परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६९

अब तिमीहरूसँग आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे केही सुझबुझ छ। एकपटक तिमीहरूले कुन-कुन भ्रष्ट कुराहरू अझै पनि नियमित रूपमा प्रकट गर्न सक्छौ अनि सत्यतासँग नमिल्‍ने के-कस्ता कामहरू अझै पनि गर्न सक्छौ भनेर स्पष्ट रूपमा देख्न सक्षम भएपछि, तिमीहरूको भ्रष्ट स्वभावलाई धुन सहज हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्‍न सक्दैनन्? किनभने हरपल र हर हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई हर कुरामा सिमित तुल्याइरहेको र बाधा दिइरहेको हुन्छ। सबै कुरा ठिकै हुँदा, र ठोकर नखाँदा वा नकारात्मक नहुँदा, केही मानिसहरूले सधैँ आफूसँग कद भएको महसुस गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको प्रकाश हुँदा र हटाइँदा, त्यो ठूलो कुरा होइन भन्‍ने सोच्छन्। तिनीहरूले सबैसामु धाकसमेत लगाउनेछन्, “अरू जोकोहीले पनि ठोकर खान सक्ला, तर म ठोकर खादिनँ। अरू कसैले परमेश्‍वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरूले हर अवस्था वा परिस्थितिमा आफू गवाहीमा दह्रिलो गरी खडा हुन सक्छु भन्‍ने सोच्छन्। अनि नतिजा के हुन्छ? एक दिन तिनीहरूलाई जाँचिन्छ र तिनीहरूले परमेश्‍वरको बारेमा गुनासो र गनगन गर्छन्। के यो असफल हुनु अनि ठोकर खानु होइन र? मानिसहरूलाई जाँचले जत्तिको अरू कुनै कुराले पनि प्रकाश गर्दैन। परमेश्‍वरले मानिसको अन्‍तस्‍करणको छानबिन गर्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो, एकदिन तिनीहरूले त्यही कुरामा ठोकर खानेछन्। जब अरूहरूले कुनै निश्चित परिस्थितिमा ठोकर खाएको र असफल भएको देख्छन्, तिनीहरू यसलाई ठूलो कुरा मान्दैनन्, र तिनीहरू आफैले कुनै गलत काम गर्न सक्दैनन्, तिनीहरू दह्रिलोसित खडा हुन सक्‍नेछन् भन्‍नेसमेत सोच्छन्—तर तिनीहरू पनि आखिर उही परिस्थितिमा ठोकर खान र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यता अभ्यास गर्न तिनीहरूलाई अत्यन्तै कठिन हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोली र कार्यमा बेइमान हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरू यति भन्छन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर उनीहरूको प्रकृति आफैमा छली छ भनेर भन्दैनन्, र उनीहरू छली व्यक्ति हुन् भनेर भन्दैनन्। आफ्नो भ्रष्ट प्रकृतिको बारेमा तिनीहरूको ज्ञान त्यत्ति गहन हुँदैन, र तिनीहरू त्यसलाई गम्भीर रूपमा हेर्दैनन्, न त अरूले जस्तो त्यसलाई पूर्ण रूपमा नै हेर्छन्। अरूको दृष्टिकोणबाट हेर्दा यो व्यक्ति अति छली र अति कुटिल छ, र उनीहरूले बोल्ने हरेक कुरामा चालबाजी हुन्छ, र उनीहरूका वचन र काम कहिल्यै इमानदार हुँदैनन् भन्‍ने देख्छन्—तर त्यस व्यक्तिले आफैलाई त्यत्ति गहन रूपमा चिन्‍न सक्दैन। उनीहरूमा हुने कुनै पनि ज्ञान केवल सतही हुन्छ। जब-जब उनीहरू बोल्छन् र कार्य गर्छन्, उनीहरूले आफ्नो प्रकृतिको कुनै भाग प्रकट गर्छन्, तापनि उनीहरू त्यसबारे अनजान हुन्छन्। तिनीहरूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन, तिनीहरूले पहिल्यै सत्यता अभ्यास गरिसकेका छन् भन्‍ने विश्‍वास गर्छन्—तर अवलोकन गर्ने मानिसहरूका लागि, यस्ता मानिसहरू निकै कुटिल र छली हुन्छन् र तिनीहरूका बोलीवचन र व्यवहार अत्यन्तै बेइमान हुन्छन्। भन्‍नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बीचमा ठूलो भिन्‍नता हुन्छ। यो परमेश्‍वरले खुलासा गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको पर्याप्त गहन बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्‍नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र ऊर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकाहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्‍न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्‍चित प्रकारको कार्य गरेकोले वा कुनै निश्‍चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्‍चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्‍चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्‍वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्‍नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्‍नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरूले सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यताको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ नीतिहरू पालन मात्रै गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्तै नराम्रो भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्ने हदसम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही व्यवहारहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्‍वरप्रति समर्पित हुँदैनन्।

मानिसहरूको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारण के हो भने, मानिसहरूको आचरणमा आएको परिवर्तनले तिनीहरूको मौलिक रूपरङ्गलाई आधारभूत रूपमा परिवर्तन गर्न सक्दैन, यसले तिनीहरूको प्रकृति बदल्न सक्‍ने त कुरै नगरौँ। मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग आफ्‍नै प्रकृति सारबारे ज्ञान भएपछि अनि सत्यता अभ्यास गर्न सक्‍ने भएपछि मात्र, तिनीहरूको अभ्यास पर्याप्त रूपमा गहन हुनेछ र त्यो कुरा बन्‍नेछ, जुन प्रावधानहरूको पालना मात्र हुनेछैन। मानिसहरूले आज जसरी सत्यता अभ्यास गर्छन् त्यो अझै पनि मापदण्डअनुसारको छैन, र त्यसले सत्यताले चाहे जति सबै कुरा पूर्ण रूपमा हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, अनि तिनीहरू निश्‍चित स्थिति र परिस्‍थितिहरूमा पुगेपछि मात्रै तिनीहरूले थोरबहुत सत्यता अभ्यास गर्न सक्छन्; यो उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्‍ने अवस्था होइन। जब कुनै बेला मानिसहरू खुसी हुन्छन् र तिनीहरूको स्थिति राम्रो हुन्छ, वा जब तिनीहरूले अरूसँग सङ्गति गरिरहेको हुन्छन् अनि तिनीहरूसँग आफ्नो हृदयमा अभ्यासको मार्ग हुन्छ, तब अस्थायी रूपमा तिनीहरूले सत्यतासँग मिल्‍ने केही कुराहरू गर्न सक्छन्। तर जब तिनीहरू नकारात्मक अनि सत्यता खोजी नगर्ने मानिसहरूसँग जिउँछन् र यी मानिसहरूद्वारा प्रभावित हुन्छन्, तिनीहरूले आफ्‍नो हृदयमा अभ्यासको मार्ग गुमाउँछन्, र सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्। यसले तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूले अझै पनि साँचो रूपमा सत्यता बुझेका छैनन् भन्‍ने देखाउँछ। कतिपय व्यक्तिहरूलाई सही मानिसहरूले डोर्‍याए र अगुवाइ गरे भने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्; यद्यपि तिनीहरूलाई झूटो अगुवा वा ख्रीष्टविरोधीले बहकायो र बाधा दियो भने, तिनीहरूले सत्यता अभ्यास गर्न नसक्‍ने मात्र होइन, तिनीहरू बहकाउमा परी ती मानिसहरूलाई पछ्याउने सम्‍भावना पनि हुन्छ। त्यस्ता मानिसहरू अझै पनि खतरामा हुन्छन्, होइन र? यस्तो कद भएका यस्ता मानिसहरूले सबै मामला र परिस्थितिमा सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले अभ्यास नै गरे पनि, तिनीहरू सही मुडमा हुँदा वा अरूले बाटो देखाउँदा मात्रै यसो गर्न सक्छन्; अगुवाइ गर्ने कुनै असल व्यक्ति भएन भने, कहिलेकाहीँ तिनीहरूले सत्यता उल्लङ्घन गर्ने काम गर्न सक्छन् र अझै पनि परमेश्‍वरका वचनहरूबाट टाढा बरालिन्छन्। अनि यस्तो किन हुन्छ? तैँले आफ्ना केही स्थितिहरूलाई मात्रै चिनेकोले, र तँलाई तेरो आफ्‍नै प्रकृति सारको बारेमा ज्ञान नभएकोले, र तैँले देहविरुद्ध विद्रोह गरेर सत्यता अभ्यास गर्ने कद प्राप्त गर्न अझै बाँकी भएकोले यस्तो भएको हुन्छ; त्यसकारण, भविष्यमा तैँले के गर्नेछस् त्यो तेरो नियन्त्रणमा हुँदैन, र तँ कुनै पनि परिस्थिति वा जाँचमा दह्रिलो गरी खडा हुन सक्छस् भन्‍ने कुरा निश्‍चित गर्न सक्दैनस्। कहिलेकाहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तँ अलिकति परिवर्तित भएको छस् भन्‍ने देखिन्छ, तैपनि फरक परिस्थितिमा, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्। यो नियन्त्रण बाहिरको कुरा हो। कहिलेकाहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकाहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। अहिले, तैँले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट कुराहरू छन्, र यदि तैँले साँचो रूपमा आफूलाई चिन्‍न सक्दैनस् भने, यी कुराहरूलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैँले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र अन्ततः परमेश्‍वरको विरोध गर्ने कुराहरू गर्न सक्षम हुन्छस् भने, तँ खतरामा छस्। यदि तैँले आफ्नो प्रकृतिलाई भित्रैबाट बुझ्न र त्यसलाई घृणा गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैविरुद्ध विद्रोह गर्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६४

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै दुर्व्यवहार गर्नेछैन; म तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३५

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्‍वास गर्छौ कि यदि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २१

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्