परमेश्वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १२
छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
ठ्याक्कैसित भन्नुपर्दा, आफ्नो विश्वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्ने सर्वोत्तम शैली यही नै थियो। परमेश्वरले पठाउनुभएका सयौँ परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई मानिसप्रतिको परमेश्वरका न्याय र खुलासाका हरेक वचनहरू, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मापदण्डहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र सहीसित ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्नुभएका हरेक वचनहरूलाई तिनले इमान्दारीपूर्वक चिन्तन र याद गर्ने प्रयास गरे, र तिनले राम्रो नतिजा हासिले गरे। यसरी अभ्यास गरेर तिनले परमेश्वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्था र कमीकमजोरीहरूबारे मात्र होइन, मानिसको सार र प्रकृतिबारे पनि बुझाइ हासिल गरे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, तिनले त परमेश्वरको धर्मी स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्वरको कामको लागि उहाँको अभिप्राय, र मानवजातिप्रति परमेश्वरका मापदण्डहरू पनि बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्वरलाई चिने। तिनले परमेश्वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्वर आजभोली बोल्नुभए जति बोल्नुहुन्नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्वरका मापदण्डहरूबारे विशेष ध्यान केन्द्रित गरे। मानिसले परमेश्वरको अभिप्रायअनुरूप परमेश्वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू जीवन बन्न सकुञ्जेल र ती सत्यता हुञ्जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्न तथा तिनलाई बारम्बार चिन्तन र बोध गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्वरको अभिप्रायअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्वरको चाहनाअनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्न सके। यसरी, पत्रुस परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा पत्रुसको सेवा परमेश्वरको अभिप्रायअनुरूप हुन गयो।
यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्न सकिन्छ कि परमेश्वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात्, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिको लागि उहाँका खुलासा र मापदण्डहरू, परमेश्वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्नुभएको मानव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन,...
पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो।...
जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत...
आज तँलाई जित्नुको उद्देश्य परमेश्वर तेरा परमेश्वर र अरूका पनि परमेश्वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण...