परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८१
पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्वरको हृदय अनुरूप थिए। तिनले परमेश्वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्ने इच्छा गर्छन्, तर तिनीहरूका हृदय तिनीहरूका आफ्नै नभएकोले, आफैमाथि तिनीहरूको कुनै नियन्त्रण हुँदैन; धेरै मानिस मैले दिएका परीक्षाहरू अनुभव गर्दा, मलाई साँचो रूपले प्रेम गर्छन्, तापनि म साँच्चै अस्तित्वमा छु भन्ने तिनीहरूले बुझ्न सक्दैनन्, र मेरो वास्तविक अस्तित्वको कारणले होइन, तर रित्तोपनमा मात्र मलाई प्रेम गर्छन्; धेरै मानिसले आफ्नो हृदय मेरो सामने राख्छन् र त्यसपछि आफ्ना हृदयलाई कुनै ध्यान दिँदैनन्, त्यसकारण मौका पाउनासाथ शैतानले तिनीहरूका हृदय खोसेर लैजान्छ, र तिनीहरूले मलाई त्याग्छन्; मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्तिजस्तो गरेर प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचन जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्। मानिसले पीडाबीच मलाई खोज्छ, र परीक्षाहरूबीच उसले मलाई हेर्दछ। शान्तिको समयमा उसले ममा आनन्द गर्दछ, जब जोखिममा हुन्छ उसले मलाई इन्कार गर्छ, ऊ व्यस्त हुँदा मलाई भुल्छ र जब ऊ खाली हुन्छ, मेरो निम्ति केही काम गरेको जस्तो गर्छ—तापनि कसैले मलाई आफ्नो जीवनभरि प्रेम गरेको छैन। मानिस मेरो सामने गम्भीर होस् भन्ने म चाहन्छु: उसले मलाई केही कुरा देओस् भनी म माग गर्दिनँ, तर तिनीहरूले मलाई गम्भीर रूपमा लिऊन्, तिनीहरूले मलाई फुस्ल्याउन छोडेर बरु मलाई मानिसको इमानदारीता फर्काएर ल्याउन देऊन्। मेरो अन्तर्दृष्टि, प्रकाश, र प्रयासको मूल्य सबै मानिसमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कामको वास्तविक तथ्य तिनीहरूले मलाई गरेको छलजस्तै सबै मानिसमा व्याप्त छ। मानौं, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेको छ, मानौं, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छन्। यसबाहेक, उसले आफ्नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं उसले आफैलाई क्षमा गर्दछ, मानौं यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाकी होइन र? मानिसको चापलुसी र छलपूर्ण कुराद्वारा म कहिल्यै पनि लट्ठ भएको छैनँ, किनकि मैले धेरैअघि नै उसको वास्तविक गुण पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्ने कसलाई के थाहा? प्रत्येक दिन बित्दै जाँदा मानिसलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २१
पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्वरको हृदय अनुरूप थिए। तिनले परमेश्वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...
यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको...
परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो, तर उहाँ मानव संसारमा आउनुहुँदा मानिसहरूले उहाँको प्रतिरोध गर्न र उहाँलाई तिनीहरूको क्षेत्रबाट धपाउन...
दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्नुपर्ने परमेश्वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि...