परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५१

समझशक्ति हुनु, अधीनता हुनु, र तँ आत्मामा तीक्ष्ण हुन सक्‍ने गरी स्थितिहरूलाई बुझ्ने क्षमता प्राप्त गर्नु भनेको तैंले कुनै कुराको सामना गर्नेबित्तिकै तँभित्र परमेश्‍वरका वचनहरूको ज्योति र अन्तर्दृष्टि आउँछ भन्ने हो। आत्मामा तीक्ष्ण हुनु भनेको यही हो। परमेश्‍वरले सबै कुरा मानिसहरूका आत्मालाई पुनर्जीवित पार्नका लागि गर्नुहुन्छ। किन परमेश्‍वरले सधैँ मानिसहरू बोधो र मन्द-बुद्धिका छन् भनी भन्नुहुन्छ? किनभने मानिसहरूका आत्मा मरेका छन्, र ती यति बोधो बनेका छन् कि आत्मिक कुराहरूका निम्ति ती पूर्ण रूपले अनजान छन्। परमेश्‍वरको काम भनेको मानिसको जीवनलाई उन्नति गराउनु र मानिसहरूको आत्मालाई फेरि जीवित पार्न सहायता गर्नु हो, यसरी तिनीहरूले आत्माका कुराहरू देख्न सक्छन्, र आफ्नो हृदयमा सधैँ परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्। यस चरणमा पुगेपछि यसले त्यस व्यक्तिको आत्मा पुनर्जीवित भएको छ भन्ने देखाउँछ, र अर्को चोटि उसले कुनै कुराको सामना गर्दा उसले तुरुन्तै प्रतिक्रिया दिन सक्छ। उसले प्रवचनहरूप्रति प्रतिक्रिया दिन सक्छ, र अवस्थाहरूप्रति तुरुन्तै प्रतिक्रिया दिन्छ। आत्माको तीक्ष्णता प्राप्त गर्नु भनेको यही हो। धेरै मानिसहरू यस्ता हुन्छन्, जसले बाहिरी घटनाको बारेमा तुरुन्तै प्रतिक्रिया दिन्छन्, तर वास्तविकतामा प्रवेश गर्ने बारेमा वा आत्माका सबै कुराहरूको बारेमा सम्पूर्ण विवरण बताउन साथ तिनीहरू बोधो र मन्द बुद्धिका बन्छन्। यदि कुनै कुरा तिनीहरूकै अगाडि छ भने मात्र तिनीहरू त्यसलाई बुझ्छन्। यी सबै आत्मिक रूपमा बोधो र मन्द-बुद्धि हुनुका, आत्माका कुराहरूको थोरै अनुभव प्राप्त गर्नुका चिह्नहरू हुन्। कतिपय मानिसहरू आत्मामा तीक्ष्ण हुन्छन्, र तिनीहरूमा समझशक्ति हुन्छ। तिनीहरूको अवस्था देखाउने वचनहरू सुन्‍नसाथ, कुनै समय खेर नफाली तिनीहरू ती कुरा लेख्छन्। तिनीहरूले अभ्यासका सिद्धान्तहरूको बारेमा वचनहरू सुनेपछि, तिनीहरूले तिनलाई स्वीकार्न र पछिको आफ्नो अनुभवमा लागू गर्न सक्छन्, र त्यसरी आफैलाई परिवर्तन गर्न सक्छन्। यो त्यस्तो व्यक्ति हो, जो आत्मामा तीक्ष्ण छ। तिनीहरूले किन यति छिटो प्रतिक्रिया दिन सक्छन्? किनकि तिनीहरूले दैनिक जीवनमा यी कुराहरूमा ध्यान दिन्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले ती वचनको आधारमा आफ्ना अवस्थाहरूलाई जाँच्न र तिनीहरूका आफ्नै बारेमा विचार गर्न सक्छन्। जब तिनीहरू तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिने सङ्गति गर्छन् र वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै तिनलाई स्वीकार गर्न सक्छन्। यो भोको मानिसलाई भोजन दिनुजस्तै हो; तिनीहरूले त्यो तुरुन्तै खाइहाल्न सक्छन्। यदि तँ नभोकाएको मानिसलाई भोजन दिन्छस् भने तिनीहरूले तुरुन्तै प्रतिक्रिया दिँदैनन्। तँ प्रायजसो परमेश्‍वरसँग प्रार्थना गर्छस्, र त्यसपछि कुनै कुराको सामना गर्नुपर्‍यो भने, तैँले तुरुन्तै प्रतिक्रिया दिन सक्छस्: यस विषयमा परमेश्‍वरले के चाहनुहुन्छ, र तैंले कसरी व्यवहार गर्नुपर्छ। पछिल्लो समय परमेश्‍वरले तँलाई यस विषयमा डोऱ्याउनुभयो; जब आज तँ यस्तै कुराको सामना गर्छस्, तब परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रकारले कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा तैँले प्राकृतिक रूपमै जान्दछस्। यदि तैँले सधैँ यसरी अभ्यास गर्छस् भने र सधैँ यसरी अनुभव गर्छस् भने, कुनै बेला यो तेरो स्वभाव नै बन्‍नेछ। परमेश्‍वरको वचन पढ्दा, परमेश्‍वरले कस्तो प्रकारको मानिसलाई सङ्केत गर्दैहुनुहुन्छ भन्‍ने तँलाई थाहा हुन्छ, उहाँले आत्माको कस्ता अवस्थाहरूको कुरा गर्दैहुनुहुन्छ सो तँलाई थाहा हुन्छ, र तैँले मुख्य बुँदालाई बुझ्न र त्यसलाई अभ्यास गर्न सक्नेछस्; यसले तँ अनुभव गर्न सक्षम छस् भन्ने देखाउँछ। कतिपय मानिसहरूमा किन यस कुराको कमी छ? किनकि तिनीहरूले अभ्यासको पक्षमा धेरै प्रयास गर्दैनन्। तिनीहरू सत्यताको अभ्यास गर्न इच्छुक भए पनि, उनीहरूमा सेवाको सबै कुराहरू, तिनीहरूका जीवनका सबै सत्यताहरूको वास्तविक अन्तर्ज्ञान हुँदैन। केही भयो भने तिनीहरू अलमल्ल पर्छन्। यस्तो हुँदा, जब झूटो अगमवक्ता वा झूटो प्रेरित आउँछ तब तँ बहकिन सक्छस्। तैंले परमेश्‍वरको वचन र कामको बारेमा नियमित सङ्गति गर्नुपर्दछ—यस तरिकाले मात्र तैँले सत्यता बुझ्न र समझशक्ति विकास गर्न सक्नेछस्। यदि तँ सत्यतालाई बुझ्दैनस् भने, तँसँग कुनै समझशक्ति हुनेछैन। उदाहरणको लागि, परमेश्‍वरले के बोल्नुहुन्छ, परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ, तँ कस्तो प्रकारका मानिसहरूको सम्पर्कमा आउनुपर्छ, र तैंले कस्तो किसिमका मानिसहरूलाई इन्कार गर्नुपर्छ—तैँले यी कुराहरूको विषयमा नियमित सङ्गति गर्नुपर्दछ। यदि तैंले सधैँ यसरी परमेश्‍वरको वचनको अनुभव गरिस् भने, तैँले सत्यतालाई बुझ्नेछस् र धेरै कुरा राम्ररी बुझ्नेछस्, र तँसित समझशक्ति पनि हुनेछ। पवित्र आत्माद्वारा अनुशासन गरिनु भनेको के हो, मानव इच्छाबाट जन्मेको दोष के हो, पवित्र आत्माको अगुवाइ के हो, वातावरणको बन्दोबस्त भनेको के हो, भित्री अन्तर्दृष्टि दिने परमेश्‍वरका वचनहरू भनेका के हुन्? यदि तँ यी कुराहरूको बारेमा स्पष्ट छैनस् भने, तँसँग कुनै समझशक्ति हुनेछैन। पवित्र आत्माबाट के आउँछ, विद्रोही स्वभाव भनेको के हो, परमेश्‍वरको वचन कसरी पालन गर्ने र तेरो विद्रोहीपनलाई कसरी फाल्ने त्यो तँलाई थाहा हुनुपर्छ; यदि तँसँग यी कुराहरूको अनुभवपूर्ण ज्ञान छ भने, तँसँग एउटा जग हुनेछ; जब केही कुरा आइपर्छ तब तँसँग त्यसलाई नाप्ने एउटा उचित सत्यता र जगको रूपमा उपयुक्त दर्शनहरू हुनेछन्। तैंले गर्ने सबै कुरामा तँसँग सिद्धान्तहरू हुनेछन्, र तैँले सत्यताको आधारमा काम गर्न सक्नेछस्। तब तेरो जीवन परमेश्‍वरको अन्तर्दृष्टिले भरिपूर्ण, परमेश्‍वरका आशिषहरूले भरिपूर्ण हुनेछ। परमेश्‍वरले इमानदारीसाथ उहाँलाई खोज्ने वा उहाँमा जिउने र उहाँको निम्ति साक्षी दिने व्यक्तिसँग अनुचित व्यवहार गर्नुहुनेछैन, र सत्यताका लागि साँच्चै तिर्खाउन सक्ने कुनै पनि व्यक्तिलाई उहाँले सराप दिनुहुनेछैन। यदि, तैंले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गर्दा आफ्नै वास्तविक अवस्थालाई जान्नका निम्ति ध्यान दिन सक्छस्, तेरो आफ्नै अभ्यासमा ध्यान दिन सक्छस्, र तेरो आफ्नै बुझाइमा ध्यान दिन सक्छस् भने, तैंले कुनै समस्याको सामना गर्दा, अन्तर्दृष्टि पाउनेछस् र व्यावहारिक बुझाइ प्राप्त गर्नेछस्। तब तैँले सबै कुरामा अभ्यास गर्ने मार्ग र भेद-ज्ञान पाउनेछस्। जुन व्यक्तिसित सत्यता हुन्छ ऊ धोकामा पर्ने सम्भावना हुँदैन, विघटनकारी व्यवहार गर्ने वा अनावश्यक व्यवहार गर्ने सम्भावना हुँदैन। सत्यताको कारण, ऊ सुरक्षित हुन्छ, र साथै सत्यताको कारण नै उसले अझ अरू बुझाइ प्राप्त गर्दछ। सत्यताको कारण ऊसँग अभ्यासका अझ धेरै मार्ग हुन्छन्, पवित्र आत्माले ऊभित्र काम गर्ने धेरै मौकाहरू पाउनुहुन्छ, र उसले सिद्ध पारिने धेरै मौका पाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७८

येशूमाथि फरिसीहरूको न्याय मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५११

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्