परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५१

मेरा अनुयायीहरू हुन मैले पृथ्वीमा धेरैलाई खोजेको छु। ती सबै अनुयायीहरू मध्ये पूजाहारीहरूका रूपमा सेवा गर्नेहरू, अगुवाई गर्नेहरू, परमेश्‍वरका पुत्रहरू, परमेश्‍वरका जनहरू र सेवा गर्नेहरू छन्। उनीहरूले मप्रति देखाउने वफादारीका आधारमा म उनीहरूको वर्गीकरण गर्छु। जब प्रकारअनुसार सबै वर्गीकृत हुन्छन्, भन्नुको तात्पर्य, जब हरेक प्रकारका व्यक्तिहरूको स्वभाव प्रस्ट हुन्छ, मानवजातिको मुक्तिको मेरो लक्ष्य प्राप्त गर्न म उनीहरू प्रत्येकलाई उनीहरूका न्यायसङ्गत वर्गमा गणना गर्नेछु र उनीहरूलाई प्रकार अनुकूल सुहाउँदो स्थानमा राख्नेछु। मैले मुक्त गर्न चाहेकाहरूलाई म मेरो घरमा समूह समूहमा बोलाउँछु र त्यसपछि उनीहरू सबैलाई अन्त्यका दिनहरूका मेरा काम स्वीकार गर्न लगाउँछु। त्यति नै बेला, उनीहरूको प्रकारअनुसार म उनीहरूको वर्गीकरण गर्छु, त्यसपछि उनीहरूको कर्महरूको आधारमा प्रत्येकलाई पुरस्कृत वा दण्डित गर्छु। मेरो कामका चरणहरू यस्ता छन्।

आज, म पृथ्वीमा बस्छु र म मानिसको बीच बस्छु। मानिसहरूले मेरो कामको अनुभव गर्छन् र मेरा वाणीहरूको प्रतीक्षा गर्छन् र यसका साथै मेरा प्रत्येक अनुयायीहरूलाई म सबै सत्यहरू प्रदान गर्दछु कि उनीहरूले मबाट जीवन प्राप्त गर्न सक्छन्, र त्यसैले उनीहरू हिँड्ने बाटो पनि प्राप्त गर्न सक्छन्। किनकी म परमेश्‍वर हुँ, जीवनदाता हुँ। मेरा कामका धेरै वर्षहरूका दौरान मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन् र धेरै कुरा गुमाएका छन्, तर अझ पनि म भन्छु उनीहरू मलाई साँच्चिकै विश्‍वास गर्दैनन्। किनकी मानिसहरू मुखले मात्र मलाई म परमेश्‍वर हुँ भनी स्वीकार गर्छन्, तर, मैले भनेका सत्यहरूसँग विमति राख्छन्, र अझ मैले उनीहरूलाई भनेको सत्यको अभ्यास गर्दैनन्। भन्नुपर्दा, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर सत्यको अस्तित्वलाई होइन; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर जीवनको अस्तित्वलाई होइन। मानिसहरू परमेश्‍वरको नामलाई मात्र स्वीकार गर्छन् तर उहाँको तत्वलाई होइन। उनीहरूको उत्साहको लागि म उनीहरूलाई घृणा गर्छु किनकी मलाई झुक्याउन उनीहरू मीठो सुनिने शब्दहरू प्रयोग मात्र गर्छन्; उनीहरू कसैले पनि मलाई साँच्चिकै आराधना गर्दैनन्। तिमीहरूका भनाइहरूमा सर्पको प्रलोभन छ; अझ बढी, तिनमा चरम घमण्ड, प्रधान दूतको सत्य घोषणा झल्किन्छ; तिमीहरूका काम कलङ्कित हुने गरी लथालिङ्ग र भताभुङ्ग छन्; तिमीहरूका अधिक चाहनाहरू र लोभी अभिप्रायहरू सुन्न लाजमर्दो छन्। तिमीहरू सबै मेरो घरमा कीराहरू बनेका छौ घृणाको साथ खारेज गर्ने वस्तु बनेका छौ। तिमीहरू कोही पनि सत्यलाई मन पराउँदैनौ; सट्टामा, आशीर्वाद पाउन लालायित हुन्छौ, स्वर्ग चढ्ने इच्छा राख्छौ, ख्रीष्टले उहाँको शक्ति पृथ्वीमा प्रयोग गरेको भव्य दृश्य हेर्ने चाहना राख्छौ। तर के तिमीहरूले कहिल्यै सोचेका छौ तिमीहरू जस्ता पूरै भ्रष्ट जसलाई परमेश्‍वर जे हुनुहुन्छ भन्ने थाहा छैन, तिमीहरू कसरी परमेश्‍वरका अनुयायी हुन लायक हुन्छौ? कसरी तिमीहरू स्वर्गमा चढ्न सक्छौ? कसरी तिमीहरू यस्तो भव्य दृश्य, जुन दृश्यको भव्यताको कुनै पूर्ववर्ती कुरा छैन, त्यो हेर्न लायक हुन्छौ? तिमीहरूका मुख छलकपट र दुर्वचनका, विश्‍वासघात र अहङ्कारका शब्दहरूले भरिएको छ। तिमीहरूले मसँग कहिल्यै पनि सच्चाइका शब्दहरू बोलेका छैनौ, मेरो शब्द अनुभव गरेर कुनै पवित्र शब्द, कुनै विनम्रताका शब्द बोलेका छैनौ। अन्त्यमा, तिमीहरूको विश्‍वास कस्तो छ? तिमीहरूका हृदयमा आकाङ्क्षा र पैसा बाहेक केही पनि छैन र न तिमीहरूका चित्तमा भौतिक वस्तु बाहेक केही छ। प्रत्येक दिन मबाट कसरी केही कुरा लिने तिमी हिसाबकिताब गर्छौ। मबाट कति सम्पत्ति र कति भौतिक वस्तु प्राप्त गर्यौ तिमी हरेक दिन लेखाजोखा गर्छौ। हरेक दिन तिमी अझ बढी कृपा प्राप्त होस् भनेर पर्खन्छौ ताकि ती वस्तुहरूबाट तिमीले अधिक मात्रामा र उच्च तहको आनन्द लिन सकोस्। तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न न त त्यहाँ मबाट आउने सत्य नै हुन्छ, तर बरु त्यहाँ त तिमीहरूका श्रीमान वा श्रीमती, छोराहरू, छोरीहरू र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ बृहत्, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ त्यसैमा दत्तचित्त हुन्छौ। तर तिमीहरूले फुट्ने गरी पेट भरे पनि के तिमीहरू अझै लास होइनौ? बाहिरी रूपमा तिमीहरूले आफूलाई यति सुन्दर वस्त्रले सिङ्गारपटार गरे पनि के तिमीहरू अझै पनि जीवन विहीन जिउँदो लास होइनौ? आफ्नो पेटको लागि तिमीहरू कपाल फुलेर सेतो नहुँदासम्म परिश्रम गर्छौ तर पनि मेरो कामको लागि तिमीहरू कसैले पनि एक त्यान्द्रो कपालसम्म उत्सर्ग गर्दैनौ। तिमीहरू आफ्नै देहको लागि, आफ्नै छोराहरू र छोरीहरूको लागि आफ्नो शरीरलाई बोझ बोकाएर र मस्तिष्कलाई यातना दिएर निरन्तर हिँडिरहेका छौ तर पनि मेरो इच्छाको लागि एक जनाले पनि कुनै सरोकार वा चासो राख्दैनौ। तिमीहरूले मबाट अझ पनि प्राप्त गर्न चाहेको त्यस्तो कुरा के हो?

जब म काम गर्छु म कहिल्यै हतारमा गर्दिनँ। मानिसहरूले मलाई जसरी अनुसरण गरे पनि म मेरो काम चरणबद्ध रूपमा र मेरो योजना अनुसार गर्छु। तसर्थ मेरा विरुद्ध तिमीहरूको सबै विद्रोहका बाबजुद म अझ निरन्तर रूपमा काम गर्छु र अझ मैले बोल्नै पर्ने शब्दहरू बोल्न कहिल्यै छाड्दिन। म त्यस्ता व्यक्तिहरूलाई मेरो घरमा निम्त्याउँछु जो मेरो सन्देश सुन्न मद्वारा पहिले नै निश्चित गरिएका थिए। मेरा वचनहरू मान्ने, मेरा वचनहरू सुन्न लालायित हुने सबैलाई म मेरो गद्दी सामुन्ने उपस्थित गराउँछु; मेरा वचनहरूलाई बेवास्ता गर्ने, मलाई नटेर्ने र खुलमखुला चुनौती दिने सबैलाई अन्तिम दण्डको लागि तयार रहन एकातिर फालिदिन्छु। सबै मानिसहरू भ्रष्टतासँगै र दुष्टको छत्रछायामा बस्ने भएकाले, मेरा अनुयायीमध्ये थोरै मात्र सत्यको लागि मरिमेट्छन्। यसो भन्नुपर्छ, अधिकांश मलाई पूर्ण भक्तिभावले उपासना गर्दैनन्, उनीहरू सच्चाइमा मेरो उपासना गर्दैनन् तर भ्रष्टता र विद्रोह जस्ता कपटपूर्ण माध्यमहरूबाट मेरो विश्‍वास जित्ने प्रयास गर्छन्। यही कारणले म भन्छु: धेरैलाई बोलाइन्छ तर थोरैलाई चुनिन्छ। उनीहरू जसलाई बोलाइन्छ उनीहरू भ्रष्टतामा चुर्लुम्म डुबेका छन् र सबै उही युगमा बाँचेका छन्, तर जो छानिएका छन् उनीहरू तिनीहरूका एक हिस्सा हुन्, उनीहरू सत्यमा विश्‍वास गर्ने र सत्यलाई स्वीकार गर्ने मानिसहरू हुन् साथै उनीहरू सत्यको अभ्यास गर्छन्। तर ती मानिसहरू सम्पूर्णताको सानो अंश मात्र हुन् र उनीहरूबाटै मैले बढी गौरव प्राप्त गर्नेछु। यी वचनहरूका आधारमा, के तिमीहरू छानिएकाहरूमा पर्यौ भनी तिमीहरूले थाहा पायौ? तिमीहरूको अन्त्य कस्तो हुने रहेछ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६६

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३

परमेश्‍वरको मनोवृत्तिलाई बुझ र परमेश्‍वर सम्‍बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ तिमीहरूले हाल विश्‍वास गरेको यो परमेश्‍वर कस्तो प्रकारको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९०

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५८

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्