परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०४

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन चाहँदैनौं भनेर भन्छन् जस्तो मलाई लाग्दैन। तिमीहरूले येशूलाई देख्नुभन्दा पहिले—तिमीहरूले देहधारी परमेश्‍वरलाई देख्नुभन्दा पहिले—सम्भवतः तिमीहरूले सबै प्रकारका विचारहरूलाई ध्यान दिन्छौ, उदाहरणको लागि, येशूको स्वरूपको बारेमा, उहाँको बोल्ने तरिकामा, उहाँको जीवनको शैलीमा, र अन्य त्यस्तै कुराहरूमा। तर जब तिमीहरूले उहाँलाई वास्तवमै देखेका हुन्छौ, तिमीहरूका विचारहरू तत्काल परिवर्तन हुनेछन्। यस्तो किन हुन्छ? के तिमीहरू जान्न चाहन्छौ? मानिसको सोचाइलाई नजर अन्दाजा गर्न सकिँदैन, जुन सत्य हो—तर त्योभन्दा पनि बढि, ख्रीष्टको सार मानिसद्वारा परिवर्तन हुनसक्दैन। ख्रीष्ट अमरणशील या एउटा महात्मा हुनुहुन्छ भन्‍ने तिमीहरू सोच्छौ, तर कसैले पनि उहाँलाई ईश्‍वरीय सारले भरिएको एउटा साधारण व्यक्ति भनी मान्दैनन्। त्यसै गरी, अधिकांश तिनीहरू जो परमेश्‍वरलाई हेर्नको निम्ति दिन र रात तृषित हुन्छन् तिनीहरू वास्तवमा परमेश्‍वरका शत्रुहरू हुन्, र उहाँ अनुरूप छैनन्। के यो मानिसको गल्ती होइन र? अझै पनि तिमीहरू सोच्छौ कि तिमीहरूको विश्‍वास र भक्तिले नै तिमीहरूलाई ख्रीष्टको मुहार हेर्ने योग्य बनाउनको लागि पर्याप्त छ, तर म तिमीहरूलाई अझै धेरै कुराहरूले आफैलाई सुसज्जित पार्नको निम्ति प्रेरित गर्दछु जुन व्यवहारिक छन्! किनकि भूत, वर्तमान, र भविष्यमा, ख्रीष्टको सम्पर्कमा आएका अधिकांश विफल भएका थिए या विफल हुनेछन्; तिनीहरू सबैले फरिसीहरूको भूमिका खेल्छन्। तिमीहरूको असफलताको कारण के हो? यसको कारण ठ्याक्‍कै के हो भने तिमीहरूको धारणामा एउटा परमेश्‍वर हुनुहुन्छ जो उच्च र सराहनाको योग्य हुनुहुन्छ। तर सत्य त मानिसले इच्छा गरेको जस्तो होइन। ख्रीष्ट उच्च त हुनुहुन्न नै, तर उहाँ विशेष रूपमा सानो पनि हुनुहुन्छ; उहाँ मानिस मात्रै हुनुहुन्न, तर उहाँ एक सामान्य मानिस पनि हुनुहुन्छ; उहाँ स्वर्गमा उचालिन नसक्‍ने मात्र होइन, तर उहाँ पृथ्वीमा पनि स्वतन्त्र रूपमा हिँड्डुल गर्न सक्नुहुन्न। अनि यस्तो भएको हुनाले, मानिसहरूले एउटा सामान्य व्यक्तिलाई जस्तै गरी उहाँलाई व्यवहार गर्छन्; तिनीहरूले उहाँसँगै हुँदा उहाँलाई सामान्य व्यवहार गर्छन्, र उहाँसँग लापरवाही रूपमा बोल्छन्, जबकी त्यस क्रममा तिनीहरू “साँचो ख्रीष्ट” को आगमनको निम्ति पर्खिरहेका हुन्छन्। तिमीहरूले आइसक्नुभएको ख्रीष्टलाई सामान्य मानिसको रूपमा लिन्छौ, र उहाँको वचनहरूलाई सामान्य व्यक्तिको जस्तो गरि लिन्छौ। यही कारणले गर्दा, तिमीहरूले ख्रीष्टबाट केही पनि प्राप्त गरेका छैनौ, र त्यसको सट्टामा उहाँले ज्योतिमा तिमीहरूको आफ्नो कुरूपतालाई पूर्ण रूपले खुलासा गरिदिनुभएको छ।

ख्रीष्टको सम्पर्कमा आउनुभन्दा पहिले, तैँले के विश्‍वास गरेको हुनसक्छस् भने, तेरो आफ्नो स्वभाव पूर्ण रूपले रूपान्तरण भइसकेको छ, तँ ख्रीष्टको एउटा वफादार अनुयायी होस्, कोही पनि तँ जत्तिको ख्रीष्टको आशिषहरू प्राप्त गर्ने योग्यका छैनन्—र तैँले, धेरै सडकहरू यात्रा गरेको, धेरै कार्य गरेको, र धेरै फल ल्याएको हुनाले, तँ निश्‍चय नै तिनीहरू मध्ये एक हुनेछस् जसले अन्ततः मुकुट प्राप्त गर्नेछ। यद्यपि एउटा सत्य छ जुन तँलाई थाहा नहुनसक्छ: मानिसको भ्रष्ट स्वभाव र उसको विद्रोहीपन र प्रतिरोध तब खुलासा हुँदछ जब उसले ख्रीष्टलाई देख्दछ, र यस बेला खुलासा हुने विद्रोहीपन र प्रतिरोध अरू बेलाको दाँजोमा अझै धेरै पूर्ण र सम्पूर्ण रूपले खुलासा हुँदछ। किनभने ख्रीष्ट मानिसको पुत्र हुनुहुन्छ—मानिसको एउटा पुत्र जसमा सामान्य मानवता छ—मानिसले न त उहाँलाई सम्मान गर्छ न त आदर नै गर्छ। परमेश्‍वर देहमा बास गर्नुहुने भएकोले मानिसको विद्रोहीपन यति सम्पूर्ण रूपमा र स्पष्ट रूपमा प्रकाशमा ल्याइदिन्छ। त्यसैले म भन्छु कि ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई खुलस्त गरिदिएको छ र मानवजातिको प्रकृतिलाई उदाङ्गो पारिदिएको छ। “एउटा बाघलाई लोभ देखाई डाँडोबाट तल ल्याउनु” र “एउटा ब्वाँसोलाई लोभ देखाई गुफाबाट बाहिर निकाल्नु” भनेको यही हो। तँ परमेश्‍वरप्रति बफादार छस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तैँले परमेश्‍वरलाई पूर्ण आज्ञाकारीता देखाउँछस् भनेर भन्‍ने हिम्मत तँसँग छ? तँ विद्रोही छैनस् भन्‍ने हिम्मत तँसँग छ? कोही-कोहीले भन्नेछन्: “जुन बेला परमेश्‍वरले मलाई नया वातावरणमा स्थापित गर्नुहुन्छ, म गनगन नगरिकन स्थिर रूपमा समर्पित हुन्छु, र यसको साथै परमेश्‍वरको बारेमा म कुनै धारणाहरू बुन्दिनँ।” कसैले भन्नेछन्: “परमेश्‍वरले मलाई गर्न दिनुभएको काम म मेरो क्षमताले भ्याएसम्म गर्नेछु र म त्यसलाई कदापि लापरवाही गर्दिन।” त्यस हकमा, म तिमीहरूलाई यो सोध्छु: जब तिमीहरू उहाँसँगै जिउँछौं तब के तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्छौ? र कहिलेसम्म तँ उहाँको अनुरूप रहनेछस्? एक दिन? दुई दिन? एक घण्टा? दुई घण्टा? तेरो विश्‍वासको तारिफ गर्न योग्य हुन सक्ला, तर तँ दृढताको बाटोमा त्यति धेरै छैनस्। जब तँ वास्तवमै ख्रीष्टसँग जिइरहेको हुन्छस्, तेरा वचनहरू र क्रियाकलापहरूबाट तेरो स्व-धार्मिकता र आत्म-महत्त्व एक-एक गरेर खुलासा हुनेछ, र त्यसरी नै तेरो घमण्डी चाहनाहरू, तेरो अनाज्ञाकारी मानसिकता र असन्तुष्टि स्वभाविक रूपमा नै प्रकट हुनेछ। अन्ततः तेरो अहङ्कार पहिलेको भन्दा तबसम्म ठूलो हुनेछ, जबसम्म तँ आगो र पानी झैँ नमिल्‍ने गरी ख्रीष्टको विरोधमा हुन्छस्, र त्यसपछि तेरो प्रकृति पूर्ण रूपले खुलासा हुनेछ। त्यस बेला, तेरा धारणाहरू उप्रान्त ढाक्‍न सकिँदैन, तेरा गुनासाहरू पनि स्वभाविक रूपमा बाहिर निस्की आउनेछ, र तेरो पतित मानवताको पूर्ण रूपमा खुलासा हुनेछ। तैपनि, त्यसबेला समेत, तैँले अझै पनि तेरो आफ्नो विद्रोहीपन स्वीकार गर्न मान्दैनस्, त्यसको सट्टामा यस प्रकारको ख्रीष्टलाई स्वीकार गर्न सजिलो छैन, कि उहाँ मानिसको लागि अत्यन्त कठोर हुनुहुन्छ, र उहाँ एउटा दयालु ख्रीष्ट हुनुहुन्थ्यो भने तँ पूर्ण रूपमा समर्पित हुनेथिइस् भन्‍ने विश्‍वास गर्छस्। तिमीहरूले के विश्‍वास गर्छौ भने तिमीहरूको विद्रोहीपन उचित छ, उहाँले तिमीहरूलाई हदभन्दा बढी गर्नुभयो भने मात्रै तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्छौ। तैँले ख्रीष्टलाई परमेश्‍वरको रूपमा हेरेको छैनस्, उहाँमा आज्ञाकारी हुने अभिप्राय तँमा छैन भन्‍ने कुरालाई तिमीहरूले एक पटक पनि विचार गरेनौ। बरु, तँ त ख्रीष्टले चाहिँ तेरो इच्छा बमोजिम कार्य गर्नुभएको होस् भनेर जिद्दी गर्छस् र जब उहाँले तेरो विचारसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ तब तैँले उहाँ परमेश्‍वर होइन तर एउटा मानिस हो भन्‍ने विश्‍वास गर्छस्। के तिमीहरूमध्ये उहाँसँग यस तरिकाले संघर्ष गर्ने धेरै छैनन् र? आखिरमा तिमीहरूले कसमाथि विश्‍वास गर्छौ? अनि कुन तरिकामा तिमीहरूले खोजी गर्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२८

धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६५

मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले। मत्ती १२:६-८ तर म...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३९

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन्...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९

परमेश्‍वरद्वारा स्वीकार नगरिएका व्यक्तिहरू केही यस्ता मानिसहरू छन् जसको विश्‍वासलाई परमेश्‍वरको हृदयमा कहिल्यै पनि स्वीकार गरिएको छैन।...