परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०
बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरको विश्वासी हुनु भनेको तैंले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैंले जे गर्छस् त्यो परमेश्वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्वरका आत्मा भनेको परमेश्वरका आत्मा नै हो, र परमेश्वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्ने विश्वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्वरको अघि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्वरसँगको तेरो घनिष्ठता, तँ परमेश्वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्वरको इच्छा अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्वरको सामु ल्याइस् र परमेश्वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्वरको उपस्थितिमा जिउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ
बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध...
आज, म चीनमा परमेश्वरले चुन्नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका...
आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट हुन जरुरी छ कि, आखिरी दिनहरूमा, परमेश्वरले पूरा गर्नुहुने मुख्य कुरा “वचन देह बन्नुहुन्छ” भन्ने तथ्य...