परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५९

पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उदाहरणको लागि, यदि कुनै व्यक्तिले अरूबाट चोर्दा आनन्द लिन्छ भने, यो चोरीको आनन्द तिनीहरूको जीवनको भाग हो, चाहे तिनीहरूले कहिलेकाहीँ चोर्ने र कहिलेकाहीँ नचोर्ने नै गरून्। तिनीहरूले चोरी गरे पनि नगरे पनि, तिनीहरूको चोरीको काम एक प्रकारको व्यवहार मात्रै हो भन्‍ने यसले प्रमाणित गर्दैन। बरु, चोरी गर्नु तिनीहरूको जीवनको एक भाग हो अर्थात् तिनीहरूको प्रकृति नै हो भन्‍ने यसले प्रमाणित गर्छ। केहीले सोध्‍नेछन्: यो तिनीहरूको प्रकृति हो भने कहिलेकाहीँ तिनीहरूले राम्रा कुराहरू देखे तापनि किन तिनीहरूले ती कुराहरू चोर्दैनन्? जवाफ एकदमै साधारण छ। तिनीहरूले नचोर्नुका धेरै कारणहरू छन्। तिनीहरूले केही कुरा चोर्दैनन् किनकि त्यो एकदमै ठूलो भएको हुनाले सतर्क आँखाहरूका अगाडि चोर्न कठिन हुन्छ वा त्यो कार्य गर्नको निम्ति उचित समय हुँदैन वा केही कुरा अत्यन्तै महँगो भएको कारण त्यसलाई धेरै कडा पहरा दिइएको हुन्छ वा सायद तिनीहरूलाई त्यस कुराप्रति कुनै चासो हुँदैन वा तिनीहरूको निम्ति त्यसको के प्रयोग हुन्छ भन्‍ने कुरा देख्दैनन् इत्यादि। यी सबै कारणहरू सम्भव छन्। तर जेसुकै भए तापनि तिनीहरूले केही कुरा चोरून् वा नचोरून्, यो विचार क्षणभरको गुज्रेर जाने कुराको रूपमा अस्तित्वमा छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्न सक्दैन। यसको विपरीत यो तिनीहरूको स्वभावको यस्तो भाग हो जसलाई परिवर्तन गरेर असल बनाउन कठिन हुन्छ। यस्तो व्यक्ति एक पटक चोरेर मात्र सन्तुष्ट हुँदैन; जब-जब कुनै राम्रो, वा उचित अवस्था आइपर्छ तब-तब तिनीहरूमा अर्काको धनसम्पत्तिलाई आफ्नै सम्पत्तिको रूपमा दाबी गर्ने यस्तो विचार उत्पन्‍न हुन्छ। यसैले म भन्छु, यस्तो विचारको उत्पत्ति कहिलेकाहीँ सामान्य रूपमा आउने कुरा होइन, तर यो उक्त व्यक्तिको आफ्नै प्रकृतिमा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१२

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०२

आफ्नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९९

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९०

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्