परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४२

तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। परमेश्‍वरले तँलाई यो बोझ दिनुहुँदा उहाँको वचनबाट खाँदै र पिउँदै तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनसम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो अनि तैँले सधैँ आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तैँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले सोच्‍नेछस्, म कसरी यी समस्याहरूलाई समाधान गर्नेछु? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तैँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस् अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँका वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरका मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यसबारे तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलाठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँका वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्।

परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ तँमाथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छन्। यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तैँले विश्वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?

यदि तँ परमेश्‍वरद्वारा सिद्ध हुने अवसरहरू खोज्दैनस् अनि यदि सिद्धताको तेरो खोजीमा अरूभन्दा बढी सफल हुनको निम्ति तैँले संघर्ष गर्दैनस् भने, अन्ततः तँ अफसोसले भरिनेछस्। सिद्धता हासिल गर्ने सर्वोत्तम अवसर अहिले नै हो। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि धेरै ढिलो भइसकेको हुनेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्‍वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्। तैँले यो अवसरको फाइदा उठाउनैपर्छ अनि पवित्र आत्माले आफ्नो महान् काम गर्नुहुँदा उहाँसँग सहकार्य गर्नैपर्छ। यदि तैँले यो अवसर गुमाइस् भने, तैँले जतिसुकै प्रयासहरू गरे तापनि तँलाई कहिल्यै अर्को अवसर दिइनेछैन। तिमीहरूमध्ये कतिपय यसो भन्दै चिच्याउँछौ, “परमेश्‍वर, म तपाईंको बोझलाई ध्यान दिन इच्छुक छु, म तपाईंको इच्छालाई सन्तुष्ट तुल्याउन इच्छुक छु।” तैपनि, अभ्यास गर्नको निम्ति तँसित कुनै मार्ग छैन, त्यसैले तेरा बोझहरू टिक्नेछैनन्। यदि तेरो अगाडि मार्ग छ भने, तैँले एक पल्टमा एउटा अनुभव हासिल गर्नेछस् अनि तेरो अनुभव संरचित र व्यवस्थित हुनेछ। एउटा बोझ पूरा भइसकेपछि, तँलाई अर्को दिइनेछ। तेरो जीवनको अनुभव गहिरो हुँदै जाँदा, तेरा बोझहरू पनि अझ गहन हुनेछन्। कोही-कोही मानिसहरू केवल पवित्र आत्माले आफूलाई स्पर्श गर्नुभएको बेला मात्रै बोझ बोक्छन्; केही समयपछि अभ्यास गर्न तिनीहरूसित मार्ग नहुँदा, तिनीहरूले कुनै पनि बोझहरू बोक्न छोड्छन्। केवल परमेश्‍वरका वचनहरू खाएर अनि पिएर मात्रै तैँले आफ्ना बोझहरूलाई विकसित गर्न सक्दैनस्। धेरै सत्यताहरू बुझेर तैँले समझ प्राप्त गर्नेछस्, सत्यतालाई प्रयोग गरेर समस्याहरू समाधान गर्न सिक्नेछस् अनि परमेश्‍वरका वचनहरू तथा परमेश्‍वरको इच्छाबारे अझ सटीक बुझाइ हासिल गर्नेछस्। यी कुराहरूद्वारा, तैँले बोक्नका निम्ति बोझहरू विकास गर्नेछस् अनि तब मात्रै तैँले उचित प्रकारले काम गर्न सक्नेछस्। यदि तँसित बोझ छ तर सत्यताको स्पष्ट बुझाइ छैन भने, त्यसले पनि काम गर्नेछैन; तैँले व्यक्तिगत रूपले परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ र त्यसलाई कसरी अभ्यास गर्ने हो सो जान्नुपर्छ। तँ आफै वास्तविकताभित्र प्रवेश गरिसकेपछि मात्रै तैँले अरूको निम्ति जुटाउन, अरूलाई डोऱ्याउन सक्‍नेछस् र तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६३

के तँ हरेक युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनखण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८१

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्