परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४५

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत गर्छन्, जसले उहाँका काम पालना गर्न सक्छन्, जसले परमेश्‍वरले बोल्नुभएका वचनहरू सत्य छन् भनी विश्‍वास गर्छन्, र जसले परमेश्‍वरका आवश्यकताहरूलाई व्यवहारमा लागू गर्न सक्छन्; तिनीहरू हृदयमा साँचो समझ भएकाहरू हुन्, तिनीहरू सिद्ध तुल्याइन सक्‍नेहरू हुन्, र तिनीहरू अनिवार्य रूपमा पूर्णताको बाटोमा हिँड्न सक्‍नेछन्। जो सिद्ध तुल्याइन सक्दैनन् तिनीहरू ती मानिसहरू हुन् जसमा परमेश्‍वरको कामको स्पष्ट ज्ञान हुँदैन, जसले परमेश्‍वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, जसले उहाँको वचनमा ध्यान दिँदैनन्, र जसको हृदयमा परमेश्‍वरको निम्ति कुनै प्रेम हुँदैन। जसले देहधारी परमेश्‍वरमा शङ्का गर्छन्, तिनीहरू उहाँको बारेमा सधैँ अनिश्चित हुन्छन्, उहाँको वचनलाई कहिल्यै पनि गम्भीरतासित लिँदैनन् र उहाँलाई सधैँ धोका दिन्छन्, जसले परमेश्‍वरको विरोध गर्छन् र जो शैतानका हुन्; त्यस्ता व्यक्तिहरूलाई सिद्ध गर्ने कुनै उपाय हुँदैन।

यदि तँ सिद्ध पारिन चाहन्छस् भने, पहिले तैंले परमेश्‍वरद्वारा निगाह पाउनुपर्दछ, किनकि उहाँले जसलाई निगाह गर्नुहुन्छ र जो उहाँको हृदय अनुसारका छन् तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ। यदि तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न चाहन्छस् भने, तँसँग त्यो हृदय हुनुपर्दछ जसले उहाँको कामको पालना गर्दछ, तैंले सत्यको पछि लाग्ने कोसिस गर्नुपर्दछ, र तैंले सबै कुरामा परमेश्‍वरको जाँच स्वीकार्नु पर्दछ। के तैँले गर्ने सबै कुरा परमेश्‍वरको जाँचबाट भएर गएका छन्? के तेरो अभिप्राय सही छ? यदि तेरो अभिप्राय सही छ भने, परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ; यदि तेरो अभिप्राय गलत छ भने, तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्दैन, तर शरीर र शैतानलाई प्रेम गर्दछ भन्‍ने त्यसले देखाउँछ। त्यसकारण, तैंले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैंले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैंले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ, त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैंले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तैँले आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैंले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैंले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति प्रेम छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैंले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। यदि तैंले गम्भीर हृदयले परमेश्‍वरलाई प्रेम गर्छस् भने, परमेश्‍वरसँग यो शपथ खा: “हे परमेश्‍वर, जो स्वर्गमा, पृथ्वीमा र सबै थोकहरूमा हुनुहुन्छ, म तपाईंसँग शपथ खान्छु: तपाईंका आत्माले मैले गर्ने सबै कामको जाँच गरून् र हरसमय मलाई रक्षा र वास्ता गरून्, र मैले गर्ने सबै कुरा तपाईंको उपस्थितिमा खडा हुन सकोस्। यदि मेरो हृदयले तपाईंलाई कहीँ प्रेम गर्न छोड्छ भने वा यसले तपाईंलाई कहीँ धोका दिन्छ भने, मलाई कठोर दण्ड र सराप दिनुहोस्। मलाई यो संसार वा अर्को संसारमा पनि क्षमा नदिनुहोस्!” के तँ यस्तो शपथ खाने हिम्मत गर्छस्? यदि तँ हिम्मत गर्दैनस् भने त्यसले तँ कायर छस् र तँ अझै पनि आफैलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यस्तो सङ्कल्‍प छ? यदि यो साँच्‍चै तेरो सङ्कल्‍प हो भने तैँले यो शपथ खानुपर्छ। यदि तँमा यस्तो शपथ खाने सङ्कल्प छ भने परमेश्‍वरले तेरो संकल्प पूरा गर्नुहुनेछ। जब तँ परमेश्‍वरसित शपथ खान्छस्, उहाँले यो सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासको मापनद्वारा नै तँ पापी होस् कि धर्मी होस् भन्ने निश्चित गर्नुहुन्छ। यो अहिले तिमीहरूलाई सिद्ध बनाउने प्रक्रिया हो र यदि आफू सिद्ध भएकोमा तँमा साँच्‍चै विश्‍वास छ भने तैंले गरेका सबै कुराहरू परमेश्‍वर सामु ल्याउनेछस् र उहाँको जाँच स्वीकार गर्नेछस्; यदि तँ अति नै विद्रोही बनेर केही गर्छस् भने वा यदि तँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तब उहाँले तेरो शपथलाई फलदायी बनाउनुहुनेछ, र यसैले तेरो विनाश वा दण्ड जे नै भए पनि त्यो तेरो आफ्नै कामले गर्दा हुन्छ। तैंले शपथ खाइस्, त्यसैले तैँले त्यसलाई पूरा गर्नुपर्छ। यदि तँ शपथ खान्छस्, तर त्यसलाई पूरा गर्दैनस् भने, तैंले विनाश भोग्नुपर्नेछ। शपथ तैंले नै खाएको थिइस्, त्यसैले परमेश्‍वरले तेरो शपथलाई सफल तुल्याउनुहुनेछ। कोही-कोही प्रार्थना गरिसकेपछि डराउँछन्, र विलाप गर्छन्, “सबै खत्तम भयो! अनैतिक कार्य गर्ने मेरो सबै मौका गुम्यो; दुष्कर्म गर्ने मेरो मौका गएको छ; सांसारिक लालसाहरूमा लिप्त हुने मेरो मौका सकियो!” यी मानिसहरूले अझै पनि सांसारिकता र पाप मन पराउँछन्, र तिनीहरूले विनाश भोग्ने निश्चित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२१

परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४०

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४२

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्