परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १६३
यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्वर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरलाई चिन्नुको अर्थ के हो? यसको अर्थ उहाँको खुसी, रिस, दुःख र सुख जान्न सक्नु, र यसरी उहाँको स्वभाव चिन्नु हो—परमेश्वरलाई साँचो रूपमा चिन्नु भनेको यही हो। तैँले उहाँलाई देखेको छु भनेर दाबी गर्छस्, तैपनि तैँले अझै उहाँको खुसी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्ने कुरा नै जान्दछस्। यो परमेश्वरबारेको ज्ञान होइन। कतिपय मानिसहरूले परमेश्वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन् नै भन्ने हुँदैन। साँचो रूपमा परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरप्रति समर्पित हुनु हो। परमेश्वरप्रति साँचो रूपमा समर्पित नहुनेहरूले साँचो रूपमा उहाँमा विश्वास गरेका हुँदैनन्—भिन्नता यहीँ हुन्छ। जब तैँले परमेश्वरलाई धेरै वर्षदेखि पछ्याएको हुन्छस्, र तँसँग परमेश्वरको बारेमा ज्ञान र बुझाइ हुन्छ, जब तँसँग परमेश्वरका अभिप्रायका बारेमा केही बुझाइ र समझ हुन्छ, जब तँलाई मानिसलाई मुक्ति दिने परमेश्वरको विचारशील चिन्तनको बारेमा थाहा हुन्छ, त्यस बेला तैँले परमेश्वरमा साँचो विश्वास गर्छस्, साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन्छस्, परमेश्वरलाई साँचो प्रेम गर्छस्, र साँचो रूपमा परमेश्वरको आराधना गर्छस्। यदि तैँले परमेश्वरमा विश्वास त गर्छस् तर परमेश्वरको ज्ञान पछ्याउँदैनस्, र परमेश्वरका अभिप्राय, उहाँको स्वभाव, र उहाँको कामको बारेमा तँसँग कुनै बुझाइ छैन भने, तँ केवल परमेश्वरको निम्ति भौँतारिने र अधिकांशले जे गर्छन् त्यही अनुसरण गर्ने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण पनि भन्न सकिन्न, साँचो आराधना त परको कुरा हो। साँचो आराधना कसरी हुन्छ त? निस्सन्देह नै, परमेश्वरलाई देख्ने र साँचो रूपमा परमेश्वरलाई चिन्नेहरू सबैले परमेश्वरको आराधना गर्छन् र उहाँको डर मान्छन्; तिनीहरू सबै दण्डवत् र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको डर मान्नेछन्। सामान्यतः मानिसहरूसँग परमेश्वरबारे जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसै कारण तिनीहरूले परमेश्वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्वरलाई चिन्थे र देख्थे भने, तिनीहरू त्रासले काँप्थे र भुईँमा लम्पसार पर्थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्न पनि म योग्य छैन” (मत्ती ३:११)—यूहन्नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग परमेश्वरबारे गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्वर तेजस्वी हुनुहुन्छ भन्ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्वरको डर मान्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरू कसरी परमेश्वरको डर मान्न सक्छन् र? यदि मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्वरको स्वभाव नै बुझ्छन् भने, तिनीहरू व्यावहारिक परमेश्वरको साँचो आराधना गर्न सक्षम हुने कुरै आउँदैन। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँविरुद्ध विद्रोह गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्वरत्वको बारेमा जान्नुपर्छ। यो परमेश्वरलाई जान्ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्वरमाथि विश्वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्वर...
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसको बारेमा केही...
मानिसहरूको नियतिलाई परमेश्वरप्रतिको तिनीहरूको आचरणले निर्धारण गर्छ परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, र मानिसहरूले फरक-फरक...
जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ।...