बित्दै जाँदा, मैले सेवामा जाने चाहना गर्न छाडेँ। तर म एक इसाई भएकोले, सहभागी नहुनु मलाई पटक्कै राम्रो लागेन। त्यसैले मैले आफूलाई त्यहाँ गइराख्न बाध्य गरें। त्यसपछि, संयोगले एक दिन, मैले मेरी चर्चकी पुरानो साथी झाओ बहिनीलाई भेटेँ। उनले मलाई उनको घरमा बोलाइन् र उनकी साथी ली बहिनी पनि आइन्। हामी पहिलो पटक भेटेका थियौं, तर हामी तुरुन्तै मिलिहाल्यौं। हामीले हाम्रो अवस्थाको बारेमा र चर्चमा भएको शून्यताको बारेमा पनि कुराकानी गर्यौं। बहिनी लीले हामीलाई बताइन्, कि चर्चको शून्यता मुख्यतः परमेश्‍वरले नयाँ काम गरिरहनुभएकोले हो, र पवित्र आत्माको काम परिवर्तन भएको छ, हामी परमेश्‍वर देखा परेको खोजी गर्ने र उहाँको आवाज सुन्ने, बुद्धिमती कन्याहरू जस्ता हुनुपर्दछ, र प्रभुलाई स्वागत गर्नका लागि यसो गर्नुपर्छ। उनले भनेको कुरा मलाई धेरै ज्ञानवर्द्धक लाग्यो। त्यसपछि, बहिनी लीले भनिन्: “प्रभु येशू फर्किसक्नुभएको छ, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देहधारी हुनुभएको छ, र चीनमा आफ्नो काम गर्न, सत्यतालाई व्यक्त गर्दै र न्याय एवं शुद्धीकरणको काम गर्दै देखा पर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले राज्यको युग सुरु गर्नुभएको छ र अनुग्रहको युग समाप्त गर्नुभएको छ। आखिरी दिनहरूमा उहाँको काम स्वीकार्ने सबै व्यक्तिहरू परमेश्‍वरको सिंहासनको सामु पुग्छन्; तिनीहरूले परमेश्‍वरको वचनको प्रावधान प्राप्त गर्दैछन् र थुमाको विवाह भोजमा भाग लिइरहेका छन्।” बहिनी लीले भनेको कुराले म साँच्चै छक्क परेँ र उनको कुरा पत्याउन गाह्रो भयो: प्रभु फर्किसक्‍नुभएको छ रे? र उहाँ चीनमा आउनुभएको छ रे? पुरानो र नयाँ नियमको समयमा, परमेश्‍वरले इस्राएलमा आफ्नो काम गर्नुभयो, र बाइबलमा यसो भनिएको छ: “त्यो दिन यरूशलेमको अघि पूर्वपट्टि रहेको जैतून पर्वतमा उहाँको पाउहरू खडा हुनेछन्, अनि त्यसपछि जैतून पर्वत पूर्व र पश्चिम गरी दुई भागमा विभाजित हुनेछ, र त्यहाँ एउटा निकै ठूलो उपत्यका बन्‍नेछ; अनि पर्वतको आधा भाग उत्तरतर्फ, र त्यसको आधा भाग दक्षिणतर्फ सर्नेछ(जकरिया १४:४)। आखिरी दिनहरूमा, प्रभु इस्राएलमा जैतून डाँडामा आउनुपर्छ। उहाँ कसरी चीनमा हुन सक्नुहुन्छ? मैले मेरो अस्पष्टताबारे बहिनी लीलाई बताएँ।

उनी मुसुक्क हाँसिन् र भनिन्: “प्रभुको पुनः आगमनका भविष्यवाणी पूर्णतः रहस्यमय छन्, तिनको अर्थ हामी बुझ्न सक्दैनौं। भविष्यवाणी पुरा भएपछि र परमेश्‍वरले कसरी आफ्नो काम गर्नुभएको छ त्यो देखेपछि मात्र हामी बुझ्न सक्छौं कि त्यो भविष्यवाणीको अर्थ के थियो। हामीले भविष्यवाणीहरूको शाब्दिक अर्थ लगाएर परमेश्‍वरको कामलाई सीमित पार्नु हुँदैन, किनभने यसो गर्दा हामी परमेश्‍वरको विरोध गर्न पुग्छौं। उदाहरणको लागि, फरिसीहरूलाई लिऊँ। उनीहरू मसीहको आगमनको भविष्यवाणीको शाब्दिक अर्थमा अडिए, तिनीहरूले प्रभु आउनुहुँदा उहाँ मसीह कहलाइनुहुन्छ र मसीहको नाम नहुने कोही पनि ख्रीष्ट हुन सक्दैन भन्ने सोचे। फलस्वरूप, तिनीहरूले प्रभु येशूको कामको प्रतिरोध र निन्दा गर्न पुगे र परमेश्‍वरको मुक्ति प्राप्त गर्न असफल भए। यदि हामी बाइबलको शाब्दिक व्याख्यामा आधारित भई परमेश्‍वरको काम सीमित गर्छौं, र परमेश्‍वर देखा पर्नुलाई एवं कामको तथ्यहरूलाई अनुसन्धान गर्दैनौं भने, हामीले पनि फरिसीहरू जस्तै गल्ती गर्ने सम्भावना छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरकै घरबाट न्यायको काम सुरु गर्नुहुन्छ, मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यहरू व्यक्त गर्नुहुन्छ, जुन पूर्वमा देखिने चम्किलो प्रकाश जस्तो हुन्छ। केवल २० वर्षमा, आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुभएको काम चीनभरि फैलिएको छ, र अब संसारका अन्य देशहरूमा पनि पुगेको छ। वचन शरीरमा देखा पर्नुहुन्छ, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको संग्रह, २० वटाभन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ, र संसारभरिका मानिसहरूका लागि खोजी र अनुसन्धान गर्न अनलाइनमा प्रकाशित गरिएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामले प्रभु येशूको भविष्यवाणी पूर्ण रूपमा पूरा गरेको छ: ‘किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। र मलाकीको पुस्तक १:११: ‘किनभने घाम उदाएदेखि अस्ताउञ्‍जेलसम्‍म नै अन्यजातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ…, सेनाहरूका यहोवा भन्‍नुहुन्‍छ।’” यो सुनेर, अचानक प्रष्ट भयो: प्रभु इस्राएलमा होइन, चीनमा फर्किनुभएको छ। र बाइबलले यसबारे धेरै अघि भविष्यवाणी गरेको थियो।

त्यसपछि, बहिनी लीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अंश पढेर सुनाउनुभयो: “वास्तविकतामा, परमेश्वर यावत् थोकका मालिक हुनुहुन्छ। उहाँ सारा सृष्टिका परमेश्वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ; उहाँ सारा सृष्टिका परमेश्वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सृष्टिलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सृष्टिलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। … वास्तवमा, यदि परमेश्वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुने थियो, र आफ्नो कामलाई गैरयहूदी राष्ट्रहरूमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुने थियो, सारा सृष्टिका परमेश्वर होइन। गैरयहूदी राष्ट्रहरूका बीच यहोवाको नामको महिमा हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्वर इस्राएलीहरूका मात्रै परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सृष्टिका परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब ‘गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नामको महिमा हुनेछ’ भन्ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र?(वचन शरीरमा देखा पर्नुहुन्छ)

त्यसपछि बहिनी लीले बताइन्: “परमेश्‍वर सम्पूर्ण सृष्टिका प्रभु हुनुहुन्छ, उहाँले सारा ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ र सबै मानिसको भाग्यलाई नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्न, तर त्योभन्दा पनि बढी उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरसँग कुनै पनि देश र जोसुकै मानिसहरूको माझमा आफ्नो काम गर्ने अधिकार छ। तर उहाँ जुनसुकै देशमा देखा पर्ने र काम गर्ने गर्नुभए पनि, उहाँको काम सबै मानवजातिको खातिर गरिएको हो, र उनीहरूको विकासमा उनीहरूलाई अघि बढाउनका लागि गरिएको हो। उदाहरणका लागि, व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले इस्राएलमा आफ्नो व्यवस्था घोषणा गर्न मोशालाई प्रयोग गर्नुभयो र व्यवस्थाको युग सुरु गर्नुभयो। त्यसपछि, यस भूमिलाई केन्द्रको रूपमा प्रयोग गर्दै, उहाँले बिस्तारै आफ्नो काम अन्य भूमिमा पनि विस्तार गर्नुभयो, ताकि सबै राष्ट्र र मानिसहरूले उहाँको नामलाई महान् मानेर सम्मान गरून्। अनुग्रहको युगमा, प्रभु येशूले यहूदियामा छुटकाराको काम गर्नुभयो। तर प्रभु येशूले यहूदीहरूलाई मात्र उद्धार गर्नुभएन, उहाँले सम्पूर्ण मानवजातिलाई उद्धार गर्नुभयो। अहिले, दुई हजार वर्षपछि, प्रभुको सुसमाचार संसारको हरेक कुनामा फैलिएको छ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्नो काम सारा ब्रह्माण्डमा विस्तार गर्नुअघि, चीनलाई एक परीक्षण स्थलको रूपमा प्रयोग गर्दैहुनुहुन्छ। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन र काम एक चम्किलो ज्योति जस्तै छन् जो पूर्वबाट चम्किरहेको छ र पश्चिमका सबै देशहरूलाई गवाहीका साथ ज्योति दिइरहेको छ। विशाल जनसमूहले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनमा परमेश्‍वरको आवाज सुनेका छन्, र उहाँका वचनको न्याय र शुद्धीकरण स्वीकार गर्न परमेश्‍वरको सिंहासनको अगाडि आएका छन्। हामी देख्न सक्छौं कि जुनसुकै युग भए पनि, जब परमेश्‍वरले मानिसको बीचमा वा कुनै देशमा देखा पर्ने र काम गर्ने निर्णय गर्नुहुन्छ, उहाँले सधैँ काम गर्ने ठाउँ पहिले नै रोज्नुहुन्छ त्यसपछि, यो स्थानलाई उदाहरणको रूपमा प्रयोग गर्दै, मानिसलाई मुक्ति दिने उहाँको काम पूरा गर्न बिस्तारै आफ्नो काम अन्य स्थानहरूमा विस्तार गर्नुहुन्छ। यो परमेश्‍वरको कामको पछाडिको सिद्धान्त हो। यदि हामी हाम्रो धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छौं, र सोच्छौं, कि परमेश्‍वरले इस्राएलमा व्यवस्थाको युग र अनुग्रहको युगमा काम गर्नुभएकोले, परमेश्‍वर इस्राएलको मात्र परमेश्‍वर हुनुपर्दछ, सुसमाचार इस्राएलबाट मात्र आउन सक्छ, इस्राएलका मानिसहरू मात्र परमेश्‍वरका वास्तविक चुनिएका मानिसहरू हुन् र केवल उनीहरू मात्र उहाँको आशीर्वाद पाउन योग्य छन्, र अन्यजातिहरूको देशमा परमेश्‍वर देखा पर्नुहुनेछैन र काम गर्नुहुनेछैन, त्यसो गर्दा के हामी परमेश्‍वरलाई सीमित पारिरहेका हुँदैनौं र? परमेश्‍वर भन्नुहुन्छ, ‘अन्यजातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ,’ त्यसोभए यो कसरी प्राप्त हुन्थ्यो र पूरा हुन्थ्यो? परमेश्‍वर आखिरी दिनहरूमा देह बन्नुभएको छ र आफ्नो काम नास्तिकताले शासन गर्ने देश, चीनमा गर्नुहुन्छ, उहाँले मानिसहरूको धारणालाई चकनाचूर पार्नका लागि र उहाँ नियम अनुसार काम गर्नुहुन्न, बरु आफ्नो योजना अनुसार गर्नुहुन्छ भन्ने देखाउन यो गर्नुहुन्छ। उहाँ हामीलाई यो पनि देखाउनुहुन्छ कि उहाँले केवल इस्राएलका मानिसहरूलाई मात्र होइन, अन्यजातिहरूलाई पनि मुक्ति दिनुहुन्छ। परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ, कुनै एक देश वा मानिसहरूका परमेश्‍वर हुनुहुन्न। परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, यो सधैँ महत्वपूर्ण हुन्छ, र उहाँले जहिले पनि त्यस्तो स्थान छनौट गर्नुहुन्छ जसले मानवलाई मुक्ति दिने उद्देश्यलाई सबैभन्दा राम्रोसँग पूरा गर्दछ।”

बहिनी लीको सङ्गतिले मलाई एकदमै लज्जित बनायो। परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा इस्राएलमा आफ्नो काम गर्नुभयो भन्ने जानेर, मैले सोचेको थिएँ कि परमेश्‍वर इस्राएलमा मात्र देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ। यदि परमेश्‍वरले आखिरी दिनहरूमा फेरि इस्राएलमा नै आफ्नो काम गर्नुभयो भने, मैले उहाँलाई इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुन्छ झैँ गरी अझ सीमित तुल्याउने थिएँ। र त्यो परमेश्‍वरलाई सबै मानवजातिको शासकको रूपमा इन्कार गर्नु हुन्थ्यो! त्यो परमेश्‍वरको विरोध गर्नु हो! जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ र आफ्‍नो काम गर्नुहुन्छ त्यो सधैँ उहाँको योजना र बुद्धिको प्रतिबिम्ब हो। हामी परमेश्‍वरको कामको बारेमा टिप्पणी गर्न अयोग्य छौं, उहाँको कामलाई सीमित पार्न त परै जाओस्। तर मसँग अझै केही असहमतिहरू थिए। चीन नास्तिक सरकारद्वारा संचालित देश हो। यो परमेश्‍वरलाई इन्कार गर्ने र विरोध गर्ने सबैभन्दा खराब देश हो। यदि परमेश्‍वर इस्राएलमा देखा पर्न र काम गर्न चाहनुहुन्न भने, किन उहाँले अमेरिका वा बेलायत जस्ता राष्ट्रहरूमा काम गर्नुहुन्न, जहाँ इसाई धर्म प्रमुख धर्म हो? किन उहाँले सबै ठाउँहरूमध्ये चीनमा आफ्नो काम गर्न छनौट गर्नुहुन्छ? मैले यी प्रश्नहरू बहिनी लीलाई सोधेँ।

बहिनी लीले यस्तो जवाफ दिइन्: “परमेश्‍वरले कुन देश र स्थानमा आफ्नो काम गर्नुहुन्छ भन्ने उहाँको कामको आवश्यकताको आधारमा छान्नुहुन्छ। उहाँको छनौटको पछाडि सधैँ एक विशेष अर्थ हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले यस बारेमा स्पष्ट बताउनुभएको छ।” बहिनी लीले त्यसपछि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका अंश पढेर सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवताको मुख्य नमुना हुन्। … चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह पूर्ण रूपमा देखिएका छन् र तिनका विभिन्न स्वरूपहरू प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र सोच पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र धेरै पछौटे छन्। तिनीहरूका दर्जा पनि निकै नीच छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो जाँचको काम सम्पूर्ण रूपमा पूरा गरिएपछि परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै राम्रोसँगले अघि बढ्नेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछि कामहरू अवश्य अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको बीचमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो। विद्रोहीपन, विरोध, अशुद्धता, अधार्मिकता—यी सबै यी मानिसहरूमा पाइन्छ, अनि तिनीहरूमा मानव जातिका सारा विद्रोहीपनको प्रतिनिधित्व गरिएको छ। तिनीहरू साँच्चै केही त हुन्। यसैले तिनीहरूलाई विजयको नमुनाको रूपमा उच्च पारिएका छन्, अनि तिनीहरूलाई जितिएपछि तिनीहरू स्वाभाविक रूपले अरूका निम्ति नमुना र आदर्शहरू बन्नेछन्(वचन शरीरमा देखा पर्नुहुन्छ)

बहिनी लीले त्यसपछि बताइन्: “परमेश्‍वरले प्रत्येक चरणमा आफ्नो कामको स्थान र निसाना छनौट गर्नुहुन्छ। यो उहाँको कामको आवश्यकतामा आधारित हुन्छ। यो सधैँ एक खास अर्थ सहितको हुन्छ, र सधैँ मानवजातिको मुक्तिको लागि नै हुन्छ। उदाहरणको लागि, परमेश्‍वरले इस्राएलमा कामको पहिलो दुई चरणहरू गर्नुभयो किनकि इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए। उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्थे र आराधना गर्थे, उनीहरूको हृदयमा परमेश्‍वरको डर थियो र सम्पूर्ण मानवजातिमा सबैभन्दा कम भ्रष्ट थिए। यसरी उनीहरूका बीचमा काम गरेर परमेश्‍वरका आराधकहरूको अनुकरणीय समूह सिर्जना गर्न परमेश्‍वरलाई सबैभन्दा सजिलो भयो। र यसरी, परमेश्‍वरको काम अझ छिटो र सहज रूपमा फैलिन सक्थ्यो ताकि सबै मानवजातिले परमेश्‍वरको अस्तित्व र कामका बारे जान्न सकून् र अझ धेरै मानिसहरू परमेश्‍वरको सामु आउन सकून् र उहाँको मुक्ति प्राप्त गर्न सकून्। इस्राएलमा गरिएका पहिलो दुई चरणका कामहरू वास्तवमै प्रतीकात्मक थिए। परमेश्‍वरले इस्राएललाई पूर्णरूपमा आफ्नो कामको आवश्यकता अनुसार छान्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वरले न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ। न्याय गर्न र मानवजातिको भ्रष्टाचार र अधर्मको खुलासा गर्न उहाँले सत्य व्यक्त गर्नुहुन्छ, उहाँको धर्मी, क्रोधित र रिस उठाउन नसकिने स्वभावलाई सबै मानवजातिको लागि प्रदर्शन गर्नुहुन्छ। त्यसैले उहाँले सबैभन्दा भ्रष्ट, सबैभन्दा परमेश्‍वर-विरोधी मानिसहरूलाई उदाहरणको रूपमा छनौट गर्नुपर्दछ। त्यसो गर्दा मात्र परमेश्‍वरको कामले उत्कृष्ट नतिजा प्राप्त गर्नसक्छ। सबैलाई थाहा छ, सम्पूर्ण मानवजातिमा, चिनियाँहरू सबैभन्दा पिछडिएका र शैतानद्वारा सबैभन्दा भ्रष्ट तुल्याइएका छन्। तिनीहरू सम्पूर्ण मानवतामा सबैभन्दा अशुद्ध, नीच, परमेश्‍वरलाई इन्कार गर्ने, र परमेश्‍वरको विरोध गर्ने जाति हुन्। तिनीहरू सम्पूर्ण भ्रष्ट मानवताका मूल नमूना हुन्। चीनमा न्यायको काम गरेर, र चिनियाँ जनताको भ्रष्ट स्वभावलाई निशाना बनाएर, परमेश्‍वरले मानवजातिलाई पूर्ण र स्पष्ट रूपमा प्रकाश पार्नुहुन्छ र उहाँले व्यक्त गर्नुहुने सत्य सबैभन्दा पूर्ण र उहाँको पवित्र एवं धर्मी स्वभावलाई प्रकट गर्न सबैभन्दा सक्षम हुन्छ। परमेश्‍वरले चीनका चुनिएका मानिसहरूलाई आफ्नो काममार्फत व्यक्त गरिएको सत्य सम्पूर्ण मानवजातिलाई जित्न र मुक्ति दिनको लागि र तिनीहरूलाई उहाँको पवित्र एवं धर्मी स्वभाव देखाउनको लागि प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू सबैले परमेश्‍वरको सामु उहाँको प्रशंसा गर्न आउन्। परमेश्‍वरको कामको बुद्धि यही हो। यदि सबैभन्दा भ्रष्ट मानिसहरूलाई परमेश्‍वरले पूर्ण बनाउन सक्नुहुन्छ भने, बाँकी मानवजातिलाई सिद्ध पार्नु पक्कै पनि एउटा सानो कुरा मात्र हो र शैतान पनि पूर्ण रूपमा पराजित हुनेछ। चीनमा काम गरेर, परमेश्‍वरले सबैभन्दा जोडदार गवाही र सबैभन्दा महान महिमा प्राप्त गर्नुहुनेछ। इस्राएलका मानिसहरू वा अमेरिका वा बेलायतजस्ता इसाई बाहुल्य भएका देशका मानिसहरू भ्रष्ट मानवजातिका प्रमुख उदाहरणहरू नभएकाले, तिनीहरूमा काम गरेर र तिनीहरूलाई सिद्ध पारेर परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई जित्ने र मुक्ति दिने अन्तिम लक्ष्य हासिल गर्न सक्नुहुन्नथ्यो। त्यसोभए न्यायको कामको आवश्यकता अनुसार परमेश्‍वरले चिनियाँहरूसँग काम गर्नु सबै भन्दा प्रतिनिधिमूलक र अर्थपूर्ण छ। परमेश्‍वरको कामको निसाना र स्थानबाट र प्रत्येक चरणमा यसको अन्तिम प्रभावबाट, हामी के देख्न सक्छौं भने परमेश्‍वरको काम साँच्चिकै बुद्धिमानी र अद्भुत छ!”

यो सुनेर मैले उत्साहका साथ भने, “हो, इस्राएल एक परमेश्‍वरको आराधना गर्ने देश हो र त्यहाँका मानिसहरू मानवजातिमा सबैभन्दा कम भ्रष्ट छन्। यदि प्रभु इस्राएलमा काम गर्न फर्कनुभयो भने, परमेश्‍वरको विजय कार्यको राम्रो परिणाम प्राप्त हुँदैन। चीन सम्पूर्ण देशहरूमा सबैभन्दा पिछडिएको र परमेश्‍वर विरोधी देश हो, त्यसकारण चिनियाँहरूलाई विजय गरेर, उहाँको विजय कार्यले सबैभन्दा ठूलो परिणाम मात्र प्राप्त गर्दैन, उहाँले आफ्नो सर्वशक्तिमान् क्षमता र बुद्धि पनि प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूमा चीनमा परमेश्‍वरले काम गर्नु वास्तवमा कति महत्वपूर्ण छ भन्‍ने म अब बुझ्छु! मलाई परमेश्‍वरको कामबारे थाहा थिएन तर मैले मेरो आफ्नै धारणा र कल्पना प्रयोग गरेर परमेश्‍वरको काम सीमित पारेँ—म कति अहङ्कारी रहेछु!”

बहिनी लीले भन्दै गइन्: “परमेश्‍वरले जसरी वा जहाँ आफ्नो काम गर्नुभए पनि, खोजी गर्नका लागि सधैँ रहस्य र सत्य हुन्छ। प्रभुको पुनः आगमनलाई हामीले कसरी स्वागत गर्नुपर्दछ भनेर प्रभु येशूले हामीलाई भन्नुभयो: ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। ‘मेरो भेडाले मेरो सोर सुन्छ(यूहन्‍ना १०:२७)। ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो सोर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। त्यसोभए, प्रभुको आगमनलाई स्वागत गर्दा र उहाँ देखा पर्ने घटना खोजी गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्य र परमेश्‍वरको आवाजको अभिव्यक्ति छ कि छैन सो बुझ्नु हो। किनभने जहाँ सत्यको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वरको आवाज, साथै उहाँको उपस्थिति र काम पनि हुन्छ। यो एकदम सत्य हो। जस्तो सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘जति मानिसहरूले कुनै कुरा असम्भव छ भन्ने विश्वास गर्छ, धेरैजसो त्यस्तै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसको सोचाइ र धारणाहरूका सीमाहरूलाई उछिन्छ। जब कुनै कुरा धेरै असम्भव हुन्छ, त्यहाँ धेरै खोज्न सकिने सत्यता हुन्छ; जति धेरै केही कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा बाहिर हुन्छ, यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ। यो यसैले हो किनभने उहाँले आफै लाई जहाँ प्रकट गरे पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्ने शैली र स्थानले उहाँको तत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भएतापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि ज्यादा, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले हामी परमेश्‍वरको इच्छा खोजौं र उहाँको वाणीमा उहाँ देखा पर्नुलाई पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँगै कदम चालौं! परमेश्‍वर नै बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्ने कुरा एकैसाथ अस्तित्वमा छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्।’(वचन शरीरमा देखा पर्नुहुन्छ)। बाट उद्धृत गरिएको सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मेरो भ्रम पूर्ण रूपमा समाधान गरे। तिनले परमेश्‍वरको उपस्थिति र कामको रहस्यहरूबारे, निर्णायक रूपमा मेरा पूर्व धारणालाई खण्डन गर्दै उजागर गरे। मैले वर्षौंदेखि प्रभुको पुनः आगमनको स्वागत गर्न चाहेकी थिएँ, तर मैले परमेश्‍वरको उपस्थिति र कामलाई मेरो कल्पना र बाइबलको शाब्दिक अर्थमा सीमित पारिरहेकी थिएँ भन्‍ने मैले कहिल्यै पनि महसुस गरिन। म कति अज्ञानी र अन्धो भएकी रहेछु! भेला समाप्त भएपछि, मैले बहिनी लीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएको वचन शरीरमा देखा पर्नुहुन्छ को प्रतिलिपि मागेँ।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले कसरी उहाँका वचनहरूले बाइबलका धेरैजसो रहस्यहरू उजागर गरेका छन् भन्ने जानेँ, जस्तै मानवजातिको मुक्तिको लागि परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना, सत्य र बाइबलको भित्री कथा, परमेश्‍वरका नामहरूको अर्थ, देहधारणहरूको रहस्य, परमेश्‍वरले कसरी सबै प्रकारका मानिसहरूको नतिजा र गन्तव्य तय गर्नुहुन्छ, यो युग कसरी अन्त्य हुनेछ र कसरी ख्रीष्टको राज्य यहाँ पृथ्वीमा मूर्त हुनेछ, र अरू धेरै। परमेश्‍वर बाहेक अरू कसैले पनि यी रहस्यहरूलाई उजागर गर्न सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू अख्तियार, शक्ति र प्रतापले भरिएका छन्। ती वास्तवमै परमेश्‍वरका वाणीहरू हुन्। म पूर्ण रूपमा विश्‍वस्त भएँ, कि सर्वशक्तिमान्‌ परमेश्‍वर फर्किनुभएको प्रभु येशू हुनुहुन्छ। मैले कुनै हिचकिचाहट बिना सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई स्विकारेँ, र अहिले म थुमाको पाइला पछ्याउँदैछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

ली शेंगमेई, दक्षिण कोरियाद्वारा परिचय जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र...

“चोरिएको” आशिष

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र...

जब प्रभु येशू फेरि आउनुहुन्छ, हामी कसरी थाहा पाउन सक्छौं?

शिनजीद्वारा चारवटा ब्लड मुनहरू देखा परेका छन्, र भूकम्प, अनिकाल र महामारीजस्ता विपत्तिहरू बढ्नु सामान्य भएका छन्। प्रभुको पुनरागमनका...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्