परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३०

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले आज तँमाथि आइपर्ने सबै कुरालाई तैँले कसरी सामना गर्नुपर्छ सो जान्ने योग्य बनाउँछ, चाहे त्यो जाँचहरू होऊन् वा कठिनाइहरू वा निर्दयी सजाय र सराप होऊन्। यी सबै कुराहरूको सामना गर्नु पर्दा, तैँले हरेक मामिलामा तीमाथि ध्यानपूर्वक विचार गर्नुपर्छ। म यो किन भन्छु? म यो भन्छु, किनकि आज तँमाथि आइलाग्‍ने कुराहरू आखिर छोटो अवधिका परीक्षाहरू हुन् जुन बारम्बार देखा पर्छन्; सायद जहाँसम्म तेरो कुरा छ, ती खासगरी आत्माका निम्ति भार होइनन्, त्यसैले तँ ती कुराहरूलाई आफ्नो स्वाभाविक मार्गमा बग्न दिन्छस्, र तिनलाई प्रगतिको खोजीमा बहुमूल्य सम्पत्तिको रूपमा लिँदैनस्। तँ कति विचारहीन छस्! यहाँसम्म कि तैँले यो बहुमूल्य सम्पत्तिलाई तेरो आँखाको अगाडि तैरिरहेको बादलजस्तो ठान्छस्, र घरीघरी बर्सिने यी कठोर प्रहारहरूलाई तैँले बहुमूल्य ठान्दैनस्—त्यस्ता प्रहारहरू जुन छोटा हुन्छन् र तेरा लागि ती थोरै वजनका जस्ता देखिन्छन्—बरु तँ ती कुराहरूलाई हृदयबाट नलिइकन चिसो टुक्राको रूपमा हेर्छस्, र तिनलाई केवल एक मौकाको प्रहारको रूपमा लिन्छस्। तँ कति अहङ्कारी छस्! समय-समयमा आइरहने यी क्रूर आँधी-बेहरीजस्ता आक्रमणहरूलाई हल्‍का रूपले लिँदै तैँले केवल बेवास्ता गर्छस्; कहिलेकहीँ तैँले चीसो मुस्कानसम्म पनि दिन्छस् र त्यसरी पूर्ण उदासीनताको भाव प्रकट गर्छस्—किनकि तैँले किन त्यस्ता “दुर्भाग्यहरू” भोगिरहन्छस् भनी तैँले आफै कहिल्यै विचार गरेको छैनस्। के मानिसप्रति म एकदम अनुचित भएको छु भन्‍ने हुनसक्छ? के तेरो गल्ती खोतल्‍नुलाई नै म मेरो व्यवसाय बनाउँछु? तेरो मानसिकताका समस्याहरू मैले वर्णन गरेजस्तो गम्भीर नहुन सक्छ, तापनि तेरो बाहिरी हाउभाउ हेर्दा तैँले आफ्नो भित्री संसारको सही चित्र कोरेको धेरै लामो समय भइसक्यो। तेरो हृदयको गहिराइमा लुकेको एउटै मात्र कुरा दुःखका अभद्र अपशब्द र अस्पष्ट छापहरू हुन् जसलाई अरूले मुस्किलले बुझ्न सक्छन्। तैँले यस्ता कष्टहरू भोग्नु अत्यन्तै अन्याय भएको ठान्‍ने हुनाले तँ सराप्छस्; र यी परीक्षाहरूले तँलाई संसारको उजाडपन महसुस गराउने भएकोले तँ उदासीनताले भरिन्छस्। बारम्बार आउने यी प्रहार र अनुशासनका कार्यहरूलाई सर्वोत्तम सुरक्षाको रूपमा हेर्नुको साटो तँ तिनलाई स्वर्गबाट आएको अर्थहीन समस्या, वा तँलाई दिइएको उचित प्रतिफलको रूपमा हेर्छस्। तँ कति अनजान छस्! तैँले असल समयलाई निर्दयी पूर्वक अन्धकारमा सीमित गर्छस्; तैँले बारम्बार अचम्‍मका परीक्षाहरू र अनुशासनको कार्यहरूलाई तेरा शत्रुहरूले गरेको आक्रमणको रूपमा हेर्छस्। तँ आफ्नो वातावरणमा कसरी अनुकूल हुने सो जान्दैनस्, र तँ त्यसो गर्न अझ कम इच्छुक छस्, किनकि तँ यस दोहोरिने अनि तेरो सोचाइको हिसाबमा, निर्दयी सजायबाट केही पनि प्राप्त गर्न इच्छुक छैनस्। तँ खोजी वा अन्वेषण गर्ने कुनै प्रयास गर्दैनस्, र केवल आफ्नो भाग्यमा आफूलाई सुम्पेर, त्यसले जता डोऱ्याउँछ त्यतैतिर जान्छस्। तँलाई निर्मम लाग्‍ने सजायका कार्यहरूले तेरो हृदय परिवर्तन गरेका छैनन्, न त तिनले तेरो हृदयलाई नियन्त्रण नै गरेका छन्; त्यसको साटो, तिनले तेरो हृदयमा छुरी रोप्छन्। तँ यो “क्रूर सजाय” लाई जीवनको तेरो शत्रुको रूपमा मात्रै हेर्छस्, त्यसैले तैँले केही पनि प्राप्त गरेको छैनस्। तँ कति स्व-धर्मी छस्! तैँले आफ्नै अयोग्यताका कारण त्यस्ता परीक्षाहरू भोग्छस् भनी तैँले विरलै विश्‍वास गर्छस्; त्यसको सट्टामा, मैले सधैँ तेरो गल्ती कोट्याउँछु भन्दै तैँले आफैलाई अभागी ठान्छस्। अब कामकुराहरू यस्तो अवस्थामा आइपुगिसकेपछि, मैले भन्‍ने र गर्ने कुराहरूका बारेमा तँ कतिसम्म बुझ्छस्? तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ। तैँले आफ्नो जीवनको सम्बन्धमा एकै क्षण पनि विचार गर्दैनस्, तँलाई ख्यातिको बारेमा केही थाहा छैन, र तँसँग आफ्नो बारेमा ज्ञान हुने कुरा त परै जाओस्। तँ साँच्‍चै “यी सबैभन्दा माथि” छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै, तिनलाई पूर्ण रूपमा सिद्ध...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७४

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ५. वायुप्रवाह पाँचौ कुरा के हो? यो कुरा हरेक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५१

परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त...